लभ स्टोरी (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"लभ स्टोरी"
टेलर स्विफ्टको एकल
सार्वजनिक१२ सेप्टेम्बर २००८
ढाँचा
  • सिडि एकल
  • डिजिटल डाउनलोड
रेकर्डमार्च २००८
स्टुडियोब्ल्याकबर्ड स्टुडियो
(टेनेसी)
किसिमकन्ट्रि पप
लेबलबिग मेसिन
गीतकार(हरू)टेलर स्विफ्ट
रेकर्ड निर्माता(हरू)
टेलर स्विफ्ट एकल कालक्रम
"चेन्ज"
(२००८)
"लभ स्टोरी"
(२००८)
"ह्वाइट हर्स"
(२००८)
वैकल्पिक
अस्ट्रेलियाली एकल
अस्ट्रेलियाली एकल
साङ्गीतिक भिडियो
"लभ स्टोरी" युट्युबमा हेर्नुहोस्

"लभ स्टोरी"(नेपालीमा: मायाको कथा) अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले रचना र प्रस्तुति गरेको एक गीत हो। उनले यो गीत नेथन च्यापम्यानसँग मिलेर निर्माण गराएकी थिइन्। यस गीतलाई १२ सेप्टेम्बर २००८ मा बिग मेसिन रेकर्डसद्वारा स्विफ्टको दोस्रो एल्बम फियरलेसको पहिलो र एकल गीतको रूपमा सार्वजनिक गरेको थियो। स्विफ्टले यस गीतलाई आफ्नो प्रेम जीवन र प्रेम चाहनाको बारेमा वर्णन गर्दै लेखेकी हुन्। स्विफ्टले विलियम शेक्सपियरद्वारा लेखिएको रोमियो र जुलिएटको कथाको आधारमा यो गीत रचना गरेकी हुन् भने उक्त कथा स्विफ्टका लागि प्रेरणको स्रोत बनेको थियो। रोमियो र जुलिएटको कथाको अन्त्यमा निरासाजनक समाप्ति भएता पनि स्विफ्टले उनको गीतमा सुखमय समाप्ति गरेकी छिन्। गीतको सार विशेष गरी जुलिएटको कथाको सन्दर्भमा रहेको छ।

गीतले स्विफ्टको लेखन शैली र गीतको कथावस्तुका कारण विश्वव्यापी प्रशंसा प्राप्त गरेको थियो। व्यावसायिक रूपमा गीतले निकै सफलता प्राप्त गरेको थियो भने गीतको विश्वव्यापी ८० लाख प्रति बिक्री हुन सफल भएको थिए जसले गर्दा गीत विश्वको सबैभन्दा धेरै प्रति बिक्री भएका गीतहरूको सूचीमा पर्न सफल भएको थियो। यो गीत संयुक्त राज्यमा बिलबोर्ड हट १००को शीर्ष चार सम्म आएको थियो भने संयुक्त अधिराज्यमै गीतका ६ मिलियन प्रतिहरू बिक्री भएको थियो, जुन स्विफ्टको सबैभन्दा धेरै बिक्री भएका गीतहरू मध्ये शीर्ष स्थानमा आउन सफल भएको थियो। यो गीत संयुक्त राज्य अमेरिकामा सर्वाधिक बिक्री भएका एकलहरू मध्ये परेको थियो। यस एकल गीतलाई अमेरिकाको अमेरिकी रेकर्डिङ उद्योग सङ्घले ८× प्ल्याटिनम प्रमाणपत्र प्रदान गरेको थियो। अन्तर्राष्ट्रिय रूपमा लभ स्टोरी अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टको शीर्ष स्थानमा पर्न सफल भयो, त्यसपछि सन् २०१४ मा स्विफ्टको सेक इट अफ पनि एरिया चार्टको शीर्ष स्थानमा आएको थियो। एरिया यस गीतलाई ७× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। यो गीतको सन् २०१० सम्ममा ६.५ मिलियन प्रतिहरू बिक्री भएका थिए।[१]

गीतको आधिकारिक सङ्गीत भिडियो ट्रे फेनज्वेद्वारा निर्देशन गरिएको थियो जसले पहिला पनि स्विफ्टा भिडियोमा निर्देशन गरेका थिए। यस गीतको साङ्गीतिक भिडियो अनुसार स्विफ्ट र मोडल जस्टिन गेस्टन एक विश्वविद्यालय क्याम्पसमा भेट हुन्छन् र उनीहरू दुवैले अघिल्लो युगको कल्पना गर्छन्। लभ स्टोरी गीतलाई विभिन्न प्रत्यक्ष प्रस्तुति र साङ्गीतिक कार्यक्रममा प्रचार प्रसार गरिएको थियो जसमा फियरलेस भ्रमण (सन् २००९-१०), स्पिक नाउ विश्व भ्रमण (२०११-२०१३), द रेड भ्रमण (२०१३-१४), १९८९ विश्व भ्रमण (२०१५) र रेपुटेसन रङ्गमञ्च भ्रमण (२०१८) रहेका छन्। लभ स्टोरी गीतलाई जो म्याकएल्ड्री र फरेभर र सिकेस्ट किड्स जस्ता कलाकारहरूले आफ्नै शैलीमा रेकर्ड गराएका छन्।

लेखन र प्रेरणा[सम्पादन गर्नुहोस्]

"लभ स्टोरी" गीतलाई स्विफ्टको दोस्रो एल्बम फियरलेसमा समायोजन गरिएको छ।[२] स्विफ्टले "लभ स्टोरी" एक पुरुषका लागि लेखेकि हुन् जो उनको प्रेमी हैनन्। जब उनले एक पुरुषलाई उनको परिवार र साथीहरूसँग पेश गर्छिन्, कसैले पनि उक्त विषयमा चाख राख्दैन र उनको अवस्था एकदम जटिल थियो तर स्विफ्टलाई त्यसको बारेमा केही ध्यान थिएन।[३] स्विफ्टले पनि आफ्नो कथालाई विलियम शेक्सपियरको रोमियो र जुलियटको कथासँग दाँज्ने प्रयत्न गरेकी थिइन्। उनले रोमियो र जुलियटको कथालाई अहिलेसम्मकै सबै राम्रो र उत्कृष्ट प्रेम सम्बन्ध भएको कथाको रूपमा वर्णन गरेकी थिइन्।[४] उनले आफ्नो मनपर्ने पात्रहरू लिइन् र अन्तत उनले रोमियो र जुलियटको कथाको अन्त्यमा निराश जनक समाप्ति भएता पनि स्विफ्टले उनको गीतमा सुखमय समाप्ति गरेकी छन्।[५] स्विफ्टले उक्त गीत आफ्नो व्यक्तिगत केठामा हुँदा लेखेकि थिइन् भने उनले करिब २० मिनेटमा पुरै गीत लेखेकी थिइन्।[६]

स्विफ्ट र उनको प्रेमीको बीच सम्बन्ध जारी रहेको थियो तर त्यसपछि उनीहरू एकअर्कासँग लामो समय सम्म भेट नहुँदा र बारम्बार भेट हुन गाह्रो भएका कारण उनीहरू अलग भएका थिए।[७] स्विफ्टले लभ स्टोरीलाई एक रोमान्टिक गीतको रूपमा मनन गर्छिन तर उनको वास्तविक जीवनमा लभ स्टोरीको गीतको जस्तो सम्बन्धमा उनु छ‌ैनिन्। स्विफ्टका अनुसार यो गीत एक प्रेम सम्बन्धसँग जोडिएको छ र यस्तो सम्बन्धमा केही रहेमा उनीहरूले यस्तो सम्बन्धलाई लुकाएर राख्न उचित हुन्छ।[८]

रेकर्डिङ[सम्पादन गर्नुहोस्]

