चीनमा दूरसञ्चार उद्योग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चीनमा दूरसञ्चार उद्योग (सरलीकृत चिनियाँ: 中国电信业) तीन राज्यद्वारा सञ्चालित व्यवसायहरू जस्तै चीन दूरसञ्चार, चीन युनिकमचीन मोबाइलको नियन्त्रणमा रहेको छ। यी तीन कम्पनीहरू मे २००८ मा पुनर्गठन हुँदै सुरुवात गरिएको थियो। यो सूचना उद्योग मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र वित्तीय मन्त्रीद्वारा निर्देशित थियो। त्यसबेलादेखि तीनै कम्पनीले तेस्रो पुस्ता सञ्जाल सञ्चालन गर्नका लागि अनुमति पत्र प्राप्त गरेका थिए र चीनमा निश्चित लाइन र मोबाइल व्यवसायमा व्यस्त रहेका थिए।

फलस्वरूप चीन सन् २००१ मा विश्व व्यापार सङ्ठनमा प्रवेश गरेको थियो। त्यसपछि यसले एक नयाँ नियामक व्यवस्था स्थापना गरेको थियो र विदेशी सञ्चालनकहरूलाई बजारमा पहुँच गर्न अनुमति दिएको थियो।

चीनको मोबाइल सञ्चार उपकरण बजारको दोस्रो पुस्ता, युरोपेली र उत्तर अमेरिकी कम्पनीहरूको नियन्त्रणमा छ। मोबाइल सञ्चारको विशिष्ट विशेषताका कारण, अधिकांश चीनको मोबाइल सञ्चार उपकरणको मागहरू आयात मार्फत गरिएको थियो। हुवावे र जेडटिईको नेतृत्वमा रहेका तिव्र रूपमा बढ्दो चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिका, दक्षिण पूर्व एसिया र अफ्रिकी देशहरूतर्फ आफ्नो ध्यान केन्द्रित गरेका थिए जसले गर्दा व्यापार अवसर र बढ्दो चीनमा आफ्नो बजार शेयर बढेको छ।

सन् २००९ सम्म, हुवावे प्रविधिले नोकिया साइमेन्स सञ्जाल र अल्काटेल लुसेण्टलाई पछि पार्दै दूरसञ्चार उपकरणको दोस्रो ठूलो निर्माता बनेका थिए। मार्च २०१२ मा, चीनमा २८४.३ मिलियन निश्चित-लाइन दूरभाष ग्राहक तथा १.०१ बिलियन मोबाइल दूरभाष ग्राहकहरू रहेका छन्।[१][२][३]

परिचय[सम्पादन गर्नुहोस्]

चिनियाँ दूरसञ्चार क्षेत्रको वृद्धि दर सन् १९९७ देखि सन् २००२ सम्म २०% रहेको थियो। चीन निश्चित लाइन र मोबाइल सञ्चालकहरूले गत वर्ष सञ्जाल पूर्वाधारमा औसत २ अरब अमेरिकी डलर लगानी गरेका छन्, जुन सबै पश्चिमी युरोपेली सञ्जाल सञ्चालकको संयुक्त भन्दा बढि हो। फलस्वरूप, चीनसँग हाल १.३ अरब भन्दा बढी मोबाइल ग्राहक रहेका छन् जसले गर्दा चीन सञ्जाल क्षमता र ग्राहकको आधारमा सबैभन्दा ठूलो सञ्जाल सञ्चालक बनेको छ।

चीन विश्व व्यापार सङ्गठनमा डिसेम्बर ११, २००१ मा प्रवेश गरेसँगै विदेशी कम्पनीहरूमा दूरसञ्चार सेवा बजार क्रमिक रूपमा खोलिएको थियो।

ऐतिहासिक अवलोकन[सम्पादन गर्नुहोस्]

सन् १९९४ भन्दा पहिला हुलाक तथा दूरसञ्चार मन्त्रालयले यसको सञ्चालन शाखा चीन दूरसञ्चार मार्फत दूरसञ्चार सेवाहरू प्रदान गर्दथ्यो।

