आउट अफ द उड्स (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"आउट अफ द उड्स"
टेलर स्विफ्टको एकल
सार्वजनिक५ फेब्रुअरी २०१५
ढाँचाडिजिटल डाउनलोड
रेकर्ड२०१४
स्टुडियोएमएक्सएम स्टुडियो
किसिम
लम्बाई:५५
लेबल
गीतकार(हरू)
  • टेलर स्विफ्ट
  • ज्याक एन्टोनअफ
रेकर्ड निर्माता(हरू)
  • ज्याक एन्टोनअफ
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"वाइल्डेस्ट ड्रिम्स"
(२०१५)
"आउट अफ द उड्स"
(२०१५)
"न्यू रोमान्टिक"
(२०१६)
साङ्गीतिक भिडियो
"आउट अफ द उड्स" युट्युबमा हेर्नुहोस्

आउट अफ द उड्स अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। यस गीतका लेखक र निर्माता टेलर स्विफ्ट र ज्याक एन्टोनअफ हुन्। १९८९ एल्बमको विज्ञापनका लागि यस गीतलाई एल्बमको दोस्रो गीतको रूपमा १४ अक्टोबर २०१४ मा सार्वजनिक गरिएको थियो। यो " स्टाइल" पछिको एल्बममा चौथो ट्र्याक हो। आउट अफ द उड्सको आधिकारिक सङ्गीत भिडियो ३१ डिसेम्बर २०१५ मा सार्वजनिक गरियो भने गीतलाई ५ फेब्रुअरी २०१६ मा पहिलो पटक रेडियोमा सार्वजनिक गरिएको थियो। गीतले इजरायलको आधिकारिक चार्टमा शीर्ष स्थानमा आयो भने गीत बेल्जियम, क्यानडा, न्युजिल्यान्डमा शीर्ष दशमा स्थान सुरक्षित गरेको थियो र त्यस्तै गरी गीतले अस्ट्रेलिया र संयुक्त राज्यका चार्टहरूमा शीर्ष २० मा पर्न सफल भएको थियो।[१][२]

लेखन र बनावट[सम्पादन गर्नुहोस्]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

गीतले बिलबोर्ड हट १०० चार्टमा १८अौँ स्थान सम्म उक्लिएको थियो। यो गीत स्विफ्टको बिलबोर्ड हट १०० चार्ट प्रवेश गर्ने ६१अौँ गीतको रूपमा रह्यो जसले गर्दा स्विफ्ट चार्टमा सबैभन्दा धेरै गीत प्रवेश गराउन सफल हुने दोस्रो महिला कलाकार बनिन्।[३][४][५] गीतको १९५,००० प्रतिलिपिहरू बिक्री हँदै गीत हट डिजिटल चार्टमा शीर्ष स्थानमा रहेको सेक इट अफलाई पछाडि पार्दै चार्टको शीर्ष स्थानमा प्रवेश गरेको थियो। चार्टमा शीर्ष स्थान ओगटेपछि स्विफ्ट हट डिजिटल चार्टमा लगातार दुईवटा गीतहरू शीर्ष स्थानमा पार्न पहिलो कलाकार बनेन् भने उनको सन् २०१२ मा पनि "रनेन" र "वि आर नेभर एभर गेटिङ ब्याक टुगेदर" जस्ता गीतहरू पनि लगातार शीर्ष स्थानमा रहेको थियो।[६] स्विफ्ट त्यसपछि हट डिजिटल चार्टमा कलाकार हट १०० को चौँथो स्थानमा उनी परिन्। आउट अफ द उड्स गीतले अमेरिकाको रेकर्डिङ सङ्घको प्लेटिनम प्रमाणपत्र प्राप्त गर्‍यो भने गीतको १,०००,००० प्रतिलिपिहरू बिक्री हुन सफल भएका थिए।[७]

न्युजिल्यान्डको आधिकारिक चार्टमा गीत छैटौँ स्थानमा प्रवेश गर्‍यो भने गीतले अस्ट्रेलियाको चार्टमा २१अौँ स्थानमा प्रवेश गर्‍यो भने अर्को हप्ता गीतले चार्टमा १९अौँ स्थान सुरक्षित गरेको थियो। गीत आधिकारिक रूपमा सार्वजनिक भएको पहिलो हप्ता गीतले २१,००० प्रतिलिपीहरू बिक्री गरेको थियो।[८] गीत क्यानडाको क्यानडेली हट १०० चार्टमा शीर्ष दशमा प्रवेश गर्‍यो भने १ नोभेम्बर २०१४ मा गीत चार्टको शीर्ष ८ मा आउन सफल भयो। यो गीत अर्को हप्ता चार्टबाटै बाहिरिएको थियो।

