कुमाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उत्तराखण्डको कुमाउँ खण्ड

कुमाउँ भारतको उत्तराखण्ड राज्यको पुर्वी हिस्सामा पर्ने एक खण्ड हो । सन् १७९१ भन्दा पहिला यो खण्ड कुमाउँ अधिराज्यका नामले एक प्रशिद्ध राज्य थियो ।

इतिहास[सम्पादन गर्ने]

प्राचीन इतिहास

कुमाउँमाथि शासन गर्ने प्रथम शासक कुनिन्दहरू थिए उनिहरूले ५०० बि०सी०इ० देखि ६०० बि सी० इ० (५०० BCE to CE ६००) सम्म कुमाउँमाथि शासन गरे । ७औं शताब्दी देखि ११औं शताब्दीसम्म यस राज्यमाथि कत्युरीहरू शासन गरे र एक पहाडको शिखरमाथि पुर्वतिर ढोका राखेर ९०० वर्ष पुरानो कतारमलको सूर्य मन्दिरको निर्माण गरे । कार्तिकेयपुरा आधुनिक बागेश्वर जिल्लाको बैजनाथलाई आफ्नो राजधानी बनाए र गोमती उपत्यका “कत्युर उपत्यका”को नामले जानिन थाल्यो । १० औँ शताब्दीमा कुनै बेला यहाँ सोम चन्द द्वारा चन्द राज्यको स्थापना कत्युरी राज्यलाई यहाँबाट हटाएका थिए गरीयो। उनीहरू आफ्नो यस राज्यलाई कुर्माञ्चल भन्ने गर्थे र यस राज्यको राजधानी काली कुमाउँको चम्पावतमा स्थापित गरे । ११ र १२ औँ शताब्दीको बेला यसको राजधानीमा बालेश्वर र नागनाथ मन्दिरको निर्माण गरियो। १३ देखि १८औं शताब्दीसम्म कुमाउँमाथि चन्द राजाहरूको शासन चल्न थाल्यो जो भारतको तराईबाट आयेका थिए, यस समय यहाँ चित्रकलाको शिक्षा र नया स्वरूप (पहाडि कलाविद्यालय)को विकास भयो।

आधुनिक इतिहास;

सन् १७९१ मा नेपालको गोर्खा सैनिकले नेपाल एकिकरण अभियान स्वरूप काली नदी पार गरेर कुमाउँ र अन्य क्षेत्रमाथि आक्रमण गरेर आफ्नो अधिन पारे । पछि १९१६ मा नेपाल – अङ्रेज युद्ध पछि भएको सुगौली सन्धिमा नेपालले जितेको यी क्षेत्रहरू ब्रिटिश इस्ट इण्डिया कम्पनिलाई सुम्पनु पर्यो । पछि ब्रिटिश भारतमा यो क्षेत्र बिना राजाको तीन अधिकारीहरू मिस्टर ट्रेल, मिस्टर जे. एच. बैटेन र सर हेनरी द्वारा सत्तरी वर्षसम्म चल्यो । पछि यस क्षेत्रलाई युनाईटेड प्रविन्स भनिने राज्यमा गाभियो।