कैथी
कैथी | |
---|---|
![]() | |
प्रकार | अबुगिदा |
बोलिने भाषा | अंगिका, अवधि, भोजपुरी, मगही, मैथिली, हिन्दुस्तानी, सिल्हेटी |
समयावधि | c. १६हौँ–मध्य बीसौँ शताब्दी |
कारक व्यवस्था | |
भगिनी व्यवस्था | देवनागरी, नन्दीनागरी |
यूनिकोड वर्ण | U+11080–U+110CF |
ISO 15924 | Kthi |
सूचना: यस पृष्ठको सहायताको निम्ति अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला ध्वन्यात्मक चिन्ह प्रयोग गरिएको छ । |
कैथी (अङ्ग्रेजी: Kaithi) एक ऐतिहासिक लिपि हो जसको मध्यकालीन भारतमा प्रमुख रूपले उत्तर-पूर्व र उत्तर भारतमा बृहत रूपले प्रयोग गरिएको देखिन्छ । प्रमुख रूपले आजको उत्तर प्रदेश र बिहार राज्यको क्षेत्रहरूमा यस लिपिमा वैधानिक र प्रशासनिक कार्य गरिएको प्रमाण पर्याप्त भेट्ने गरिन्छ ।[१] यस लिपिलाई कयथी वा कायस्थी लिपिको नामले समेत जान्ने गरिन्छ । पूर्ववर्ती उत्तर-पश्चिम भारत, मिथिला, बङ्गाल, उडिसा र अवध क्षेत्रमा यस लिपिको प्रयोग गरिएको इतिहास रहेको छ । यसको प्रयोग प्रमुख रूपले न्यायिक, प्रशासनिक र निजी तथ्याङ्क सङ्ग्रहणमा गर्ने गरेको पाइएको छ ।[२]
उत्पत्ति[सम्पादन गर्नुहोस्]
'कैथी' लिपिको उत्पत्ति कायस्थ शब्दबाट भएको हो । यो जाति उत्तर भारतको एक सामाजिक समूह (हिन्दू जाति) हो ।[३] यसै जातिद्वारा मुख्य रूपले व्यापार सम्बन्धि ब्यौरा सुरक्षित राख्नका लागि सबैभन्दा पहिले यस लिपिको प्रयोग गरेका थिए । कायस्थ समुदायको पुरानो रजवाडा र ब्रिटिश औपनिवेशिक शासकहरूको धेरै नै नजिकको सम्बन्ध रहेको छ । यसै समुदायका मानिसहरू अङ्ग्रेजहरूका विभिन्न प्रकारका तथ्याङ्कहरूको प्रबन्धन र भण्डारण गर्नका लागि नियुक्त गर्ने गरिन्थ्यो । कायस्थहरूद्वारा प्रयुक्त यस लिपिलाई पछि कैथी नामले जान्न थालिएको हो ।
इतिहास[सम्पादन गर्नुहोस्]
कैथी एउटा पुरानो लिपि हो जसको प्रयोग थोरै भन्दा थोरै सोह्रौँ शताब्दीमा व्यापक रूपले भएको देखिन्छ । मुगल साम्राज्यको समयमा यसको प्रयोग धेरै नै व्यापक थियो । सन् १८८० को दशकमा ब्रिटिश राजको समयमा यस लिपिलाई प्राचीन बिहारको न्यायलयहरूमा आधिकारिक भाषाको दर्जा दिइएको थियो । यसलाई खगड़िया जिल्लाको न्यायालयमा वैधानिक लिपिको दर्जा दिइएको थियो ।
कैथी लिपिको लोप हुने खतरा[सम्पादन गर्नुहोस्]
कैथी लिपिलाई कहिलेकाहीं 'बिहार लिपि' समेत भन्ने गरिएको छ । वर्तमान समयमा समेत बिहार लगायत भारतको उत्तर पूर्वी राज्यहरूमा यस लिपिमा लेखिएको हजारौँ अभिलेखहरू छन् । समस्या त्यस समय हुने गरेको छ जुन समय अभिलेखहरू सँग सम्बन्धित कानुनी समस्या आउने गरेको छ । भारतको एक लोकप्रिय दैनिक पत्रिका दैनिक जागरणको पटना संस्करणमा सन् २००९ सेप्टेम्बर ९ तारिखको समाचारपत्रमा पृष्ठ सङ्ख्या बीसमा बिहारको बक्सर जिल्लाबाट छापिएको कञ्चन किशोरको एउटा खबरको सन्दर्भ लिएर हेर्यो भने यस लिपिको जानकार वर्तमान समयमा बक्सर जिल्लामा जम्मा दुई जना रहेका छन् । दुवै जना जानकार व्यक्तिको उमेर पाको भइसकेको छ । यस्तोमा निकट भविष्यमा यस लिपिको जानकार कोई पनि नरहने र आजसम्म यस लिपिमा लेखिएको भू-अभिलेखहरूको अनुवाद आजको प्रचलित लिपिहरूमा गर्न धेरै नै कठिन हुन सक्ने सहज अनुमान लगाउन सकिन्छ । भाषाको जानकारहरूका अनुसार यस्तो स्थिति सम्पूर्ण स्थानमा विद्यमान रहेको छ ।[४][५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ अंशुमान पांडे. 2006. Proposal to Encode the Kaithi Script in Plane 1 of ISO/IEC 10646
- ↑ King, Christopher R. 1995. One Language, Two Scripts: The Hindi Movement in Nineteenth Century North India. New York: Oxford University Press.
- ↑ Grierson, George A. 1899. A Handbook to the Kaithi Character. Calcutta: Thacker, Spink & Co.
- ↑ "ऑनलाइन होंगे अञ्चल कार्यालय तो खत्म हो जाएगी कैथी लिपि" (हिन्दीमा), अन्तिम पहुँच २०१८-०२-२३।
- ↑ "आइए जानें ...बिहार की 700 साल पुरानी लिपि 'कैथी' के बारे में" (हिन्दीमा), अन्तिम पहुँच २०१८-०२-२३।