विकिपिडिया:प्रमुख लेख/साउन, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००५ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ साउन पहिलो[सम्पादन गर्नुहोस्]

{{{2}}}

फैसलाबाद (उर्दु: فیصل آباد (लयलपुर-सन् १९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा बढी जनघनत्व भएको र पञ्जाब प्रन्तको पूर्वीय क्षेत्रमा पर्ने लाहोर पछि पञ्जाबको दोस्रो ठूलो सहर हो। ऐतिहासिक रूपमा ब्रिटिस भारत भित्रको पहिलो योजनाबद्ध सहरहरूमध्ये यो लामो समयदेखि महानगरको रूपमा विकसित भएको थियो। फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ वर्ग किलोमिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० वर्ग किलोमिटर मात्र रहेको छ। फैसलाबादमा रहेका हवाईयात्रा, सडकको सहुलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो औधोगिक क्षेत्रको रूपमा रहेको छ। फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ। पाकिस्तानको कुल आयको २०% फैसालाबादले ओगटोको छ।

फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदीले सिँचाइ प्रधान गर्छ र त्यसबाट गहुँ, मकै, उखु र अन्य फलफूलहरूको उत्पादन हुने गरेको छ। यो सहर पाकिस्तानको औधोगिक सहर हुनुको साथसाथै यहाँ रेलमार्ग, भवनहरूको निर्माण, मिल र अरू सबैको सुविधा भएको हुँदा यस क्षेत्रबाट चिनी, तेल तथा अन्य खाद्यान्न सामग्रीहरूको निर्यात हुन्छ। (पूरा  पढ्नुहोस्...)

२०७९ साउन दोस्रो[सम्पादन गर्नुहोस्]

{{{2}}}

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भाद्र २४ - २०३९ साउन ६) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपालीहिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए। कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।

कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाको समयको चर्चित राजनीतिक परिवार हो। यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काङ्ग्रेस पार्टीसँग आबद्ध छन्। विश्वेश्वरप्रसाद कोइराला कृष्णप्रसाद कोइरालाका माहिला सन्तान हुन्। उनको विवाह सुशीला कोइरालासँग भएको थियो। उनीहरूका प्रकाश, हर्ष र शशांक गरि ३ छोरा छन् भने चेतना कोइराला उनकी छोरी हुन्।(पूरा  पढ्नुहोस्...)