सामग्रीमा जानुहोस्

गौरवमय क्रान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गौरवपूर्ण क्रान्तिबाट अनुप्रेषित)
गौरवमय क्रान्ति
को भाग
हल्याण्डका राजकुमार विलियम र उनकी रानी मेरी lands at Torbay
मिति१६८८–१६८९
स्थानबेलायत
यो नामले पनि चिनिन्छगौरवपूर्ण क्रान्ति, १६८८
War of the English Succession
रक्तहीन क्रान्ति
सहभागीअङ्ग्रेग, वेल्स र स्कटिस समाज, डच फौज
परिणाम

बेलायतमा सन् १६८८ मा भएको क्रान्तिमा कुनै किसिमको हिंसा, हत्या, रक्तपात केही नभएकाले उक्त क्रान्तिलाई गौरवमय क्रान्ती भनिन्छ ।

राजा जेम्स द्वितीय , इङ्ल्यान्ड, स्कटल्याण्ड र आयरल्यान्डका राजा, by Sir Godfrey Kneller. नेसनल पोट्रेट ग्यालरी , लन्डन

सन् १६८८ मा बेलायतमा एक ठूलो परिवर्तन भयो । त्यहाँ परम्परागत रूपमा चल्दै आएको निरङ्कुश शासनलाई समाप्त गरी जनताको भावना अनुकुल उदार शासननीति लागू गरियो । त्यहाँ स्टुआर्ट वंशका प्रथम राजा जेम्स प्रथमको शासन सुरु ( सन् १६०३ ) देखि राजा र संसद बीच सङ्घर्ष चलेको थियो । यसै क्रममा चार्ल्स प्रथमलाई १६४९ मा संसद्ले फाँसी दियो । सन् १६८८ मा बेलायतको गद्दी मा चार्ल्स द्वितीयका भाइ जेम्स द्वितीय थिए । जेम्स द्वितीय १६८५ मा गद्दीमा बसेका हुन् । आफ्ना पूर्वजहरू झैँ जेम्स द्वितीय पनि निरङ्कुश भएकाले उनको संसदसँग सङ्घर्ष चल्यो र अन्त्यमा जेम्स द्वितीय गद्दी छाडेर भागेकाले बेलायतमा विना रक्तपात हल्याण्डका राजकुमार विलियम र उनकी रानी मेरीलाई संयुक्त रूपमा गद्दीमा राखियो । यो राजनीतिक परिवर्तन विना रक्तपात भएकाले यसलाई गौरवमय वा रक्तहीन क्रान्ति भनिएको हो ।