अन्य मन्त्रालयहरू तथा असन्तुष्ट ग्राहकहरूको दबाबमा चिनियाँ सरकारले सन् १९९४ मा आधिकारिक रूपमा एक नयाँ प्रतिस्पर्धी: जुङ्गो एन्थुङको सञ्चालनमा ल्याई दूरसञ्चार उद्योगमा सुधार गरेको थियो। त्यस पश्चात्, जुङ्गो एन्थुङले विशाल जुङ्गो डियानसिन वा चीन दूरसञ्चारसँग प्रतिस्पर्धा गर्न सकेको थिएन।

सन् १९९८ मा मन्त्री पुनर्गठनका कारण डाक तथा दूरसञ्चार मन्त्रालयलाई नयाँ सूचना उद्योग मन्त्रालयले हटाएको थियो। सूचना उद्योग मन्त्रालयले असक्षम राज्य एकाधिकारलाई लक्षित गरी दुई ठूलो मात्रामा फेरबदल कार्यहरू गरेको थियो।

सन् १९९९ मा पहिलो पुनर्संरचनाले चीन दूरसञ्चारको व्यवसायलाई तीन भागमा विभाजित गरेको थियो (निश्चित-लाइन, मोबाइल र उपग्रह)। चीन मोबाइल र चीन स्याटकमले क्रमशः मोबाइल र उपग्रह क्षेत्रहरूमा चल्नको लागि सृजना गरिएको थियो तर चीन दूरसञ्चारले निश्चित लाइन सेवाहरूको एकाधिकारको जमाएको थियो।

सन् २००२ मा दोस्रो पुनर्संरचनाले भौगोलिक रूपमा जुङ्गो डियानसिनलाई (अनुवादित- चीन दूरसञ्चार) उत्तर र दक्षिणमा विभाजित गर्‍यो जसमा जुङ्गो डियानसिन (अनुवादित - चीन दूरसञ्चार)- उत्तरले सञ्जालको ३०% संसाधन राख्यो जसले गर्दा चीन नेटकमको गठन भयो र ७०% संसाधन जुङ्गो डियानसिनले कायम गर्‍यो वा दक्षिण वा केवल नयाँ चीन दूरसञ्चारद्वारा राख्यो। यस दोहोरो विखण्डनको समानान्तर, रेल मन्त्रालयको दूरसञ्चार विभागले सन् २००० मा नयाँ खेलाडी चीन मोबाइल थिएथोङ स्थापना गरेको थियो।

यी संसाधनहरूमा २,२००,००० किलोमिटर लामो राष्ट्रव्यापी अप्टिकल सञ्जालका साथ विशेष गरी अमेरिका, जापान, जर्मनी र रूसले प्रयोग गर्ने गरेका एसिन्क्रोनस ट्रान्सफर मोड, सिङ्क्रोनस डिजिटल हाइरार्ची र डेन्स वेभलेन्थ डिभिजन बहु मल्टिप्लेक्सिङ प्रविधिहरू र धेरै पनडुब्बी केबलहरूमा आधारित थियो।

सारांशमा भन्नुपर्दा, चिनियाँ दूरसञ्चार उद्योग राज्य सञ्चालित एकाधिकारवादी संरचनाबाट राज्य-सञ्चालित अल्पाधिकार संरचनामा परिवर्तन भएको छ।

मे २००८ मा सूचना उद्योग मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र अर्थमन्त्रीले तेस्रो पुनर्संरचना प्रस्तावको घोषणा गरेका थिए र तेस्रो पुस्ता अनुमतिपत्र पनि जारी गरेको थियो।

द्रुत विकास तथा गम्भीर प्रतिस्पर्धाको साथ, चिनियाँ दूरसञ्चार सञ्चालकले ल्याण्डलाइनलाई खुम्च्याउनका लागि प्रयोगकर्ताहरूमा चुनौतीहरूको सामना गरेको थियो जसले गर्दा मोबाइल व्यवसायमा द्रुत बृद्धि, कम लाभ सहितका सेवाहरू र वाहकहरूको बीचमा ठूलो अन्तर खडा गरेको थियो।

