ब्याड ब्लड (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"ब्याड ब्लड"
टेलर स्विफ्टकेन्ड्रिक लामारको एकल
सार्वजनिक१७ मे २०१५ (2015-05-17)
ढाँचाडिजिटल डाउनलोड
रेकर्ड२०१४
किसिमपप[१]
लम्बाई:१९
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टपन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"स्टाइल"
(२०१५)
"ब्याड ब्लड"
(२०१५)
"वाइल्डेस्ट ड्रिम्स"
(२०१५)
केन्ड्रिक लामार एकल कालक्रम
किङ कुन्टा
(२०१५)
ब्याड ब्ल्ड
(२०१५)
अलराइट
(२०१५)
साङ्गीतिक भिडियो
"(ब्याड ब्लड)" युट्युबमा हेर्नुहोस्

"ब्याड ब्लड" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौ स्टुडियो एल्बम १९८९को लागि रेकर्ड गराइएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन् जसमा अमेरिकी र्‍यापर केन्ड्रिक लामार पनि सामेल छन्। लामार सामेल भएको संस्करण रिपब्लिक रेकर्ड्सद्वारा १७ मे २०१५ मा सार्वजनिक गरिएको थियो। यस गीतको सारले दुई घनिष्ठ मित्र बीचको धोकाको वर्णन गरेको छ। यो गीत १९८९ एल्बमको आठौँ सङ्गीतको रूपमा सार्वजनिक गरिएको थियोे।

यो गीत अस्ट्रेलिया, क्यानाडा, इजरायल, न्युजिल्यान्ड, स्कटल्याण्ड, र संयुक्त राज्य अमेरिकामा शीर्ष स्थानमा पुग्दै १९८९ एल्बमबाट शीर्ष स्थानमा आउने तेस्रो गीत बनेको थियो साथै आधिकारिक सङ्गीत भिडियो जोसेफ केनद्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्ल्याङ स्पेस" र "वाइल्डेस्ट ड्रिम्स") दोस्रो र चौथो एकल सङ्गीत भिडियोहरू निर्देशन दिएका छन्। यस गीतको साङ्गीतिक भिडियोले पहिलो २४ घण्टामा २०.१ मिलियन अवलोकन पाएको थियो। यस गीतले २०१५ मा एमटिभी भिडियो म्युजिक पुरस्कारहरूमा वर्ष र सर्वश्रेष्ठ सहयोगको भिडियोलाई जितेको थियो भने गीतले सर्वश्रेष्ठ पप युगल/समूह प्रदर्शनको लागि नामाङ्कन प्राप्त गरेपछि गीतको आधिकारिक भिडियोले ५८औँँ ग्र्यामी अवार्ड जित्न सफल भएको थियो।

लेखन र बनावट[सम्पादन गर्नुहोस्]

टेलर स्विफ्टले एक अज्ञात महिला सङ्गीतकारको बर्णन गर्दै ब्याड ब्लड गीत लेखेकी हुन्।[२] स्विफ्टले यो गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। स्विफ्टले भनेकी छिन् "एक व्यक्तीले उनले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा स्विफ्टका लागि काम गर्ने व्यक्तीहरूलाई डाक्दै कार्यक्रममा अवरोध पुर्‍याउने कोसिस गरेको थियो।[३] बिलबोर्ड, रोलिङ स्टोन, टाइम, र वासिङ्टन पोस्ट जस्ता प्रकाशनहरूले यस गीत विशेष गरी केइटी पेरीको विषयमा लेखिएको छ भन्ने कुरा खुलाएका थिए।[४][५][६][७] १९८९ एल्बमको लागि गीत रेकर्ड गराउँदा पहिला टेलर स्विफ्टको मात्र स्वर थियो भने पछि समायोजन गरिएको गीतमा अमेरिकी र्‍यापर केन्ड्रिक लामार पनि रहेका छन्।[८]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

ब्याड ब्लड गीत नोभेम्बर २०१४ र जनवरी २०१५ गरी दुई हप्ता बिलबोर्ड हट १००को शिर्ष स्थानमा आउन सफल भएको थियो। [९]

