स्टाइल (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"स्टाइल"
टेलर स्विफ्टको एकल
सार्वजनिक९ फेब्रुअरी २०१५ (2015-02-09)
ढाँचा
  • सिडि एकल
  • डिजिटल डाउनलोड
रेकर्ड२०१२-२०१४
किसिम
लम्बाई:५१
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
  • अली पयामी
टेलर स्विफ्ट एकल कालक्रम
"ब्ल्याङ्क स्पेस"
(२०१४)
"स्टाइल"
(२०१५)
"ब्याड ब्लड"
(२०१५)
साङ्गीतिक भिडियो
"स्टाईल" युट्युबमा हेर्नुहोस्

"स्टाइल" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो। जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको पाँचौं एकल रूपमा यो गीत ९ फेब्रुअरी २०१५ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो।[१] स्विफ्टले यो गीत सेलब्याक, म्याक्स मार्टिन र अली पेयामी जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।

गीत बिलबोर्ड हट १००को शिर्ष ६ सम्म पुग्दै १९८९ एल्बमको शिर्ष दशमा पर्ने तेस्रो गीतको रूपमा स्थापित भयो र अस्ट्रेलिया र क्यानाडा समेत धेरै क्षेत्रहरु को चार्ट मा शीर्ष-१० मा प्रवेश गरेको थियो। यस गीतले संयुक्त अधिराज्य, अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, आयरल्यान्ड, न्यूजील्याण्ड र नेदरल्यान्ड्स जस्ता देशहरूमा शीर्ष ४० भित्र पर्न सफल भएको थियो।[२] यस गीतको सङ्गीति भिडियोमा कायल न्यूमेनले निर्देशन गरेका छन्। भने उक्त भिडियो १३ फेब्रुअरी २०१५ मा सार्वजनिक भएको थियो। यस गीतले दक्षिण अफ्रिकाको चार्टमा केही हप्ताका लागि शिर्ष स्थान ओगटेको थियो।

लेखन र बनावट[सम्पादन गर्नुहोस्]

स्टाईल गीत सबैभन्दा पहिला अली पयामी र निकोलास एलजङ्फेल्टले एक छोटो सङ्गीतको रूपमा सुरुवात गरेका थिए।[३] एलजङफेल्टले त्यसपछि गीतलाई विस्तार गर्न स्विफ्टको सहयोग मागेका थिए तर जब पेयामीले उक्त ट्र्याक म्याक्स मार्टिनको सहयोगमा उल्फ कसीन स्टुडियोमा बजाय भने उक्त आवाजलाई स्विफ्टले ढोका बाहिरबाट सुनेपछि उनले उक्त सङ्गीतमा गीत गाउने निर्णय गरेकी थिइन्।[४] पेमीमीले सहयोग पत्रमा हस्ताक्षर गरेपछि स्विफ्ट र मार्टिनले ट्रयाकमा नयाँ गीत लेख्न सुरुगरेका थिए।

स्टाईल गीतलाई एल्बमका लागि प्रचार गर्न लक्ष्यका साथ स्विफ्टले गीत रेकर्ड गराउँन थालिन्। डिसेम्बर २०१४ मा बिग मेसिन रेकर्डसका एक कर्मचारी हेड स्कट ब्रोचेटले सामाजिक सञ्जाल ट्विटर मार्फत स्विफ्टका अनुयायीहरूले सोधेको प्रश्न ", अब टेलरको कुन गीत सार्वजनिक हुन्छ?" मा उनले स्टाईल आउने जनाएका थिए भने पछि बलबोर्डले पनि उक्त कुरा सार्वजनिक गरेको थियो।[५] जनवरी २०१५ मा रिपब्लिक रेकर्डस्ले आधिकारिक रूपमा १९८० एल्बमका लागि तेस्रो एकलको रूपमा ९ फेब्रुअरी २०१५ मा गीत सार्वजनिक गरेको थियो। स्विफ्ट अक्टोबर २०१४ मा आइहर्टमा रायन स्क्रेटको गीतमा योगदान र उनीबाट लिएको प्रेरणाको प्रसम्साको गरेकी थिइन्।[६]