तेस्रो क्रान्तिले ६ वटा मुख्य दूरसञ्चार सञ्चालकहरूलाई तीनवटामा मिलाएको थियो जसको उद्देश तेस्रो पुस्ता व्यापार तथा पूरा दूरसञ्चार सेवा विकास गर्ने तथा एकाधिकार र अधिक प्रतिस्पर्धालाई वेवास्ता गर्नु हो।

नियामक वातावरण[सम्पादन गर्नुहोस्]

सूचना उद्योग मन्त्रालय नियमनको विस्तृतकरण, संसाधनको आवन्टन, अनुमतिपत्रको विनियोजन, प्रतिस्पर्धाको पर्यवेक्षण, अनुसन्धान तथा विकास र सेवाको गुणस्तर बढाउनुका साथै ट्यारिफ दरहरू बृद्धि गर्नको लागि जिम्मेवार छ।

सूचना उद्योग मन्त्रालयले प्रदेश स्तरीय दूरसञ्चार प्रशासनबाटट बनेको राष्ट्रव्यापी नियामक प्रणाली निर्माण गरेको छ जुन उनीहरूको सम्बन्धित प्रदेश भित्र नियामक कार्य सञ्चालन गर्दछ। राज्यको विकास र सुधार आयोग जस्ता अन्य महत्त्वपूर्ण संस्थाहरूले पनि उद्योगलाई प्रभाव पार्छन्।

यसको विश्व व्यापार सङ्गठन प्रवेश पछि, चीनले पश्चिमी शैलीको दूरसञ्चार कानून अपनाउने र दूरसञ्चार सञ्चालकहरूसँग सम्झौता गर्न स्वतन्त्र नियामक र मध्यस्थता संस्था लगायत योजनाहरू बनाउन थालेको थियो।

सन् २०१४ देखि, चीनको साइबरस्पेस प्रशासन, नीति र इण्टरनेट पोर्टलमा, अनलाइन सामाजिक गतिविधिहरू उत्पन्न गर्ने प्रयोगकर्ताहरूको सामग्रीको लागि नियामक रूपरेखा स्थापना गर्नका लागि जिम्मेदार छ।

अन्तर्राष्ट्रिय सहभागिता[सम्पादन गर्नुहोस्]

विश्व व्यापार सङ्गठनमा प्रवेश हुनु अघि, चीनको नीतिले राष्ट्रव्यापी रूपमा वृद्धि हुने दूरसञ्चार उद्योगलाई संरक्षण गरेको थियो जुन यसको एक राष्ट्रिय प्राथमिकता क्षेत्र भित्र पर्दछ। त्यसपछि केवल विदेशी उपकरण विक्रेताहरूलाई चीनमा लगानी गर्न अनुमति दिइयो। लगानीको लागि प्राधिकरणले प्रविधि आदनप्रदानको सर्त जारी गरेको थियो। पछि अन्तर्राष्ट्रिय दूरसञ्चार वाहकहरूलाई बजारमा पहुँच गर्न प्रतिबन्ध लगाइएको थियो।

विश्व व्यापार सङ्गठनको प्रतिबद्धताहरूको एक भागको रूपमा, चिनियाँ सरकार बिस्तारै वाहक बजार विदेशी लगानीकर्ताहरूको लागि खोलेको छ।

सन् २००५ मा विदेशी लगानीकर्ताहरूले संयुक्त रूपमा लगानी गर्नका लागि आधिकारिक रूपमा स्वीकृति प्राप्त गरेका थिए जसले गर्दा सम्पूर्ण देशको इण्टरनेट सेवामा ५०%, ४९% सम्म मोबाइल क्षेत्रमा र देशका प्रमुख १७ सहरहरूमा २५% निश्चित लाइन आधारभूत सञ्चालनको अनुमति प्राप्त गरेका थिए जसमा राजधानी बेइजिङ, साङ्घाई र ग्वाङ्झौ पनि समावेश छन्।

