विकिपिडिया:प्रमुख लेख/२०१८
प्रमुख लेख
|
वर्तमान प्रमुख लेख
|
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३२,०९१ लेखहरू छन् जस मध्येबाट १४८ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।
यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ। |
बङ्गालको खाडी (बङ्गाली: বঙ্গোপসাগর) हिन्द महासागरको उत्तरपूर्वी भाग हो। यसको सीमाको पश्चिम र उत्तर-पश्चिममा भारत, उत्तरमा बङ्गलादेश र पूर्वमा म्यानमार र भारतको अण्डमान निकोबार द्वीप समूह पर्दछन्। यसको दक्षिणी सीमा सङ्गमान कान्डा, श्रीलङ्का र सुमात्राको उत्तर पश्चिमी बिन्दु (इन्डोनेसिया) बीचको रेखा हो। यो संसारकै सबैभन्दा ठूलो जल क्षेत्र हो त्यसैले यसलाई खाडी भनिन्छ। दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा बङ्गालको खाडीमा निर्भर विभिन्न देशहरू छन्। बेलायती भारतको अस्तित्वकालमा यसलाई ऐतिहासिक बङ्गाल क्षेत्र र पछि बङ्गालको खाडीको नाम दिइएको थियो। त्यतिबेला कोलकाता बन्दरगाहले भारतमा बेलायती शासनको प्रवेशद्वारको रूपमा काम गर्दथ्यो। कोक्सको बजार, संसारको सबैभन्दा लामो समुद्री किनार र सुन्दरवन, सबैभन्दा ठूलो म्याङ्ग्रोभ वन हो। यो पाटे बाघको प्राकृतिक वासस्थान समेत हो।(पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
|
प्रमुख सामाग्रीहरू
जनवरी, २०१८ को प्रमुख लेखनेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ ।
(पूरा पढ्नुहोस्...) फेब्रुअरी, २०१८ को प्रमुख लेखमोरङ जिल्ला ( जुन, २०१८ को प्रमुख लेखचारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई टार, पाटन, बेसी र माढी पनि भनिन्छ । कतिपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरिपूर्ण रहेका छन् । नेपालका पहाडी क्षेत्रमा रहेका प्रमुख तथा ठुला उपत्यकाहरूमा काठमाडौं उपत्यका, पोखरा उपत्यका, सुर्खेत उपत्यका र सिंजा उपत्यका रहेका छन् भने पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनिने प्रमुख उपत्यकाहरूमा पाल्पा माढी, बनेपा, पाँचखाल, भकुन्डे बेसी, पाटन (बैतडी), तुम्लिङटार, रूम्जाटार, कर्पुटार, बिजुवार, धादिङ बेसी, चुत्राबेसी, रामपुर (पाल्पा) र चौरजाहारी रहेका छन् । यसै प्रकार भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचका प्रमुख उपत्यकाहरूमा जोगबुढा उपत्यका, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, सिन्धुली उपत्यका र उदयपुर उपत्यका रहेका छन् ।
(पूरा पढ्नुहोस्...) जुलाई, २०१८ को प्रमुख लेखनगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार यो चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो ।
(पूरा पढ्नुहोस्...) अगस्त, २०१८ को प्रमुख लेखसंयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा दक्षिण एसिया क्षेत्रमा रहेका ६ वटा देशहरूको ६० वटा सम्पदालाई विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा अफगानिस्तान, भारत, नेपाल, श्रीलङ्का, पाकिस्तान तथा बङ्गलादेश रहेका छन् । दक्षिण एसियामै रहेको भुटान र माल्दिभ्सको कुनै सम्पदालाई युनेस्कोले हाल सम्म मान्यता दिएको छैन ।
यस क्षेत्रमा रहेको भारतको सबैभन्दा बढी ३७ (६औँ क्रम विश्वव्यापी) सम्पदा सूचीकृत गरिएको छ । यस क्षेत्रबाट सबैभन्दा पहिले काठमाडौं उपत्यका तथा सगरमाथा राष्ट्रिय निकुञ्जलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेको थियो ।
(पूरा पढ्नुहोस्...) सेप्टेम्बर, २०१८ को प्रमुख लेखरोनाल्डो डी एसिस मोरेरा (जन्म: २१ मार्च १९८०) सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गासोको नामले चिनिन्छ । उनी एक पूर्व ब्राजिली व्यावसायिक फुटबल खेलाडी तथा स्पेनी फुटबल क्लब बार्सिलोनाका राजदूत हुन् । फुटबल मैदानमा उनी मुख्यतया आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्थे तर समयानुकूल उनी अग्रपंक्ति र विङ्गरको रूपमा समेत खेल्ने गरेका थिए । उनी युरोपेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन तथा एसी मिलानका साथै ब्राजिल राष्ट्रिय टिमको लागि लामो समयसम्म फुटबल खेलेका थिए । फुटबल विशेषज्ञ, पारखी तथा प्रशंसकहरूले उनलाई उनको पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीको रूपमा व्याख्या गरेका छन् ।
रोनाल्डिन्होले फ्लामिङ्गोमा खेल्नु भन्दा पहिले पेरिस सेन्ट-जर्मेन, एफसी बार्सिलोना र एसी मिलानको लागि खेल्थे । स्पेनी क्लबमा खेल्दै उनले सन् २००६ मा च्याम्पियन्स लिगमा आफ्नो पहिलो जीत हासिल गरे र सन् २००५ मा बेलोन डी'ओरको सम्मान प्राप्त गरे ।
(पूरा पढ्नुहोस्...) अक्टोबर, २०१८ को प्रमुख लेखकार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ । (पूरा पढ्नुहोस्...) नोभेम्बर, २०१८ को प्रमुख लेखतिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म (पाँच दिन) मनाइन्छ। यस्लाई नै यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान गरिन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी,गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । (पूरा पढ्नुहोस्...) डिसेम्बर, २०१८ को प्रमुख लेखओलिभिएर जिरुड (फ्रान्सेली उच्चारण: [ɔlivje ʒiʁu]; जन्म ३० सेप्टेम्बर १९८६; अङ्ग्रेजी: Olivier Giroud) एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन्, जो प्रिमियर लिगको क्लब चेल्सी र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपंक्तिको रूपमा मैदान उत्र्ने गर्दछन् । सन् २००८ मा टूर्स नामक फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अधि उनि लिग २ मा खेल्ने क्लब, ग्रिनेबलबाट आफ्नो आधिकारिक फुटबल कार्यकाल सुरू गरेका थिए । टूर्समा आफ्नो दोस्रो सिजनमा २१ गोलका साथ उनी सर्बाधिक गोलकर्ता बनेका थिए जसले गर्दा उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग १को फुटबल क्लब मोन्टेपिलरमा आबद्ध हुने मौका पाए । जिरुड सन् २०१० मा अङ्ग्रेजी वा प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आबद्ध हुनु अघि, लिग १ को सिजन २०११-२०१२ मा २१ गोलका साथ पुन सर्बाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग १ को उपाधि हात पारेको थियो । जिरुडले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेलहरू खेली जम्मा १०५ गोलहरू गरेका थिए । जिरुड जनवरी २०१८ मा १८ महिनाको सम्झौतामा आर्सनलबाट चेल्सीका लागि ऋणमा आबद्ध भएका थिए । (पूरा पढ्नुहोस्...) |