बिलबोर्डका जेसन लिपसल्टले "स्टाईल" जेम्स डेनलाई बोलाएको एक पप रक गीत रूपमा चित्रण गरे। यसबाहेक, लस एन्जलस टाइम्सका मिइकल उड र द अवजर्भरकी किटी एम्पेररले गीत फङ्क-पपको रूपमा वर्णन गरे।[७] तथापि टाइम्सका तर्फबाट, स्याम लेन्सकीले गीतलाई एक डिस्को गीतको रूपमा बर्णन गरे।[८][९]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

१९८९ एल्बमको एक भागको रूपमा गीत सार्वजनिक भएपछि शक्तिशाली डिजिटल डाउनलोड बिक्रीको कारण गीत बिलबोर्ड हट १००को सबैभन्दा पहिला ६०अौँ स्थानमा पर्दै चार्ट प्रवेश गरेको थियो तर अर्को हप्ताको चार्टमा गीतको चार्टमा स्थान ओरालो लागेको थियोे।[१०] सन् २०१४ भिक्टोरिया सिक्रेट फेसन शो कार्यक्रम जुन २०१४ डिसेम्बरमा आयोजना भएको थियो भने उक्त कार्यक्रममा स्विफ्टले प्रत्येक्ष प्रस्तुति दिएपछि गीत डिसेम्बर २७ मा गीत चार्टको ७५अौँ स्थानमा पुन प्रवेश गरेको थियो र तात्कालिक समयमा गीतका ४८,००० प्रतिलिपीहरू बिक्री हुन सफल भएका थिए। स्टाईलले बिलबोर्ड हट १०० मा शिर्ष ६ सम्म आउँन सफल भयो भने गीतले लगातार ९ हप्ता सम्म बिलबोर्डको शिर्ष दशमा स्थान जमाएको थियो।[११] बिलबोर्ड हट १०० मा गीतको सफलतापछि गीतले एडल्ट टप ४०, मेनस्ट्रिम टप ४० र एडल्ट कन्टेम्पोररी चार्टमा शिर्ष १ मा परेको थियो भने रिदमीक चार्टमा २१ नम्बरमा सम्म चार्टमा आएको थियो। क्यानडामा स्टाईलले हट एसी, सीएचआर/टप ४० र एसी एयरप्लेमा शिर्ष स्थानमा आएको थियो भने गीतले संयुक्त राज्यमा २,२००,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।[१२]

गीतको एक विश्वव्यापी व्यावसायिक सफलता पनि गीतले इजरायल र दक्षिण अफ्रिको चार्टमा शिर्ष स्थान समाय‍ो। अस्ट्रेलियामा, "स्टाइल" शिर्ष आठ सम्म पुगेको थियोे भने न्यूजील्याण्डमा गीत ११ मा पुग्यो। स्कटल्यान्ड र बेलायतमा ९ र २१ मा प्रवेश गर्यो भने गीतले अस्ट्रिया, बेल्जियम, क्यानडा, चेको गणतन्त्र, हङ्गेरी, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोल्यान्ड र स्लोभेनियामा शीर्ष ४० भित्रमा परेको थियो।

साङ्गितिक भिडियो[सम्पादन गर्नुहोस्]

उत्पादन र सार्वजनिक[सम्पादन गर्नुहोस्]

आधिकारिक सङ्गीत भिडियो प्रमुख निर्देशक कायल न्यूमेन र सहायक निर्देशिक ह्यारी टोङ्ग द्वरा निर्देशित गरिएको छ।[१३] १० फेब्रुअरी २०१५ मा स्विफ्टले आधिकारिक भिडियोको मिती आफ्नो इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी थिएन्। भिडियोले सुरुवाटमा टेलरको घाँटीबाट माथि धुवाँ उड्दै उनीको अनुहारलाई ढाकेको देखाएको छ। अर्को दिन टेलरले आफ्नो सामाजिक सञ्जाल खाता मार्फत एक छाँयाको रुख उनेको ढाडमा देखाएको छ। तेस्रो भिडियोको एक टुक्रामा भिडियोमा एक चट्यान र आकास गुर्जीएको देखाउँछ भने अन्त्यमा एक सुनसार ठाउँमा एक गाडिमा चडेर उनको प्रेमी टेलर तर्फ आएको दिखिन्छ।[१४]