फियरलेस भ्रमणमा स्विफ्ट लभ स्टोरीको प्रस्तुति दिँदै

लभ स्टोरीको रेकर्डिङ मार्ट २००८ न्यासभिलको टेनेसी ब्ल्याक बर्ड स्टुडियोमा भएको थियो। रेकर्डिङको समयमा स्विफ्टले एभेन्ट इलेक्ट्रोनिक द्वरा निर्मित एभनटोन सिभी-१२ नामक एक माइक्रोफोन गीत रेकर्ड गराएकी थिइन्।[९] उक्त माइक्रोफेन एक स्टक पाइपको प्रयोग गरिएको थियो जसलाई एक कन्ट्रि गायक र रेकर्ड निर्माता रे केनेडि र नेथन चापमेनले पुन निर्माण गरेका थिए।[९] चापमेनले उक्त माइक्रोफोन केनेडिसँग केही दिनका लागि ऋणमा ल्याएका थिए।[९] चापमेनले यस भन्दा पहिला पनि धेरै माइक्रोफोनहरूको परीक्षण गरेका थिए तर उनले स्विफ्टको स्वरमा उपयुक्त हुने माइक्रोफोन भेटाएका थिएनन्। स्विफ्ट जब उनको पहिलो एल्बमको रेकर्डिङका लागि चापमेनको घर गइन् उनले उक्त माइक्रोफोन परीक्षण गरेकी थिइन्।[९]

"लभ स्टोरी" गीतको रेकर्डिङको क्रममा विषेश गरी गीतार, बेस ड्रम र किबोर्डहरूको प्रयोग गरिएको छ। ब्ल्याकबर्ड स्टुडियोका एक अडियो इन्जिनियर चाड कार्लसनले उक्त आवाजको सम्पादन गरेका थिए। जस्टिन निलबेङ्कले अडियोलाई समायोगन गरेका थिए। गीतलाई मेनस्ट्रिम एयरप्लेमा राख्ने काम चाममेनले गरेका थिए।[९] चापमेनले उक्त अडियोलाई बेज्जो द्वरा हालिएको सङ्गीतलाई बन्द गर्दै त्यसलाई एक गीतारको सङ्गीतसँग फेरेका थिए।[९]

रचना[सम्पादन गर्नुहोस्]

"लभ स्टोरी" एक कन्ट्रि पप गीत हो जसको लम्बाइ ३ मिनेट ५४ सेकेन्ड छ। यो सामान्य समयमा रेकर्ड गरिएको छ र प्रति मिनेट १२० बीट प्रति सेकेन्डको गतिमा चल्छ।[१०] लभ स्टोरी गीत प्रथम पुरुषमा लेखिएको छ जसमा स्विफ्टले आँफुलाई रोमियो र जुलियटको कथामा जुलियटको भूमिकामा छिन् र रोमियो उनका प्रेमी हुन्। बीबीसीका फ्रेसर म्याकएल्पाइको अनुसार लभ स्टोरी एक कथा हो र उक्त कथाको स्विफ्ट एक वाचक हुन्।[११] यस कथामा अन्तमा प्रेम सफल हुन्छ र उनीहरूको सुखमय भेट हुन्छ। गीतका अनुसार स्विफ्ट उनको प्रेमी रोमियोलाई कुर्छिन् र रोमियोले उनको चाहना रोमियोले उनलाई कतै एकान्त ठाउँमा लजान चहान्छन्।[१२]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

उत्तर अमेरिका[सम्पादन गर्नुहोस्]

गीत सार्वजनिक भएसँगै २७ सेप्टेम्बर २००८ मा गीत बिलबोर्ड हट १०० चार्टको १७औँ स्थानमा आउँदै पहिलो पटक चार्ट प्रवेश गरेको थियो र गीतका ९७,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[१३][१४] चार्ट प्रवेश गरेको अर्को हप्ता गीत बिलबोर्डको शीर्ष ५ मा आउँदै गीतले १५९,००० प्रतिलिपीहरू बिक्री गरेको थियो।[१५] गीत चार्टको शीर्ष दशमा दुई हप्तासम्म रहेता पनि सन् १८ अक्टोबर २००८ मा गीत १३औँ स्थानमा घटेको थियो र बिलबोर्ड शीर्ष बिसमा लगातार ११ हप्तासम्म रहन सफल भयो।[१६][१७][१८] गीत पछि पुन चार्टको शीर्ष दशमा उक्लिएको थियो भने ३ जनवरी २००९ मा गीत सात‌ौँ स्थानमा आएको थियो।[१९] गीत पछि चार्टको चौँथो स्थानमा आउन सफल भएको थियोे। गीतका त्यसपछि पनि धेरै प्रतिलिपीहरू बिक्री भएका थिए भने गीत चार्टको इतिहासमा शीर्ष दशमा १४ हप्ता र पुरै चार्ट भरी ४९ हप्तासम्म स्थान बनाएको थियो।[२०] गीतले अमेरिकी रेकर्डिङ सङ्घबाट ८ पटक प्लेटिनम प्रमाणपत्र प्रप्त गर्‍यो भने गीतको सन् २०११ सम्ममा ५० लाख प्रतिलिपीहरू बिक्री भएको थियो।[२१] गीतले स्विफ्टका गीतहरू मध्ये धेरै बिक्री भएको गीतको रूपमा स्थान बनायो र विश्व व्यापी रूपमा पनि गीत धेरै बिक्री भएको गीतको सूचीमा सूचीकृत भयो।[२२] नोभेम्बर २०१७ का अनसार गीतले संयुक्त राज्य अमेरिकामा मात्र ६ मिलियन प्रतिलिपीहरू बिक्री गरेको छ।[२३][२४][२५]

"लभ स्टोरी" गीत बिलबोर्ड रेडियो सङ चार्टको पहिलो नम्बरमा आउन सफल भएको थियो। २७ सेप्टेम्बर २००८ बिलबोर्ड हट कन्ट्रि सङमा गीत २५औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो।[२६] गीत अर्को हप्ता शीर्ष दशमा आयो भने चार्ट प्रवेश गरेको चौँथो हप्ता गीत शीर्ष स्थानमा आउन सफल भएको थियो र साथसाथै उक्त गीत स्विफ्टको हट कन्ट्रि चार्टको शीर्ष स्थानमा आउने तेस्रो गीत बन्यो।[२७][२८] गीत चार्टको दुई हप्ता सम्म शीर्ष स्थानमा रह्यो भने चार्टमा कुल १३ हप्ता सम्म चार्टमा रहेको थियो।[२९] २२ नोभेम्बर २००८ मा गीत बिलबोर्ड पप सङ चार्टको ३४औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो। गीत चार्टमा प्रवेश गरेको १४ हप्ता पछि चार्ट शीर्ष स्थानमा आएको थियो।[३०] लभ स्टोरी गीत बिलबोर्ड वयस्क समकालीन चार्टमा पनि शीर्ष स्थानमा आउन सफल भएको थियो भने बिलबोर्ड एडल्ट पप सङ चार्टमा तेस्रो स्थान र बिलबोर्ड ल्याटिन पप सङ चार्टमा ३५औँ स्थानमा आएको थियो।

१८ अक्टोबर २००८ क्यानडा आधिकारिक चार्ट कम्पनी क्यानडेली हट १०० मा गीत ८८औँ स्थानमा पर्दै चार्ट प्रवेश गरेको थियो। गीतले २९ नोभेम्बर २००९ मा क्यानडेली हट १०० मा चौँथो स्थानमा आएको थियो। गीत दश हप्ता सम्म शीर्ष स्थानमा रहेको थियो भने चार्टमा गीत ५२ हप्ता सम्म अढिक रहन सफल भएको थियो।[३१] गीत क्यानडाको वार्सिक चार्टमा ८औँ स्थानमा पर्‍यो भने क्यानडामा गीतका १६०,००० प्रतिलिपीहरू बिक्री हुँदै गीतले दुई पटक प्लेटिनम प्रमाणपत्र पनि प्राप्त गरेको थियो।[३२]

युरोप र ओसिनिया[सम्पादन गर्नुहोस्]