केन्ड्रिक लामारको स्वर रहेको गीतको संस्करण भिडियो २०१५ बिलबोर्ड म्युजिक अवार्डमा देखाइएसँगै गीत बिलबोर्ड हट १०० चार्टमा ५३औँँ स्थानमा पुन प्रवेश गरेको थियो भने डिजिटल सङ चार्टमा २६ मा प्रवेश गरेको थियो।[१०] यस गीतको तात्कालिक समयमा ४७,००० डिजिटल प्रतिलिपीहरू बिक्री भएका थिए। बिलबोर्डमा प्रवेश गरेको अर्को हप्ता गीतले २४ मे २०१५ मा बिलबोर्डको शिर्ष स्थानमा आउन सफल हुँदै गीतको ३८५,००० प्रतिलिपीहरू बिक्री गरेको थियो जुन बिलबोर्डको इतिहासमै सबैभन्दा ठूलो फड्को थियो। यो गीत स्विफ्टको चौँथो पहिलो नम्बर र १९९८ को तेस्रो पहिलो नम्बरमा पर्ने गीत बनेको थियो र एकै एल्बमको तीन गीत शिर्ष स्थानमा आएपछि स्विफ्ट एडेल पछिको पहिलो कलाकार बनेकी थिइन् जसको एक एल्बमबाट तीन गीतहरू बिलबोर्डको शिर्ष स्थानमा पर्न सफल भयो।[११] यो गीत स्विफ्टको शिर्ष दशमा पर्ने १८ गीत थियो भने लामारको बिलबोर्ड यात्रामा पहिलो गीत बनेको थियो जसले शिर्ष स्थान ओगट्यो। यो गीत अर्को हप्ता १ सङ्ख्या तल खस्दै २ मा आएको थियो भने विज खलिफाचार्लि पथको सि यु अगेन शिर्ष स्थानमा आएको थियो जुन गीत लगातार ९ हप्ता सम्म १ नम्बर रहेको थियो।[१२] ब्याड ब्लडले अर्को पाँच हप्ता ४औँँ स्थानमा रहेको थियो भने १३औँँ हप्ता पछि गीत शिर्ष दशबाट बाहिरिएको थियो। सन् २०१५ को समाप्ति सम्म गीतको २,५८४,००० प्रतिलिपिहरू बिक्री हुन सफल हुँदै इतिहासकै दस उत्कृष्ट बिक्री भएको गीतको सुचिमा परेको थियो। नोभोम्बर २०१७ सम्म गीतले ३.१ मिलियन प्रतिलिपीहरू बिक्री गरेको थियो।[१३]

साङ्गितिक भिडियो[सम्पादन गर्नुहोस्]

आधिकारिक सङ्गीत भिडियो जोसेफ केन द्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्ल्याङ स्पेस" र "वाइल्डेस्ट ड्रिम्स") दोस्रो र चौथो एकल सङ्गीत भिडियोहरू निर्देशन गरेका थिए। गीतको भिडियो १२ अप्रिल २०१५ मा लस एन्जलसमा खिचिएको थियो भने केही पलहरू लण्डनमा गरिएको थियो।.[१४] सङ्गीत भिडियो बिलबोर्ड सङ्गीत पुरस्कारको सुरुमा १७ मे २०१५ मा प्रिमियर गरिएको थियो। यस भिडियोमा प्रत्येक अभिनेत्रीहरूले आफ्नो भूमिकाको नाम रोजेका छन्।[१५] स्विफ्टले आफ्नो इन्स्टाग्राम खाता मार्फत प्रत्यक चरित्रको तस्वीर सार्वजनिक गरेकी छन्।

अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष संस्था अवार्ड नतिजा सन्दर्भ
२०१५ एन्टिभिल भिडियो म्युजिक अवार्ड उत्कृष्ट भिजियोल प्रभाव विजयी
टिन च्वाइस अवार्ड च्वाइस समर सङ मनोनित [१६]
च्वाइस म्युजिक कोलाब्रेसन विजयी
च्वाइस ब्रेक-अफ सङ विजयी
एमटिभी भिडियो अवार्ड वर्षको उत्कृष्ट भिडियो विजयी
उत्कृष्ट कोलाब्रेसन विजयी
उत्कृष्ट आर्ट निर्देशन मनोनित
उत्कृष्ट सिनेमेटेग्राफी मनोनित
उत्कृष्ट सम्पादन मनोनित
उत्कृष्ट निर्देशन मनोनित
उत्कृष्ट भिजियोल इफेक्ट मनोनित
ग्रीष्मको सङ्गीत मनोनित
एमटिभी म्युजिक अवार्ड उत्कृष्ट सङ्गीत विजयी [१७]
उत्कृष्ट भिडियो मनोनित
उत्कृष्ट कोलाब्रेसन मनोनित
कोलाब्रेसन अफ द इयर मनोनित
युके म्युजिक भिडियो अवार्ड उत्कृष्ट पप भिडियो - अन्तर्राष्ट्रिय विजयी [१८]
उत्कृष्ट स्टाइलिङ विजयी
टेलीहिट अवार्ड वर्षको उत्कृष्ट भिडियो विजयी [१९]
एनजोआर म्युजिक अवार्ड विजयी [२०]
२०१६ पिपुल्स च्वाइस अवार्ड लोकप्रिय सङ्गीत मनोनित [२१]
ग्र्यामी अवार्ड उत्कृष्ट पप मनोनित [२२]
उत्कृष्ट म्युजिक भिडियो विजयी
निकलोडियन किड च्वाइस अवार्ड लोकप्रिय सङ्गीत मनोनित [२३]
प्रख्यात कोलाब्रेसन मनोनित
रेडियो म्युजिक अवार्ड उत्कृष्ट कोलाब्रेसन मनोनित [२४]
पप म्युजिक अवार्ड मस्ट प्रोफर सङ विजयी [२५]
रेडियो डिज्नी म्युजिक अवार्ड वर्षको उत्कृष्ट सङ्गीत विजयी [२६]
उत्कृष्ट ब्रेक अफ सङ्गीत विजयी
एमवाइएक्स अवार्ड प्रख्यात अन्तर्राष्ट्रिय भिडियो विजयी [२७]
बिएमआइ अवार्ड अवार्ड-विनिङ सङ विजयी [२८]
वर्षको उत्कृष्ट प्रकाशक विजयी

चार्ट[सम्पादन गर्नुहोस्]

सङ्गीत चार्ट (२०१५) शिर्ष
स्थान
 दक्षिण अफ्रिका (इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका)[२९]
 जर्मनी (मिडिया कन्ट्रोल चार्ट)[३०] २९
 अस्ट्रेलिया (एरिया चार्ट)[३१]
 अस्ट्रिया (Ö३ अस्ट्रिया टप ४०)[३२] २२
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[३३] २६
बेल्जियम बेल्जियम (अल्ट्राटप ४०)[३४] २६
 ब्राजिल (ब्राजिल हट १०० एयरप्ले)[३५] ८१
 क्यानडा (क्यानडेली हट १००)[३६]
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[३७] १'
 स्पेन (स्पेनी सङ्गीत उत्पादक)[३८] १३
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[३९]
 संयुक्त राज्य अमेरिका (पप सङ)[४०]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[४१]
 संयुक्त राज्य अमेरिका (हट डान्स क्लब सङ)[४२] ३७
 फिनल्यान्ड (आइएफपीआइ रेकर्ड)[४३]
 ग्रीस (ग्रिक डिजिटल सङ)[४४]
 हङ्गेरी (म्यानमार रेकर्ड सङ्घ)[४५] १०
 आयरल्यान्ड (आइरिस रेकर्ड सङ्घ)[४६]
 मेक्सिको (मेक्सिको एयरप्ले)[४७] ३५
 न्युजिल्यान्ड (एनजेट टप ४० एकल)[४८]
 नेदरल्यान्ड (मेगाचार्ट)[४९] ३३
 चेक गणतन्त्र (आइएफपीआइ चेक गणतन्त्र)[५०] २९
 संयुक्त अधिराज्य (युके आधिकारिक चार्ट)[५१]
स्विडेन स्विडेन (स्विडेन डिजिटल सङ)[५२]
 स्विट्जरल्यान्ड (स्विजर ह्याटप्रेड)[५३] २८
 युरोपेली सङ्घ (युरो डिजिटल सङ)[५४]