संयुक्त राज्य अमेरिका, क्यानडा, स्विडेन, फिनल्यान्ड, जर्मनी, फ्रान्स, जापान र दक्षिण कोरियाबाट महत्त्वपूर्ण विदेशी लगानीहरू आउँदछन्। यी देशहरूका प्रमुख कम्पनीहरूसँग पहिले नै एक वा बढी संयुक्त उद्यमहरू छन् तथापि ती सबै अन्ततः सफल छैनन्।

मार्च २०१२ सम्ममा चीनसँग २८४.३ मिलियन निश्चित-लाइन ग्राहकहरू र १.०१ अरब मोबाइल ग्राहक रहेका छन्। चिनियाँ दूरसञ्चार प्रदायकहरूले आफ्नो प्रयासलाई आवाजमा केन्द्रित गर्छन्। डाटाबाट मात्र ५% आय खातामा जम्मा हुन्छ। नयाँ प्रविधिहरू विभिन्न सेवाहरू प्रदान गर्न खटाइएको छ। यी प्रविधिहरूमा एडिएसएल, ताररहित ल्यान प्रविधि, आईपी (इण्टरनेट प्रोटोकल) दूरभाष सेवा र मोबाइल सञचारसँग सम्बन्धित सेवाहरू जस्तै संक्षिप्त सन्देश सेवा, मल्टिमिडिया सन्देश सेवा, रिङटोन डाउनलोड आदि समावेश छन्।

भुक्तान संक्षिप्त सन्देश सेवा जडानले उद्यमीहरू र स्थापित व्यवसायहरूलाई प्रयोगकर्ताहरूको मासिक फोन रकम वा प्रि-पेड क्रेडिटबाट सीधा लिइएको राजस्वबाट नाफा लिन अनुमति दिइरहेको छ।

विश्व बजारमा यस्तो चिनियाँ भुक्तान संक्षिप्त सन्देश सेवा जडान प्रदान गर्ने र यसमा सम्बन्धी नियम र आवश्यकताहरूबारे सल्लाह दिने पहिलो कम्पनी एमबीआइएलएल हो। चिनियाँ सञ्चालकहरू प्राय: अत्याधुनिक प्रविधिहरू खरीद गर्न सतर्क हुन्छन्।

मोबाइल सञ्चार, विशेष गरी विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सबैभन्दा नाफाजनक उपक्षेत्र हो र सबै कुल राजस्वको ४६% हो।

दूरसञ्चार प्रदायकहरू[सम्पादन गर्नुहोस्]

सन् २००९ सम्ममा चीनमा दूरसञ्चार सञ्चालकहरू केवल चिनियाँ प्रदायक थिए: राष्ट्रव्यापी अनुमतिपत्र सहित दुई निश्चित-लाइन सञ्चालकहरू - चीन दूरसञ्चार र चीन युनिकम - तीन मोबाइल सञ्जाल प्रदायक - चीन दूरसञ्चार (सिडिएमए र सिडिएमए२०००), )चीन मोबाइल (विश्वव्यापी मोबाइल सञ्चार प्रणालीविश्वव्यापी मोबाइल दूरसञ्चार प्रणाली) र चीन युनिकम (विश्वव्यापी मोबाइल सञ्चार प्रणाली र डब्ल्यूसिडिएमए)। राज्यले ती सबैको बहुमतको स्वामित्व राख्दछ। तिनीहरूलाई अधिकांश वित्त हङकङमा हुन्छ।

१) जुङ्गो डियानसिन थोङ्सिन युसिण्टा (अनुवादित - चीन दूरसञ्चार) चीनको सरकारी स्वामित्वमा रहेको सबैभन्दा ठूलो मध्येको एक दूरसञ्चार कम्पनी हो जसमा मुख्यभूमि चीनमा ३१ अर्ध-स्वायत्त प्रदेशीय उद्यम समावेश छ। यसले ल्याण्डलाइन र मोबाइल दूरभाष सञ्जालहरूको सञ्चालन गर्दछ र यसले व्यक्तिगत सुलभ दूरभाष प्रणालीको आधारमा रहि दूरसञ्चार सञ्जालमा आधारित आवाज, डाटा, मल्टिमिडिया र सूचना सेवाहरू प्रदान गर्दछ। सन् २००८ मा, कम्पनीले चीन यूनिकमबाट सीडीएमए सञ्जालको अधिग्रहण गरेको थियो। जनवरी २००९ मा, जुङ्गो डियानसिन तेस्रो पुस्ता र सिडिएमए२००० को अनुमतिपत्र प्राप्त गर्ने तीनवटा कम्पनीहरू मध्ये एक हो।