लभ स्टोरी गीत युकेको आधिकारिक चार्ट कम्पनी युके एकल चार्टमा २८ फेब्रुअरी २००९ का दिन २२औँ स्थानमा चार्ट प्रवेश गरेको थियो।[३३][३४] चार्टमा प्रवेश गरेको अर्को हप्ता गीत शीर्ष दुईमा आउन सफल भयो भने तात्कालिक समयमा गीत चार्टको शीर्ष दुईमा आउने पहिलो गीत बनेको थियो भने त्यस केही वर्षपछि स्विफ्टका सेक इट अफ र आइ न्यु यु वोर ट्रबल चार्टको शीर्ष दुई आएका थिए।[३५] "लभ स्टोरी" चार्टमा सात हप्तासम्म शीर्ष दशमा रह्यो भने कुल गरी चार्टमा ३२ हप्ता सम्म चार्टमा रहेको थियो।[३६] गीतले ब्रिटिस्ट फोनोग्राफिक उद्योगबाट प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो भने संयुक्त अधिराज्यमा गीतका ६००,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[३७] त्यसैगरी २२ अक्टोबर २०१२ मा "लभ स्टोरी" एक पटक पुन युके एकल चार्टमा ५५औँ स्थानमा चार्ट प्रवेश गरेको थियो।[३६] आयरल्यान्डमा गीत शीर्ष तीन सम्म पुगेको थियो भने युरो चार्ट हट १०० मा गीत शिर्ष दशमा पुगेको थियो।[३८] त्यसैगरी गीत हङ्गेरीमा छैटौँ स्थानमा, नर्वेमा सातौँ स्थानमा र स्विडेनमा दशौँ स्थान सम्म आउन सफल भएको थियो।[३९] गीतले डेनमार्क, नेदरल्यान्डस्, फ्रान्स, जर्मनी र अन्य थुप्रै देशहरूका आधिकारिक चार्टहरूमा पनि स्थान बनाएको थियो।[४०]

अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा गीत २५ जनवरी २००९ मा ३८औँ स्थानमा आउँद‌ै चार्ट प्रवेश गरेको थियो।[४१] चार्ट प्रवेश गरेको दुई हप्ता पछि गीत एरिया चार्टको दोस्रो स्थानमा आएको थियो। ६ हप्ता सम्म दुई नम्बर हरेपछि २९ मार्च २००९ मा गीत चार्ट शीर्ष स्थानमा आएको थियो जुन स्विफ्टको एरिया चार्टमा पहिलो गीत बनेको थियो जसले शीर्ष स्थान समाएको थियो र त्यसको कहि वर्ष पहि स्विफ्टको सेक इट अफ चार्टमा शीर्ष स्थानमा आएको थियो।[४२] शीर्ष स्थानमा आएको अर्को हप्ता गीत एक स्थान तल झर्दै दुईमा आएको थियो। गीतले एरिया द्वरा ३ पटक प्लेटिनम प्रमाणपत्र प्राप्त गर्‍यो भने अस्ट्रेलिया गीतका २१०,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[४३] २ फेब्रुअरी २००९ मा लभ स्टोरी न्युजिल्यान्डको आधिकारिक चार्टमा २९औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो। ६ अप्रिल २००९ मा गीत चार्ट प्रवेश गरेको ९ हप्ता पछि शीर्ष स्थानमा आएको थियो।[४४] यस गीतलाई न्युजिल्यान्डको रेकर्डिङ उद्योग सङ्घका अनुसार प्लेटिनम प्रमाणपत्र प्राप्त गर्दै गीतका १५,००० प्रतिलिपीहरू बिक्री भएका थिए। कुलमा लभ स्टोरीले ७.९ मिलियन प्रतिलिपीहरू बिक्री गरेको थियो।[४५][४६][४७]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

लभ स्टोरीमा स्विफ्ट र जस्टिन गेस्टन

आधिकारिक सङ्गीत श्रव्य दृश्य ट्रे फेनज्वे द्वारा निर्देशित गरिएको थियो जसले पहिले स्विफ्टका अन्य श्रव्य दृश्यहरूमा पनि निर्देशन गरेका छन्। दुवै पक्षबाट सन्तुलन विचार र कार्य गर्न सजिलो भएको हुँदा स्विफ्ट फेनज्वेसँग एक पटक फेरि काम गर्न निर्णय गरेकी थिइन्।[४८] स्विफ्टले यस श्रव्य दृश्य पहिलेनै एक छोटो श्रव्य दृश्यको रूपमा सार्वजनिक गर्न चाहन्थिन्। गीत लेख्ने क्रममा उनले यसलाई पहिलेको अवधिमा कल्पना गरिन् भने त्यसैको अनुसार विवरणहरू र केही साङ्केतिक शब्दहरूमा पनि गीत लेखेकी छन्। उनका अनुसार "लभ स्टोरी" एक सधैँ भरिका लागि रहिरहने नाट्य रुपरेखा जुन विषेश गरी १७००, १८००, वा २००८ मा हुन सक्छ भन्ने कुरामा उनले विश्वास राखेकि थिइन्। यस प्रकार उनले आफ्नो प्रेम रुचिको प्रदर्शनमा एक अनन्त गुणवत्ताको खोज गरेकि थिइन्।[४९] भिडियोको निर्माण हुनुभन्दा छ महिना अघि अग्रिममा स्विफ्टले आफ्नो साङ्गीतिक भिडियोमा योग्य अभिनेताको खोजीमा विभिन्न चलचित्रहरू हेर्न सुरु गरिन्। त्यसपछि न्यसभिल स्टारका एक प्रतिस्पर्धी जस्टिन गेस्टनको नायकको भूमिकामा खेल्ने प्रस्ताव जारी गरिएको थियो र स्विफ्टले उनको तस्वीर हेरेपछि गेस्टनलाई भिडियोमा नायकको रूपमा खेल्नका लागि योग्य ठहर गर्दै उनलाई चयन गरेकी थिइन्।[५०] गेस्टनले स्विफ्टको सबै मागहरू पुर्ण गरेपछि स्विफ्टले उनलाई प्रिन्स चार्मिङ" १८०० मा जीवित हुन सक्छ को रूपमा वर्णन गरिन्। गेस्टन न्यासभिल स्टारको एक प्रतिस्पर्धा भएका कारण उनले भिडियोमा काम गर्न असमर्थ रहे तर उक्त प्रतिस्पर्धाबाट गेस्टन बाहिरिए पछि स्विफ्टले उनलाई तुरुन्तै भिडियोको छायाङ्कन गर्न बोलाएकी थिइन्।[५१] स्विफ्टले गेस्टनको काम प्रति लगाव र काम गर्ने स‌ैलिको वर्णन गरेकी थिइन्।

भिडियोको छायाङ्कनका लागि एक दरबार चयन गरिएको थियोे तर संयुक्त राज्य अमेरिकीका थुप्रै दरबार भएका कारण उनीहरूले उपयुक्त दरबारको खेजी गर्न सकि रहेका थिएनन् भने टोलीले छायाङ्कनका लागि युरोपमा कुनै एक दरबारको खोजी गर्ने भनेता पनि उनीहरूले टेनेसीमा रहेको गेन दरबारलाई भिडियोको लागि स्थान चयन गरेको थियो जुन संयुक्त राज्यको एरिङ्टन न्यासभिलमा अवस्थित छ भने उक्त दरबारको निर्माण सन् १९७३ मा गरिएको थियो।[५२] भिडियोका लागि स्विफ्टले एक फरक किसिमको पोशाक लगाएकी थिइन् भने उक्त पोशाक स्विफ्टको निर्देशनमा सेन्डि स्पिकाले बनाएकी थिइन्। स्विफ्ट र स्पिकाले उक्त पोशाकको लागि भिडियो छायाङ्कन हुनु भन्दा दुई महिना अगाडि छलफल गरेका थिए। अगस्ट २००८ मा गीतको साङ्गीतिक भिडियो दुई दिन सम्म टेनेसीमा खिचिएको थियो। छायाङ्कनको पहिलो दिन बालकुनीको र मैदानको दृश्य खिचिएको थियो। छायाङ्कनका बेलामा कसैले वास्तविक सिडिका साट्टामा उच्च ध्वनि तरङ्ग भएको सिडि हालिदिएका कारण स्विफ्टले आफ्नो व्यक्तिगत आइपोड टोलीलाई हस्तान्तरण गर्दै वास्तविक गीत बजाउन आग्रह गरेकी थिइन्। अर्को दिन छायाङ्कनका बेलामा ढिला भएको हुँदा काम द्रुत गतिमा गरिएको थियो। एक झलकका लागि फेनज्वेले गेस्टन र स्विफ्टको बीच चुम्बनको सुझाव दिएका थिए तर स्विफ्टले उक्त सुझावलाई अस्वीकार गरेकी थिइन्। अर्को दिन लेबनानको कम्बरल्यान्ड विश्वविद्यालयमा छायाङ्कन गरिएको थियो। उक्त भिडियोका लागि २० नर्तकहरू जुटाइएको थियो।