गीतको आधिकारिक भिडियो गुड मर्निङ अमेरिकामा सार्वजनिक हुने तयारी गरिएको थियो तथापि म्युजिक क्यानडा च्यानलको माध्यमबाट निर्धारित समय केही घण्टा अघि देखाइएपछि भिडियो तुरुन्तै स्विफ्टको आधिकारिक भिबो खातामा उर्धोभरण गरिएको थियो। भिडियोमा स्विफ्टको प्रमीको भूमिका बेलायती अभिनेता डोमीनिक सेरउडले निभाएका छन् जसको हेटेरोक्रोमीयाका कारण उनको दुई आँखाको फरक-फरक देखिन्छ।[१५] टेलर स्विफ्टले उनको फेसबुक खातामा जनाए अनुसार गीतको केही भागहरू मोरक्कोको हर्कुलेस गुफामा कैद गरिएको थियो।[१६]

सारंश[सम्पादन गर्नुहोस्]

"स्टाईल"को आधिकारिक भिडियोको सुरुमा स्विफ्टको टाउकोको एक छायाचित्रको देखाइन्छ भने उनको प्रेमी (डोमीनिक सेरउड) समुद्री किनारामा उभिएको छ दृश्य देखाइएको छ। गीतको सुरुवात पछि यो देख्न सकिन्छ कि स्विफ्ट एक कागज विमान जस्तो हार समाइरहेकी छिन् भने त्यसपछि जङ्गलका विभिन्न दृश्यहरू समावेस गरिन्छन्। एक व्यक्ति हल्का अँध्यारो कोठामा स्विफ्ट द्वारा बिदा भएको विस्तारामा जागिरहेको देखिन्छ र त्यसपछि सामुहिक गायनहरू सुनिन्छ। सामुहिक गायन सुरु भएपछि एक पुरुषले आफ्नो अगाडि एक टुक्रा ऐना देखाउँछन् जसमा स्विफ्टको ओठको दृश्य देखिन्छ भने स्विफ्टले देखाएको ऐनामा उनको प्रेमीको आँखा देखिन्छ। भिडियो बढिरहँदा स्विफ्टको प्रेमीले उनलाई पछाडि सिटमा राख्दै गाडि चलाएको देख्न सकिन्छ त्यसपछि स्विफ्टको प्रेमीले आँफुले लगाएको सर्ट खोल्छन् र उनीहरूले एक अर्कालाई अङ्गालो हाल्दै चुम्बन गर्छन्। भिडियो चलिरहँदा उक्त पुरुष एक समुन्द्रको किनारमा देखिन्छन् भने स्विफ्टले एक हल्का अँध्यारो कोठामा गीत गाएको दृश्य देखाइन्छ। भिडियोको समाप्तिमा स्विफ्टको प्रेमीले रातको समयमा गाडिबाट झर्छन् भने स्विफ्ट जमिनमा बसिरहेको ठाउँबाट उठ्दै उनीहरू भिट हुन एक अर्का तिर जान्छन्।

अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष संस्था अवार्ड नतिजा सन्दर्भ
२०१६ एपीआरए अवार्ड (अस्ट्रेलिया) इन्टरनेसनल वर्काउट अफ द एयर मनोनित [१७]
बिएमआइ अवार्ड अवार्ड-विनिङ सङ विजयी [१८]
पब्लिसर अफ द एयर विजयी [१९]

चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१५–१५) शिर्ष
स्थान
 दक्षिण अफ्रिका (इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका)[२०]
 जर्मनी (मिडिया कन्ट्रोल चार्ट)[२१] ९९
 अस्ट्रेलिया (एरिया चार्ट)[२२]
 अस्ट्रिया (Ö३ अस्ट्रिया टप ४०)[२३] ३०
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[२४]
बेल्जियम बेल्जियम (अल्ट्राटप ४०)[२५] ४७
 ब्राजिल (ब्राजिल हट १०० एयरप्ले)[२६] ९८
 क्यानडा (क्यानडेली हट १००)[२७]
क्रोएसिया क्रोएसिया (क्रयसियन एयरप्ले रेडियो चार्ट)[२८] ३१
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[२९]
स्लोभाकिया स्लोभाकिया (आइएफपीआइ स्लोभाक गणतन्त्र)[३०] ६२
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[३१]
 संयुक्त राज्य अमेरिका (पप सङ्गीत)[३२]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[३३]
 संयुक्त राज्य अमेरिका (हट एडल्ट कन्टेम्पोररी ट्र्याक)[३४]
 फ्रान्स (फोनोग्राफिक राष्ट्रिय सङ्घ)[३५] १५०
 हङ्गेरी (हङ्गेरी रेकर्ड लेबल सङ्घ)[३६] १८
 आयरल्यान्ड (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)[३७] ३८
जापान जापान (जापान हट १००)[३८] ५७
 नेदरल्यान्ड (मेगाचार्ट)[३९] २२
 न्युजिल्यान्ड (एनजोट टप ४० सिङ्गल)[४०] ११
 संयुक्त अधिराज्य (युके एकल चार्ट)[४१] २१
 चेक गणतन्त्र (आइएफपिआइ चेक गणतन्त्र)[४२] २५

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देश प्रमाणपत्र कम्पनी
 अस्ट्रेलिया (एरिया) २× प्लेटिनम[४३] १९००००
 क्यानडा (म्युजिक क्यानडा) ३× प्लेटिनम[४४] २४००००
 संयुक्त राज्य अमेरिका (आरआइएए) ३× प्लेटिनम[४५] २०५२०००
 न्युजिल्यान्ड (एनजोट रेकर्डिङ सङ्घ) प्लेटिनम[४६] ७५००
 संयुक्त अधिराज्य (बेलायती फोनोग्राफिक उद्योग) सिल्भर[४७] ३०००००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