गौरवमय क्रान्तिका प्रमुख कारणहरू

[सम्पादन गर्नुहोस्]
  1. जेम्स द्वितीय उनका बाबू चार्ल्स प्रथम झैँ निरङ्कुश , जिद्दी तथा कट्टर क्याथोलिक थिए । उनमा समयको गति अनुसार चल्ने क्षमताको अभाव भएकाले उनका दाजु चार्ल्स द्वितीयले २५ वर्ष सम्म चलाएको शासनलाई उनले तीन वर्ष पनि चलाउन सकेनन् । उनी गद्दीमा बसेको बेलामा राज्यका अधिकांश सांसद तथा राजकर्मचारीहरू उनका समर्थक भएपनि अदूरदर्शीताको कारण संसदसँग विवाद उत्पन्न भइ अन्त्यमा गद्दी छाडेर भाग्नु पर्यो ।
  2. चार्ल्स द्वितीयका भित्रिनीतर्फका छोरा मनमौथ ( Monmouth) ले विद्रोह गरेकाले मनमौथ र उनका प्रमुख सहयोगीहरूलाई मृत्युदण्ड दिइयो । विद्रोहसँग सम्बन्धित व्यक्तिहरूलाई दण्ड दिन जर्ज जेफ्रेस ( George Jeffreys) को अध्यक्षतामा एक विशेष अदालत गठन गरी शङ्काकै भरमा हजारौं व्यक्तिलाई दण्ड दिइयो । त्यसैले उक्त अदालतलाई ´खुनी अदालत´ (Bloody Tribunal) भनियो । यश घटनाबाट राजाप्रती जनताको भावना अझै नराम्रो भयो र राजालाई जनताले घृणा गर्न थाले ।
  3. त्यस समयमा स्थायीरूपमा सेना राख्ने प्रचलन नभएको र कुनै समस्या उत्पन्न भएमा उक्त समस्या समाधान का लागि मात्र सेनाको सङ्घटन गरिन्थ्यो । र समस्या समाधान भएपछी सेना विघटन गरिन्थ्यो । मनमथको विद्रोहको क्रममा विद्रोह दमन गर्न सङ्घठित सेनालाई राजाले विघटन नगरी कायम राखेर जनतालाई डर देखाउन खोजेकाले राजाप्रती जनता ज्यादै रिसाए ।
  4. टेस्ट एक्ट ( Test Act) अनुसार कुनै पनि व्यक्तिले सरकारी पदमा भर्ना हुँदा अङ्ग्रेजी चर्च व्यवस्थामा आस्था भएको सपथ लिनु पर्ने भएकाले क्याथोलिकलाई सरकारी पदमा राख्न सकिँदैन थियो । राजा जेम्स द्वितीयले टेस्ट एक्ट कानुनको उल्लङ्घन गरी क्याथोलिकहरूलाई सरकारी पदमा नियुक्त गरी न्यायलयको समर्थन गराउने प्रयास गरे । सर एड्वर्ड हेल्स नामक रोमन क्याथोलिकलाई सेनाको कर्णेल पदमा नियुक्त गरे । अन्य महत्त्वपूर्ण पदहरूमा पनि क्याथोलिकहरूलाई नियुक्त गरेकाले राजा र संसद बीच विवाद बढ्यो । यस्तो अवस्थामा राजाले संसद नै भङ्ग गरेकाले जनता रिसाए ।

धार्मिक कारण

[सम्पादन गर्नुहोस्]
जेम्स द्वितीय का शाही फ़रमान कैथोलिकों को धार्मिक स्वतंत्रता प्रदान करते हुए

राजा जेम्स क्याथोलिक धार्मिक विश्वासका अनुयायी थिए, जबकि इङ्गल्याण्डका अधिकांश मानिसहरू एङ्ग्लिकन विश्वासका अनुयायी थिए। जेम्स क्याथोलिकहरूलाई अधिकतम सुविधा दिन चाहन्थे। जेम्सले पोपलाई इङ्गल्याण्डमा निम्तो दिए र उनलाई उच्च सम्मान गरे। उनले लन्डनमा क्याथोलिक चर्च पनि स्थापना गरे। यस कारण इंग्ल्याण्डका प्युरिटन र प्रोटेस्टेन्टहरू उनका विरोधी भए।

"टेस्ट अधिनियम" अन्तर्गत, एङ्गलिकन चर्चका सदस्यहरूले मात्र सार्वजनिक पद धारण गर्न सक्थे। जेम्सले यो कार्य स्थगित गरे र धेरै क्याथोलिकहरूलाई राज्य पदहरूमा स्थापना गरे। क्याथोलिकहरूलाई सेना, मन्त्रीहरू, न्यायाधीशहरू, नगर निगमका सदस्यहरूमा उच्च पदहरूमा नियुक्त गरियो। जसका कारण सांसदहरु आक्रोशित भएका छन् । क्याथोलिक भएकोले, जेम्सले क्याथोलिकहरूलाई विश्वविद्यालयहरूमा उच्च पदहरूमा नियुक्त गरे। क्राइस्ट चर्च कलेजको डीन र क्याम्ब्रिज विश्वविद्यालयको उपकुलपतिको पदमा क्याथोलिक नियुक्त गरियो। म्याकडोनाल्ड स्कूलका शिक्षा अधिकारीहरूलाई पनि अलग गरिएको थियो किनभने उनीहरूले क्याथोलिकलाई रेक्टर(Rector (academia)) को रूपमा नियुक्त गर्न अस्वीकार गरे। यसले प्रोटेस्टेन्ट सम्प्रदायका मानिसहरूलाई जेम्स विरोधी बनायो।[]

