टेस्ट क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Sunil Gavaskar
टेस्ट क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी सुनील गावस्कर हुन् ।

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । [१] २०१५ को अक्टोबर सम्ममा, ५ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये अस्ट्रेलियाभारतका ३/३ जना खेलाडीहरू छन् । यस्तै वेस्ट इन्डिजश्रीलङ्काको २/२ जना र दक्षिण अफ्रिकाको एकजना खेलाडीले १०,००० रन पूरा गरेका छन् ।[२] बङ्गलादेश, इङ्गल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानजिम्बाब्वेका कुनै पनि खेलाडीले टेस्ट क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् ।

सन् १९७४ मा, वेस्ट इन्डिजका गारफिल्ड सोबर्सले टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन (८०३२ रन ९३ खेलबाट) बनाएर सन्यास लिए ।[३] सोबर्सको यो किर्तिमान ९ वर्षपछि इङ्गल्यान्डका Geoffrey Boycott ले भारत विरुद्धको शृङ्खलामा तोड्न सफल भए ।[४][५] त्यसको २ वर्षपछि १९८३ मा Boycott को रेकर्डलाई भारतीय खेलाडी सुनील गावस्करले उछिन्न सफल भए ।[६][७] त्यसको ४ वर्षपछि पाकिस्तान विरुद्धको खेलमा गवस्कर टेस्ट क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बने ।[२]

कुमार संगाकाराले १०,००० रन पुरा गर्न सबैभन्दा कम इनिङ(१९५) लगाएका छन् भने ब्रायन लारा, सचिन तेन्दुलकरस्टिभ वाले समान २४४ इनिङ लगाएका छन् ।[२][lower-alpha १] गावस्कर र तेन्दुलकर पछि राहुल द्रविड १०,००० रन पूरा गर्ने तेस्रो भारतीय खेलाडी हुन् । उनले १०,००० रन पुरा गर्न सबैभन्दा छोटो समय (११ वर्ष र २८० दिन) लगएका छन् ।[२][९] शिवनारायण चन्द्रपौलले लगाएको १८ वर्ष ३७ दिन सबैभन्दा बढी समयमा बनेको १०,००० रन हो ।[२] २०१५ को अक्टोबर सम्ममा, तेन्दुलकर सबैभन्दा बढी रनको सूचिमा पहिलो स्थानमा छन् । उनको जम्मा रन १५,९२१ छ, यस्तै दोस्रो स्थानमा रिकी पोन्टिङ (१३,३७८ रन) छन् । टेस्ट क्रिकेटमा चन्द्रपौल मात्र एक खेलाडी हुन जो १०,००० रन पूरा गरेर पनि सक्रिय छन् ।[६]

संकेत[सम्पादन गर्ने]

  • पहिलो – पहिलो खेल खेलेको वर्ष
  • अन्तिम – अन्तिम खेल खेलेको वर्ष
  • खेल – खेलेको सम्पूर्ण म्याचको संख्या
  • इनिङ – ब्याटिङ गरेको जम्मा इनिङ
  • मिति – १०,००० रन पुरा गरेको मिति
  • dagger – अहिले पनि खेल्दै गरेको

टेस्ट क्रिकेटमा १०,००० वा सो भन्दा बढि रन[सम्पादन गर्ने]