सङ्गीत भिडियो[सम्पादन गर्नुहोस्]

अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष संस्था अवार्ड/कार्य नतिजा
२०१६ एन्टेभिल म्युजिक भिडियो अवार्ड बेस्ट भिज्वल इफेक्ट विजयी

समायोजन[सम्पादन गर्नुहोस्]

रायन एडम्सले उनको आधिकारिक एल्बम १९८९को लागि "आउट अफ द उड्स" गीतको समायोजन गीत सार्वजनिक गराएका थिए। याहु!का एक लेखकले एडम्सको गीतको वर्णन गरेका थिए।[९]

प्रत्यक्ष प्रस्तुतिहरू[सम्पादन गर्नुहोस्]

स्विफ्टले आउट अफ द उड्स गीतको १९८९ एल्बम सार्वजनिक हुने दिन २०१४ अक्टोबरमा न्युयोर्क सहरमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१०] त्यसपछि स्विफ्टले गुड मर्निङ अमेरिकाका लागि न्युयोर्क सहरमा ३० अक्टोबर २०१४ मा पनि प्रस्तुति दिएकी थिइन् र त्यसको साथसाथै स्विफ्टले सेक इट अफ र वेलकम टु न्युयोर्क गीतहरू पनि प्रस्तुत गरेकी थिइन्।[११] स्विफ्टले ३ डिसेम्बर २०१५ अस्ट्रेलियाको हिम्लटन टापुमा गीतको प्रस्तुति दिएकी थिइन्।[१२] ३० सेप्टेम्बर २०१५ मा आयोजना गरिएको ५८अौँ वार्सिक ग्र्यामी अवार्ड कार्यक्रममा स्विफ्टले गीत प्रस्तुत गरेकी थिइन्। उनले आफ्नो १९८९ विश्व भ्रमणमा पनि धेरै ठाउँमा गीतको प्रस्तुति दिएकी थिइन्।[१३]

चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१४) शीर्ष
स्थान
 अस्ट्रेलिया - (एरिया चार्ट)[१४] १९
 अस्ट्रिया - (Ö३ अस्ट्रिया टप ४०)[१५] ६४
 क्यानडा - (क्यानडेली हट १००)[१६]
डेनमार्क डेनमार्क - (ट्र्याक लिसन[१७] २३
 संयुक्त राज्य अमेरिका - बिलबोर्ड हट १००[१८] १८
 संयुक्त राज्य अमेरिका - (पप सङ)[१९] २८
 स्पेन - (स्पेनी सङ्गीत उत्पादक)[२०] २२
 फिनल्यान्ड - (आइएफपीआइ रेकर्ड)[२१] २४
 फ्रान्स - (फोनोग्राफिक राष्ट्रिय सङ्घ)[२२] ७०
 हङ्गेरी - (हङ्गेरी सिङ्गल टप ४०)[२३] ३७
 न्युजिल्यान्ड - (एनजोट टप ४० सिङ्गल)[२४]
 संयुक्त अधिराज्य - (युके एकल चार्ट)[२५] १३६

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देश (कम्पनी) प्रमाणपत्र
 अस्ट्रेलिया (एरिया)[२६]
 क्यानडा (म्युजिक क्यानडा)
 संयुक्त राज्य अमेरिका (आरआइएए)

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिती ढाँचा लेबल
 संयुक्त राज्य अमेरिका १४ अक्टोबर २०१४[१][२] डिजिटल डाउनलोड बिग मेसिन
 इटाली ५ फेब्रुअरी २०१६[२७] कन्टेम्पोररी हिट रेडियो युनिभर्सल म्युजिक ग्रुप

