कल इट ह्वाट यु वान्ट (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"कल इट ह्वाट यु वान्ट"
टेलर स्विफ्टको प्रचारक एकल
सार्वजनिक३ नोभेम्बर २०१७ (2017-11-03)
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ सञ्जाल
किसिमसिन्थ-पप
लम्बाई:२४
लेबलबिग मेसिन
गीतकार(हरू)
  • टेलर स्विफ्ट
  • ज्याक एण्टोनअफ
रेकर्ड निर्माता(हरू)
  • ज्याक एण्टोनअफ
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट promotional singles कालक्रम
"यु आर इन लभ"
(२०१५)
"कल इट ह्वाट यु वान्ट"
(२०१७)
"द आर्चर"
(२०१९)
शब्द सहितको श्रव्य दृश्य
"कल इट ह्वाट यु वान्ट" युट्युबमा हेर्नुहोस्

"कल इट ह्वाट यु वान्ट" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई रेपुटेसन एल्बमको प्रचारक एकलको गीतको रूपमा सन् ३ नोभेम्बर २०१७ का दिन बिग मेसिन रेकर्ड्सद्वारा सार्वजनिक गरिएको थियो।[१] टेलर स्विफ्टलले यस गीतलाई रेकर्ड निर्माताहरू ज्याक एण्टोनअफसँगको साझेदारीमा रचना गरेकी हुन्। यस गीतले अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १०० मा २७औँ स्थान र बेलायती आधिकारिक चार्ट कम्पनीमा २९औँ स्थान ओगट्न सफल भएको थियो। यस गीतले विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गरेको थियो।

सार्वजनिक[सम्पादन गर्नुहोस्]

१३ अक्टोबर २०१७ मा आयोजना गरिएको एक समारोहमा स्विफ्टले उनका विभिन्न देशमा रहेका १००औँ अनुयायीहरू माझ उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।[२][३] १९ अक्टोबरमा स्विफ्टले आफ्नो व्यक्तिगत इन्स्टाग्राम खाता मार्फत रेपुटेसनको नयाँ एकल गीतको रूपमा "गोर्जियस" गीत सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्। सन् २०१७ स्विफ्टले आफ्नो आधिकारिक ट्विटर र इन्स्टाग्राम खातामा गीतको केही अंश सार्वजनिक गर्दै उनले घोषणा गरिन् कि उनले छैटौँ साङ्गीतिक सङ्गालोको तेस्रो प्रचारक एकलको रूपमा "कल इट ह्वाट यु वान्ट" सार्वजनिक गरिने छ। यस गीत ३ नोभेम्बर २०१७ को दिन आधिकारिक शब्दको श्रव्ण दृश्यका साथ स्विफ्टको आधिकारिक युट्युब खातामा सार्वजनिक गरिएको थियो। यस गीतले आधिकारिक शब्द रहेको श्रव्य दृश्यले पनि विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गरेको थियो।

संरचना[सम्पादन गर्नुहोस्]

"कल इट ह्वाट यु वान्ट" गीतलाई एक सिन्थ-पप रूपमा वर्णन गरिएको छ।[४] टेलर स्विफ्टलले यस गीतलाई रेकर्ड निर्माताहरू ज्याक एण्टोनअफसँगको साझेदारीमा रचना गरेकी हुन्।[५] उनको अनुसार कल इट ह्वाट यु वान्ट गीत विश्वभर सार्वजनिक गर्नु मेरा लागि सम्मानको विषय हो।[६] एण्टोनअफले यस गीतलाई अनुयायीहरू माझ सुन्नका लागि सिफारिस गरेका थिए।[७] यस गीत ८२ बिट प्रति मिनेटको अवधिका रचिएको छ जहाँ स्विफ्टको स्वर E३ देखि C♯५ सम्म फैलिएको छ।[८]

प्रशंसा[सम्पादन गर्नुहोस्]

यस गीतले विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गरेको थियो।[९] यस गीतलाई अमेरिकी पत्रिका रोलिङ स्टोनले सन् २०१७ को उत्कृष्ट २० गीतको सूचीमा सूचीकृत गरेको थियो।[१०] इण्टरटेन्मेण्ट विक्लीका अनुसार यस गीत जसमा स्विफ्टले भनिन् "म पहिले भन्दा अहिले राम्रो गर्दैछु"।[११] युएसए टुडेले यसलाई सकारात्मक समीक्षा दिँदै सार्वजनिक गर्‍यो यो हालका अन्य एकल भन्दा बढी दबिएको छ र यो गायिकको नयाँ युगको सबैभन्दा र अविश्वसनीय प्रेम गीत हो। कम्प्लेक्स पत्रिकाको राय छ कि यो गीत उनीबाट पहिलो सार्वजनिक गरिएको थियो।[१२] "कल इट ह्वाट यु वान्ट" गीत वास्तवमै राम्रो छ र साथै यसले बदला बयानलाई ठूलो प्रभावमा पुर्‍यायो।[१३] स्पिन म्यागजिनले यसलाई पनि राम्रो समीक्षा दिएर भन्यो कि यो हालका अन्य सामग्रीहरू भन्दा धेरै राम्रो छ।