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू (कम्पनी) प्रमाण
 अस्ट्रेलिया (एरिया) ३× प्लेटिनम[५५]
 क्यानडा (म्युजिक क्यानडा) ३× प्लेटिनम[५६]
 संयुक्त राज्य अमेरिका (आरआइएए) ५× प्लेटिनम
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक) गोल्ड[५७]
 संयुक्त अधिराज्य (ब्रिटिस फोनोग्राफिक उद्योग) सिल्भर[५८]

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

क्षेत्र मिती ढाँचा लेबल
 संयुक्त राज्य अमेरिका १७ मे २०१५ डिजिटल डाउनलोड[५९] बिग मेसिन रेकर्ड्स
१९ मे २०१५ कन्टेम्पोररी हिट रेडियो[६०]
  • बिग मेसिन
  • रिपब्लिक
इटाली इटाली १२ जुन २०१५ मेनस्ट्रिम रेडियो[६१][६२]
  • बिग मेसिन
  • रिपब्लिक

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. मोलानफी, क्रिस, "किन टेलर स्विफ्ट र केन्ड्रिक लामारको गीत ब्याड ब्ल्ड शिर्ष स्थानमा", स्लेट, द स्लेट ग्रुप, अन्तिम पहुँच डिसेम्बर २३, २०१५ 
  2. "ब्याड ब्लडको सार", (एडभान्स पब्लिकेसन्स), अक्टोबर १५, २०१५, अन्तिम पहुँच अक्टोबर १८, २०१५ 
  3. "टेलर स्विफ्टको ब्याड ब्लड", रेलिङ स्टोन, सेप्टेम्बर ८, २०१४, अन्तिम पहुँच मे १०, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जुन ३, २०१५ मिति
  4. "ब्याड ब्लड", बिलबोर्ड, सेप्टेम्बर ९, २०१४, अन्तिम पहुँच मे ११, २०१५ 
  5. ड्रिल, केडि (डिसेम्बर ३१, २०१४), "केटि पेरी र टेलर स्विफ्ट बीचको द्वन्द्व", रेलिङ स्टोन, अन्तिम पहुँच मे ११, २०१५ 
  6. "के टेलर स्विफ्टको ब्याड ब्लडले केइटी पेरीको बारेमा बोल्छ", टाइम्स, अक्टोबर २७, २०१४, अन्तिम पहुँच मे ११, २०१५ 
  7. यसर, एम्ली (अक्टोबर २७, २०१४), "टेलर स्विफ्ट र केइटी पेरी", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच मे ११, २०१५ 
  8. अस्वाद, जेम (अक्टोबर २४, २०१४), "१९८९ एल्बमको समिक्षा", बिलबोर्ड म्यागेजिन, अन्तिम पहुँच मे २०, २०१५ 
  9. ट्रस्ट, ग्रे (मे २१, २०१५), "बिलबोर्ड हट १०० सङ्गीतहरू", बिलबोर्ड म्यागेजिन, (ग्लोबल मिडिया), अन्तिम पहुँच मे २२, २०१५ [dead link]
  10. ट्रस्ट, ग्रे (मे २८, २०१५), "टेलर स्विफ्टको ब्याड ब्लड बिलबोर्डको शिर्ष स्थानमा", बिलबोर्ड, (ग्लोबल म्युजिक), अन्तिम पहुँच मे २८, २०१५ [dead link]
  11. ट्रस्ट, ग्रे (जुन ३, २०१५), "विज खालिफाको सि यु अगेनले टेलर स्विफ्टको ब्याड ब्लडलाई पछाडि पार्यो", बिलबोर्ड, अन्तिम पहुँच जुन ३, २०१५ 
  12. "२०१५ नेल्सन म्युजिक रेकर्ड", नेल्सन, जनवरी ६, २०१६, अन्तिम पहुँच जनवरी ६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मे ३०, २०१९ मिति
  13. ट्रस्ट, ग्रे (नोभेम्बर २६, २०१७), "आस्क बिलबोर्ड: टेलर स्विफ्ट", अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  14. "२०१५ बिलबोर्ड म्युजिक अवार्ड", बिलबोर्ड, मे ७, २०१५, अन्तिम पहुँच मे १२, २०१५ 
  15. "टेलर स्विफ्टको ब्याड ब्लड सङ्गीतको आधिकारिक भिडियो", रोलिङ स्टोन, मे १७, २०१५, अन्तिम पहुँच मे १८, २०१५ 
  16. "टिन च्वाइस अवार्डको विजेता- २०१५", टिा च्वाइस अवार्ड, अगस्ट १६, २०१५, अन्तिम पहुँच अगस्ट १७, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २४, २०२० मिति
  17. सलाइ, जर्ज, "एमटिभी म्युजिक भिडियो अवार्ड", द हलिउड रिपोटर, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१५ 