२) जुङ्गो हिदो थोङ्सिन जिथ्वान गोङ्स, (अनुवादित चीन मोबाइल) आधारभूत विश्वव्यापी मोबाइल सञ्चार प्रणालीका सेवाहरू र मूल्य अभिवृद्धि सेवाहरू सञ्चालन गर्दछ जसमा सामान्य प्याकेट रेडियो सेवा (जिपीआरएस) डाटा आदनप्रदान, विश्वव्यापी मोबाइल दूरसञ्चार प्रणाली, तेस्रो पुस्ता सञ्जाल, इण्टरनेट दूरभाष र मल्टिमिडिया आदि समावेश छन्। सञ्जालको मात्रा र ग्राहकहरूको आधारमा यो विश्वमा पहिलो स्थानमा रहेको छ।

३) जुङ्गो यन्थुङ (अनुवादित - चीन युनिकम) अक्टोबर २००८ मा चीन नेटकमसँग समायोजन भई विश्वव्यापी मोबाइल दूरसञ्चार प्रणाली जनवरी २००९ मा प्राप्त गरेको थियो। कम्पनीले मोबाइल फोन सेवाहरू प्रदान गर्दछ जसमा घरेलु र अन्तर्राष्ट्रिय ल्याण्डलाइन सञ्जाल र विस्तृत पट्टि मल्टिमिडिया सेवाहरूका साथै आईपी दूरभाष र मूल्य अभिवृद्धि सेवाहरू समावेश छन्। चीन नेटकमलाई अक्टोबर २००८ मा, जुङ्गो यन्थुङले अधिग्रहण गरेको थियो।

चीन स्याटकम वा चीन उपग्रह सञ्चार कम्पनी लिमिटेड एक चिनियाँ दूरसञ्चार प्रदायक कम्पनी हो जसले उपग्रह मार्फत दूरसञ्चार सेवा प्रदान गर्दछ। कम्पनी जुङ्गो हङ्थिन खुजी जिथ्वान गोङ्सको (中国航天科技集团公司) सहायक कम्पनी हो। मार्च २००९ मा, कम्पनीले यसको आधारभूत दूरभाष सेवाहरूलाई जुङ्गो डियानसिनमा (अनुवादित - चीन दूरसञ्चार) समायोजन गरेको थियो।

४) चीन मोबाइल थिएथोङ, पूर्व राष्ट्र रेल सञ्जालसँग आवद्ध रहेको एक सानो मोबाइल सञ्जाल सञ्चालक हो जुन मे २००८ मा जुङ्गो हिदो थोङ्सिन जिथ्वान गोङ्ससँग समायोजन भएको थियो।

५) जुङ्गो स्यम्गिन ज्युबान गोङ्स,श्रव्य दृश्य सङ्कलन, डाटा प्रसारण, इण्टरनेट स्तर दूरभाष र उपग्रह आधारित उच्च-गतिको इण्टरनेट पहुँचमा अनुमतिपत्र दिएको छ।

चीनमा सञ्जाल उपकरण आपूर्तिकर्ताहरू[सम्पादन गर्नुहोस्]