व्यवसायीक प्रस्तुति[सम्पादन गर्नुहोस्]

यस गीतले अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १०० मा २७औँ स्थान पर्दै साङ्गीतिक तालिका प्रवेश गरेको थियो भने तात्कालिक समयमा यस गीतका ६८,००० प्रतिलिपीहरू बिक्री भएको थियो। यो गीत बिलबोर्ड चार्ट प्रवेश गर्ने रेपुटेसनका अन्य गीत लुक ह्वाट यु मेड मी डु, ...रेडि फर इट?गोर्जियस पछि चार्टमा अटाएको थियो।[१४] अष्ट्रेलियाको आधिकारिक चार्ट कम्पनीमा यो गीत १६औँ स्थानमा र बेलायती आधिकारिक चार्ट कम्पनीमा २९औँ स्थान ओगट्न सफल भएको थियो।[१५]

शब्द समावेश श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

"कल इट ह्वाट यु वान्ट" गीतको आधिकारिक शब्द सहितको श्रव्य दृश्य स्विफ्टको आधिकारिक भिभो र युट्युब खाता मार्फत सन् २०१७ नोभेम्बर २ का दिन सार्वजनिक गरिएको थियो। यस श्रव्य दृश्यमा स्विफ्टको घरेलु दृश्यहरूको छोटो झलक र स्विफ्टका तस्वीरहरू समावेश गरिएको छ। यस गीत सार्वजनिक भएको २४ घण्टामै ५० लाख पटक हेरिएको थियो। सन् २०१९ जुनका अनुसार यस गीतको आधिकारिक शब्द समावेश श्रव्य दृश्यलाई युट्युबमा ६ करोड पटक अवलोकन गरिएको छ।

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

स्विफ्टले १० नोभेम्बर २०१७ का दिन यस गीतको प्रत्यक्ष प्रस्तुति सिरियसएक्सएम फिशबोबल सत्रको समयमा दिएकी थिइन्।[१६] एक दिन पछि स्विफ्टले स्याटर्‍डे नाइट लाइभको ४३औँ संस्करणमा रेडि फर इटसँग यस गीतको पनि प्रत्यक्ष प्रस्तुत दिएकी थिइन्। स्विफ्टले यस गीत उनको रेपुटेसन विश्व भ्रमणका बेला पनि विश्वव्यापी रूपमा विभिन्न स्थानहरूमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१७]

तालिका[सम्पादन गर्नुहोस्]

तालिका (२०१७–१८) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया चार्ट)[१८] १६
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[१९] ४३
 क्यानडा (क्यानडेली हट १००)[२०] २४
 फ्रान्स (एसएनइपी)[२१] ७६
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[२२] ९९
 हङ्गेरी (सिङ्गल टप ४०)[२३]
 आयरल्यान्ड (आइरिस रेकर्डेड म्युजिक सङ्घ)[२४] ४४
 मलेसिया (मलेसिया रेकर्डिङ उद्योग सङ्घ)[२५] १३
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेड)[२६] ३४
 फिलिपिन्स (फिलिपिन्स हट १००)[२७] २७
 पोर्तगाल (एएफपी)[२८] ६५
स्विट्जरल्यान्ड स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[२९] ९७
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[३०] २९
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[३१] २७

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 अस्ट्रेलिया (एरिया) गोल्ड
[३२]
+ ३५,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) गोल्ड

[३३]

