इस्ट इन्डिया कम्पनी
![]() कम्पनी झण्डा (१८०१) | |
![]() प्रतीक चिन्ह (१६९८) Motto: Auspicio Regis et Senatus Angliae "By command of the King and Parliament of England" | |
पूर्व प्रकार | पब्लिक लिमिटेड कम्पनी |
---|---|
उद्योग | अन्तराष्ट्रिय व्यापार, लागू औषध तस्करी[१] |
भवितव्यता | Government of India Act 1858 |
स्थापित | ३१ डिसेम्बर १६०० |
स्थापनाकर्ताहरू | John Watts, George White |
बन्द | १ जुन १८७४ |
केन्द्रीय कार्यालय | , |
उत्पादनहरू | कपास, रेसम, indigo dye, नुन, मसला, saltpetre, चिया, र अफिम |
इङ्ल्यान्डको इस्ट इन्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ डिसेम्बर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज'को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वीमा भएको थियो। यसलाई यदाकदा जोहन कम्पनीको नामले पनि जानिन्थ्यो। यसलाई ब्रिटेनकी महारानीले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन्। पछि गएर कम्पनीले भारतका प्रायः सबै क्षेत्रहरूमा आफ्नो सैनिक तथा प्रशासनिक आधिपत्य जमाए। १८५७ को प्रथम स्वतन्त्रता संग्राम अथवा सिपाही विद्रोहपछि सन १८५८ मा यसको विलय भयो।
जब १४९८ ई. मा भास्को द गामाले उत्तमाशा द्वीप अथवा केप अफ गुड होप द्वारा भारतयात्राको निम्ति नयाँ समुद्री मार्ग खोजे, तब संसारको इतिहासमा एउटा क्रान्तिकारी बाटो खुल्यो। यूरोपीय देशहरूको भारत तथा पूर्वी द्वीपहरूसित प्रत्यक्ष संपर्क भयो। स्वभावत: सुदृढ नाभिक शक्तिको कारण यस मार्गमा सर्वप्रथम पोर्चुगलको एकाधिकार स्थापित भयो; परन्तु, चाँडै हलैंड र त्यसपछि इङ्ल्यान्डले पोर्चुगलको मार्गमा गतिरोध ल्याएँ।
कम्पनीको विकासको साथ साथ इङ्ल्यान्डमा उसको व्यावसायिक एकाधिकारको विरुद्ध असंगठित र सुसंगठित प्रयासहरू भए। अन्तत: रानी ऐन तथा लार्ड गोडोल्फिनको मध्यस्थताद्वारा आन्तरिक विरोधहरूको समाधान भएपछि "द युनाइटेड कम्पनी अफ मर्चेट्स अफ इङ्ल्यान्ड ट्रेडिंग टु दि ईस्ट इंडीज'को रूपमा नयाँ विधानको साथ ईस्ट इन्डिया कम्पनीको पुनर्निर्माण भयो। एक प्रकारले यसैलाई कम्पनीको यथोचित श्रीगणेश भन्दा उपयुक्त हुनेछ।
इस्ट इण्डिया कम्पनी (इस्ट इण्डिया ट्रेडिंग कम्पनी र इङ्गलिश इस्ट इण्डिया कम्पनी पनि) संघको सन्धि (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक संयुक्त स्टक कम्पनी थियो। यस कम्पनीको स्थापना शुरुमा पूर्वी इन्डिजहरू (East Indies) सँग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रूपमा भारत र चीनसँग तोडियो।
पुरानो युरोपियन इस्ट इण्डिया कम्पनीहरूको नाममा धेरै समानता थियो।
ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना डिसेम्बर १६०० इ॰ मा भएको थियो। यस कम्पनीलाई यदा कदा जौन कम्पनीको नामबाट पनि जानिन्थ्यो। यस कम्पनीलाई ब्रिटेनको महारानी एलिजाबेथ प्रथमबाट पूर्वी इन्डिजहरूसँग ब्यापार गर्ने अनुमति प्राप्त थियो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- फ्रेन्च ईस्ट इण्डिया कम्पनी
ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- नालापानीको युद्ध
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "The Opium War", National Army Museum, अन्तिम पहुँच २९ डिसेम्बर २०१८।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