भिडियोको सुरुमा स्विफ्ट एक कालो स्वेटर र जिन्समा आफुसँग केही पुस्तकहरूका साथ विश्वविद्यालयको परिसरमा देखिन्छिन् भने उनले रुखको फेदमा बस्दै पुस्तक पढिरहेको दृश्य देख्छिन।[५३] उनीहरू एक अर्को तिर अधि बढ्छन् भने जब उनीहरूको आँखा जुद्छ भिडियो १८औँ शताब्दीमा पुग्छ जहाँ स्विफ्ट एक महलको माथिल्लो तल्लाको बरन्डामा देखा पर्छिन्। त्यसपछि एक भेलामा दुई युवतीहरूसँग कुराकानी गरिरहँदा उनले स्विफ्टलाई देख्छन्। जेस्टन र स्विफ्ट त्यसपछि एक नाचमा संलग्न हुन्छन् र नाच सकिएपछि गेस्टनले स्विफ्टलाई बिस्तारै केही कुरा भन्छन्।[५४] त्यस दृश्य पछि स्विफ्ट रातमा एक लाल्टिन सहित हिड्छिन् जहाँ उनले गेस्टनलाई भेट्छिन् र उनीहरूले एक अर्कोको हात समात्छन् र एक घोडालाई केही खानका लागि दिन्छन् र त्यसपछि उनीहरू त्यहाँबाट दुई भिन्न बाटो तर्फ लाग्छन्।[५५][५६] अर्को दृश्यमा स्विफ्ट पुन एक पटक बरन्डामा बस्दै झ्यालबाट हेरिरहेकी हुन्छिन् र उनले टाढाबाट गेस्टन आफू तर्फ आएको देख्छिन् भने उनले गेस्टनलाई देख्ने बित्तिकै माथिल्लो तल्लाबाट तल झर्छिन् र उनीहरूको भेट महलको अगाडि हुन्छ भने उनीहरूले एक अर्कोको हात समाउँदा भिडियो नयाँ युगमा आइपुग्छ र गेस्टन बिस्तारै स्विफ्टको नजिक आउँछन् र एक अर्कोको आँखामा हेर्छन्।[५७] भिडियोको अन्त्यमा विभिन्न पुराना दृश्यहरू सम्क्षपमा देखाइन्छ।[५८] यस साङ्गीतिक भिडियोले युट्युबमा ४५० मिलियन दर्शकको ध्यान आकर्षित गरेको थियो।[५९]

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष संस्था पुरस्कार नतिजा सन्दर्भ
२००९ एकेडेमी अफ द कन्ट्रि म्युजिक अवार्ड वर्षको उत्कृष्ट श्रव्य दृश्य मनोनित [६०]
बिएमआइ कन्ट्रि अवार्ड वर्षको उत्कृष्ट गीत विजयी [६१]
वर्षको उत्कृष्ट प्रकाशक विजयी
कन्ट्रि म्युजिक एसोसिएसन अवार्ड वर्षको उत्कृष्ट साङ्गीतिक श्रव्य दृश्य विजयी [६२]
सिएमटी म्युजिक अवार्ड वर्षको उत्कृष्ट महिला श्रव्य दृश्य विजयी [६३]
वर्षको उत्कृष्ट श्रव्य दृश्य विजयी
निकलोडिएन अस्ट्रेलियाली किड्स च्वाइस अवार्ड उत्कृष्ट सङ्गीत मनोनित [६४]
पिपसल्स च्वाइस अवार्ड मनपर्दो कन्ट्रि सङ्गीत मनोनित [६५]
टिन च्वाइस अवार्ड च्वाइस लभ सङ मनोनित [६६]
[६७]
२०१० एपीआरए अवार्ड (अस्ट्रेलिया) इन्टरनेसनल वर्क अफ द इअर मनोनित [६८]
एमवाइएक्स सङ्गीत अवार्ड फेभरेट इन्टरनेसनल भिडियो विजयी [६९]
बिएमआइ पप अवार्ड अवार्ड-विनिङ सङ्स विजयी [७०]
वर्षको उत्कृष्ट गीत विजयी

प्रत्यक्ष प्रस्तुतिहरू[सम्पादन गर्नुहोस्]

सन् २०१० मा स्विफ्ट लभ स्टोरीको प्रस्तुति दिँदै

संयुक्त राज्यमा पहिलो र विज्ञापन गर्नका लागि स्विफ्टले सन् २००८ को अन्तिम र सन् २००९ को सुरुवातमा गुड मर्निङ अमेरिका, द लेट शो विथ डेभिड लेटरमेन र द इलेन डिजेनेरेसको कार्यक्रममा गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[७१][७२] स्विफ्टले सन् २००८ को कन्ट्रि म्युजिक अवार्डमा अङ्ग्रेजी साङ्गीतिक समूह डेफ लिपर्डसँग पनि गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[७३] साथै स्विफ्टले स्याटर्‍डे नाइट लाइभमा पनि प्रस्तुति दिएकी थिइन्।[७४] सन् २००९ को संयुक्त अधिराज्यका दुई टेलिभिजन कार्यक्रममा लुज वुमेन र जोल्स हल्यान्डमा पनि प्रस्तुति दिएकी थिइन्।[७५][७६] स्विफ्टले अन्य कार्यक्रमहरू जस्तै २००९ सिएमए म्युजिक फेस्टिभल, द २००९ भि फेस्टिभल, डान्सिङ विथ द स्टार र द लेट शो विथ डेभिड लेटरमेनमा पनि प्रस्तुति दिएकी थिइन्।[७७][७८]

स्विफ्टले उनको प्रथम साङ्गीतिक कार्यक्रमका सबै स्थानहरूमा "लभ स्टोरी"को प्रत्यक्ष प्रस्तुति दिएकी थिइन् जुन अप्रिल २००९ देखि जुन २०१० सम्म विस्तार गरिएको थियो।[७९] उक्त कार्यक्रमहरूमा विभिन्न नर्तकहरू सामेल थिए भने उनीहरू सबैले भिन्न खालका पोशाक लगाएका थिए।[८०] कार्यक्रममा स्विफ्ट मञ्चको तल्लो भागबाट देखा परिन् भने उनले गीतको अन्त्य तिर उनी नर्तकहरूले उनलाई चारै तिरबाट घेरे र उनीहरूले नर्तकहरू दायाँ-बायाँ लागेपछि स्विफ्ट विवहामा लगाउने सेतो पोशाकको साथ देखा पर्दै कार्यक्रम टुङ्गाएकी थिइन्।[८१] न्यु योर्क टाइम्सका जोन्स पर्लेसले स्विफ्टले दर्शकहरूलाई आशावादी सोचको साथ २७ अगस्ट २००९ मा न्यु योर्क सहरको मेडिसन स्क्वायर गार्डनमा गीतहरूको प्रस्तुति दिने जानकारी गराएकी थिइन्।[८२][८३] क्यानडा टोरन्टोमा एयर क्यानाडा सेन्टरमा २२ मे २०१० को एक साङ्गीतिक कार्यक्रमको समीक्षा गर्दै टोरन्टो सनका जेन स्टेभेन्सनले बताए कि त्यो क्षण उनको लागि इच्छा गरेजस्तो थियो।[८४][८५][८६]

स्विफ्टको स्पिक नाउ विश्व भ्रमणको (सन् २०२१) अन्तिक कार्यक्रममा स्विफ्टले लभ स्टोरी गीतको प्रत्यक्ष प्रस्तुती दिएकी थिइन्।[८७] उक्त प्रस्तुतिमा स्विफ्टले सेतो पोशाकमा सझिएकी थिइन्।[८८] २५ जनवरी २०१३ स्पेनको लस प्रिमस ४० प्रन्सिपल्समा स्विफ्टले लभ स्टोरी र त्यसपछि वि आर नेभर एभर गेटिङ ब्याक टुगेदर गीतको प्रस्तुति दिएकी थिइन्।[८९] स्विफ्टले सन् २०१४ आइहर्ट अवार्ड कार्यक्रममा पनि "लभ स्टोरी" गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन् भने स्विफ्टले १९८९ विश्व भ्रमणमा पनि उक्त गीतको प्रस्तुति दिएकी थिइन्।[९०]

मे २०१८ का अनुसार स्विफ्टको छैटौँ एल्बम रेपुटेसनको विश्व भ्रमणमा स्विफ्टले स्टाइल र यु बिलङ विथ मी गीत सँगसँगै "लभ स्टोरी"को प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[९१]

