चौकिडाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चौकीडाँडा भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। चौकीडाँडा, भोजपुर जिल्लाको उत्तरी भागमा पर्दछ। पूर्वमा कुलुङ् पश्चिममा खाटाम्मा, दक्षिणमा नेपालेडाँडा, कुदाककाउले र उत्तरमा छिमेकी जिल्ला संखुवा-सभा सँग यसको सिमाना जोडिएको छ। प्राकृतिक सुन्दर छटाले सिंगारिएको यो गाबिसले खासगरि शैक्षिक क्षेत्रमा भने ठूलो प्रगति गरेको छ। सानो क्षेत्रफलमा फैलिएको यो गा०बि०स०मा तीनवटा प्राईमरी, दुईवटा लोवर सेकेण्डरी र एउटा उच्च मा०बि० संचालनमा छन्। केही वर्ष अघिसम्म यातायातको सुबिधाबाट पूर्ण बन्चित यो ठाउँमा अहिले भने अंशिक रूपमा यातायातका साधन गूड्न थालेका छन। अरुण नदी माथि पक्की पूल निर्माण भएपछी भने यहाँँ बार्है महिना यातायातका साधन गूड्ने कुराको सुनिश्चतता हुनेछ। हालै निर्माण सम्पन्न भएको सहित हाल यहाँँ ३ वटा लघु जलबुद्धुत पावरहाउस संचालनमा रहेका छन। सबै गरेर अनुमानित ४५ किलोवाट बिद्युत शक्तीको माध्यमबाट गबिसका ६० प्रतिशत घरमा बत्तीको सुबिधा उपलब्ध भईसकेको छ।

क्लव र पुस्तकालय मार्फत समग्र गा०बि०स० र वरिपरिका छिमेकी गा०बि०स० समेतमा शैक्षिक र सामाजिक जागरण थप्न गा०बि०स०को गोपिनीचौरस्थित जनता क्लवले धेरैनै ठूलो भूमिका खेलेको छ। जिल्लाकै पुरानो मध्येको एक यो सामाजिक संस्था 'जनता क्लब'को स्थापना बिक्रम सम्बत् २०३०मा तत्कालीन युवा जोश र जाँगरले भरिएका स्थानिय युवाहरूले गरेका थिए। पञ्चायती शासनमा यो संस्थाले "खेलकुद घर"को नाम प्रयोग गर्न बाध्य हुनुपरेको थियो। वर्षमा एकपटक विजया दशमीको राती सम्पन्न गर्ने विविध साँस्क्रितिक कार्यक्रम यो क्लबले गर्ने त्यतिखेरको समयको जिल्लाकै उत्तरी भेगमा सम्पन्न हुने एक भब्य कार्यक्रम हुन्थ्यो। पछि क्लबले बालबालिकाहरूमा अतिरिक्त क्रियाकलाप मार्फत ब्यक्तित्व विकासका कार्यक्रमहरूमा बढि ध्यान दिन थाल्यो। साथै प्रौढ शिक्षामा निकै परिश्रम गर्‍यो। यो क्लब अहिले पनि गाउँलेहरूको विभिन्न नयाँ बिषयमा छलफल चलाउने चौतारी हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]