टेस्ट क्रिकेटमा १०,००० रन [२]
क्र.सं. खेलाडी राष्ट्र पहिलो अन्तिम खेल इनिङ रन औषत १०० ५० Date[२] Ref.
तेन्दुलकर, सचिनसचिन तेन्दुलकर
Sachin at Castrol Golden Spanner Awards.jpg
 भारत १९८९ २०१३ २०० ३२९ १५,९२१ ५३.७८ ५१ ६८ 02005-03-16 16 मार्च
[६]
[१०]
पोन्टिङ, रिकीरिकी पोन्टिङ
Ricky Ponting 2015.jpg
 अस्ट्रेलिया १९९५ २०१२ १६८ २८७ १३,३७८ ५१.८५ ४१ ६२ 02008-05-30 30 मे
[६]
[११]
कालिस, ज्याकज्याक कालिस
Jacques Kallis 2.jpg
 दक्षिण अफ्रिका १९९५ २०१३ १६६ २८० १३,२८९ ५५.३७ ४५ ५८ 02009-02-27 27 फेब्रुअरी
[६]
[१२]
द्रविड, राहुलराहुल द्रविड
Rahul Dravid at GQ Men Of The Year 2012 AWARD.jpg
 भारत १९९६ २०१२ १६४ २८६ १३,२८८ ५२.३१ ३६ ६३ 02008-03-29 29 मार्च
[६]
[१३]
संगाकारा, कुमारकुमार संगाकारा
Kumar Sangakkara.jpg
 श्रीलङ्का २००० २०१५ १३४ २३३ १२,४०० ५७.४० ३८ ५२ 02012-12-26 26 डिसेम्बर
[६]
[१४]
लारा, ब्रायनब्रायन लारा
Brian Lara stance swinging 4-19-09.JPG
 वेस्ट इन्डिज १९९० २००६ १३१ २३२ ११,९५३ ५२.८८ ३४ ४८ 02004-08-15 15 अगस्ट
[६]
[१५]
चन्द्रपौल, शिवनारायणशिवनारायण चन्द्रपौल dagger
Shivnarine Chanderpaul.jpg
 वेस्ट इन्डिज १९९४ २०१५ १६४ २८० ११,८६७ ५१.३७ ३० ६६ 02012-04-26 26 अप्रिल
[६]
[१६]
जयवर्दने, माहेलामाहेला जयवर्दने
Mahela Jayawardene.jpg
 श्रीलङ्का १९९७ २०१४ १४९ २५२ ११,८१४ ४९.८४ ३४ ५० 02011-12-26 26 डिसेम्बर
[६]
[१७]
बोर्डर, एलनएलन बोर्डर
Allan Border 1.jpg
 अस्ट्रेलिया १९७८ १९९४ १५६ २६५ ११,१७४ ५०.५६ २७ ६३ 01993-01-02 2 जनवरी
[६]
[१८]
१० वा, स्टिभस्टिभ वा
SRWaugh.png
 अस्ट्रेलिया १९८५ २००४ १६८ २६० १०,९२७ ५१.०६ ३२ ५० 02003-01-03 3 जनवरी
[६]
[१९]
११ गावस्कर, सुनीलसुनील गावस्कर
Sunil Gavaskar BH.jpg
 भारत १९७१ १९८७ १२५ २१४ १०,१२२ ५१.१२ ३४ ४५ 01987-03-07 7 मार्च
[६]
[२०]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

नोटहरू[सम्पादन गर्ने]

  1. संगाकारा(१२ वर्ष १५९ दिन)ले ब्रायन लारा(१३ वर्ष २५० दिन) र सचिन तेन्दुलकर(१५ वर्ष १२१ दिन)को भन्दा छोटो समयमा १०,००० रन पुरा गर्न सफल भए।[२][८]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Ugra, Sharda (२४ डिसेम्बर २००९), "1987-Gavaskar is the first to score 10,000 test runs: A 10 tonne toast", India Today, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "Records / Test matches / Batting records / Fastest to 10000 runs", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  3. "Gary Sobers: Cricket's greatest genius", Rediff.com, २८ जुलाई २०१०, अन्तिम पहुँच २० जनवरी २०१३ 
  4. "Third Test Match — India vs. England 1981-82", Wisden Cricketers' Almanack, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  5. Botham, Ian (15 September 2009). Head On — Ian Botham: The Autobiography. Random House. . https://books.google.com.my/books?id=W-MOwMxxxB0C. 
  6. ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० ६.११ ६.१२ "Records / Test matches / Batting records / Most runs in career", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  7. Finlay, Ric (२९ अक्टोबर २००८), "Record-holders for most number of Test runs", ESPNcricinfo, अन्तिम पहुँच २९ जनवरी २०१३ 
  8. Dean, Geoffrey (डिसेम्बर २०१२), "2nd Test — Australia vs. Sri Lanka, 2012-13", Wisden Cricketers' Almanack, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  9. "Dravid reaches Test runs landmark", BBC Sport, २९ मार्च २००८, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  10. "Sachin Tendulkar | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  11. "Ricky Ponting | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  12. "Jacques Kallis | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  13. "Rahul Dravid | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  14. "Kumar Sangakkara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  15. "Brian Lara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  16. "Shivnarine Chanderpaul | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  17. "Mahela Jayawardene | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  18. "Allan Border | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  19. "Steve Waugh | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  20. "Sunil Gavaskar | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]