जेम्स द्वितीयले इङ्गल्याण्डलाई क्याथोलिक देश बनाउनको लागि 1687 ईस्वी र 1688 ईस्वीमा दुई पटक धार्मिक अनुग्रहको घोषणा गरे। पहिलो घोषणाद्वारा क्याथोलिक र अन्य धर्महरूमा लगाइएको प्रतिबन्ध र नियन्त्रणहरू खारेज गरियो, र दोस्रो घोषणामा, वर्ग र धर्मको पूर्वाग्रह बिना सबै मानिसहरूलाई राज्य पदहरूमा नियुक्तिको लागि मार्ग प्रशस्त गरियो, साथै धार्मिक स्वतन्त्रता प्रदान गरियो। क्याथोलिकहरूलाई .. जसका कारण संसदमा चर्को असन्तुष्टि र सांसदहरुले कडा विरोध गरेका थिए । जेम्सले प्रत्येक आइतवार आफ्नो दोस्रो धार्मिक घोषणा चर्चमा प्रार्थनाको समयमा पादरीहरूले पढ्ने आदेश दिए। यसले कि त पादरीहरूले आफ्नो धर्म र विचारको विरुद्धमा यो घोषणा पढ्ने वा राजाको आदेशको अवज्ञा गर्ने परिणाम हुनेछ। यसमा क्यान्टरबरीका आर्चबिशप सेनक्राफ्टले जेम्सलाई उनका ६ जना सहयात्रीसहितको निवेदन पेश गरेका थिए । जसमा जेम्सलाई आफ्नो आदेश रद्द गर्न र पुरानो नियम तोड्ने नीति त्याग्न अनुरोध गरिएको थियो। यसका कारण जेम्स क्रोधित भए र यी पादरीहरूलाई कैदमा राखे र उनीहरूमाथि देशद्रोहको मुद्दा चलाए तर न्यायाधीशहरूले उनीहरूलाई सफाइ दिए। जसका कारण जनता र सेनाले पादरीको मुक्तिमा हर्ष र जेम्सको विरोध गरे।


1686 ई. में जेम्स ने गिरजाघरों पर राजकीय श्रेष्ठता पूर्ण रूप से स्थापित करने के लिए कोर्ट ऑफ हाई कमीशन को पुनः स्थापित कर लिया। इसमें कैथोलिक धर्म की अवहेलना करने वालों पर मुकदमा चलाकर उनको दण्डित किया जाता था। जेम्स ने कैथोलिक धर्म के अधिक प्रचार और प्रसार के लिए लंदन में एक नवीन कैथोलिक कलीसिया स्थापित किया। जेम्स ने धा र्मिक न्यायालयों की स्थापना करके कानून को भंग किया, गिरजाघरों, विद्यालयों तथा विश्वविद्यालयों पर आक्रमण कर पादरियों और टोरियों को रुष्ट किया। जेम्स के इन अनुचित और अवैध कार्यों से देश में विरोध और क्रांति की भावनाएँ फैल गयीं।

