ढाँचा:आजको लेख/२०१४-०८-२५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्णविष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । यो दिन पवित्र मानिने कुशलाई घरमा भित्र्याउने पनि गरिन्छ । (पूरा लेख...)