क्षेत्र मिती ढाँचा लेबल सन्दर्भ
 संयुक्त राज्य अमेरिका ९ फेब्रुअरी २०१५ हट एडल्ट कन्टेम्पोररी
  • बिग मेसिन
  • रिपब्लिक रेकर्डस्
[४८]
१० फेब्रुअरी २०१५ कन्टेम्पोररी हिट रेडियो [४९]
रिदोमीक कन्टेम्पोररी [५०]
इटाली इटाली ३ अप्रिल २०१५ कन्टेम्पोररी हिट रेडियो बिग मेसिन [५१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. स्टेफिनी थोमस, "१९८९ - टेलर स्विफ्ट", अलम्युजिक, अन्तिम पहुँच १० फेब्रुअरी २०१५ 
  2. "टेलर स्विफ्ट शिर्ष दशमा" 
  3. पल (फेब्रुअरी १३, २०१६), "टेलर स्विफ्टको १९८९ एल्बमको पुर्ण इतिहास", क्युपोइन्ट, अन्तिम पहुँच मार्च २३, २०१६ 
  4. "टेलर स्विफ्टको आउँदै नयाँ सङ्गीत", बिलबोर्ड म्यागेजिन, डिसेम्बर २९, २०१४, अन्तिम पहुँच जनवरी १६, २०१५ 
  5. नेच जोनसन (फेब्रुअरी १३, २०१५), "टेलर स्विफ्टको स्टाईल भिडियो", इ!, अन्तिम पहुँच फेब्रुअरी १३, २०१५  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १३, २०१५ मिति
  6. "गीतको एक मिनेटको प्रति बिट" 
  7. मेक्केनी, किन्स्ले (फेब्रुअरी १९, २०१५), "टेलर स्विफ्ट स्टाईल", भोक्स, अन्तिम पहुँच जनवरी ४, २०१६ 
  8. उड, माईकल (अक्टोबर २७, २०१४), "१९८९ एल्बम -टेलर स्विफ्ट", लस एन्जलस टाईम्स, अन्तिम पहुँच अक्टोबर २७, २०१४, "'" 
  9. लेन्स्की, स्याम (अक्टोबर २३, २०१४), "१९८९ एल्बमको पुनरावलोकन", टाईम्स म्यागेजिन, अन्तिम पहुँच मार्च १, २०१५ 
  10. ट्रस्ट, ग्रे (डिसेम्बर १८, २०१४), "टेलर स्विफ्टको गीत बिलबोर्डको शिर्ष दशमा", बिलबोर्ड म्यागेजिन, ग्लोबल मिडिया, अन्तिम पहुँच डिसेम्बर १८, २०१४ 
  11. कल्टफिल्ड, केथ (मार्च ११, २०१५), "बिलबोर्ड हट १०० चार्ट", बिलबोर्ड, अन्तिम पहुँच मार्च ११, २०१५ 
  12. ट्रस्ट, ग्रे (नोभेम्बर २६, २०१७), "आस्क बिलबोर्ड: टेलर स्विफ्टको एल्बम", अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  13. "टेलर स्विफ्ट - स्टाईल", युट्युब, अन्तिम पहुँच फेब्रुअरी १३, २०१५ 
  14. जो लेन्च (फेब्रुअरी १०, २०१५), "टेलर।स्विफ्ट भिडियो", बिलबोर्ड म्यागेजिन, अन्तिम पहुँच फेब्रुअरी ११, २०१५  = Archive.today अभिलेखिकरण फेब्रुअरी ११, २०१५ मिति
  15. जेसिका गुडमेन (फेब्रुअरी १३, २०१५), "टेलर स्विफ्टको नयाँ भिडियो स्टाईल", हफपोस्ट, अन्तिम पहुँच फेब्रुअरी १३, २०१५ 
  16. "डोमिनीक सेरउडका बारेमा ५ तथ्यहरू", जिम्बो, फेब्रुअरी १३, २०१५, अन्तिम पहुँच फेब्रुअरी १६, २०१५ 
  17. "२०१६ एपीआरए अवार्ड", मार्च १५, २०१६, मूलबाट मार्च २४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १५, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मार्च २४, २०१६ मिति
  18. "२०१६ एपीआरए अवार्ड", मार्च १५, २०१६, मूलबाट मार्च २४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १५, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मार्च २४, २०१६ मिति
  19. "वार्सिक बिएमआइ अवार्ड", म्युजिक ब्रोडकार्ट, मे ११, २०१६, मे २७, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  20. "टेलर स्विफ्ट – स्टाईल (इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका)" (अङ्ग्रेजीमा), इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका, २७ अगस्ट २०१६। 
  21. "अरिएना ग्रान्डे – प्रब्लम (एरिया चार्ट)" (अङ्ग्रेजीमा), एरिया चार्ट, २७ अगस्ट २०१४। 
  22. "टेलर स्विफ्ट - स्टाईल (एरिया चार्ट)" (अङ्ग्रेजीमा), एरिया चार्ट, २७ अगस्ट २०१४। 
  23. "टेलर स्विफ्ट - स्टाईल (Ö३ अस्ट्रिया टप ४०)" (अङ्ग्रेजीमा), Ö३ अस्ट्रिया टप ४०, २७ अगस्ट २०१४। [dead link]
