कुसुम (फल)
स्वरूप
कुसुम | |
---|---|
कुसुमको रुख | |
कुसुमको फल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
प्राकृतिक समूह: | रोसाइड्स |
गण: | मेल्पिघिएल्स |
परिवार: | फिलान्थेसी |
वंश: | ब्याकुरिआ लोरेरो, सन् १७९० |
प्रजाति: | B. ramiflora
|
वैज्ञानिक नाम | |
Baccaurea ramiflora लोरेरो, सन् १७९० |
कुसुम (वैज्ञानिक नाम: ब्याकुरिआ रेमिफ्लोरा)[१] जसलाई अङ्ग्रेजीमा बर्मी अङ्गुर भन्ने गरिन्छ, फिलान्थेसी परिवारमा एक ढिलो-बढ्ने सदाबहार रूख हो जुन २५ मिटरसम्म अग्लो हुने गर्छ। यो वनस्पति एसियाका बर्मा, कम्बोडिया, लाओस, भियतनाम, भारत, बङ्गलादेश, नेपाल र मलेसियामा लगायतका देशहरूमा पाइन्छ।[२] यो माटोको एक विस्तृत श्रृङ्खलामा सदाबहार वनमा बढ्छ। यसको फलको प्रयोग वाइन बनाउन, स्थानीयद्वारा फलको रूपमा खान तथा छाला रोगको उपचारको लागि औषधीय रूपमा पनि प्रयोग गरिन्छ। यो वनस्पतिको बोक्रा, जरा र काठ औषधि प्रयोगको लागि काटिन्छ।
यसको फल अण्डाकार, रङ्गीन पहेलो, गुलाबी देखि चम्किलो रातो वा बैजनी रङको हुने गर्छ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lour. (1790) In: Fl. Cochinch.: 661
- ↑ "Baccaurea ramiflora - Useful Tropical Plants", tropical.theferns.info, अन्तिम पहुँच २०१९-०९-१७।
- ↑ "कति गुनी छन् कुसुम, गान्टे र रामगुवा?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१५।