आवरण संस्करण र मिडिया उपयोग[सम्पादन गर्नुहोस्]

अमेरिकी पप पङ्क साङ्गीतिक समूह फरेभर द सिकेस्ट किड्सले उनीहरूको पहिलो एल्बम अन्डरडग अल्मा मेटर (सन् २००८)का लागि स्विफ्टको लभ स्टोरी गीतको नयाँ संस्करण सार्वजनिक गरेका थिए।[९२] अङ्ग्रेजी गायक जो म्याकइल्ड्रि (छैटौँ संयुक्त अधिराज्य प्रतिभा प्रस्तुति प्रतिस्पर्धा द एक्स फ्याकटरका विजेता)ले स्विफ्टको लभ स्टोरी गीतलाई एक्स फ्याकटर २०१० को विश्व भ्रमणमा प्रस्तुति दिएका थिए।[९३] लभ स्टोरी गीत सन् २०१० मा सार्वजनिक भएको लेटर टु जुलियट नामम एक हाँस्यव्यङ्ग्य चलचित्रमा पनि समावेश गरेएको थियो।[९४] यस गीतलाई स्काई टेल अंश नामक एक साङ्गीतिक समूहले पनि आफ्नै सैलिमा प्रस्तुत गरेको छ।[९५]

ट्र्याक विवरणतालिका[सम्पादन गर्नुहोस्]

  • सिडि एकल / डिजिटल डाउनलोड
  1. "लभ स्टोरी" – ३:५७
  • पप मिक्स डिजिटल डाउनलोड[९६]
  1. "लभ स्टोरी" (पप मिक्स) – ३:५३
  • युएस सिडि एकल
  1. "लभ स्टोरी" (युएस पप मिक्स) – ३:५३
  2. "लभ स्टोरी" – ३:५७
  • एयसएस / इयु सिडि एकल
  1. "लभ स्टोरी" – ३:५७
  2. "लभ स्टोरी" (डिजिटल डग रेडियो रिमिक्स) – ३:११
  • युके सिडि एकल[९७]
  1. "लभ स्टोरी" – ३:५७
  2. "ब्युटिफुल आइज" – २:५६
  3. "लभ स्टोरी" (डिजिटल डग रेडियो रिमिक्स) – ३:११
  • युके डिजिटल डाउनलोड रिमिक्स[९८]
  1. "लभ स्टोरी" (डिजिटल डग रिमिक्स) – ५:५८
  2. "लभ स्टोरी" (जे स्ट्याक्स क्लब मिक्स) – ५:२८

  • युके स्ट्रिप्ड एकल[९९]
  1. "लभ स्टोरी" (स्ट्रिप्ड) – ३:४२
  1. "लभ स्टोरी" – ३:५७
  2. "ब्युटिफुल आइज" – २:५६
  3. "लभ स्टोरी" (डिजिटल डग रेडियो मिक्स) – ३:११
  4. "लभ स्टोरी" (सङ्गीत भिडियो) – ३:५४
  • द रिमिक्स मेक्सी-सिडि एकल
  1. "लभ स्टोरी" (डिजिटल डग रिमिक्स) – ५:५९
  2. "लभ स्टोरी" (डिजिटल डग रिडियो मिक्स) – ३:११
  3. "लभ स्टोरी" (डिजिटल डब) – ५:३८
  4. "लभ स्टोरी" (जे स्ट्याक्स क्लब मिक्स) – ५:२९
  5. "लभ स्टोरी" (जे स्ट्याक्स क्लब मिक्स) – ३:४२
  6. "लभ स्टोरी" (एल्बम संस्करण) – ३:५७

सङ्गीत तालिका[सम्पादन गर्नुहोस्]

साप्ताहि तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २००८–०९) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[१०१]
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[१०२] ३०
बेल्जियम बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[१०३]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[१०४] ३९
 क्यानडा (क्यानडेली हट १००)[१०५]
 क्यानडा (क्यानडा एसी) बिलबोर्ड[१०६]
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[१०७]
 क्यानडा (क्यानडा कन्ट्री)[१०८]
 क्यानडा (क्यानडा हट एसी)[१०९]
 चेक गणतन्त्र (रादियो उत्कृष्ट १००)[११०]
डेनमार्क डेनमार्क (ट्र्याक लिसन)[१११] १६
युरोप (युरोचार्ट उत्कृष्ट १०० एकल) १०
 फ्रान्स (एसएनइपी)[११२] १४
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[११३] २२
हङ्गेरी हङ्गेरी (मखाज)
Republic of Ireland आयरल्यान्ड (आइआरएमए)[११४]
 जापान (जापान उत्कृष्ट १००)
नेदरल्यान्ड नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[११५] १३
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[११६]
 नर्वे (भिजि-लिस्ता)[११७]
स्लोभेनिया स्लोभाकिया (रेडियो शीर्ष १००)[११८] १३
 स्पेन (प्रो म्युजिक)[११९] ४७
स्विडेन स्वीडेन (टप लिस्टा)[१२०] १०
स्विट्जरल्यान्ड स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[१२१] ५०
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१२२]
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[१२३]
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[१२४]
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[१२५]
 संयुक्त राज्य अमेरिका ल्याटिन पप गीत (बिलबोर्ड)[१२६] ३५
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[१२७]

वर्ष-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २००८) स्थान
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१२८] ८१
 संयुक्त राज्य अमेरिका उत्कृष्ट देशी सङ्गीत (बिलबोर्ड)[१२९] ५५
तालिका (सन् २००९) स्थान
 अस्ट्रेलिया (एरिया)[१३०]
 क्यानडा (क्यानडेली हट १००)[१३१]
 जापान (जापान हट १००)[१३२] ५४
 न्युजिल्यान्ड (रिन्ज)[१३३] १३
 स्विडेन (सर्भेजटपलिसन)[१३४] ४७
 संयुक्त अधिराज्य (आधिकारिक सङ्गीत तालिका)[१३५] २९
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१३६]
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[१३७]
 संयुक्त राज्य अमेरिका वयस्क उत्कृष्ट ४० (बिलबोर्ड)[१३८] ११
 संयुक्त राज्य अमेरिका मुख्यधाराप्रवाह उत्कृष्ट ४० (बिलबोर्ड)[१३९]
 संयुक्त राज्य अमेरिका रेडियो सङ्गीत (बिलबोर्ड)[१४०]

दशक-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (२०००–०९) स्थान
 अस्ट्रेलिया (एरिया)[१४१] १०
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१४२] ७३

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 अस्ट्रेलिया (एरिया)[१४३] ७× प्लेटिनम
+ ४९०,०००
 क्यानडा (म्युजिक क्यानडा)[१४४] २× प्लेटिनम
+ १६००००
 डेनमार्क (आइएफपीआइ डेनमार्क)[१४५] गोल्ड
+ ७,५००
 न्युजिल्यान्ड (आरएमएनजेट)[१४६] प्लेटिनम
+ १५,०००
 संयुक्त अधिराज्य (बिपिआइ)[१४७] प्लेटिनम
+ ६४८,३७०
 संयुक्त राज्य अमेरिका (आरआइएए)[१४८] प्लेटिनम
+ १,०००,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए)[१४९] ८× प्लेटिनम
+ ८,०००,०००