  24. "टेलर स्विफ्ट-स्टाईल (अल्ट्राटप ५०)" (अङ्ग्रेजीमा), अल्ट्राटप ५०, २७ अगस्ट २०१४। 
  25. "टेलर स्विफ्ट स्टाईल (अल्ट्राटप ४०)" (अङ्ग्रेजीमा), अल्ट्राटप ४०, २७ अगस्ट २०१४। 
  26. "टप १००", ब्राजिल हट १०० एयरप्ले, १६ मे २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०६ मिति
  27. "टेलर स्विफ्ट स्टाईल (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, २७ अगस्ट २०१४। 
  28. "टेलर स्विफ्ट स्टाईल (क्रयसियन एयरप्ले रेडियो चार्ट)" (अङ्ग्रेजीमा), क्रयसियन एयरप्ले रेडियो चार्ट, २८ अगस्ट २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०३ मिति
  29. "टेलर स्विफ्ट - स्टाईल (आधिकारिक चार्ट कम्पनी)" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट कम्पनी, २८ अगस्ट २०१४। 
  30. "टेलर स्विफ्ट - स्टाईल (आइएफपीआइ स्लोभाक गणतन्त्र)" (अङ्ग्रेजीमा), आइएफपीआइ स्लोभाक गणतन्त्र, ३० अगस्ट २०१४। 
  31. "बिलबोर्ड हट १००" (अङ्ग्रेजीमा), ग्लोबल मिडिया, २८ मे २०१४। 
  32. "टेलर स्विफ्ट - स्टाईल (पप सङ)" (अङ्ग्रेजीमा), पप सङ्गीत, ३० अगस्ट २०१४। 
  33. "टेलर स्विफ्ट -स्टाईल (एडल्ट पप सङ)" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, ३० अगस्ट २०१४। 
  34. "टेलर स्विफ्ट - स्टाईल (हट एडल्ट कन्टेम्पोररी ट्र्याक)" (अङ्ग्रेजीमा), हट एडल्ट कन्टेम्पोररी ट्र्याक, ३० अगस्ट २०१४। 
  35. "टेलर स्विफ्ट- स्टाईल" (अङ्ग्रेजीमा), फोनोग्राफिक राष्ट्रिय सङ्घ, २७ अगस्ट २०१४। 
  36. "टेलर स्विफ्ट -स्टाईल (हङ्गेरी रेकर्ड लेबल सङ्घ)" (अङ्ग्रेजीमा), हङ्गेरी रेकर्ड लेबल सङ्घ, २८ अगस्ट २०१४। 
  37. "टेलर स्विफ्ट-स्टाईल (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)" (अङ्ग्रेजीमा), आइसीस म्युजिक रेकर्ड एसोसिएसन, २८ अगस्ट २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२२ मिति
  38. "टेलर स्विफ्ट-स्टाईल (जापान हट १००)" (अङ्ग्रेजीमा), जापान हट १००, २८ अगस्ट २०१४। 
  39. "टेलर स्विफ्ट-स्टाईल (मेजाचार्ट)" (अङ्ग्रेजीमा), मेगाचार्ट, २७ अगस्ट २०१४। 
  40. "टेलर स्विफ्ट - स्टाईल (एनजोट टप ४० सिङ्गल)" (अङ्ग्रेजीमा), रेकर्डेड म्युजिक एनजेड, २७ अगस्ट २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०४ मिति
  41. "युके एकल चार्ट शिर्ष १००" (अङ्ग्रेजीमा), युके एकल चार्ट, ३० अगस्ट २०१४। 
  42. "टेलर स्विफ्ट -स्टाईल (आइएफपिआइ चेक गणतन्त्र)" (अङ्ग्रेजीमा), आइएफपिआइ चेक गणतन्त्र, ३० अगस्ट २०१४। 
  43. "अस्ट्रेलिया चार्ट (एरिया)" (अङ्ग्रेजीमा), [एरिया चार्ट, १७ मार्च २०१४। 
  44. "टेलर स्विफ्ट - स्टाईल", म्युजिक क्यानडा, १ मार्च २०१६। 
  45. "टेलर स्विफ्ट-स्टाईल" (अङ्ग्रेजीमा), आरआइएए, ‎ २०१५ डिसेम्बर। 
  46. "२६५ फेब्रुअरी २०१४" (अङ्ग्रेजीमा), न्युजिल्या रेकर्डिङ सङ्घ, २९ नोभेम्बर २०१२। 
  47. "टेलर स्विफ्ट- स्टाईल" (अङ्ग्रेजीमा), ३० मार्च २०१३।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२७ मिति
  48. "टेलर स्विफ्ट", रिपब्लिक रेकर्डस्, मूलबाट जनवरी १७, २०१५-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  49. "टेलर स्विफ्ट- स्टाईल – रिपब्लिक प्लेबुक", रिपब्लिक रेकर्डस्, मूलबाट जनवरी १४, २०१५-मा सङ्ग्रहित। 
  50. "टेलर स्विफ्ट स्टाईल", रिपब्लिक रेकर्डस्, मूलबाट फेब्रुअरी १, २०१५-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  51. "टेलर स्विफ्ट -स्टाईल" (इटालियनमा), रेडियो एयरप्ले, मूलबाट अप्रिल ३०, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]