विकिपिडिया:प्रमुख लेख/२०१५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रमुख लेख
यस महिनाको प्रमुख लेख (डिसेम्बर, २०१९)
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपिडियामा हाल ३३,९२० लेखहरू छन् जस मध्येबाट ७८ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।

लेखको माथि दाँया तिर पहेलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ ।

यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं ।

हुम्ला जिल्लाको नेपाल र तिब्बत सिमानामा अवस्थित घुमौरे सडक र साथमा रहेको कर्णाली नदीको एक मनोरम दृश्य ।

हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा विसं १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्वतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्वतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि. सं. २०१८ सालमा भएको नेपालको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो । (पूरा  पढ्नुहोस्...)

जनवरी, २०१५ को प्रमुख लेख

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। (पूरा  पढ्नुहोस्...)

फेब्रुअरी, २०१५ को प्रमुख लेख

आयुर्वेदका भगवान: धनवन्तरी। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्।

आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडी भारतवर्षबाट विकास भएको मानिन्छ। मानव स्वास्थ्य शरीर, मनआत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरु (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्यरोगबारे आयुर्वेदको अवधारणाहरुले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू (योग, पञ्चकर्म, क्षारसूत्र) को प्रवर्तन गर्दछ। नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरुमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु प्राथमिक उपचारका निम्ति आयुर्वेद चिकित्साशास्त्रको प्रयोग गर्छन। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रुपमा प्रख्यात हुँदै आइरहेको छ। (पूरा  पढ्नुहोस्...)

जुन, २०१५ को प्रमुख लेख

छिन्नमस्ता भगवती मन्दिर

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ताको सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपालभारतका आमजनमानसको ठूलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दूहरूको महान चाड दशैंमा ठुलो घुइंचो लाग्ने गरेको छ ।

प्राचिन इतिहास र किम्वदन्ती अनुसार, सन् १०९७मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो। (पूरा  पढ्नुहोस्...)

जुलाई, २०१५ को प्रमुख लेख

कीर्तिखम्बा

कीर्तिखम्बा अथवा किर्तिस्तम्भ शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएकाले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानिय भाषामा यसलाई किर्तिखम्ब भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्वपुर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ। दुल्लु कीर्तिखम्ब बजार स्थित यस किर्तिस्तम्भको उचाईं २ मिटर ७६ सेमी., चौडाई ५० सेमी. र मोटाई ८ सेमी. रहेको छ। पृथ्वीमा चन्द्र सूर्य रहुन्जेलसम्मको लागी धर्मप्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठुलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाई कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र ॐ मणिपद्मे हुँ उतकिर्ण गरिएको छ। सम्पूर्ण स्तम्भको तलदेखी माथीसम्म किनारमा दुईवटा रेखा बनाइएको छन्। अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेशशिवको वनदना गरिएको छ। स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ। यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागी घोट्ने गर्नाले स्तम्भको चारै तिर घोटिएको छ। स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गैरहेका छन्। (पूरा  पढ्नुहोस्...)

अगस्त, २०१५ को प्रमुख लेख

दोलखाको रमणिय चित्र

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बुरामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौंबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।

२००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रूपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन्। ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ। (पूरा  पढ्नुहोस्...)

सेप्टेम्बर, २०१५ को प्रमुख लेख

भगवान् श्री कृष्ण र राधिका

कृष्ण जन्माष्टमी (अङ्ग्रेजी: Krishna Janmashtami)लाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । (पूरा  पढ्नुहोस्...)

अक्टोबर, २०१५ को प्रमुख लेख

मैथिली देवनागरीमा

मैथिली (/ˈmtɪli/; Maithilī) भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको छ । भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । (पूरा  पढ्नुहोस्...)

नोभेम्बर, २०१५ को प्रमुख लेख

सचिन तेन्दुलकर

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ बर्षपछि भारतका मोहम्मद अजहरुद्दीनले तोड्न सफल भए । अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन् २००२ को अक्टोबरमा भेट्टाउन सफल भए । त्यसको एक वर्षपछि, घरेलु मैदानमा अस्ट्रेलिया विरुद्धको शृङ्खलामा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए । २०१५ को अक्टोबर सम्ममा, ६ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये ४ जना खेलाडीहरू श्रीलङ्का र ३ जना भारतका छन् । यस्तै पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिजदक्षिण अफ्रिकाका एकएक खेलाडीले १०,००० रन पुरा गरेका छन् ।

बङ्गलादेश, इङ्गल्यान्ड, न्युजिल्यान्डजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् । (पूरा  पढ्नुहोस्...)

डिसेम्बर, २०१५ को प्रमुख लेख

बलभद्र कुँवर, नालापानी फोर्टको गोर्खा कमान्डर

नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनीनेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।(पूरा  पढ्नुहोस्...)