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आइएफपीआइ डिजिटल सङ्गीत प्रतिवेदन २०१०", आइएफपीआइ डिजिटल सङ्गीत प्रतिवेदन २०१०, अन्तिम पहुँच २९ अक्टोबर २०१६ 
  2. "टेलर स्विफ्ट", रेलिङ स्टोन, जेन वेनर, जनवरी २५, २०१०, अन्तिम पहुँच फेब्रुअरी १, २०१० 
  3. "टेलर स्विफ्टसँगको अन्तरबार्ता", टाइम म्यागेजिन, टाइम्स बार्नर, अप्रिल २३, २००९, अन्तिम पहुँच फेब्रुअरी १२, २०११ 
  4. स्विफ्ट, टेलर, "जानकारी", बिग मेसिन, बिग मेसिन, मूलबाट जुलाई २७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१० 
  5. बेल्स, लेघि (नोभेम्बर २८, २००८), "टेलर स्विफ्टको प्रतिक्रिया", टिन भेगी, केन्डो नेट पब्लिकेसन्स, अन्तिम पहुँच फेब्रुअरी १२, २०११ 
  6. लुइज, रेन्डि (अक्टोबर २६, २००८), "उनले भविष्यको बारेमा लेखिरहेकी छन्", लस एन्जल्स टाइम्स, ट्रिबुन कम्पनी, अन्तिम पहुँच फेब्रुअरी १२, २०११ 
  7. "टेलर स्विफ्ट", सिएमटी न्युज, भियाकम, नोभेम्बर १०, २००८, अन्तिम पहुँच फेब्रुअरी १३, २०११ 
  8. "टेलर स्विफ्ट - लभ स्टोरी", ग्रेट अमेरिकन कन्ट्रि, स्क्रिप्स नेटवर्क, सेप्टेम्बर १५, २००८, अन्तिम पहुँच फेब्रुअरी १२, २०११ 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ वेल्स, किस्टोफर (मार्च १७, २००९), "टेलर स्विफ्ट — लभ स्टोरी", प्रो अडियो रिभ्यु, द विक्स ग्रुप, अन्तिम पहुँच फेब्रुअरी १४, २०११ 
  10. "फियललेस – टेलर स्विफ्ट", अलम्युजिक, लोभि निगम, अन्तिम पहुँच अगस्ट २८, २०१० 
  11. "टेलर स्विफ्ट लभ स्टोरी", म्युजिक नोट्स, अलफ्रिड पब्लिसिझ। 
  12. "टेलर स्विफ्ट'", एमटिभी न्युज, नेल्सन बिजनेस मिडिया इङ्क, अक्टोबर ५, २०१०, अन्तिम पहुँच अक्टोबर १४, २०१० 
  13. कोहन, जोनाथन (सेप्टेम्बर १८, २००८), "बिलबोर्ड हट १००", बिलबोर्ड, नेल्सन बिजनेस मिडिया इङ्क, अन्तिम पहुँच मार्च ५, २०११ 
  14. "Canadian Hot 100 – Week of October 18, 2008", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच मार्च ६, २०११ 
  15. कोहन, जोनाथन (सेप्टेम्बर २५, २००८), "बिलबोर्ड हट १००", बिलबोर्ड, नेल्सन बिजनेस मिडिया इङ्क, अन्तिम पहुँच मार्च ५, २०११ 
  16. "बिलबोर्ड हट १००", बिलबोर्ड, नेल्सन बिजनेस मिडिया इङ्क, अन्तिम पहुँच मार्च ५, २०११ 
  17. कोहन, जोनाथन (डिसेम्बर २४, २००८), "हट १००", बिलबोर्ड, नेल्सन मिडिया इङ्क, अन्तिम पहुँच मार्च ५, २०११ 
  18. "Pop Songs: week-ending November 29, 2008", Billboard.com, Billboard.com, नोभेम्बर २९, २००८, अन्तिम पहुँच नोभेम्बर २९, २००८ 
  19. "Hot Country Songs: week-ending November 22, 2008", Billboard, Nielsen Business Media, Inc, नोभेम्बर २२, २००८, अन्तिम पहुँच नोभेम्बर २२, २००८ 
  20. "टेलर स्विफ्ट – लभ स्टोरी – म्युजिक चार्ट", एचार्ट, अन्तिम पहुँच मार्च ५, २०११ 
  21. "Hot Country Songs: week-ending October 18, 2008", Billboard.com, Billboard.com, अक्टोबर १८, २००८, अन्तिम पहुँच अक्टोबर १८, २००८ 
  22. ग्रेन, पल (मे २५, २०११), "लभ स्टोरी", याहु! म्युजिक]], याहु!, अन्तिम पहुँच फेब्रुअरी १२, २०११ 
  23. ग्रिन, पल (अप्रिल ७, २०११), "कन्ट्रि गीतहरू", याहु! म्युजिक, याहु!, अन्तिम पहुँच अप्रिल ९, २०११ 
  24. ग्रिन, पल (अगस्ट ६, २०१०), "बिलबोर्ड टप २० चार्ट", याहु! म्युजिक, याहु!, मूलबाट अगस्ट १५, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २, २०१० 
  25. ट्रस्ट, ग्रे (नोभेम्बर २६, २०१७), "टेलर स्विफ्टको बिलबोर्ड इतिहास", अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  26. "रेडियो सङ", बिलबोर्ड डटकम, बिलबोर्ड, मार्च ७, २००९, अन्तिम पहुँच मार्च ७, २००९ 
  27. "हट कन्ट्रि सङ", बिलबोर्ड, बिलबोर्ड, अक्टोबर १८, २००८, अन्तिम पहुँच अक्टोबर १८, २००८ 
  28. "२२ नोभेम्बर २००८ चार्ट", बिलबोर्ड, बिलबोर्ड, नोभेम्बर २२, २००८, अन्तिम पहुँच नोभेम्बर २२, २००८ 
  29. "हट कन्ट्रि सङ - २२ नोभेम्बर २००८", बिलबोर्ड, नेल्सन बिजनेस मिडिया इङ्क, नोभेम्बर २२, २००८, अन्तिम पहुँच नोभेम्बर २२, २००८ 
  30. "पप सङ: २९ नोभेम्बर २००८", बिलबोर्ड, बिलबोर्ड, नोभेम्बर २९, २००८, अन्तिम पहुँच नोभेम्बर २९, २००८ 
  31. "क्यानडेली हट १०० – १८ अक्टोबर २००८", बिलबोर्ड, नेल्सन बिजनेस मिडिया इङ्क, अन्तिम पहुँच मार्च ६, २०११ 
  32. "२००९ को उत्कृष्ट", नेल्सन बिजनेस मिडिया इङ्क। 
  33. "टेलर स्विफ्ट – लभ स्टोरी", चार्ट स्टार्ट, आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच मार्च ५, २०११ 
  34. "टेलर स्विफ्ट", चार्ट स्टार्ट, आधिकारिक चार्ट कम्पनी, मूलबाट जुन ३०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०११ 
  35. "टेलर स्विफ्ट", आइरिस चार्ट, आइरिस रेकर्डिङ चार्ट उद्योग, अन्तिम पहुँच मार्च ६, २०११ 
  36. ३६.० ३६.१ "टप ४० एल्बम", महाज (हङ्गेरीयनमा), Magyar Hanglemezkiadók Szövetsége, अन्तिम पहुँच जुन १८, २०१० 
  37. "टेलर स्विफ्ट – लभ स्टोरी (गीत)", नर्वेजियन चार्ट, भिजि- लिस्टा, अन्तिम पहुँच मार्च ६, २०११ 
  38. "Digital Music Sales Around the World", IFPI.org, International Federation of the Phonographic Industry, जनवरी २१, २०१०, अन्तिम पहुँच मार्च ६, २०११ 
  39. "टेलर स्विफ्ट – लभ स्टोरी (गीत)", नर्वेजियन चार्ट, भिजि-लिस्टा, अन्तिम पहुँच मार्च ६, २०११ 
  40. "टेलर स्विफ्ट – लभ स्टोरी (गीत)", स्वीडिस चार्ट, सर्वेजटपलिसज], अन्तिम पहुँच मार्च ६, २०११ 
  41. "टेलर स्विफ्ट – लभ स्टोरी (गीत)", एरिया चार्ट, अस्ट्रेलिया रेकर्डिङ उद्योग सङ्घ, अन्तिम पहुँच मार्च ६, २०११ 
  42. "Latest Gold / Platinum Singles", RadioScope, Recording Industry Association of New Zealand, मूलबाट जुन २, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ६, २०११ 
  43. "टेलर स्विफ्ट – लभ स्टोरी (गीत)", चार्टस्, न्युजिल्यान्ड रेकर्डिङ उद्योग सङ्घ, अन्तिम पहुँच मार्च ६, २०११ 
  44. "प्लेटिनम प्रमाणपत्र", रिडियोस्कोप, न्युजिल्यान्ड रेकर्डिङ उद्योग सङ्घ, मूलबाट जुन २, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ६, २०११ 
  45. "डिजिटल म्युजिक", आइएफपीआइ, आइएफपीआइ, जनवरी २१, २०१०, अन्तिम पहुँच मार्च ६, २०११ 
  46. "टेलर स्विफ्ट", बिलबोर्ड, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  47. "एमीनम विश्वका सबै धेरै एल्बम बिक्री गर्ने कलाकार", एमटिभी, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  48. "लभ स्टोरीको एक छायाङ्कनमा'", टेलर स्विफ्ट, १६ फेब्रुअरी २०११, ग्रेट अमेरिकन कन्ट्रि।  |network= प्यारामिटर ग्रहण गरेन (सहायता)