  18. "हाम्रो बरेमा", युके म्युजिक भिडियो अवार्ड, मूलबाट जुलाई ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण जुलाई ६, २०१५ मिति
  19. "Premios Telehit 2015: lista de ganadores completa, ¿cuántos se llevaron One Direction y Taylor Swift?", डिसेम्बर २२, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  20. "एनजोआर म्युजिक अवार्डका मनोनयनहरू" (फ्रान्सेलीमा), एनजोआर म्युजिक अवार्ड, डिसेम्बर १, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  21. "विजेता र मनोनयनहरू", पिपुल्स च्वाइस अवार्ड, मूलबाट नोभेम्बर ४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ४, २०१५ मिति
  22. "५८औँँ ग्र्यामी अवार्ड" (पिडिएफ), ग्र्यामी अवार्ड, अन्तिम पहुँच डिसेम्बर ७, २०१५ 
  23. "२०१६ किड च्वाइस अवार्ड", एमटिभी समाचार, फेब्रुअरी २, २०१६, अन्तिम पहुँच फेब्रुअरी ३, २०१६ 
  24. "आइहर्ट रेडियो", बिलबोर्ड, ग्लोबल मिडिया, फेब्रुअरी ९, २०१६, अन्तिम पहुँच फेब्रुअरी ९, २०१६ 
  25. "२०१६- एस्क्याप म्युजिक अवार्ड", एस्क्याप, अप्रिल २८, २०१६, अन्तिम पहुँच अप्रिल २८, २०१६ 
  26. "टेलर स्विफ्ट र जस्टिन बिबर", बिलबोर्ड, मार्च ४, २०१६, मार्च ६, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  27. "२०१६ एमवाइएक्स अवार्ड", एमवाइएक्स, अगस्ट १०, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ६, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  28. "टेलर स्विफ्ट", बिलबोर्ड, अप्रिल ५, २०१६, अप्रिल ६, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ५, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  29. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका)" (अङ्ग्रेजीमा), इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका, १४ सेप्टेम्बर २०१५। 
  30. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (मिडिया कन्ट्रोल चार्ट)" (अङ्ग्रेजीमा), मिडिया कन्ट्रोल चार्ट, ६ जुन २०१५। 
  31. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (एरिया चार्ट)" (अङ्ग्रेजीमा), एरिया चार्ट, ३० मे २०१५। 
  32. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (Ö३ अस्ट्रिया टप ४०)" (अङ्ग्रेजीमा), Ö३ अस्ट्रिया टप ४०, १२ जुलाई २०१५। 
  33. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (अल्ट्राटप ५०)" (अङ्ग्रेजीमा), अल्ट्राटप ५०, ३० मे २०१५। 
  34. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (अल्ट्राटप ४०)" (अङ्ग्रेजीमा), अल्ट्राटप ४०, ३० मे २०१५। 
  35. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड" (अङ्ग्रेजीमा), ब्राजिल हट १०० एयरप्ले, २२ जुलाई २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-१३ मिति
  36. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, २२ मे २०१५। 
  37. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (आधिकारिक चार्ट कम्पनी)" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट, २५ मे २०१५। 
  38. "(स्पेनी सङ्गीत उत्पादक)" (अङ्ग्रेजीमा), स्पेनी सङ्गीत उत्पादक, ३१ मे २०१५। 
