ठूलो घाउँके हावासील

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ठूलो घाउँके हावासील
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Pelecaniformes
परिवार: Pelecanidae
वंश: Pelecanus
प्रजाति: P. onocrotalus
वैज्ञानिक नाम
Pelecanus onocrotalus
(कार्लस लिनियस, १७५८)
ठूलो घाउँके हावासीलको बासस्थान क्षेत्र     प्रजनन क्षेत्र      वर्षै भरि      प्रजनन नगर्ने क्षेत्र
इथियोपियामा पाइने ठूलो घाउँके हावासील

ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपर पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदी र तालहरूमा प्रजनन गर्ने गर्छ। यो चरा विश्वभरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसिएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली सङ्घ पंक्षी संरक्षण संस्थाद्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रुपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइसराई गर्ने पंक्षीको रुपमा पनि लिइन्छ।

विवरण

नामिबियामा पानीको सतह माथि उडिरहेको ठूलो घाउँके हावासील
लण्डनमा
इथियोपियामा उडिरहेको ठूलो घाउँके हावासील

ठूलो घाउँके हावासील हावमसील प्रजातिका चराहरूमा सबैभन्दा ठूलो चरा हो । हवासील प्रजातिका चराहरूमा सानो घाउँके हावासील बाहेक अन्य सबै प्रजातिहरूको आकार ठूलो हुन्छ।[२] यस प्रजातिको एक वयस्क चराको लम्बाई १४० बाट १८० सेमी (५५ बाट ७१ इन्च) हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र लामो हुन्छ जसको लम्बाई २८.९ बाट ४७.१ सेमी (११.४ बाट १८.५ इन्च) हुन्छ। यस चराको एक पखेटा देखि अर्को पखेटाको लम्बाई २२६ बाट ३६० सेमी (७.४१ बाट ११.८१ फिट) जुन उड्न सक्ने चराहरू भन्दा लामो हुन्छ। यस पंक्षीको एक वयस्कको लम्बाई १७५ सेमी (६९ इन्च) हुन्छ भने यसको तौल ९ बाट १५ किग्रा (२० बाट ३३ पाउन्ड) हुन्छ। एक वयस्कको चुच्चोको लम्बाई ३४.७ बाट ४७.१ सेमी (१३.७ बाट १८.५ इन्च) हुन्छ। यस प्रजातिको वयस्क पोथीको लम्बाई भालेको भन्दा थोरै कम हुन्छ तर यसको तौल ५.४ बाट ९ किग्रा (१२ बाट २० पाउन्ड) र यसको चुच्चोको लम्बाई २८.९ देखि ४०.० सेमी (११.४ देखि १५.७ इन्च) हुन्छ।[३] युगाण्डाको एडवर्ड तालमा गरेको ५२ भाले ठूलो घाउँके हावासीलको सर्वेक्षणमा अौसत तौल ११.४५ किग्रा (२५.२ पाउन्ड) पाइयो भने पोथीको औसत तौल ६.९ किग्रा (१५ पाउन्ड) प्राप्त गरियो। दक्षिण अफ्रिकामा गरिएको गरेको ठूलो घाउँके हावासीलको सर्वेक्षणमा भालेको औसत तौल ९.६ किग्रा (२१ पाउन्ड) पाइयो भने पोथीको औसत तौल ६.९ किग्रा (१५ पाउन्ड) पाप्त गरियो। त्यस‌ैले यस चराको भालेको तौल र आकार पोथीको भन्दा ३०% ले धेरै हुन्छ। यस चराको पुच्छर १६ देखि २१ सेमी (६.३ देखि ८.३ इन्च) हुन्छ।[४]

