चीनको विशाल पर्खाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
युनेस्को विश्व सम्पदा क्षेत्र
ग्रेटवाल (चिनको पर्खाल)
सम्पदा सूचीमा उल्लेख गरिए अनुसारको नाम
चिनको पर्खाल
राष्ट्र  China
प्रकार Cultural
मापदण्ड i, ii, iii, iv, vi
सन्दर्भ 438
युनेस्को क्षेत्र Asia-Pacific
शिलालेखको इतिहास
शिलालेख १९८७ (11th Session)

चीनको विशाल पर्खाल माटोढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जस्लाई चीनको विभिन्न शासकहरू द्वारा उत्तरी हमलावरहरूबाट रक्षाको लागि पाँचौँ शताब्दी ईसा पूर्वदेखि सोह्रौँ शताब्दी सम्म बनाईयो। कई पर्खालहरू कि सामूहिक रूपले महान पर्खाल, जुन पुनर्निर्माण गरिएको छ र 5 औं शताब्दी ईसा पूर्व देखि 16 औं सताब्दीको माध्यमले बनाए राखयोको रूपमा सन्दर्भित गर्दै छन् 5 औं शताब्दी ईसा पूर्व पछि देखि निर्मित गरिएको छ। यसको विशालताको अंदाज यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढांचालाई अन्तरिक्षबाट पनि हेर्न सकिन्छ।

यो भित्ता ६,४०० किलोमीटर (१०,००० ली, चीनी लंबाई मापन इकाई) क्षेत्रमा फैलिएको छ। [१] यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोप नुर सम्म छ, र कुल लंबाई लगभग ६७०० कि.मी. (४१६० मील) छ। [२] हुनत पुरातत्व सर्वेक्षण विभागको हालको सर्वेक्षण अनुसार समग्र महान भित्ता, आफ्नो सबै शाखाहरू सहित 8851.8 सम्म फैलिएको छ।[३][४][५] आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा हेतु दस लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिये।[६] अनुमानित छ, कि यस महान भितअ निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिषहरूले आफ्नो जीवन लगाई दिएको थिये।[७]

चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो आठौँ शताब्दी ईसापूर्वमा जुन बेला कुई ( अङ्ग्रेजी :Qi) , यान( अङ्ग्रेजी :Yan) र जाहो ( अङ्ग्रेजी :Zhao) राज्यहरूले तीर र तलवारहरूको आक्रमणबाट बचनको लागि माटो र ढुंगालाई ढाँचामा दबाएर बनाएको ईटाबाट भित्ताको निर्माण गर्‍यो। ईसादेखि २२१ वर्ष पूर्व चीन किन ( अङ्ग्रेजी :Qin) साम्राज्य अन्तर्गत आयो। यस साम्राज्यनले सबै स-साना राज्यहरूलाई संयुक्त गरेर एक अखंड चीनको रचना गर्‍यो। किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न भित्ताहरूलाई मिलाएर एकै बनाई दियो जुन की चीनको उत्तरी सीमा बन्यो। पांचौँ शताब्दीदेखि धेरै पछि सम्म धेरै भित्ताहरू बन्यो, जस्लाई मिलाएर चीनको भित्ता भनियो। प्रसिद्ध भित्ताहरूमा एउटा २२०-२०६ ई.पू.मा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाको थियो। त्यस भित्ताको अंशको केही अवशेष मात्रै बचेको थियो। यो मिंग वंश द्वारा बनाएको वर्तमान भित्ताको सुदूर उत्तरमा बनेको थियो। [८]

नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो यसैले किन शासकहरूले भित्तालाई चीनको बाकी सीमाहरू सम्म फैलाउनु शुरू गरि दियो। यस कार्यको लागि अथम परिश्रम एवं साधनहरूको आवश्यकता थियो। पर्खाल बनाउने सामग्रीलाई सीमाहरू सम्म लईजानु एक कठिन कार्य थियो त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजीक ढुंगाहरू र मैदानी माग नजीक माटो र ढुंगाको भित्ताको निर्माण गर्‍यो।

आज यो भित्ताले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्को द्वारा १९८७ देखि विश्व धरोहर घोषित छ।

अग्रेंजीमा ग्रेटवाल(Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए। उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाइ बढाएर लगेर आजको संरचनामा आईपुगेको छ। ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ। सन् १९८७मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।

चीनको ग्रेटवाल (The Great Wall)

इतिहास[सम्पादन गर्ने]

पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनीङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ । यसको लम्बाइ करिब १२७०० कि.मि. छ । जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको अंश कटाउने हो भने हाल यसको लम्बाई ६३५० कि.मि.मात्र हुन आउँछ । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरूलाई दश बर्षसम्म काममा लगाएका थिए । त्यसपछि बिभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८-१६४४मा गरियो । अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो । संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाइ र चौडाइमा भिन्नता पाइन्छ । शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मीटर छ । पूर्वी भागतर्फको पर्खाल भने पकाइएको ईंट तथा आयताकार ढुंगाका जोडाइबाट बनाइएको छ । जसको सरदर उचाइ ७.५ मीटर छ । यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ छ ।

क्विन राज वंशको समयमा पर्खाल
हान राज वंशको समयमा पर्खाल
मिङ राज वंशको समयमा पर्खाल
पर्खालको नक्सा

उपयोग[सम्पादन गर्ने]

पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरूप निर्माण गरिएको छ । सैनिकहरूलाई सुरक्षा दिन पर्खाल एक मीटर जति अग्लो ढुंगाको जोडाइ गरी उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरू बनाइएको छ । प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रूपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् । त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ । सन् १३४५मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् । त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू ६०० बर्षअघि खोपिएका हुन् । सुरक्षाको दृष्टिकोणबाट त्यसबेला बनाइएको ग्रेटवाल मौलिक तथा चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको अनुमान गरिन्छ। प्राचीन ग्रीक तथा रोमले स्कटल्याण्ड र इङल्याण्डको बीचमा सुरक्षाका लागि ग्रेटवाल बनाउनुअघि नै हयाड्रीयन पर्खाल बनाइसकेका थिए ।


चित्र दीर्घा[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]