+ ५,००,०००

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Brandle, Lars (नोभेम्बर ३, २०१७), "Taylor Swift Debuts 'Call It What You Want': Watch Lyric Video", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर ३, २०१७ 
  2. Mackleden, Amy (अक्टोबर १४, २०१७), "Taylor Swift Just Hosted Her First 'Reputation' Listening Party in London", Elle, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  3. Drysdale, Jennifer (अक्टोबर १३, २०१७), "Taylor Swift Holds First Secret 'Reputation' Listening Party for Fans in the UK and Swifties Are Freaking Out", Entertainment Weekly, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  4. Christopher R. Weingarten; Brittany Spanos; Charles Aaron; Simon Vozick-Levinson; Maura Johnston; Will Hermes; Rob Sheffield (नोभेम्बर २९, २०१७), "50 Best Songs of 2017", Rolling Stone 
  5. Iasimone, Ashley (नोभेम्बर ५, २०१७), "Jack Antonoff Shares Some Insight Into the Making of Taylor Swift's 'Call It What You Want'", Billboard, अन्तिम पहुँच नोभेम्बर १४, २०१७ 
  6. Gordon, Jeremy (नोभेम्बर ३, २०१७), "Okay, Sure, Taylor Swift’s “Call It What You Want” Isn’t So Bad", Spin, अन्तिम पहुँच नोभेम्बर १४, २०१७ 
  7. "Spot On Track - The Spotify Tracker", www.spotontrack.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-१८ 
  8. Swift, Taylor, "Taylor Swift "Call It What You Want" Sheet Music in A Major (transposable) - Download & Print", Musicnotes.com, अन्तिम पहुँच २०१८-०२-१८ 
  9. "Taylor Swift fans have intense reactions to new love song: 'I'm crying'", Entertainment Weekly, नोभेम्बर ३, २०१७, अन्तिम पहुँच फेब्रुअरी २, २०१८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ३, २०१८ मिति
  10. Guan, Frank (नोभेम्बर ३, २०१७), "The Anesthetic Lift of Taylor Swift’s ‘Call It What You Want’", Vulture, अन्तिम पहुँच नोभेम्बर १४, २०१७ 
  11. "Taylor Swift's new song 'Call It What You Want' is the musical equivalent of the heart-eyes emoji", USA Today, नोभेम्बर ३, २०१७, अन्तिम पहुँच फेब्रुअरी २, २०१८ 
  12. "Taylor Swift Finally Made a Great 'Reputation' Song", Complex, नोभेम्बर ७, २०१७, अन्तिम पहुँच फेब्रुअरी २, २०१८ 
  13. "Okay, Sure, Taylor Swift’s “Call It What You Want” Isn’t So Bad", Spin Magazine, नोभेम्बर ३, २०१७, अन्तिम पहुँच फेब्रुअरी २, २०१८ 
  14. Trust, Gary (नोभेम्बर १३, २०१७), "Taylor Swift Notches Fourth Digital Song Sales No. 1 From 'Reputation' With 'Call It What You Want'", Billboard, अन्तिम पहुँच नोभेम्बर १४, २०१७ 
  15. "Seven weeks at the top for Post Malone's Rockstar", Australian Recording Industry Association, नोभेम्बर ११, २०१७, अन्तिम पहुँच नोभेम्बर १४, २०१७ 
  16. Stubblebine, Allison (नोभेम्बर १०, २०१७), "Taylor Swift Treats Lucky Fans to Intimate Acoustic Set at SiriusXM", Billboard, अन्तिम पहुँच नोभेम्बर २१, २०१७ 
  17. Moore, Sam (नोभेम्बर १२, २०१७), "Watch Taylor Swift perform two tracks from ‘Reputation’ on ‘Saturday Night Live’", NME, अन्तिम पहुँच नोभेम्बर २१, २०१७ 
  18. "ARIA Australian Top 50 Singles", Australian Recording Industry Association, नोभेम्बर ११, २०१७, अन्तिम पहुँच नोभेम्बर ११, २०१७ 
  19. "Austriancharts.at – Taylor Swift – Call It What You Want" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- November 15, 2017.
  20. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति November 14, 2017.
  21. "Lescharts.com – Taylor Swift – Call It What You Want" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मितिNovember 11, 2017.
  22. "Offiziellecharts.de – Taylor Swift – Call It What You Want" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति November 12, 2017.
  23. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरीयाली रेकर्ड कम्पनी सङ्घ, Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच November 16, 2017.
  24. "IRMA – Irish Charts", Irish Recorded Music Association, अन्तिम पहुँच नोभेम्बर ११, २०१७ 
  25. "Top 20 Most Streamed International & Domestic Singles in Malaysia : Week 45 (3/11/2017 – 9/11/2017)", Recording Industry Association of Malaysia, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  26. "NZ Top 40 Singles Chart", Recorded Music NZ, अक्टोबर ३०, २०१७, अन्तिम पहुँच नोभेम्बर ११, २०१७ 
  27. "BillboardPH Hot 100", Billboard Philippines, अन्तिम पहुँच नोभेम्बर २७, २०१७ 
  28. "Portuguesecharts.com – Taylor Swift – Call It What You Want" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति November 17, 2017.
  29. "Swisscharts.com – Taylor Swift – Call It What You Want" स्विस् एकल तालिका अन्तिम पहुँच मितिNovember 13, 2017.
  30. "Archive Chart: 20171111" बेलायती एकल तालिका अन्तिम पहुँच मिति November 11, 2017.
  31. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift. अन्तिम पहुँच मिति November 13, 2017.
  32. "टेलर स्विफ्टको कल इट ह्वाट यु वान्ट" (अङ्ग्रेजीमा), एरिया, ३१ डिसेम्बर २०१८। 
  33. "टेलर स्विफ्टको कल इट ह्वाट यु वान्ट गीत गीत" (अङ्ग्रेजीमा), आरआइएए, १३ मार्च २०१८।