यस प्रजातिका पंक्षीको भालेको घाँटी हल्का तलतिर निहुरिएको हुन्छ भने पोथी जातिको घाँटी भालेको भन्दा सानो हुन्छ। पोथिको भालेको भन्दा छोटो र सिधा चुच्चो हुन्छ। यस चराको प्वाँख र शरीरका भुत्लाहरू सेता हुन्छ भने पखेटाको माथिल्लो भागमा यो खैरो रङ्गको धेरै धर्सा र धेरै जसो ठाउँमा कालो पनि देखिन्छ। यस पंक्षीको टाउकोमा हल्का प्याजी रङ्ग देखिन्छ भने यसको आँखा गाढा खैरो हुन्छ र आँखाको वरिपरि फिका रातो रङ्गले घेरेको हुन्छ। यसको लामो र पहेँलो खुट्टाहरू हुन्छन्।[५] प्रजनन मौसमका बेलामा भाले जातिको माथिल्लो भाग प्याजी हुन्छ भने पोथीको सुन्तला रङ्गको देखिन्छ। यस चराको चुच्चो मुख्यतया फिका निलो र खैरो हुन्छ भने चुच्चोको टुप्पो भने रातो हुन्छ। यस चराको चुच्चोको तल्लो भाग पहेँलो हुन्छ। यो चरा युवाबाट वयस्क हुँदा यसको छातीको रङ्ग प्याजीबाट फेरिएर हल्का पहेँलो हुन जान्छ।[६] यस प्रजातिको भाले जाति पोथी भन्दा ठूलो हुन्छ भने प्रजनन मौसममा पोथीको टाउकोको भागमा सुन्तला रङ्गमा परिणत हुन्छ।

यस प्रजातिको युवा चराको माथिल्लो भाग गाढा खैरो र हल्का कालो हुन्छ भने पेटको भाग र पुच्छर हल्का पहेँलो हुन्छ।[७] यसको माथिल्लो पखेटामा मैलो खालको सेतो प्वाँखहरू हुन्छन् भने यसको तल्लो भागमा खैरो रङ्ग देख्न सकिन्छ। यसको पखेटाको बाहिरपट्टि सेतो हुन्छ भने यसको पखेटाको भित्र तल्लो भाग खैरो हुन्छ। यसको टाउकोको भाग र चुच्चो हल्का हरियो खरानी रङ्गको हुन्छ भने यसको पेट र खुट्टा खैरो हुन्छ।[८] यस पंक्षीको कालो पुच्छर हुन्छ। यसको तल्लो भाग र ढाडको रङ्ग खैरो हुन्छ।

ठूलो घाउँके हावासीललाई यसको पखेटा र प्वाँखका रङ्गहरूले गर्दा अन्य हावासीलका अन्य प्रजातिबाट यसलाई सजिलैसँग छुट्टाउनु सकिन्छ। यस पंक्षीको घाँटी वरिपरि भुत्लाहरू हुँदैन भने अन्य प्रजातिको घाँटीमा भुत्लाहरू देख्न सकिन्छ। उड्ने क्रममा यस पंक्षीको भित्री पखेटा तलरहेको कालो रङ्ग टाढाबाट देखिन्छ भने नजिकबाट पखेटाको सेतो रङ्ग पनि देखिन्छ।[९] एसियामा पाइने छोटो चुच्चे हावासील यो प्रजाति भन्दा थोरै सानो हुन्छ जसको हल्का हरियो र सेतो प्वाँखहरू हुन्छन्। यो चरा एकदमै शान्त हुन्छ भने यसको आवाजको तिव्रता निकै सानो हुन्छ। प्रजननको मौसममा यसले विभिन्न आवाजहरू निकाल्ने गर्दछ।

वितरण बासस्थान

नामिबिया दुई ठूलो घाउँके हावासील
बङ्गलादेशमा पाइने ठूलो घाउँके हावासील

ठूलो घाउँके हावासीलको अफ्रिका महादेशमा प्रजनन दायरा इथियोपीया, तान्जानिया, चाड, उत्तरी क्यामेरुननाइजेरिया सम्म फैलिएको छ भने यी पंक्षीहरूले कहिलेकाँही जाम्बिया, बोत्सावाना र दक्षिण अफ्रिकामा पनि प्रजनन गर्ने गरेका छन्।[१०] सन् १९९० को दशकमा एसिया, युरोप र उत्तरी अफ्रिकाका केही मुलुकहरूमा लगभग ६,७०० देखि ११,००० जोडी २३ देखि २५ वटा प्रजनन गर्ने स्थानहरूमा पाइएको थियो।[११] तात्कालिक समयमा ३,०७० देखि ४,३०० ठूलो घाउँके हावासीलका जोडीहरू सोभियत सङ्घमा पाइएका थिए। भूमध्य नदिमा मात्र दुईवटा प्रजनन स्थलहरू रहेका छन् भने यसको सङ्ख्या टर्कीमा २५० देखि ४०० सम्म र उत्तरी ग्रिसमा ५० देखि १०० जोडीहरू रहेका छन्।[१२] तान्जानियाको रुखा नदि अफ्रिकाको सबैभन्दा धेरै प्रजनन हुने क्षेत्र मानिन्छ र त्यसपछि इथियोपियाको साला नदिमा बढी प्रजनन हुने गरेको छ।

