गणेश थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश थापा
जन्म (1960-10-09) ९ अक्टोबर १९६० (उमेर ६३)[१]
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)
अध्यक्ष
कार्यकाल
१९९५–२०१५

गणेश थापा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष हुन्। उनी दक्षिण एसियाली फुटबल महासंघका पूर्व-अध्यक्ष र एसियाली फुटबल महासङ्घ पूर्व उपाध्यक्ष थिए। [२]

परिवार[सम्पादन गर्नुहोस्]

उनका बुबा छत्रबहादुर थापा कर्णेल थिए । छत्रबहादुर थापाका तीन भाइ छोरामा गणेश थापा, दाजु रथी नेत्रबहादुर थापा र पूर्व मन्त्री कमल थापाको कान्छो भाइ हुन्। उनका पिता सेनाबाट २०१६ सालमा अवकास भएका थिए । त्यसको ६ वर्षपछि अर्थात् २०२२ सालमा स्थायी बसोवासका लागि परिवारसहित हेटौँडातिर लागे ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

एन्फाको अध्यक्ष हुनु भन्दा अघि थापा राष्ट्रिय फुटबल खेलाडी थिए। उनले पूर्वी बङ्गाल एफसी टिमबाट खेले।

थापा अन्तर्गत नेपाली फुटबलमा परिवर्तन[सम्पादन गर्नुहोस्]

  • पहिले नै रोकिएको एन्फा शहीद स्मारक ए-डिभिजन लिग सुरू
  • एन्फा युवा एकेडेमी बनाईयो
  • युवा फुटबल मा विशेष ध्यान दिए
  • नेपाली फुटबल लीग प्रणालीलाई अधिक व्यावसायिक बनाउन प्रयास गरे
  • नेपाली फुटबलको विकास
  • राम्रो सुविधा र खेलाडीहरूको लागि राम्रो पुरस्कार

भ्रष्टाचार मामला[सम्पादन गर्नुहोस्]

२००९ मा एसियाली फुटबल महासङ्घ (एएफसी)का पूर्वअध्यक्ष मोहम्मद बिन हमामको भ्रष्टाचार मामला थापाले हमामसंग १ लाख डलर को अवैध उपहार लिएको खुलासा एसोसिएटेड प्रेसले गर्यो। उक्त रकम थापाको छोरा गौरव थापाको व्यक्तिगत बैङ्क खातामा जम्मा भएको थियो। [३]

थापाले पछि दावी गरे कि उनले त्यो पैसा आफ्नो व्यक्तिगत प्रयोगका लागि सापट लिएका थिए, र यस्तो खुलासाले नेपाल र नेपाली फुटबलको छवि बिगार्न सक्दैन। [३]

नोभेम्बर २०१९ मा, फिफा आचार संहिता समितिले उनलाई १० वर्षको लागि प्रतिबन्ध लगायो। [४][५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "President's Profile", All Nepal Football Association, अन्तिम पहुँच ९ नोभेम्बर २०१५ 
  2. Sri Lanka Football Federation वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति

    - "Ganesh Thapa no longer SAFF president", República Sports, Nepal Republic Media, ४ अक्टोबर २००९, मूलबाट ५ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१० 
  3. ३.० ३.१ "Ganesh Thapa says he'd borrowed fortune from bin Hammam", The Himalayan Times, २१ जुलाई २०१२, अन्तिम पहुँच २६ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ मार्च २०१४ मिति
  4. "Ganesh Thapa: Ten-year ban for Nepal FA president", BBC News, १६ नोभेम्बर २०१५, अन्तिम पहुँच १६ नोभेम्बर २०१५ 
  5. "Fifa bans Nepal FA president Ganesh Thapa for 10 years over bribery", The Guardian, १६ नोभेम्बर २०१५, अन्तिम पहुँच १० जुन २०१६