सामग्रीमा जानुहोस्

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सचिन तेन्दुलकर
भारतका सचिन तेन्दुलकरको नाममा क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान रहेको छ ।

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । [][][] सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ वर्षपछि भारतका मोहम्मद अजहरुद्दीनले तोड्न सफल भए ।[] अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन २००२ को अक्टोबरमा भेट्टाउन सफल भए ।[] त्यसको एक वर्षपछि, घरेलु मैदानमा अष्ट्रेलिया विरुद्धको शृङ्खलामा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए ।[] २०१५ को अक्टोबर सम्ममा, ६ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये ४ जना खेलाडीहरू श्रीलङ्का र ३ जना भारतका छन् । यस्तै पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिजदक्षिण अफ्रिकाका एक एक खेलाडीले १०,००० रन पुरा गरेका छन् ।[] बङ्गलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्डजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् ।

१०,००० रन पुरा गर्न भारतका सचिन तेन्दुलकरले सबैभन्दा कम (२५९) र श्रीलङ्काका माहेला जयवर्दनेले सबैभन्दा बढी (३३३) इनिङ लगाएका छन् । तेन्दुल्करको नाममा अन्य धेरै किर्तिमान रहेका छन् जस्तैः सर्वाधिक शतक, सर्वाधिक अर्ध शतकसौरभ गांगुली १०,००० रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । उनले सबैभन्दा छोटो समयमा १०,००० रन बनाउन सफल भए । उनलाई १०,००० रन पूरा गर्न मात्र १० वर्ष र ३१७ दिन लागेको थियो । [][१०] राहुल द्रविड यो कोसेढुङ्गा पार गर्ने तेस्रो भारतीय खेलाडी हुन् । यस्तै ब्रायन लाराले लगाएको १६ वर्ष १७ दिन १०,००० रन पुरा गर्न लागेको सबैभन्दा धेरै समय हो ।[११] २०१५ को अक्टोबर सम्ममा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सचिन तेन्दुल्कर १८,४२६ रन सहित पहिलो र श्रीलङ्काका कुमार संगाकारा १४,२३४ रन सहित दोस्रो स्थानमा छन् ।[१२] श्रीलङ्का कै तिलकरत्ने दिलशान १०,००० रन पुरा गर्ने पछिल्लो खेलाडी हुन् [][१४] र १०,००० रन पूरा गरी अहिलेसम्म सक्रिय खेलाडी पनि दिलशान मात्रै हुन् अन्य सबै खेलाडीले खेल जीवनबाट सन्यास लिइसकेका छन् ।[]

सङ्केतहरू

  • पहिलो – पहिलो खेल खेलेको वर्ष
  • अन्तिम – अन्तिम खेल खेलेको वर्ष
  • खेल – खेलेको सम्पूर्ण म्याचको संख्या
  • इनिङ – ब्याटिङ गरेको जम्मा इनिङ
  • मिति – १०,००० रन पुरा गरेको मिति
  • समयावधि – डेब्यु गरेदेखि १०,००० रन पूरा गर्दाको समयावधि
  • १०K – १०,००० रन पूरा गर्न लागेको इनिङ
  • dagger – वर्तमानमा खेलिरहेको

१०,००० वा सो भन्दा बढि रन

एकदिवसीय क्रिकेटमा १०,००० रन[११]
क्र. स. खेलाडी राष्ट्र पहिलो अन्तिम म्याच इनिङ रन औषत स्ट्रा/रेट १०० ५० मिति[११] समयावधि[११] १० हजार[११]
सचिन तेन्दुलकर[१५]
Sachin Tendulkar
 भारत१९८९२०१२४६३४५२ १८,४२६ ४४.८३८६.२३४९९६३१ मार्च २००१११ वर्ष, १०३ दिन२५९
कुमार संगाकारा[][१६]
Kumar Sangakkara
 श्रीलङ्का२०००२०१५४०४३८० १४,२३४ ४१.९८७८.८८२५९३१७ फेब्रुअरी २०१२११ वर्ष, २२७ दिन२९६
रिकी पोन्टिङ[][१७]
Ricky Ponting
 अस्ट्रेलिया१९९५२०१२३७५३६५ १३,७०४ ४२.०३८०.३९३०८२२४ मार्च २००७१२ वर्ष, ३७ दिन२६६
सनथ जयसूर्या[][१८]
Sanath Jayasuriya
 श्रीलङ्का१९८९२०११४४५४३३ १३,४३० ३२.३६९१.२०२८६८९ अगस्ट २००५१५ वर्ष, २२६ दिन३२८
माहेला जयवर्दने[][१९]
Mahela Jayawardene
 श्रीलङ्का१९९८२०१५४४८४१८ १२,६५० ३३.०१७८.६७१९७७१८ नोभेम्बर २०१११३ वर्ष, २८९ दिन३३३
इन्जमाम उल हक[२०]
Inzamam-ul-Haq
 पाकिस्तान१९९१२००७३७८३५० ११,७३९ ३९.५२७४.२४१०८३१९ सेप्टेम्बर २००४१२ वर्ष, ३०२ दिन२९९
ज्याक कालिस[][२१]
Jacques Kallis
 दक्षिण अफ्रिका१९९६२०१४३२८३१४ ११,५७९ ४४.३६७२.८९१७८६२३ जनवरी २००९१३ वर्ष, १४ दिन२७२
सौरभ गांगुली[][२२]
Sourav Ganguly
 भारत१९९२२००७३११३०० ११,३६३ ४१.०२७३.७०२२७२३ अगस्ट २००५१३ वर्ष, २०४ दिन[]२६३
राहुल द्रविड[][२३]
Rahul Dravid
 भारत१९९६२०११३४४३१८ १०,८८९ ३९.१६७१.२४१२८३१४ फेब्रुअरी २००७१० वर्ष, ३१७ दिन२८७
१०ब्रायन लारा[][२४]
Brian Lara
 वेस्ट इन्डिज१९९०२००७२९९२८९ १०,४०५ ४०.४८७९.५११९६३१६ डिसेम्बर २००६१६ वर्ष, ३७ दिन२७८
११तिलकरत्ने दिलशान[२५] dagger
Tillakaratne Dilshan
 श्रीलङ्का१९९९२०१५३१९२९३ १०,००७ ३९.७१८५.९०२२४५२६ जुलाई २०१५१५ वर्ष, २२७ दिन२९३