सञ्जाल उपकरणहरूको अग्रणी अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू - अल्काटेल-लुसेण्ट, सिस्को, एरिक्सन, हुवावे, नोर्टेल र सीमेन्स हुन्। साथमा लिएर हिड्न मिल्ने दूरसभाषको प्रमुख अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू एरिक्सन, मोटोरोला, नोकिया, सामसुङ, र सिमेन्स हो। ठूलो सङ्ख्यामा चिनियाँ कम्पनीहरूले हाल चिनियाँ बजारमा मात्र नभई अन्य देशहरूमा पनि विदेशी निगमसँग प्रतिस्पर्धा गर्दछन्। डाटाङ्ग मुख्य विश्वव्यापी मोबाइल दूरसञ्चार प्रणालीको निर्माता हो र युटिष्टारकम, मुख्य व्यक्तिगत पहुँच प्रणालीको निर्माता हो। हुवावेले संक्षिप्त सन्देश सेवाको बजारको नेतृत्व गर्दछ र चीनको विशाल पर्खाल विस्तृत पट्टि क्षेत्रमा अवस्थित छ। अन्य मान्यता प्राप्त चिनियाँ उपकरण आपूर्तिकर्ता शाङ्घाई बेल र झोङ्सिन दूरसञ्चार उपकरण (जेटटिई) हो। यसबाहेक, अमोई, कोन्का, निङ्बो बर्ड र केजन सबैभन्दा प्रतिनिधि चिनियाँ मोबाइल दूरभाष निर्माणकर्ता हुन्।

अनलाइन तथा मोबाइल खेल[सम्पादन गर्नुहोस्]

चिनियाँ निश्चित लाइन दूरसञ्चार सञ्चालकहरूले उनीहरूका व्यवसाय साझेदारहरू, अनलाइन खेल सञ्चालकहरू र इण्टरनेट सेवा प्रदायक / अनलाइन सामग्री प्रदायकहरू मिलेर सन् २००५ मा अनलाइन खेल र मोबाइल खेलहरू उपलब्ध गराउँनेछन्। यो अरबौं अमेरिकी डलरको बजार हुन पनि सक्छ। अनलाइन खेल / मोबाइल खेल विकासकर्ताहरूले दूरसञ्चार सञ्चालकहरूसँग मिलेर काम गर्दछन्। खेल सञ्चालकहरूले, इण्टरनेट सेवा प्रदायक / अनलाइन सामग्री प्रदायकहरूसँग मिलेर चीनमा उनीहरूको खेलहरूको बजारमा गर्न काम गर्दछन्।

ताररहित स्थानीय क्षेत्रीय सञ्जाल[सम्पादन गर्नुहोस्]

चिनियाँ निश्चित लाइन दूरसञ्चार सञ्चालकहरू जस्तै चाइना दूरसञ्चार, चीन नेटकम र चीन थिएथङ (आधिकारिक रूपमा चाइना रेलकम) ले उनीहरूको ग्राहकलाई इण्टरनेटमा छरितो र सजिलो ताररहित पहुँच प्रदान गर्न ताररहित स्थानीय क्षेत्रीय सञ्जालहरू निर्माणमा तल्लीन छन्। निश्चित लाइन दूरसञ्चार सञ्चालकहरूले चीनमा एडीएसएल र अन्य विस्तृत पट्टि पहुँच प्रविधि प्रवर्द्धनमा जोड दिएका छन्।

सार्वजनिक सुरक्षा प्रणाली[सम्पादन गर्नुहोस्]

गम्भीर परिस्थितिहरूको सामना गर्न सरकारको क्षमताको महत्त्वबारे बढ्दो चेतनाका साथ चीनमा आपतकालिन प्रतिक्रिया प्रणालीको बढ्दो माग छ, संयुक्त राज्य अमेरिकामा राष्ट्रिय आपतकालीन सङ्ख्या सङ्घ (नेना) जस्ता संस्था बिना चीनले आफ्नो आपतकालीन प्रतिक्रिया प्रणालीको लागि राष्ट्रिय प्राविधिक स्तरको विकास गर्न सकेको छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. डोनाल्ड मेलासन,३० मार्च २०१२, China officially tops one billion mobile subscribers, इन्ग्याजेट
  2. २०१२-०३-३०, China mobile phone users exceed 1 billion, चीन द‌निक
  3. ३० मार्च २०१२, China's mobile phone subscriptions top a billion, एएफपी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]