  49. "टेलर स्विफ्ट – लभ स्टोरी", कन्ट्रि म्युजिक टेलिभिजन, भियाकम, १६ फेब्रुअरी २०११। 
  50. "ह्वाइट हर्सको एक छायाङ्कनमा", ग्रेट अमेरिकन कन्ट्रि, १६ फेब्रुअरी २०११। 
  51. लुइज, रेन्डि (अक्टोबर १६, २००८), "टेलर स्विफ्ट - लभ स्टोरी", लस एन्जल्स टाइम्स, ट्रिब्युन कम्पनी, अन्तिम पहुँच फेब्रुअरी १७, २०११ 
  52. "छायाङ्कनमा टेलर स्विफ्ट", ग्रेट अमेरिकन कन्ट्रि, स्क्रिप नेटवर्क इन्टरएक्टिभ, अन्तिम पहुँच फेब्रुअरी १६, २०११ 
  53. "टेलर स्विफ्टको नयाँ साङ्गीतिक भिडियो", सिएमटी समाचार, भियाकम, फेब्रुअरी १६, २०११। 
  54. बेयर्ली, मेन्डि (फेब्रुअरी १७, २०११), "टेलर स्विफ्ट - लभ स्टोरी", इन्टरटेन्मेन्ट विक्ली, टाइम वार्नर। 
  55. "४४औँ वार्सिक एकेडेमी म्युजिक अवार्डका मनोनयनहरू", एकेडेमी अफ कन्ट्रि म्युजिक, ११ मार्च २०११। 
  56. "४४औँ वार्सिक एकेडेमी म्युजिक अवार्ड" (प्रेस विज्ञप्ति), एकेडेमी अफ कन्ट्रि म्युजिक, अन्तिम पहुँच मार्च ११, २०११ 
  57. "२००९ सिएमटी अवार्ड", सिएमटी, भियाकम, अन्तिम पहुँच मार्च ११, २०११ 
  58. "२००९ सिएमटी अवार्ड विजेताहरू", सिएमटी, भियाकम, अन्तिम पहुँच मार्च ११, २०११ 
  59. "२०१० एमवाइ एक्स अवार्ड", एकवाइएक्स, एमवाइएक्स, अन्तिम पहुँच मार्च ११, २०११ 
  60. "२००९ एसीएम पुरस्कार", एकेडेमी अफ कन्ट्रि म्युजिक अवार्ड, मूलबाट जुन २९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १४, २०१५ 
  61. "टेलर स्विफ्ट - बिएमआइ अवार्ड", ब्रोडकास्ट म्युजिक इङ्क, नोभेम्बर ११, २००९, मूलबाट जुन २९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १६, २०१५ 
  62. "सिएमए वर्ल्ड —", कन्ट्रि म्युजिक एसोसिएसन अवार्ड, मूलबाट फेब्रुअरी १, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  63. "सिएमटी म्युजिक पुरस्कार", सिएमटी, मूलबाट मार्च २९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  64. नोक्स, डेभिड (सेप्टेम्बर २०, २००९), "२००९ किड च्वाइस अवार्ड", टिभी टुनाइट, मूलबाट जुन ३०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २३, २०१५ 
  65. "पिपसल्स च्वाइस अवार्ड", द फुटन, नोभेम्बर १०, २००८, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  66. "२००९ टिन च्वाइस अवार्ड", पप सुगर, अगस्ट ९, २००८, मूलबाट जुन ३०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २१, २०१५ 
  67. "२००९ टिन च्वाइस अवार्डका मनोनयनहरू", लस एन्जलस टाइम्स, जुन १५, २००९, मूलबाट मार्च २३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २१, २०१५ 
  68. "एपीआरए २०१० अवार्ड", द सिड्नी मर्निङ, मे २५, २०१०, मूलबाट फेब्रुअरी ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  69. "२०१० एमवाइएक्स अवार्ड", एमवाइएक्स, मूलबाट जनवरी १९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  70. "बिएमआइ म्युजिक अवार्ड", ब्रोडकास्ट म्युजिक अवार्ड, मे १९, २०१०, मूलबाट जुन २९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  71. "टेलर स्विफ्ट", अवाउट टाइम्स, द न्यु योर्क टाइम्स, नोभेम्बर ६, २००८, अन्तिम पहुँच मे ३१, २०१० 
  72. "२००८ सिएमटी अवार्ड", कन्ट्रि म्युजिक एसोसिएसन अवार्ड, कन्ट्रि म्युजिक एसोसिएसन, अन्तिम पहुँच मार्च १३, २०११ 
  73. "सिएमटी - टेलर स्विफ्ट", वालमार्ट, वाल-मार्ट, अन्तिम पहुँच जनवरी ३, २०१० 
  74. "सन् २००८ टेलर स्विफ्ट", बिग मेसिन रेकर्ड्स, बिग मेसिन रेकर्ड्स, मूलबाट सेप्टेम्बर १८, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ३१, २०१० 
  75. "टेलर स्विफ्ट – लभ स्टोरी", सिएमटी, भियाकम, अन्तिम पहुँच अप्रिल १७, २०१० 
  76. "स्याटर्‍डे नाइट लाइभमा स्विफ्ट", सिएमटी, भियाकम, जनवरी १२, २००९, अन्तिम पहुँच मार्च ११, २०११ 
  77. "टेलर स्विफ्टको एक सन्देश", एओएल, टाइम वार्नर, अन्तिम पहुँच मार्च ११, २०११ 
  78. "टेलर स्विफ्ट", बिबिसी अनलाइन, बिबिसी, अन्तिम पहुँच मार्च १३, २०११ 
  79. "टेलर स्विफ्ट", ग्रेट अमेरिकन कन्ट्रि, स्क्रिप्स नेटवर्क, जुन १५, २००९, मूलबाट डिसेम्बर ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १७, २०१० 
  80. "टेलर स्विफ्ट", अमेरिका, नेटवर्क, जुन १५, २००९, मूलबाट डिसेम्बर ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १७, २०१० 
  81. "टेलर स्विफ्ट डान्सिङ विथ द स्टार", सिएमटी, भियाकम, अन्तिम पहुँच मार्च ११, २०११ 
  82. "लभ स्टोरीको प्रत्यक्ष प्रस्तुति", भिभो, युनिभर्सल म्युजिक कम्पनी, अन्तिम पहुँच मार्च १३, २०११ 
  83. फिसर, रिड (मार्च ८, २०१०), "स्विफ्टको साङ्गीतिक अवार्ड", मायामी न्यु टाइम्स, भिलेज भ्युज, अन्तिम पहुँच मार्च १३, २०११ 
  84. म्याकडनल्स, ब्रान्डि (अप्रिल १, २०१०), yes "फियरलेस - स्विफ्टको प्रत्यक्ष प्रस्तुति", द ओख्लाहामा, ओख्लाहामा पब्लिसिङ कम्पनी, मूलबाट जुलाई ७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २१, २०१० 
  85. पर्लस्, जोन (अगस्ट २८, २००९), "स्विफ्टको प्रस्तुति", द न्यु योर्क टाइम्स, द न्यु योर्क टाइम्स कम्पनी, अन्तिम पहुँच मार्च १३, २०११ 
  86. स्टिभनसन, जेन (मे २२, २०१०), "स्विफ्टको साङ्गीतिक कार्यक्रम", द टोरन्टो सन, सन मिडिया, अन्तिम पहुँच जुन २४, २०१० 
  87. "La Spektrum for sine føtter: Sjelden har vi sett en artist være så rå på å nå fansen som Taylor Swift" [टेलर स्विफ्ट], साइड २ (नर्वेजियनमा), अन्तिम पहुँच मार्च १३, २०११ 
  88. लेन्क्स, श्याम (जनवरी २५, २०१३), "टेलर स्विफ्ट", आइडोलेटर, अन्तिम पहुँच जनवरी २६, २०१३ 
  89. लिपसल्ट, जेसन (सेप्टेम्बर २०, २०१४), "टेलर स्विफ्टको प्रत्यक्ष प्रस्तुतिहरू", बिलबोर्ड, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१४ 
  90. रिचार्डस्, क्रिस (१४ जुलाई २०१५), "टेलर स्विफ्ट", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच २०१६-०२-२१ 
  91. सेफिल्ड, रब (९ मे २०१८), "रब सेफिल्ड : रेपुटेसन विश्व भ्रमण", रोलिङ स्टोन, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१८ 
  92. "अन्डरडग अल्मा मेटर", अल म्युजिक, रोभि सङ्घ, अन्तिम पहुँच मार्च ५, २०११ 
  93. स्मार्ट, गोर्डन (फेब्रुअरी १६, २०१०), "एक्स फ्याक्टरल विश्व भ्रमण", द सन (संयुक्त अधिराज्य), न्यु इन्टरनेसनल, अन्तिम पहुँच मार्च ६, २०११ 
  94. भिन्सेरी, बार्बरा (मे १४, २०१०), "'लेटर टु जुलियट'", पिट्सबर्ग, ब्लक कम्युनिकेसन, अन्तिम पहुँच अगस्ट १५, २०११ 
  95. "हर्ट अफ डिक्सी म्युजिक", सिएमटिभि डटकम, द सिडब्ल्यू, सेप्टेम्बर २०११, अन्तिम पहुँच अक्टोबर १०, २०११ 
  96. "लभ स्टोरी (पप मिक्स) – टेलर स्विफ्टको एकल", आइट्युन्स स्टोर, एप्पल इङ्क, जनवरी ६, २००९, अन्तिम पहुँच मार्च ६, २०११ 
