गाजले धावक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाजले धावक
Cursorius coromandelicus

पुने, महाराष्ट्रमा

वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: चरा
गण: Charadriiformes
परिवार: Glareolidae
वंश: Cursorius
(Gmelin, JF, 1789)
प्रजाति:
C. coromandelicus
वैज्ञानिक नाम
Cursorius coromandelicus
(Gmelin, JF, 1789)
Range of C. coromandelicus

गाजले धावक (Cursorius coromandelicus) दक्षिण एसियामा पाइने कर्सरको एक प्रजाति हो। यो चरा प्रायजसो जमिनमा बस्ने हुनाले सुक्खा खुला घाँसे मैदान वा अर्ध-मरुभूमिमा सानो समूहमा कीराहरू खाइरहेको भेट्टाउन सकिन्छ।

विबरण[सम्पादन गर्नुहोस्]

गाजले धावक चम्किलो रङ्गको हुन्छ र चुच्चोको फेदबाट सुरु आँखा हुँदै कालो पछाडी गएको कालो धर्सा हुन्छ। आँखाको माथी सेतो रङ्गको धर्सा, टाउकोको माथीको भाग कटुस रङ्गको र छातीको भाग गाढा सुन्तले रङ्गको हुन्छ। उडानको अवस्थामा शरीरको तल्लो भाग सेतो देखिन्छ र पखेटाको टुप्पो पट्टी आधी भाग कालो रङ्गको हुन्छ। यसको भाले र पोथी दुबै समान हुन्छन्।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

गाजले धावक सिन्धु उपत्यका देखी पूर्व नेपाल हुँदै बङ्गलादेश सम्म र दक्षिणमा भारतीय उपमहाद्वीपको टुप्पोसम्म तथा कहिलेकाहीँ उत्तरी श्रीलङ्काको सुख्खा क्षेत्र सम्म पाइन्छ। यो प्रजाति ढुङ्गादार, झाडिदार वा चट्टानी खुला सुख्खा घाँसे मैदानहरू पाइन्छ र यदाकदा बलौटे भू-भागमा पनि पाइन्छ। नेपालको सन्दर्भमा यो चरा शुक्लाफाँट राष्ट्रिय निकुञ्जकोशी टप्पु वन्यजन्तु आरक्षमा पाइन्छ।

खतरा[सम्पादन गर्नुहोस्]

गाजले धावक पाइने सुक्खा र खुला घाँसे मैदानहरू निर्माणकार्य र कृषिकार्य जस्ता मानविय गतिविधिहरूबाट खतरामा परेका छन्। यस्ता केही क्षेत्रहरूमा सवारीसाधन आवागमनका कार्य र औद्योगिकीकरणले पहिले भएको वासस्थानहरू विनास गरेको पाइन्छ।

चित्र संग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Cursorius coromandelicus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६९४१२४A९३४३९९७७, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22694124A93439977.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]