ढाँचा:प्रमुख लेख/दौलतविक्रम विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दौलतविक्रम विष्ट

दौलत विक्रम विष्ट (वि.सं. १९८३- वि.सं. २०५९) एक प्रसिद्ध नेपाली उपन्यासकार थिए। सामान्यतया नेपाली कथा र उपन्यासको क्षेत्रमा कलम चलाउने विष्टले वि.सं २०४५ सालमा ज्योति ज्योति महाज्योति उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।

साहित्यकार दौलतविक्रम विष्टको जन्म वि.संं १९८३ साल असोजको ६ गतेका दिन भोजपुरमा भएको थियो। उनको बुबाको नाम सोमराज विष्ट हो भने उनको आमाको नाम मानकुमारी विष्ट हो। विष्टका बुबा सरकारी जागीरे भएकाले उनले बाल्यकाल काठमाडौँ,भोजपुर, सल्यान, रक्सौल र झापामा बितेको थियो। विष्ट १३ वर्षका छँदा उनको आमाको मृत्यु भएको थियो जसको प्रभाव विष्टमा पछिसम्म पनि परेको थियो। आमाको मृत्युपछि उनका बुबाले दोस्रो विवाह गरेका थिए। विष्ट लामो समयसम्म भन्सारमा जागिरे भएका हुँदा उनलाई आर्थिक सङ्कटमा झेल्नु परेको थिएन। विष्टको पहिलो विवाह १९ वर्षको उमेरमा भएको थियो। विष्टको मृत्यु पक्षघातका कारण वि.सं २०५९ साल पुस १३ गते भएको थियो।(पूरा  पढ्नुहोस्...)