कुमार संगाकारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमार संगाकारा
කුමාර් සංගක්කාර
व्यक्तिगत जानकारी
नामकुमार चोकशानडा संगाकारा
उपनामसंगा
उचाई१.७८ मी (५ फिट १० इन्च)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते अफ स्पिन
भूमिकाविकेटकिपर, ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप 84)20 July 2000 v South Africa
अन्तिम टेस्ट3-7 January 2015 v New Zealand
एदिअ पदार्पण (क्याप 93)5 July 2000 v Pakistan
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय18 March 2015 v South Africa
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक11
घरेलु टोली जानकारी
वर्षटिम
1997–presentNondescripts
2008–2010Kings XI Punjab
2007Warwickshire
2011–presentDeccan Chargers
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ FC LA
म्याच 130 404 223 506
कुल रन 12,203 14,234 17,314 18,141
ब्याटिङ औसत 58.66 41.98 51.37 42.68
१००/५० 38/51 25/93 50/75 34/114
सर्वोच्च स्कोर 319 169 319 169
कुल बल 84 246
विकेट 1
बलिङ औसत 150.00
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ 1/13
क्याच/स्टम्प 178/20 402/99 344/33 506/124
स्रोत: क्रिकइन्फो, 18 March 2015

कुमार चोकशानडा संगाकारा (सिंहली: කුමාර් සංගක්කාර) (जन्म २७ अक्टुबर १९७७, मटाले, श्रीलङ्का) एक श्रीलङ्काली क्रिकेट खेलाडी तथा श्रीलङ्काको राष्ट्रिय क्रिकेट टीम का पूर्व कप्तान हुन। उनी बायाँ हाते शीर्ष क्रमका बल्लेबाज हुन । उनी श्रीलङ्काका एक चर्चित क्रिकेट खेलाडी मात्र नभई कानुनका बिद्यार्थी समेत हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रियटेस्ट क्रिकेट दुवै स्वरूपको खेलमा उत्ति नै पोख्त मानिन्छन् । एबी डि भिलियर्स वाहेक उनले पछिल्लो एक दशक मा आइसिसी टेस्ट क्रिकेटमा ब्याटिङ र्याङ्किङमा नम्बर एक स्थान प्रभुत्व छ। [१] फेब्रुअरी २०१५ को रूप मा, कुमार संगकारा आईसीसी परीक्षण र्याङ्किङ्ग मा नम्बर 1 मा राखिएको छ। उनले "एलजी पिपल चोइस पुरस्कार २०११" र "एकदिवसीय वर्ष खेलाडी २०११" लगायत धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू पाईसकेका छन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

संगाकाराको जन्म १९७७ मा मटालेमा कुमारी र चोकशानडा संगाकाराको घरमा भएको हो । संगाकाराले केन्डी कलेज, ट्रिनिटीबाट शिक्षा प्राप्त गरेका थिए ।[२] उनले आफ्नो विद्यालयमा क्रिकेट र टेनिस दुवै खेलमा आफ्नो प्रतिभा दर्शाएका थिए जसले गर्दा उनको शिक्षक लियोनार्ड डी अल्विसले संगाकाराको आमालाई संगाकारालाई क्रिकेट खेल्न प्रोत्साहित गर्न सल्लाह दिएका थिए ।[२] उनले आफ्नो खेलको सुरुवात १३ बर्सको उमेरमा पनंडा जयसुन्देरासँग सुरु गरेका थिए । [३]

अन्तर्राष्ट्रिय क्रिकेट करियर[सम्पादन गर्नुहोस्]

संगाकाराले एउटा ब्याट्सम्यानको रूपमा आफ्नो क्रिकेट करियरको सुरूवात गरे तर पछि उनी एउटा सफल विकेटकिपर बनेका हुन् । उनी श्रीलङ्का टिमको एउटा विशेषज्ञ ब्याट्सम्यानको रूपमा चिनिन्छन् र अन्य खेलाडीलाई क्रिकेटको ज्ञान दिने गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी२० क्रिकेटमा उनी श्रीलङ्काको विकेटकिपरको रूपमा हालसम्म खेल्दै छन् । संगाकारालाई आईसीसी अलटाइम टेस्ट ब्याट्सम्यान क्रमाङ्कमा छैठौं स्थानमा राखेको थियो । उनले २०१४ को आईसीसी विश्वकप टि-२० प्रतियोगिता जितेका छन र २००७ क्रिकेट विश्वकप, २०११ क्रिकेट विश्वकप, २००९ आइसिसी वर्ल्ड ट्वान्टी२० र २०१२ मा आइसिसी वर्ल्ड ट्वान्टी-२०को अन्तिम टिमको एक प्रमुख सदस्य थिए । उनले सो आइसिसी विश्वकप ट्वान्टी-२० मा म्यान अफ द म्याच जितेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

{{Commonscat|Kumar Sangakara