कोरेक दूरसञ्चार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
करेक दूरसञ्चार
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापितसन् २०००
केन्द्रीय कार्यालयअर्बिल , इराकी कुर्दिस्तान
मुख्य व्यक्ति
सिर्वान सबेर मुस्ताफा (संस्थापक)
उत्पादनहरूदूरसञ्चार
कर्मचारी सङ्ख्या
२५००[१]
वेबसाइटआधिकारिक वेबसाइट

कोरेक दूरसञ्चार (अरबी: كورك تيليكوم‎), एसियाली राष्ट्र इराकमा आधारित एक मोबाइल सञ्जाल सञ्चालक वा दूरसञ्चार कम्पनी हो[२] जसको स्वामित्व मेसद बर्जनी परिवार र फ्रान्सको अग्रणी दूरसञ्चार कम्पनी फ्रान्स दूरसञ्चारको (हाल ओरेञ्ज एसए) साझेदारमा रहेको छ।[३] यो इराकको आधिकारिक रूपमा दूरसञ्चार सेवा प्रदान गर्ने तीन कम्पनीहरू मध्ये एक हो। यसको प्रमुख प्रतिस्पर्धीहरू एसिया सेलजेइन इराक हुन्। यसले इराकका सबै १८ वटै प्रदेशहरूमा आफ्नो तेस्रो पुस्ता सञ्जाल पदान गर्दै आइरहेको छ। यसको प्रधान कार्यालय अर्बिल प्रदेशमा रहेको छ। कम्पनीले हाल ३००० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी पनि प्रदान गरेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कोरेक दूरसञ्चार इराकमा दर्ता गरिएको सीमित दायित्व कम्पनी हो जसले इराकमा ताररहित सञ्चार सेवाहरू प्रदान गर्दछ। कोरेक सन् २००० देखि इराकको दूरसञ्चार क्षेत्रमा काम गर्दै आइरहेको छ, सुरुवातमा यसले विशेष गरी इराकको उत्तरी क्षेत्रहरूमा सेवा सञ्चालन गरेको थियो। १७ अगष्ट २००७ मा, कोरेकले इराक भरि आफ्नो मोबाइल सञ्जालको सञ्चालन गर्नका लागि एक राष्ट्रिय सञ्चालन अनुमति पत्र प्राप्त गरेको थियो। त्यसबेला देखि कोरेकले देशव्यापी रूपमा दूरसञ्चार सेवाहरू प्रदान गरिरहेको छ।

सिरवान बर्जनीले सन् २००० मा यस कम्पनीलाई स्थापनम गरेका थिए र उनी सन् २००१ देखि सन् २००९ सम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए। उनले कम्पनीलाई तिव्र रूपमा विकास गर्न मद्दत गर्दै कम्पनी एक नयाँ उचाई प्रदान गरेका थिए।

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

मार्च २०११ मा, फ्रान्स दूरसञ्चार (हाल ओरेञ्ज एसए) कोरेक दूरसञ्चारको २०% सम्पत्तिको अधिग्रहण गरेको थियो।

१ जनवरी २०१५ मा, इराक सरकारबाट तेस्रो पुस्ता सञ्जालको सञ्चालन अनुमति पत्र प्राप्त गरे पश्चात्, कोरेक दूरसञ्चारले इराकमा तेस्रो पुस्ता सञ्जालको प्रक्षेपण गरेको थियो।[४]

१६ डिसेम्बर २०१५ मा, इण्टरनेट डट ओआरजी र फेसबुकको साझेदारीमा इराकमा फ्रि बेसिक्सको सुरूवात गर्ने यो इराकको पहिलो मोबाइल सञ्जाल सञ्चालक बनेको थियो।[५]

लक्ष्य[सम्पादन गर्नुहोस्]

कोरेक दूरसञ्चारको लक्ष्य भनेको इराकको ग्राहक तथा सेवा क्षेत्रमा सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी बन्नु हो। सन् २००९ देखि कम्पनीले आफ्नो सञ्जाललाई वृद्धि तथा व्यवस्थापन गर्दै आइरहेको छ। यसले हाल ७० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट २०१६-०५-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०५-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१४ मिति France Telecom-Orange and Agility to acquire 44% stake in Korek Telecom
  2. "A new war in Iraq, now between Shia Arabs and Kurds", द इकोनोमिष्ट, १६ अक्टोबर २०१७। 
  3. गोल्डष्टेन, फिल (२०११-०३-१६), "France Telecom invests €175m in Iraqi operator Korek", फियर्स वायरलेस, अन्तिम पहुँच २०१३-०८-०६ 
  4. "Extra G", कोरेक दूरसञ्चार। 
  5. "Free Basics", कोरेक दूरसञ्चार, मूलबाट २०१६-०१-०४-मा सङ्ग्रहित। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]