फोर स्ट्रोक इन्जिन
वर्तमान युगमा कार, ट्रक, मोटरसाइकल र विमान आदिमा प्रयोग हुने आन्तरिक दहन इन्जिनहरू प्रायः चार स्ट्रोक इन्जिन (फोर स्ट्रोक इन्जिन ) हुन्। 'फोर स्ट्रोक' भनेको इन्धनबाट मेकानिकल ऊर्जामा रूपान्तरणको चक्र कुल चार चरणमा सम्पन्न हुन्छ। यी चरणहरू वा स्ट्रोकहरूलाई क्रमशः इन्टेक, कम्प्रेसन, दहन र निकास भनिन्छ। यी चार चरणहरू पूरा गर्न, क्र्याङ्कसफ्टले दुई चक्कर लगाउनु पर्छ ।
हाल, गाडीहरूमा सामान्यतः फोर स्ट्रोक इन्जिनको अधिक प्रयोग गरिन्छ। [१] पहिले, सवारी/ गाडीहरूमा दुई स्ट्रोक ईन्जिनहरू प्रयोग गरिन्थ्यो, तर कम माइलेज र छोटो जीवन अवधिका कारण यसलाई चार स्ट्रोक इन्जिनले प्रतिस्थापित गर्यो।
इतिहास
[सम्पादन गर्नुहोस्]फोर-स्ट्रोक इन्जिन पहिलो पटक युजेनियो बार्साटी र फेलिस माटुएसीद्वारा सन् १८५४ मा पेटेन्ट गरिएको थियो। यस पछि, सन् १८६० मा ,यसको पहिलो प्रोटोटाइप (नमुना) ल्याइएको थियो। फ्रान्सेली इन्जिनियर अल्फोन्से बियउ दे रोकाले पनि स्वतन्त्र रूपमा यो सिद्धान्त अन्वेषण गरे र यसलाई उनले आफ्नो शोधपत्र मा १८६१ मा प्रकाशित गरे । जर्मन अभियंता निकोलस अट्टोले सन् १८७६ मा यस ईन्जिनको कार्यशील प्रतिरूप निर्माण गरे । यस कारणले गर्दा, चार स्ट्रोक सिद्धान्तलाई आज अट्टो चक्र भनिन्छ र यस इन्जिनमा प्रयोग गरिएको स्पार्क प्लगहरूलाई प्राय : वाहन इन्जिन पनि भनिन्छ। अट्टो चक्रमा एडियाबेटिक कम्प्रेसन, स्थिर आयतनमा संयोजन, एडियाबेटिक विस्तार र स्थिर आयतनमा ताप उत्सर्जन (निकास) का चरणहरू हुन्छन्।
चार स्ट्रोक
[सम्पादन गर्नुहोस्]चार स्ट्रोक इन्जिनले पूर्ण चक्रमा चार प्रकृयाबाट पार हुन्छ। जसलाई अङ्ग्रेजीमा स्ट्रोक भनिन्छ।
- पहिलो इनटेक भल्भ : जब भल्भ खुल्छ, यसले कार्ब्युरेटरबाट हावा र इन्धन तान्छ ।
- दोस्रो कम्प्रेस चक्र : यसमा इन्धन र हावाको मिश्रण कम्प्रेस गर्ने कार्य हुन्छ। त्यो समयमा इनटेक र निकास भल्भहरू बन्द रहन्छन्।
- तेस्रो पावर स्ट्रोक : यस प्रक्रियामा शक्ति उत्पन्न हुन्छ। यसमा स्पार्क प्लगमार्फत इन्धन र हावाको दहन हुन्छ।
- चौथो र अन्तिम चरण उत्सर्जन हो। यो भल्भ खुल्छ र पावर स्ट्रोकमा दहन भएको ग्यास उत्सर्जन हुन्छ र चार स्ट्रोकको यो प्रक्रिया पूरा हुन्छ।
लाभ र घाटा
[सम्पादन गर्नुहोस्]ऊर्जा सन्तुलन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीसभ
[सम्पादन गर्नुहोस्]- ↑ फोर स्ट्रोक इन्जिन वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२६ मिति। हिन्दुस्तान लाइव। ७ जनवरी २०१०
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- इन्जिन
- क्वाड इन्जिन
- थर्मोडायनामिक चक्र