विकिपिडिया:प्रमुख लेख/असोज, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५६ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ असोज पहिलो[सम्पादन गर्नुहोस्]

योगमाया न्यौपाने

योगमाया न्यौपाने (वि.सं. १९२४ - वि.सं. १९९८) पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्। एक आन्दोलनकर्ताको रूपमा उनले समाजका विकृतिहरूलाई परास्त गर्नमैै आफ्नो जीवन लगाएकी थिइन्। योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक पनि हुन्। बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न र जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्षम थिइन्। न्यौपानेलाई नेपालको समकालीन कविहरू मध्येमा लिइन्छ जसमा उनले उनको कविताहरूको एकमात्र प्रकाशित पुस्तक सर्वार्थ योगवाणीलाई उनको सबैभन्दा महत्त्वपूर्ण योगदान मानिन्छ।(पूरा  पढ्नुहोस्...)

२०७९ असोज दोस्रो[सम्पादन गर्नुहोस्]

पानासोनिक

पानासोनिक निगम (パナソニック株式会社) पूर्व मात्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कर्पोरेसन लिमिटेड (松下電器産業株式会社)को नामले चिनिने जापानको ओसाकामा प्रधान कार्यालय रहेको एक जापानी बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी हो।

पानासोनिक इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि लोकप्रिय छ। यस कम्पनीको स्थापना सन् १९१८ मा चिम अड्याउने भाँडोको (चिम सकेट) निर्माण गर्नका लागि गरिएको थियो तर अहिले आएर यो कम्पनी सोनी, हिताची, तोसिबाक्याननसँगै जापानको चौथौ ठूलो इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनी बन्न पुगेको छ। इलेक्ट्रोनिक्स उत्पादन बाहेक यस कम्पनीले गैर-इलेक्ट्रोनिक्स उत्पादनहरू र गृह नविकरणीय सेवाहरू प्रदान गर्ने गर्दछ। सन् २०१२ को बजार सर्वेक्षण अनुसार पानासोनिक संसारकै चौथौ सबैभन्दा ठूलो टेलिभिजन निर्माता कम्पनी हो। पानासोनिक प्राथमिक रूपमा टोक्यो स्टक एक्सचेन्जमा सूचीबद्ध भएको थियो जो निककेइ २२५ र टोपिक्स सूचकाङ्कको एक भाग हो। यो कम्पनी नागोया स्टक एक्सचेञ्जमा पनि सूचीबद्ध भएको थियो।(पूरा  पढ्नुहोस्...)