अफ्रिका महादेशमा यस प्रजातिको पंक्षीको सङ्ख्या लगभग ७५,००० जोडी रहेका छन्। प्रजनन सकिएपछि पुर्वी अफ्रिकायुरोपमा बसोबास गर्ने यी पंक्षीहरू बसाइँसराइ गरेर इजरायल र वरिपरिको क्षेत्रमा आउने गर्दछन्। बसाइँसराइ गरेका पंक्षीहरू मुख्यतया कजखस्तान र पुर्वी युरोपमा पाइने गर्छन्। युरोपमा पाइने यी प्रजातिहरू लगभग ५०% भन्दा धेरै सङ्ख्याले रोमानियामा प्रजनन गर्ने गर्छन्। यी पंक्षीहरू बुल्गेरियामा सब्रन नदीमा बसोबास गर्छन्। यी पंक्षीहरू दुनाबीमा अन्तिम मार्च देखि पहिलो हप्ताको अप्रिलमा बसाइँसराइ गर्छन् र प्रजनन मौसम सकिएपछि सेप्टेम्बर देखि नोभेम्बर सम्ममा यस ठाउँबाट अन्त सर्छन्।[१३] हिउँद महिनामा यी पंक्षीको वास्तव बासस्थान भने पत्ता लागेको छैन तर यीनीहरू विषेशगरी उत्तरपुर्वी अफ्रिका, इराक र उत्तर भारतमा पाइन्छन् भने जोडीले मुख्यतया पाकिस्तानश्रीलङ्कामा प्रजनन गर्ने गर्छ। उत्तरी क्षेत्रमा बसोबास गर्ने यी प्रजातिका पंक्षीहरू चीन, भारत, म्यानमारइण्डोनेसियामा बसाइँसराइ गर्ने गर्छ। यी पंक्षीहरू तल्लो भुभागमा बस्ने भएतापनि यो पंक्षी पुर्वी अफ्रिका र नेपालमा भने १,३७२ मिटर उचाइ सम्म बसोबास गर्ने गर्छ।

ठूलो घाउँके हावासील अन्य पंक्षीको तुलनामा अत्याधिक मात्रामा पाइन्छ र कहीँ यस पंक्षीको समूहहरूमा प्रचुर मात्रामा पंक्षीहरू पनि देखिने गरेको छ। युरोपमा हाल यस पंक्षीका ७,३४५ देखि १०,००० प्रजनन जोडी रहेका छन् र मध्ये ४,००० जोडीले रुसमा गुण बनाएको एक तथ्याङ्कले खुलाएको छ। बसाइँसराइका बेलामा ७५,०००० भन्दा बढी पंक्षीहरू इजरायलमा देखा परे भने हिउँदमा समयमा लगभग ४५,००० पंक्षीहरू पाकिस्तानमा बसोबास गर्ने गरेका छन्। यस पंक्षीको ७५,००० जोडीहरू अफ्रिकाका विभिन्न मुलुकहरूमा बसोबास गर्ने गरेका छन्। यो पंक्षी सर्बिया र मोन्टेनेग्रोबाट लोप भएको छ भने हङ्गेरीका केही क्षेत्रहरूमा पनि यो पंक्षी लोप भएका छन्।

ठूलो घाउँके हावासील मुख्यतया न्यानो सफा पानी भएको कम गहिरो क्षेत्रमा बसोबास गर्ने गर्छ। प्रजनन गर्ने जोडीहरू पुर्वी भूमध्य सागर र भियतनामका नदिहरूमा बसोबास गर्छन्। यी पंक्षीहरू युरोप र एसियामा मुख्यतया नदि, ढल, छहरा, ताल आदिमा बसोबास गर्छन्। यी पंक्षीहरूले घना झाडी भएको क्षेत्रमा गुण बनाउने गर्छन्। बसाइँसराइ, प्रजनन नगर्ने र निष्क्रिय पंक्षीहरू वर्षभरी अफ्रिकमा दक्षिण सहारा मरुभूमिमा बसोबास गर्छन्। अफ्रिकामा यी पंक्षीहरू मुख्यतया नदी, नाला, ताल र तटीय क्षेत्रहरूमा पाइन्छन्।