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "१९८९ एल्बमको आउट अफ द उड्स", अक्टोबर १५, २०१४, अन्तिम पहुँच जनवरी ७, २०१६ 
  2. २.० २.१ लिन्डर, एम्ली (फेब्रुअरी ३, २०१६), "टेलर स्विफ्टको आउट अफ द उड्स", एमटीभि, अन्तिम पहुँच अक्टोबर १५, २०१४ 
  3. "आउट अफ द उड्स", युएस विक्ली, अन्तिम पहुँच मे ६, २०१६ 
  4. "आउट अफ द उड्स", एमटिभी समाचार, अन्तिम पहुँच मे ६, २०१६ 
  5. "टेलर स्विफ्ट -आउट अफ द उड्स", युएसए टुडे, अक्टोबर १४, २०१४, अन्तिम पहुँच जनवरी १८, २०१६ 
  6. ग्रे ट्रस्ट (अक्टोबर २२, २०१४), "बिलबर्ड हट १००", बिलबोर्ड, अन्तिम पहुँच अक्टोबर २३, २०१४  = Archive.today अभिलेखिकरण अक्टोबर २३, २०१४ मिति
  7. "आधिकारिक चार्ट", याहू!, अक्टोबर २३, २०१४, अन्तिम पहुँच अक्टोबर २३, २०१४ 
  8. "२२ अक्टोबर २०१४ को आधिकारिक चार्ट तालिका", अ जर्नल 
  9. ग्रेसी, ओस्कर (सेप्टेम्बर २१, २०१५), "रायन एडम्स' '१९८९'", याहु!, अन्तिम पहुँच जनवरी ७, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २६, २०१६ मिति
  10. लि, एस्ली (अक्टोबर ३०, २०१४), "गुड मर्निङ अकेरिका - टेलर स्विफ्ट -आउट अफ द उड्स", बिलबोर्ड म्यागेजिन, अन्तिम पहुँच जनवरी ८, २०१६ 
  11. "टेलर स्विफ्टले गीतको प्रस्तुति दिँदै", एमटिभी समाचार। 
  12. वाज, माइक (अक्टोबर २७, २०१५), "ग्र्यामी अवार्डमा टेलर स्विफ्ट आउट अफ द उड्स गीतको प्रस्तुति दिँदै", इन्डोलेक्टर, अन्तिम पहुँच जनवरी ३, २०१६ 
  13. फिन्ली, नोलेन (फेब्रुअरी १५, २०१६), "टेलर स्विफ्ट आउट अफ द उड्स", टाइम्स डट कम, अन्तिम पहुँच फेब्रुअरी १७, २०१६ 
  14. "टेलर स्विफ्ट- आउट अफ द उड्स" (अङ्ग्रेजीमा), हङ मेडन, १८ अक्टोबर २०१४। 
  15. "एरिया चार्ट (टेलर स्विफ्ट - आउट अफ द उड्स)" (जर्मनमा), Ö३ अस्ट्रिया टप ४०, ८ जनवरी २०१६। 
  16. ""टेलर स्विफ्ट - चार्ट इतिहास"" (अङ्ग्रेजीमा), बिलबोर्ड, २८ अगस्त २०१४। 
  17. "सेक इट अफ - टेलर स्विफ्ट (ट्र्याकलिसन)", हिटलिसन, २ सेप्टेम्बर २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२० मिति
  18. ""टेलर स्विफ्ट सेक इट अफ (बिलबोर्ड हट १००)"", २७ अगस्त २०१४। 
  19. "सेलिना गोमेज सेम ओल्ड लभ'" (अङ्ग्रेजीमा), ग्लोबल मपडिया, ११ जनवरी २०१६। 
  20. ""टप सिङ्गल"" (अङ्ग्रेजीमा), स्पेनी सङ्गीत उत्पादक, २९ अगस्त २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२० मिति
  21. ""आउट अफ द उड्स"" (फिनिसमा), आइएफपीआइ रेकर्ड, १९ अक्टोबर २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०४ मिति
  22. "सेक इट अफ - टेलर स्विफ्ट", फोनोग्राफिक राष्ट्रिय सङ्घ, २ सेप्टेम्बर २०१४। 
  23. "हङ्गेरी एकल चार्ट" (हङ्गेरीयनमा), फोनोग्राफिक राष्ट्रिय सङ्घ, ८ जनवरी २०१६। 
  24. "चार्टस् डट ओआरजी डट एनजे – टेलर स्विफ्ट – आउट अफ द उड्स" (अङ्ग्रेजीमा), हङ मेडन, १७ अक्टोबर २०१४। 
  25. "चार्ट: ८:११:२०१४ (आधिकारिक चार्ट)", जोबल डट डिइ, ८ जनवरी २०१६। 
  26. "एरिया चार्ट" (अङ्ग्रेजीमा), न्वाइज ११, २० जनवरी २०१६। 
  27. "टेलर स्विफ्ट आउट अफ द उड्स", रेडियो एयरप्ले, फेब्रुअरी ५, २०१६, अन्तिम पहुँच फेब्रुअरी ४, २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]