कासिम सुलेमानी
कासिम सुलेमानी (फारसी: قاسم سلیمانی; ११ मार्च १९५७ – ३ जनवरी २०२०) इस्लामी क्रान्तिकारी सुरक्षा फौजका एक इरानी मेजर जनरल थिए। सन् १९९८ देखि सन् २०२० सम्म उनले उक्त जिम्मेवारी सम्हाल्दै कुद्स बलका सेनापतिको रूपमा यथावत् थिए। सुलेमानी इरानको राज्यक्षेत्रातीत सैन्य र गुप्त अभियानको प्रमुख थिए।
सुलेमानीले आफ्नो सैन्य जीवको सुरुवात इराक-इरान युद्धको समयमा सन् १९८० को दशकमा सुरु गरी उनले ४१औँ डिभिजन फौजको नेतृत्व गरेका थिए। पछि उनी लेबनानको हिजबुल्लाह समूहलाई सन्य सहायता पुर्याउने राज्यक्षेत्रातीत अभियानमा सहभागी भएका थिए। सन् २०१२ मा सुलेमानीले सिरियाली गृहयुद्धको समयमा बसर अल असदको सरकारलाई बलियो बनाउन भूमिका निर्वाह गरी सिरियामा रूसी सैन्यको उपस्थितिको लागि योजना बनाएका थिए।[१] सुलेमानीले इराकी सरकार र सिया सैन्य फौजको संयुक्त बललाई पनि सहायता प्रदान गरे जसले सन् २०१४-२०१५ मा इस्लामी राज्य विरुद्ध लडाइँ लडेको थियो।[२][३]
सुलेमानी इरानी जनताको माझ निकै लोकप्रिय थिए। उनका समर्थकहरू उनलाई एक राष्ट्रनायकको रूपमा हेर्ने गर्दथे।[४][५] सुलेमानीलाई संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घले प्रतिबन्ध लगाएको थियो।[६][७][८]
सन् २०२० जनवरी ३ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अनुसार इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अमेरिकी ड्रोन हमलामा सुलेमानी मृत्यु भएको थियो। उनको अन्तिम संस्कार इराक र इरानमा आयोजित गरिएको थियो। उनको अन्त्येष्टि गरिएको केही घण्टा पछि अर्थात् ७ जनवरी २०२०, मा इरानी सैन्य बलले इराकमा रहेको अमेरिकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो भने उक्त आक्रमणमा अमेरिकी तथा इराकी तर्फबाट कुनै पनि मानवीय क्षति भएको थिएन।[९]
सुलेमानी पश्चात् इस्माइल गनीलाई कुद्स सैन्य बलको सेनापति बनाइएको थियो। [१०] जनरल सुलेमानी इरानका प्रमुख सेना नायक थिए। उनको कुद्स सैन्य बलले सिधै देशको सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई जानकारी प्रदान गरिरहन्थ्यो। सुलेमानीको पहिचान देशको वीरको रूपमा थियो। सुलेमानीलाई पश्चिम एसियामा इरानी गतिविधिहरूलाई कार्यन्ययन गर्ने प्रमुख रणनीतिकार मानिन्थ्यो।[११]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ How Iranian general plotted out Syrian assault in Moscow, by Reuters
- ↑ "Why the U.S. Is Bracing for Retaliation After Assassinating Iran's Qasem Soleimani", Time। अभिलेखिकरण २०२०-०१-०३ वेब्याक मेसिन
- ↑ Chotiner, Isaac, "The Meaning of Qassem Suleimani's Death in the Middle East", The New Yorker (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०२०।
- ↑ "In major escalation, U.S. airstrike kills top Iranian commander Gen. Qassem Soleimani", ३ जनवरी २०२० – Japan Times Onlineद्वारा। अभिलेखिकरण ३ जनवरी २०२० वेब्याक मेसिन
- ↑ "Analysis | Trump's order to kill Soleimani is already starting to backfire", Washington Post।
- ↑ Ali H. M. Abo Rezeg (३ जनवरी २०२०), "PROFILE—Who is Qasem Soleimani?", Anadolu Agency, मूलबाट ४ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०२०।
- ↑ " was designated as a terrorist by the United States and by the European Union" http://www.sarajevotimes.com/assertion-iranian-general-qassem-soleimani-was-in-bosnia-herzegovina-during-the-war/
- ↑ Rikar Hussein; Mehdi Jedinia (८ अप्रिल २०१९), "Factbox: Iran's Islamic Revolutionary Guard Corps", Voice of America, अन्तिम पहुँच ८ जनवरी २०२०।
- ↑ Singman, Brooke (८ जनवरी २०२०), "Trump says Iran 'appears to be standing down', missile strikes resulted in no casualties", Fox News – www.foxnews.comद्वारा।
- ↑ "Soleimani’s Deputy Esmail Ghaani Named Iran’s Quds Force Chief", Bloomberg, ३ जनवरी २०२०, अन्तिम पहुँच ३ जनवरी २०२०।
- ↑ "ईरानी कमांडर जनरल क़ासिम सुलेमानी की अमरीकी हवाई हमले में मौत", बीबीसी हिन्दी।