झुप्पे ओखर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झुप्पे ओखर
फलसहितको हाँगा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. tetraphylla
वैज्ञानिक नाम
Macadamia tetraphylla
L.A.S.Johnson
झुप्पे ओखरको फूल

सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले यसलाई झुप्पे ओखर भनिएको हो । कतिपय ठाउँमा यसलाई मधिसे बदामको नामले पनि चिनिन्छ । त्यस्तै यसको अङ्ग्रेजी नाम म्याकाडमिया नट हो । झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा वरिपरि स-साना काँडा रहेको हुन्छ ।

झुप्पे ओखरका बोटहरूमा चैत बैशाखमा फूलहरू फुल्न थाल्छ । त्यसतै फुलहरूको फल लाग्ने प्रकियामा भदौ महिना देखी फल खान योग्य हुन्छ तर योग्य बीउका लागि भने असोज कात्तिक नै कुर्नुपर्ने हुन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]