  39. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड" (अङ्ग्रेजीमा), ग्लोबल मिडिया, २७ मे २०१५। 
  40. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड" (अङ्ग्रेजीमा), ग्लोबल मिडिया, २२ जुलाई २०१५। 
  41. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड" (अङ्ग्रेजीमा), ग्लोबल मिडिया, १३ जुलाई २०१५। 
  42. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (हट डान्स क्लब सङ)" (अङ्ग्रेजीमा), हट डान्स क्लब सङ, १४ सेप्टेम्बर २०१५। 
  43. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (आइएफपीआइ फिनल्यान्ड)" (अङ्ग्रेजीमा), आइएफपीआइ फिनल्यान्ड, ७ जुन २०१५। 
  44. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (ग्रिक डिजिटल सङ)" (अङ्ग्रेजीमा), ग्रिक डिजिटल सङ, ३० मे २०१५। 
  45. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड" (अङ्ग्रेजीमा), म्यानमार रेकर्ड, ३० मे २०१५। 
  46. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (आइरिस रेकर्ड सङ्घ)" (अङ्ग्रेजीमा), आइरिस रेकर्ड सङ्घ, ३० मे २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२९ मिति
  47. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (मेक्सिको एयरप्ले)" (अङ्ग्रेजीमा), बिलबोर्ड एयर प्ले, २४ सेप्टेम्बर २०१५। 
  48. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (एनजेट टप ४० एकल)" (अङ्ग्रेजीमा), एनजेट टप ४०, २२ मे २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०९ मिति
  49. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (मेगाचार्ट)" (अङ्ग्रेजीमा), मेगाचार्ट, २४ सेप्टेम्बर २०१५। 
  50. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (आइएफपीआइ चेक गणतन्त्र)" (अङ्ग्रेजीमा), आएफपीआइ चेक गणतन्त्र, १४ सेप्टेम्बर २०१५। 
  51. "ओएमआईको चियरलिडर शिर्ष स्थानमा" (अङ्ग्रेजीमा), युके एकल चार्ट ,युके आधिकारिक चार्ट, २५ मे २०१५। 
  52. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (स्विडेन डिजिटल सङ)" (अङ्ग्रेजीमा), स्विडेन डिजिटल सङ, ३० मे २०१५। 
  53. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (स्विजर ह्याटप्रेड)" (अङ्ग्रेजीमा), स्विजर ह्याटप्रेड, ३१ मे २०१५। 
  54. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (युरो डिजिटल सङ)" (अङ्ग्रेजीमा), युरो डिजिटल सङ, ३० मे २०१५। 
  55. "एरिया एकल चार्ट" (अङ्ग्रेजीमा), नोइज ११, ५ डिसेम्बर २०१५। 
  56. "टेलर स्विफ्ट- ब्याड ब्लड" (अङ्ग्रेजीमा), म्युजिक क्यानडा, ७ डिसेम्बर २०१५। 
  57. "एनजेड टप ४०" (अङ्ग्रेजीमा), रेकर्डेड म्युजिक, १२ जुलाई २०१५। 
  58. "अवार्ड" (अङ्ग्रेजीमा), ब्रिटिस फोनोग्राफिक उद्योग, १४ सेप्टेम्बर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०१ मिति
  59. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड", आइट्युन स्टोर (युएस), अन्तिम पहुँच मे १८, २०१५ 
  60. "टप ४०", अल एक्सेस, मूलबाट मे १८, २०१५-मा सङ्ग्रहित। 
  61. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड (मिती: १२-०६-२०१५)", एयरवान 
  62. "टेलर स्विफ्ट र केन्ड्रिक लामार – ब्याड ब्लड(मिती: १२/०६/२०१५)", रेडियो एयरप्ले 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]