कोइली (प्रजाति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोइली
कोइली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
Cuculidae

Vigors, 1825
Genera

Around 26, see text.

कोइली एक मिठो बोली भएको पंक्षी हो। यिनीहरू अन्य आगन्तुक चराहरु संगै गृष्म ऋतुमा नै नेपाल को विभिन्न जङ्गलहरूमा भित्रिएका हुन्छन। बसन्त ऋतुको आगमनसँगै कोइली मिठो स्वर "कुहु" "कुहु" सुनिन थाल्छ। चरा विषेशङ्य का अनुसार भाले कोइली ले पोथी लाई आकर्षित गर्न कराउने गर्दछ। पोथी कोइलीलाई कादम्बरी भनिन्छ। मध्यरातको सन्नाटामा काठमाडौंमा कुहुकुहु भनी कराउने भाले कोइली (एसियन कोयल) का कारण धेरै जसो लाई कोइली कालो रंग को मात्र हुन्छ भन्ने भ्रम रहेको छ| तर यी विविध रंग का पाइन्छन।

नेपाल मा १९ प्रजाति का कोइली पाइन्छन। यी मध्ये १५ प्रजातिले गुँड बनाउँदैनन्। यहाँ पाइने कोइली लाई मूलत तीन प्रकारले चिनिन्छ- कुहुकुहु, काफल पाक्यो र कुक्कु कोइली । कोइलीले अरु चराका गुँडमा फुल पार्छन् र बच्चा हुर्काउने कठिन कार्य अरुलाई नै थोपर्छन। 'काफल पाक्यो भनी बोल्ने कोइलीले बच्चा हुर्काउन चिबे चरालाई रोज्छ भने कुहुकुहु भनी बोल्ने कालो रंगको कोइलीले कागलाई रोजेको हुन्छ। काग नभएको मौका पारेर कोइली कागको गुँडमा फुल पारेर छोड्छ। कागलाई यो कुरा थाह नभएका कारण कागले आफ्नो फुलहरू सँगै कोइलीको फुललाई पनि ओथारो बसेर तताउँछ। फेरी काग आफ्नो फुलहरू सँगै कोइलीका फुलहरूलाई कोरलेर बचेराहरू निकाल्छ। काग आफ्ना चल्लाहरूसँगै कोइलीका चल्लाहरूलाई चारो पानी दिएर पालन पोषण गर्छ। तर चल्लाहरू ठूला भएमा कागको बच्चा कागसँग जाने र कोइलीका बचेराहरू कोइली तिर नै गएर मिसिन पुग्छन्।

'एसियन कोयल(भाले)
'एसियन कोयल(पोथी)

ग्रीष्मकालिन अवधिमा आगन्तुक चराका प्रजातिमध्ये जुरे कोइली लामो दूरी पार गरेर यहाँका जङ्गल आईपुग्छन्। यहाँ आइपुग्ने केही जुरे कोइली अफ्रिकी महादेशबाट लगभग ५ हजार किलोमिटर दूरीको जोखिमपूर्ण यात्रा तय गरेर आउने गरेको पाईएको छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]