विकिपिडिया:प्रमुख लेख/२०१९

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रमुख लेख
वर्तमान प्रमुख लेख
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,५२८ लेखहरू छन् जस मध्येबाट ११७ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।

लेखको माथि दायाँतिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ।

यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ।

बङ्गलादेशको स्वतन्त्रता युद्ध

बङ्गलादेशको स्वतन्त्रता युद्ध (बङ्गाली: বাংলাদেশের স্বাধীনতা যুদ্ধ; उच्चारण: बाङ्लादेशेर स्वाधीनता जुद्धो) बङ्गलादेशी राष्ट्रवादी तथा स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात २६ मार्च १९७१ भएको थियो भने अन्त्य १६ डिसेम्बर १९७१ मा भएको थियो। यो युद्धका कारण बङ्गलादेश स्वतन्त्र भएको थियो। यो युद्ध २५ मार्च १९७१ को रात पश्चिम पाकिस्तानले पूर्व पाकिस्तानमा रहेका मानिसहरूलाई आक्रमण गरेपछि सुरु भएको थियो। यस युद्धमा बङ्गलादेशका नागरिकहरू, विद्यार्थीहरू, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारीहरू संलग्न रहेका थिए। यो युद्ध १६ डिसेम्बर १९७१ का दिन पश्चिम पाकिस्तानले आत्मसमर्पण गरेपछि अन्त्य भएको थियो। (पूरा  पढ्नुहोस्...)

प्रमुख सामाग्रीहरू


प्रमुख लेख औजारहरू

जनवरी, २०१९ को प्रमुख लेख

गुजरानवाला सहरको एक दृश्य

गुजरानवाला (उर्दू: گوجرانوالا) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो। यो सहर नजिकैको पञ्जाब प्रान्तको राजधानी लाहोरबाट उत्तरतर्फ रहेको छ। यो सहर पाकिस्तानको ७औँ बढी जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानको ५औँ सबैभन्दा ठूलो सहर हो। गुजरानवाला पाकिस्तानी सहरहरू कराचीफैसलाबादपछिको तेस्रो ठूलो औद्योगिक केन्द्र हो र यस सहरले पाकिस्तानको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ५% योगदान गर्दछ। यो सहर उत्तर-पूर्वी पञ्जाब प्रान्तको ठूला सहरी केन्द्रहरूको सञ्जालमा आबद्ध छ जुन पाकिस्तानको अत्याधिक उच्च औद्योगिक क्षेत्रहरू हुन्। यस सहरको छिमेकको निर्यात केन्द्रित अर्थतन्त्र रहेको औद्योगिक सहरहरू सियालकोटगुजरातसँग यसको सुनौलो त्रिभुज भनिने सम्बन्ध रहेको छ। (पूरा  पढ्नुहोस्...)

फेब्रुअरी, २०१९ को प्रमुख लेख

लभ स्टोरी गीतको सार्वजनिक गरिएको आधिकारिक पोस्टर

"लभ स्टोरी" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले रचना र प्रस्तुति गरेको एक गीत हो। उनले यो गीत नेथन च्यापम्यानसँग मिलेर निर्माण गराएकी हुन्। यस गीतलाई १२ सेप्टेम्बर २००८ मा बिग मेसिन रेकर्डसद्वारा स्विफ्टको दोस्रो एल्बम फियरलेसको पहिलो र एकल गीतको रुपमा सार्वजनिक गरेको थियो। स्विफ्टले यस गीतलाई आफ्नो प्रेम जीवन र प्रेम चाहनाको बारेमा वर्णन गर्दै लेखेकी हुन्। स्विफ्टले विलियम शेक्सपियरद्वारा लेखिएको रोमियो र जुलिएटको कथाको आधारमा यो गीत रचना गरेकी हुन् भने उक्त कथा स्विफ्टका लागि प्रेरणको स्रोत बनेको थियो। रोमियो र जुलिएटको कथाको अन्त्यमा निरासाजनक समाप्ति भएता पनि स्विफ्टले उनको गीतमा सुखमय समाप्ति गरेकी छिन्। गीतको सार विशेष गरि जुलिएटको कथाको सन्दर्भमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

मार्च, २०१९ को प्रमुख लेख

डकडकगोको विज्ञापन पाटी

डकडकगो (अङ्ग्रेजी: DuckDuckGo) एक इन्टरनेट सर्च इन्जिन हो जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई (यो मन पराउनु भयो भने अर्को त्यस्तै सामग्रीहरू पनि मनपराउन सक्ने) टाढा राख्दछ। डकडकगोले अन्य सर्च इन्जिनहरु भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरूका बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य सर्च इन्जिनहरू जस्तै बिङ, याहू!, र यानडेक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए।

यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया आधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। यो कम्पनीको नाम, बालबालिकाहरूको खेल डकडक गुस (रूमाल लुकाई जस्तै खेल) बाट उत्पत्ति भएको हो। (पूरा  पढ्नुहोस्...)

अप्रिल, २०१९ को प्रमुख लेख

{{{2}}}

ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदिहरू र तालहरूमा प्रजनन गर्ने गर्दछ। यो चरा विश्व भरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघद्वारा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली संघ पंक्षी संरक्षण संस्थाद्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रुपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइँसराइ गर्ने पंक्षीको रुपमा पनि लिइन्छ। ठुलो घाउँके हावासील हावमसील प्रजातिका चराहरूमा सबैभन्दा ठूलो चरा हो । हवासील प्रजातिका चराहरूमा सानो घाउँके हावासील बाहेक अन्य सबै प्रजातिहरूको आकार ठुलो नै हुन्छ। (पूरा  पढ्नुहोस्...)

मे, २०१९ को प्रमुख लेख

मारूनी नाचको दृष्य

मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारूनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारूनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारूनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारूनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । (पूरा  पढ्नुहोस्...)

जुन, २०१९ को प्रमुख लेख

पादुकास्थान पञ्कोशीका पाँच स्थान मध्यको एक स्थान

पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तिर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तिर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ। यस तिर्थलाई अग्नि तिर्थ भनेर पनि चिनिन्छ। प्राचिन कालका खसमल्ल राजाहरूले यस तिर्थलाई पञ्कोशी भनेर नामांकन गरी तिर्थ यात्राको थालनी गरे यता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पृती कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक महत्व समेत ओगटेको छ। पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । विसं २०७२ को चैतमा नेपालचिन बीच भएको द्विपक्षिय सम्झौता अनुशार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्वीकृत गरेको थियो । अब नेपालचिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदैछ। (पूरा  पढ्नुहोस्...)

जुलाई, २०१९ को प्रमुख लेख

पादुकास्थान पञ्कोशीका पाँच स्थान मध्यको एक स्थान

पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तिर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तिर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ। यस तिर्थलाई अग्नि तिर्थ भनेर पनि चिनिन्छ। प्राचिन कालका खसमल्ल राजाहरूले यस तिर्थलाई पञ्कोशी भनेर नामांकन गरी तिर्थ यात्राको थालनी गरे यता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पृती कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक महत्व समेत ओगटेको छ। पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । विसं २०७२ को चैतमा नेपालचिन बीच भएको द्विपक्षिय सम्झौता अनुशार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्वीकृत गरेको थियो । अब नेपालचिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदैछ। (पूरा  पढ्नुहोस्...)

अगस्त, २०१९ को प्रमुख लेख

दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । (पूरा  पढ्नुहोस्...)