ढाँचा:प्रमुख लेख/फैसलाबाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{2}}}

फैसलाबाद (उर्दु: فیصل آباد (लयलपुर-सन् १९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा बढी जनघनत्व भएको र पञ्जाब प्रन्तको पूर्वीय क्षेत्रमा पर्ने लाहोर पछि पञ्जाबको दोस्रो ठूलो सहर हो। ऐतिहासिक रूपमा ब्रिटिस भारत भित्रको पहिलो योजनाबद्ध सहरहरूमध्ये यो लामो समयदेखि महानगरको रूपमा विकसित भएको थियो। फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ वर्ग किलोमिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० वर्ग किलोमिटर मात्र रहेको छ। फैसलाबादमा रहेका हवाईयात्रा, सडकको सहुलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो औधोगिक क्षेत्रको रूपमा रहेको छ। फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ। पाकिस्तानको कुल आयको २०% फैसालाबादले ओगटोको छ।

फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदीले सिँचाइ प्रधान गर्छ र त्यसबाट गहुँ, मकै, उखु र अन्य फलफूलहरूको उत्पादन हुने गरेको छ। यो सहर पाकिस्तानको औधोगिक सहर हुनुको साथसाथै यहाँ रेलमार्ग, भवनहरूको निर्माण, मिल र अरू सबैको सुविधा भएको हुँदा यस क्षेत्रबाट चिनी, तेल तथा अन्य खाद्यान्न सामग्रीहरूको निर्यात हुन्छ। (पूरा  पढ्नुहोस्...)