व्यवहार

आहारा

ठूलो घाउँके हावासीलले मुख्यतया माछा खाने गर्छ। यस पंक्षीले बिहानीको समयमा आफ्नो समूह छाड्छ र आहाराको खोजिमा यो पंक्षी १०० किमी (६२ माइल) सम्म पनि पुग्ने गर्छ जसलाई चाड र क्यामेरुनमा अवलोकन गरिएको थियो। यस पंक्षीलाई एक दिनमा ०.९ देखि १.४ (२.० देखि ३.१ पाउन्ड) आहार चाइन्छ। तान्जाजियाको रुखवा नदिमा गरिएको सर्वेक्षणमा यस पंक्षीको समूहले (७५,००० चराहरू) एक वर्षमा २,८०,००,००० किग्रा (६,२०,००,००० पाउन्ड) तौल बराबरको माछाहरू खाने गर्छ। यस पंक्षीले आफ्नो आहाराको रुपमा मुख्यतया ५०० देखि ६०० ग्राम तौल भएको माछालाई खाने गर्छ। अफ्रिकामा यस पंक्षीले ठूला माछाको सिकार गर्ने गर्छ।

यस पंक्षीको घाँटीमा रहेको गाँणले एक उठाउने सामग्रीको रुपमा जब यसले आफ्नो ठुँडलाई पानीमा हाल्छ यसले एक धक्का दिन्छ र पानी सबै निल्छ जसमा माछा पनि पर्ने गर्छ। जब यसले टाउको पानीबाट बाहिर निकाल्छ यसले पानी छान्छ र त्यहाँ रहेका माछाहरू खाने गर्छ। ६ देखि ८ वटा ठूलो घाउँके हावसीलका जोडीहरूले एक‌ैपटकमा शिकार गर्ने गर्छ। यो पंक्षीले ठूलो मात्रामा माछा भएको ठाउँमा शिकार गर्ने गर्छ।

ठूलो घाउँके हावासीलले माछा अलावा किरा फटयाङ्ग्राहरू पनि खाने गर्छ। अफ्रिकामा पाइने यस प्रजातिको पंक्षीले लामो समयसम्म खाने आहारा पाएन भने यसले अन्य पंक्षीका चल्लाहरूलाई समेत खाने गर्छ। यसले दुई किग्रा सम्मको चल्ला र अन्य पंक्षीलाई खाने गर्छ। नामिबियाको एक नदिको किनारमा यस पंक्षीले अन्य जीवको अण्डाहरू पनि खाने गर्छ। यस पंक्षीले भोकमरीको समयमा अन्य पंक्षी वा जनवरको आहारा पनि चोर्ने गर्छ। यस पंक्षीले सहरमा पाइने स्थानीय परेवाहरूलाई पनि खाने गर्छ।[१४][१५]

प्रजनन

एक सङ्गाहलयमा राखिएको ठूलो घाउँके हावासीलको अण्डा

यस पंक्षीको प्रजनन समय अप्रिल देखि मे महिना सम्म हुन्छ। यो पंक्षीले अफ्रिकाको लगभग सबै मुलुकहरूमा वर्षैभरी प्रजनन गर्ने गर्छ भने यसले भारतमा फेब्रुअरी देखि अप्रिल सम्म प्रजनन गर्छ। यो पंक्षीले एक ठूलो समूहमा प्रजनन गर्ने गर्छ।

यस पंक्षीले गुण विभिन्न स्थानमा बनाउँछ तर मुख्यतया अफ्रिका महादेशमा भने यसले साना हाँगा र झारपातको प्रयोग गरेर रुखमा गुण बनाउने गर्छ। यसले गुणका लागि झरेका पखेटा, मरेका र हरिया झार पात, ससाना दाउाराहरूको प्रयोग गर्ने गर्छ।[१६]

