जेरी
स्वरूप
दक्षिण एसियामा पाइने जेरि | |
| वैकल्पिक नामहरू | जलभल्लिका, जुल्पी, कुण्डलिका, जलेबी |
|---|---|
| क्षेत्र वा राज्य | मध्यपूर्व, दक्षिण एसिया |
| निर्माणकर्ता | प्राचीन भारतिय |
| मुख्य सामग्रीहरू | मैदा, केशर, घिउ, चिनी |
| विभिन्नता | Jaangiri or Imarti |
जेरी अथवा जुलेबी अथवा जुल्पी (भोजपुरी:जीलेबी, उर्दु:جلیبی, हिन्दी:जलेबी, ਜਲੇਬੀ, জিলাপী) एक प्रकारको मिठाई हो जुन भारतीय उपमहाद्वीपमा धेरै प्रसिद्ध छ। यसलाई भारत, पाकिस्तान, नेपाल अनि बङ्गलादेशका मान्छेहरू खुब रुचाँउछन्। यसलाई मैदाबाट तयार गरिन्छ। मैदाको घोल बनाएपछि त्यो मैदालाई एउटा कपडामा हालेर कपडा मुनि एउटा सानो दुलो पारेर तातो तेलमा घुमाई घुमाई जुलेबी तयार गरिन्छ। त्यसपछि त्यो जुलेबी लाई चिनीको घोलमा डुबाएर एकछिन राख्छन र त्यस पछि त्यो जुलेबी खाने योग्य हुन्छ। साधारणतया जेरी सदा नै बनाइन्छ तर स्वाद आनुसार पनिर वा खोया जेरी[१] लाई पनि मानिसहरू रुचाउछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शाही खोया जलेबी" (एचटीएम), एमएसएन।
|accessyear=प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जेरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।