ग्वाङ्झोउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्वांगझोउ (अङ्ग्रेजी: Guangzhou सरलीकृत चिनियाँ: 广州; परम्परागत चिनियाँ: 廣州; Cantonese pronunciation: [kʷɔ̌ːŋ.tsɐ̂u] or [kʷɔ̌ːŋ.tsɐ́u] ( ); म्यान्डरिन उच्चारण: [kwàŋ.ʈʂóu] ( )), traditionally romanised as Canton,[१] दक्षिण चिनको गुआंगडोङ प्रदेशको राजधानी तथा प्रसिद्ध शहर हो । यो शहर पर्ल नदिमा अवस्थित र हंगकंगबाट १२० किलोमिटर र मकाउबाट १४५ किलोमिटर टाढा रहेको छ । यस शहरको इतिहास करिब २२०० वर्ष भन्दा पूरानो रहेको छ साथै सिल्क रोड पालामा मुख्य बाटोमा पर्ने बस्ती रहेको थियो । यो शहरले मुख्य बन्दरगाहा तथा यातायातको मुख्य स्थान रहेको छ ।

ग्वांगझोउ चिनको मुख्यक्षेत्रको मुटुमा रहेको उच्च जनसङ्ख्या भएको महानगर हो । यसको क्षेत्र फोसान, डोङगुआन तथा सेनझेनसँग जोडिएको छ।

ग्यालरि[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

ग्वांगझोउ मुख्य चिनको प्रमुख उत्पादन क्षेत्रको रूपमा रहेको छ । सन् २०१३ मा यस क्षेत्रकोको कुल ग्राह्यस्त उत्पादन युआन १५४२ अर्ब र प्रति व्यक्ति आम्दानी युआन १२०,२१५ रहेको थियो [४]। यस शहरलाई चिनको उच्च भविष्य भएको क्षेत्रको रूपमा हेरिन्छ । तर यस क्षेत्रमा भएको उच्च दरको औद्योगिकरणले गर्दा यो शहर धेरै प्रदुषित शहरको रूपमा समेत रहेको छ ।

ग्वांगझोउ चिनको सबैभन्दा अबैध लागु औषधीको व्यापार हुने क्षेत्र समेत हो । [५]

धर्म[सम्पादन गर्नुहोस्]

चिंग युगमा ग्वांगझोउमा १२४ धार्मिक स्थल, हल तथा मन्दिरहरू रहेको थियो । हाल बौध धर्म सङ्घ लगायत टायइस्ट सङ्घ, जिउस समुदाय[६][७] र क्रिष्चियन तथा इस्लामको समेत इतिहास रहेको छ ।[स्रोत नखुलेको]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

ग्वांगझोउको सन् २०१० को जनगणना अनुसार यस शहरको जनसङ्ख्या १ करोड २७ लाख ८० हजार रहेको थियो । सन् २०१४ मा यस शहरको जनसङ्ख्या १ करोड ३० लाख र यस मध्ये १ करोड १२ लाख शहरबासी हुने अनुमान गरिएको थियो । यस शहर जनधन्त्व करिब प्रति किलोमिटर १८०० मानिस रहेको थियो । यस शहरको निर्माण गरिएको क्षेत्रहरू अन्य विभिन्न शहरहरूसँग जोडिएको छ ।

जातिय[सम्पादन गर्नुहोस्]

ग्वांगझोउमा रहेको धेरै जसो व्यक्तिहरू हान चिनिया रहेको छ । प्रायः सबै स्थानिय क्यानटोनिज व्यक्तिहरूले क्यानटोनिज भाषालाई पहिलो भाषाको रूपमा प्रयोग गर्ने गर्दछ भने प्रवासिहरू मानडरिन भाषा बोल्ने गर्दछन् । सन् २०१० मा दुबै भाषा बोल्ने मासिनहरू शहरको जनसङ्ख्या आधा रहेको थियो भने कम संख्यामा रहेको मानिसहरूले अन्य भाषाहरू बोल्ने गर्दछ्न ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Guangzhou (China)". Encyclopædia Britannica. Accessed September 12, 2010.
  2. La Carpentier, Jean-Baptiste (१६५५), L'Ambassade de la Compagnie Orientale des Provinces Unies vers l'Empereur de la Chine [Embassy of the United Provinces' East India Company to the Emperor of China] (फ्रान्सेलीमा)। 
  3. US Navy Ports of the World: Canton, Ditty Box Guide Book Series, US Bureau of Navigation, "Canton"। 
  4. "广东统计年鉴2010", Gdstats.gov.cn, मूलबाट जुन ११, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०६-०२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. https://www.voanews.com/a/dea-opens-shop-in-china-to-help-fight-synthetic-drug-trade/3666826.html
  6. "Archived copy", मूलबाट १५ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०११ मिति
  7. "Viii. Appendix Ii", China.hrw.org, डिसेम्बर २८, १९९७, मूलबाट अक्टोबर ३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]