एक पटकको मिलनमा पोथीले १ देखि ४ वटा सम्म अण्डा पार्ने गर्छ भने अौसतमा यसले २ वटा अण्डा पार्छ। ती अण्डाहरूबाट चल्ला निस्कन २९ देखि ३६ दिन लाग्छ। अण्डाबाट बाहिर आउँदा चल्लाको शरीरमा कुनैपनि भुत्ला हुदैन भने त्यसको केही दिन पछि ससाना खैरो र खरानी रङ्गको भुत्ला र प्वाँखहरू पलाउन थाल्छ। यस्ता चल्लाहरूलाई दुवै भाले र पोथीले आहार ख्वाउने र हेरचाह गर्ने गर्छन्। यी चल्लाहरू ६५ देखि ७५ दिन पछि उड्न सक्ने हुन्छन्। लगभग ६४% चल्लाहरू वयस्क अवस्थामा जान्छन् भने बाँकी रहेका ३६% चल्लाहरू विभिन्न प्रकोपबाट प्रभावित हुन्छन्। ३ देखि ४ वर्षको उमेरमा यी चल्लाहरू प्रजनन गर्न योग्य हुन्छन्।

शिकारीहरू

यो पंक्षीको आकर तथा वजन धेरै भएका कारण यसलाई कुनैपनि शिकार पंक्षीहरू जस्तै चील, गिद्ध हुचील आदिले आक्रमण गर्न सक्दै र आक्रमण गर्न पनि खोज्दैन तर यस पंक्षीको अण्डालाई विभिन्न शिकारी पंक्षीले र सर्पहरूले खाने गरेका छन्। कहिलेकाँही यस पंक्षीहरू बसोबास गर्ने क्षेत्रमा मम्साहरी जङ्गली जनावर जस्तै स्याल, सिंहबागहरूले यस पंक्षीलाई आक्रमण गरेर मार्ने गरेका छन्। सामान्यतया यस पंक्षीको मुख्य शिकारी भने कुनै पनि जङ्गली जनावर हैनन् भने यसलाई मानव जाति र जङ्गली जनावरले सिकार गर्ने गर्छन्। अफ्रिकाको नाइल नदिमा भने पौडिरहेका यस पंक्षीहरूलाई गोहीहरूको समूहले अचानक हमला गरेर मार्ने र त्यसलाई खाने गरेको पाइन्छ।

स्थिति र संरक्षण

सन् १९९८ देखि ठूलो घाउँके हावासीललाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ किनकि यो पंक्षी विश्वभरी प्रशस्त मात्रामा पाइने गर्छ तर विश्वमा यस प्रजातिको ठिक सङ्ख्या हाल सम्म पनि पत्ता लागेको छैन। यो यस्तो प्रजाति हो जसमा अफ्रिकी युरेसिया पानी चराको संरक्षण सम्झौता लागू हुन्छ। यस पंक्षीलाई जङ्गली पंक्षी बसाइँसराइ संरक्षण सङ्घले पहिलो प्रथमिकतामा राखेको छ। युरोपेली दायरामा बस्ने प्रजातिमा यस पंक्षीलाई ४३ महत्त्वपूर्ण चराको रुपमा राखिएको छ। यस पंक्षीलाई प्रय सबै ठाउँमा चिडियाखानाहरूमा राखिएको पाइन्छ। [१७]

हाल यस पंक्षी बसोबास गर्ने क्षेत्रमा मानव जातिले माछा झिक्ने र त्यहाँको माछाहरू मार्दै बेच्ने भएकाले यस पंक्षीले आहारा खोज्नका लागि लागि लाम‍ो दुरी पार गर्ने पाइएको छ। ठूलो घाउँके हावासीललाई विभिन्न कारणहरूका लागि अवैध चोरी सिकारी गरिन्छ। यस पंक्षीको थैली तम्बाकु थैली बनाउन प्रयोग गरिन्छ, उनीहरूको छाला लेदर बनाउनमा प्रयोग हुन्छ भने साना हावासीलहरूको बोसोले भारत र चीनमा तेल बनाउन प्रयोग गरिन्छ। इथियोपियामा ठूलो घाउँके हावासीललाई मासुको लागि मारिने गरिन्छ। मानव अशांति, आवास र प्रजनन स्थलहरूको नाश, र जल प्रदूषणले गर्दा यस पंक्षीको सङ्ख्या विश्वभरी घटिरहेको छ।