  97. "लभ स्टोरी: टेलर स्विफ्ट", अमेजन, अमेजन डटकम, अन्तिम पहुँच मार्च ६, २०११ 
  98. "लभ स्टोरी (रिमिक्स) – टेलर स्विफ्टको एकल", आइट्युन्स एकल, एप्पल इङ्क, फेब्रुअरी २७, २००९, अन्तिम पहुँच २०१२-०४-०८ 
  99. "लभ स्टोरी – टेलर स्विफ्टको एकल", आइट्युन्स स्टोर, एप्पल इङ्क, फेब्रुअरी ६, २००९, अन्तिम पहुँच २०१२-०४-०८ 
  100. "लभ स्टोरी: टेलर स्विफ्ट", अमेजन, अमेजन डटकम, अन्तिम पहुँच मार्च ६, २०११ 
  101. "Australian-charts.com – Taylor Swift – Love Story" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- January 12, 2012.
  102. "Austriancharts.at – Taylor Swift – Love Story" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- January 12, 2012.
  103. "Ultratop.be – Taylor Swift – Love Story" (नेदरल्यान्डेेेेेली भाषामा) अल्ट्राटिप अन्तिम पहुँच मिति- January 12, 2012.
  104. "Ultratop.be – Taylor Swift – Love Story" (फ्रान्सेलीमा) (अल्ट्राटप ५०) अन्तिम पहुँच मिति- January 12, 2012.
  105. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति January 12, 2012.
  106. "Taylor Swift – चार्ट इतिहास" Billboard Canada AC for Taylor Swift.
  107. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा Taylor Swift.
  108. "Taylor Swift – चार्ट इतिहास" Billboard Canada Country for Taylor Swift.
  109. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी Taylor Swift.
  110. "Love Story – Radio Top100 Oficiální", IFPIcr.cz, International Federation of the Phonographic Industry, अन्तिम पहुँच मार्च ६, २०११ 
  111. "Danishcharts.com – Taylor Swift – Love Story" ट्र्याक लिसन अन्तिम पहुँच मिति- January 12, 2012.
  112. "Lescharts.com – Taylor Swift – Love Story" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मितिJanuary 12, 2012.
  113. "Offiziellecharts.de – Taylor Swift – Love Story" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति January 12, 2012.
  114. "The Irish Charts – Search Results – Love Story". Irish Singles Chart. अन्तिम पहुँच मिति January 23, 2020.
  115. "Dutchcharts.nl – Taylor Swift – Love Story" (नेदरल्यान्डेेेेेलीमा) एकल शीर्ष १०० गीत अन्तिम पहुँच मिति January 12, 2012.
  116. "Charts.org.nz – Taylor Swift – Love Story" शीर्ष ४० एकल अन्तिम पहुँच मिति January 12, 2012.
  117. "Norwegiancharts.com – Taylor Swift – Love Story". भिजि-लिस्ता अन्तिम पहुँच मिति January 12, 2012.
  118. "SNS IFPI" (स्लोभाकमा) – (रेडियो शीर्ष १००) आइएफपिआई चेक गणतन्त्र Note: insert 200915 into search.
  119. "Spanishcharts.com – Taylor Swift – Love Story" स्पेनी टप १०० अन्तिम पहुँच मिति January 12, 2012.
  120. "Swedishcharts.com – Taylor Swift – Love Story". Singles Top 100. अन्तिम पहुँच मिति January 12, 2012.
  121. "Swisscharts.com – Taylor Swift – Love Story" स्विस् एकल तालिका अन्तिम पहुँच मितिJanuary 12, 2012.
  122. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift.
  123. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Contemporary for Taylor Swift.
  124. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Pop Songs for Taylor Swift.
  125. "Taylor Swift – चार्ट इतिहास" Billboard Hot Country Songs for Taylor Swift.
  126. "Taylor Swift – चार्ट इतिहास" Billboard Latin Pop Songs for Taylor Swift.
  127. "Taylor Swift – चार्ट इतिहास" Billboard Pop Songs for Taylor Swift.
  128. "Best of 2008 – Hot 100 Songs", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच मार्च ६, २०११ 
  129. "Year End Charts – Hot Country Songs – Issue Date: 2008", Billboard, Prometheus Global Media, मूलबाट जुलाई १२, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १५, २०११ 
  130. "ARIA Charts – End Of Year Charts – Top 100 Singles 2009", ARIA.com.au, Australian Recording Industry Association, अन्तिम पहुँच मार्च १३, २०१० 
  131. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Nielsen Business Media, Inc
  132. "Year End Charts – Japan Hot 100", Billboard, Nielsen Business Media, Inc, मूलबाट अक्टोबर ७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १५, २०११ 
  133. "RIANZ Annual Top 50 Singles Chart 2008 (see "2009 – Singles")", RIANZ.org.nz, Recording Industry Association of New Zealand, मूलबाट सेप्टेम्बर १५, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१० 
  134. "Årslista Singlar – År 2009", Swedish Recording Industry Association, मूलबाट जुलाई १९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१८ 
  135. "UK Year-end Songs 2009", ChartsPlus, The Official Charts Company, पृ: 5, अन्तिम पहुँच जुन १४, २०१० 
  136. "Best of 2009 – Hot 100 Songs", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच मार्च ६, २०११ 
  137. "Adult Contemporary Songs: Page 1", बिलबोर्ड, Prometheus Global Media, अन्तिम पहुँच जुलाई २८, २०१५ 
  138. "Adult Pop Songs: Page 1", बिलबोर्ड, Prometheus Global Media, अन्तिम पहुँच जुलाई २८, २०१५ 
  139. "Pop Songs: 2009 Year-End Charts", बिलबोर्ड, Prometheus Global Media, अन्तिम पहुँच जुलाई २८, २०१५ 
  140. "The Best of 2009: The Year in Music", Billboard, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१५ 
  141. McCabe, Kathy (जनवरी ७, २०१०), "Delta Goodrem's talents top the charts", The Daily Telegraph (Sydney), New Limited, मूलबाट जनवरी ९, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१० 
  142. "Best of 2000s – Hot 100 Songs", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच मार्च ६, २०११ 
  143. "एरिया चार्ट तालिका", एरिया चार्ट। 
  144. "टेलर स्विफ्ट - लभ स्टोरी", म्युजिक क्यानडा। 
  145. "टेलर स्विफ्ट - लभ स्टोरी (प्रमाणपत्र)", आइएफपीआइ डेनमार्क। 
  146. "प्लेटिना रेकर्डस्", आधिकारिक चार्ट कम्पनी, ६ मार्च २०११। 
  147. "टेलर स्विफ्ट - लभ स्टोरी", ब्रिटिस्ट फोनोग्राफिक उद्योग। 
  148. "टेलर स्विफ्ट - लभ स्टोरी", आरआइएए। 
  149. "लभ स्टोरी", आरआइएए। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]