क्रान्तिको मुख्य घटनाक्रम

[सम्पादन गर्नुहोस्]
  1. जेम्स द्वितीयको पुत्र जन्म - जेम्स द्वितीयको पहिलो पत्नीबाट "मेरी" नामक पु़त्री जन्म भएको थियो । उनी प्रोटेस्टेन्ट मतकी थिइन् र हल्याण्डका राजकुमार विलियम अफ अरेन्ज सँग विवाह भएको थियो । उनी पनि प्रोटेस्टेन्ट थिए । इंग्ल्याण्डवासीलाई यो विश्वास थियो कि कि उनी नै इंग्ल्याण्डको शासिका बन्नेछिन् , यसकारण उनीहरू जेम्स द्वितिय को अनाचार र अनुचित कार्यहरु सहन्थे । जेम्स द्वितियको दोश्रो पत्नी कट्टर क्याथोलिक थिइन् । जब १० जून १६८८ मा उसको पुत्रको जन्म भयो तब यो धारणा बन्यो कि उसको लालन-पालन र शिक्षा क्याथोलिक धर्म अनुसार हुन्छ र राजा जेम्स द्वितिरी को मृत्यु पछि क्याथोलिक राजा बन्नेछन् । यसबाट भय र आतंकको बातावरण उत्पन्न भयो ।
  2. हल्याण्डका विलियम र मेरीलाई निमन्त्रणा - टोरी र ह्विङ दलका सदस्यहरू र पादरिहरू ले एक जनसभा आयोजना गरे र यो निर्णय लिए कि जेम्स द्वितीयका ज्वाइ विलियम र पुत्री मेरीलाईइ इंग्ल्याण्डको राजसिंहासनमा आसिन हुनको लागि आमन्तृत गरियोस । फलतः केहि प्रभावशाली मानिस हरूले दूत पठाएर विलियम र मेरी लाई इंग्ल्याण्ड आमन्त्रित गरे । यस समय विलियम फ्रान्स सँगको युद्ध मा व्यस्त थिए । उनी यो कुरा बुझ्थे कि फ्रान्स र त्याहाँ का राजा लुई १४ औँ हल्याण्ड भन्दा निकै शक्तिशली छ तर  इंग्ल्याण्ड को समन्वित शाक्ति को सामना गर्न सक्दैनन् , त्यसकारण उनले निमन्त्रणा स्वीकार गरे ।
  3. विलियमको इंग्ल्याण्ड आगमन र जेम्स द्वितियको पलायन - विलियम अफ अरेन्ज १५ हजार सैनिक साथ ५ नबेम्बर १६८८ मा इंग्ल्याण्ड को टोरबे बन्दरगाह मा उत्रे । जेम्स द्वितीयले आफ्नो सेनाको साथ उनको सामना गर्ने प्रयास गरे , तर उनको सहयोगी र सेनापति जन चर्चिलले उनको साथ छोडे र उसकी पुत्री मेरी , विलियम को पक्षमा मिले। निराश हुँदै र २३ डिसेम्बर १६८८ मा जेम्स द्वितिय राजमुकुट थेम्स नदीमा फ्याकेर फ्रान्स पलायन भए।
  4. विलियम र मेरी इंग्ल्याण्डको शासक : २२ जनवरी १६८९ ई मा संसद को बैठक भयो , जसमा बिल अफ राइट्स पारित भयो । यसमा विलियम को सामु केहि शर्तेहरु राखियो ,जसलाई विलियमले स्वीकार गरे। यसपछी विलियम तथा मेरी १३ फेवररी १६८९ मा इंग्ल्याण्ड को राज सिंहासनमा बिराजामआन भए। विलियम र मेरी संयुक्त शासक स्वीकार गरियो ।

परिणाम/प्रभाव

[सम्पादन गर्नुहोस्]
१६८९ मा विलियम अफ अरेन्ज र मेरी राजा- रानीको रूपमा राज्यरोहण
  1. राजाको दैवी अधिकार समाप्त भयो ।
  2. प्रजाको इच्छा विरुद्ध शासन चल्न नसक्ने भयो ।
  3. संसद्को स्वीकृति नभइ राजा बन्न नपाइने भयो ।
  4. दैवी अधिकारको आधारमा निरङ्कुश शासनको सट्टा संवैधानिक शासन प्रारम्भ भयो ।
  5. शासनको प्रमुख अङ्ग संसद भयो ।
  6. संसद्को स्वीकृतिविना राजाले कुनै पनि कर लगाउन नपाइने भयो ।
  7. धार्मिक स्वतन्त्रताको सिद्धान्त स्वीकार गरियो ।
  8. वाक् तथा प्रेस स्वतन्त्रता प्राप्त भयो ।
  9. भविष्यमा क्याथोलिकहरूका लागि इङ्ल्यान्डको गद्दीमा कुनै हक रहेन ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

फ्रान्सको क्रान्ति (१८४८)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Glorious Revolution | Summary, Significance, Causes, & Facts", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट ३ मई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०२-१३