सन्दर्भ सामग्रीहरू

  1. बर्डलाइफ इन्टरनेसनल (२०१२), "Pelecanus onocrotalus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण २०१३.२, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. (अङ्ग्रेजीमा) मलेसिया र सिङ्गापुरमा पाइने पंक्षीहरूको विवरण. अक्सफोर्ड युनिभर्सिटी प्रेस. २०१२. pp. १०९. . https://books.google.co.in/books?id=UIh8RwJpYYkC&pg=PA109&dq. 
  3. Elliott, A.; Christie, D.A.; F., Jutglar; E.F.J., Garcia; Kirwan, G.M. (२०१७), "Mangrove Swallow (Tachycineta albilinea)", in del Hoyo, Josep; Elliott, Andrew; Sargatal, Jordi; Christie, David A.; de Juana, Eduardo, Handbook of the Birds of the World Alive, Barcelona: Lynx Edicions, अन्तिम पहुँच अगस्ट २३, २०१७, (नामलेखन बाँकी (help)) 
  4. डुनिङ, जोन बी. जोआर, सं (२००८). एसिएन चराहरूको हाते पुस्तक (दोस्रो संस्करण). सिआरसि प्रेस. . 
  5. पोटर, रिचार्ड (२०१६) (अङ्ग्रेजीमा). मध्य पुर्वमा क्षेत्रमा पाइने पंक्षीहरू. Bloomsbury Publishing. pp. ६८. . https://books.google.co.in/books?id=QlSODQAAQBAJ&pg=PA68&dq. 
  6. सिनक्लेर, आयान; हक्की, पि. ए. आर.; अर्लट, नोर्मान (२००५) (अङ्ग्रेजीमा). ठूलो घाउँके हावसील. स्ट्रुक. pp. ५८. . https://books.google.co.in/books?id=jZTl2rn9uTYC&pg=PA58&dq. 
  7. (अङ्ग्रेजीमा) पाकिस्तानमा पाइने पंक्षीहरू. A&सि ब्ल्याक. २००८. pp. १५०. . https://books.google.co.in/books?id=OoeL2O5Iq0YC&pg=PA150&dq. 
  8. हेरिसन, जोन (२०११) (अङ्ग्रेजीमा). श्रीलङ्कामा पाइने पंक्षीहरूको जानकारी. अक्फोर्ड युनिभर्सिटी प्रेस. pp. २५. . https://books.google.co.in/books?id=QUViK6y8RM8C&pg=PA25&dq. 
  9. बिमेन, मार्क; मेड्ज, स्टिभ (२०१०) (अङ्ग्रेजीमा). युरोपेली पंक्षीहरूको विवरण. ए एण्ड सी. pp. ८४. . https://books.google.co.in/books?id=sr-kAwAAQBAJ&pg=PA84&dq. 
  10. Izhaki, Ido; Shmueli, Marva; Arad, Zeev; Steinberg, Yoav (२००२-०९-०१), "स्याटेलाइट द्वरा कैद गरिएको ठूलो घाउँके हावासीलको बासस्थान दायरा", Waterbirds 25 (3): २९५–३०४, आइएसएसएन 1524-4695, डिओआई:10.1675/1524-4695(2002)025[0295:STOMAR]2.0.CO;2 
  11. ठूलो घाउँके हावासीलको शीलकालिन दयारा ४६, १९९१। 
  12. ब्राउन, एल. एच.; अर्बन, इमिल के (१९६९-०४-०१), "ठूलो घाउँके हावासीलको इथियोपियामा प्रजनन दयारा", Ibis (अङ्ग्रेजीमा) 111 (2): १९९–२३७, आइएसएसएन 1474-919X, डिओआई:10.1111/j.1474-919X.1969.tb02527.x 
  13. "इजरायलमा ठूलो घाँउके हावासील", अस्ट्रिच ६५ (2): २१३–२१७, १९९४-०६-०१, आइएसएसएन 0030-6525, डिओआई:10.1080/00306525.1994.9639684 
  14. "ठूलो घाउँके हावासील", बीबीसी समाचार, २५ अक्टोबर २००६, अन्तिम पहुँच २५ अक्टोबर २००६ 
  15. क्लर्क, जेम्स (३० अक्टोबर २००६), "ठूलो घाउँके हावासीलले परेवा खाने कुरा नौलो हैन", बीबीसी समाचार, अन्तिम पहुँच ५ जुलाई २००७ 
  16. "ठूलो घाउँके हावासीलको तस्वी र जानकारीहरू", द आर्काइभ 
  17. "बन्यजन्तु र पंक्षी संरक्षण सङ्घ", जर्मनी सरकार, मूलबाट २०१७-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०२ 

बाह्य लिङ्कहरू