यो पनि हेर्नुहोस्

नोटहरू

  1. 1 2 गांगुलीले १९९२ मा डेब्यु गरे, तर उनी फेरि टिममा पर्न सकेनन् तर १९९६ मा उनी पुनः टिममा बोलाइए ।[][]
  2. दिलशानले सबैभन्दा पाको उमेर(३८ वर्ष)मा यो सफलता प्राप्त गरेका हुन ।[१३]
  3. संगाकाराको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेस छ ।
  4. पोन्टिङको विवरणमा आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  5. जयसूर्याको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।]].
  6. जयवर्दनेको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  7. कालिसको विवरणमा अफ्रिका एघार र आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  8. गांगुलीको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  9. द्रविडको विवरणमा एसिया एघार र आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  10. लाराको विवरणमा आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।

सन्दर्भ सामग्रीहरू

  1. Ugra, Sharda (२४ डिसेम्बर २००९), "1987 Gavaskar is the first to score 10,000 test runs: A 10 tonne toast", India Today, अन्तिम पहुँच २२ अगस्ट २०१५
  2. S, Santhosh (३१ मार्च २००१), "Sachin Tendulkar's brilliance sinks the Australians", ESPNcricinfo, अन्तिम पहुँच २८ अगस्ट २०१५
  3. "Australia take charge after Lankan collapse", Wisden India Almanack, Agence France-Presse, २६ डिसेम्बर २०१२, अन्तिम पहुँच २८ अगस्ट २०१५
  4. Kahate, Atul (९ नोभेम्बर १९९८), "Azharuddin's world record", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  5. Gupta, Rajneesh (१८ अक्टोबर २०००), "Tendulkar overhauls Azharuddin's record tally of runs in one-day Internationals", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  6. "Time Line of Tendulkar’s cricketing achievements", The Hindu, १० अक्टोबर २०१३, अन्तिम पहुँच २२ अगस्ट २०१५
  7. 1 2 Jeswant, Bishen (२६ जुलाई २०१५), "Dilshan joins the 10,000 club", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  8. "Factbox on Sourav Ganguly", Rediff.com, ३ अगस्ट २००५, अन्तिम पहुँच २२ अगस्ट २०१५
  9. "Statistics / Statsguru / SC Ganguly / One-Day Internationals", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५
  10. Gollapudi, Nagraj (३ अगस्ट २००५), "Ganguly landmark no consolation", ESPNcricinfo, अन्तिम पहुँच २४ अक्टोबर २००९
  11. 1 2 3 4 5 "Records / One-Day Internationals / Batting records / Fastest to 10000 runs", ESPNcricinfo, अन्तिम पहुँच २३ फेब्रुअरी २०१४
  12. "Records / One-Day Internationals / Batting records / Most runs in career", ESPNcricinfo, अन्तिम पहुँच २४ अक्टोबर २००९
  13. "Pakistan vs Sri Lanka 5th ODI: Kusal ton leads Lanka to big win", Emirates 24/7, २६ जुलाई २०१५, अन्तिम पहुँच २२ अगस्ट २०१५
  14. "Sri Lanka make record 368–4 against Pakistan after Dilshan joins 10,000-run club", Daily News and Analysis, Press Trust of India, २६ जुलाई २०१५, अन्तिम पहुँच २८ अगस्ट २०१५
  15. "Sachin Tendulkar | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  16. "Kumar Sangakkara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  17. "Ricky Ponting | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  18. "Sanath Jayasuriya | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  19. "Mahela Jayawardene | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  20. "Inzamam-ul-Haq | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  21. "Jacques Kallis | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  22. "Sourav Ganguly | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  23. "Rahul Dravid | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  24. "Brian Lara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५
  25. "Tillakaratne Dilshan | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५

बाह्य कडीहरू