ढाँचा:प्रमुख लेख/बङ्गलादेशको राष्ट्रिय झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दशरथ रङ्गशाला

बङ्गलादेशको राष्ट्रिय झण्डा (बङ्गाली: বাংলাদেশের জাতীয় পতাকা) (उच्चारण:बाङ्लादेशेर जातीयो पोताका) एक हरियो रङ्गको आयत भित्र रातो रङ्गको गोल चक्रका साथ निर्मित छ। यस झण्डामा प्रयोग गरिएको हरियो रङ्ग बङ्गलादेशको प्राकृतिक सुन्दरता र युवाहरूको प्रतिक हो भने हरियो आयत बीचमा रहेको रातो वृत्त चाहिँ उदाउँदो सूर्य र बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा राष्ट्रका लागि बलिदान दिने अमर सहिदहरूको प्रतिक हो। बङ्गलादेशको राष्ट्रिय झण्डाको हालको संस्करणलाई आधिकारिक रूपबाट सन् १९७२ जनवरी १६ का दिन बङ्गलादेशको राष्ट्रिय झण्डाको रूपमा अपनाइएको थियो।

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा हाल बङ्गलादेशको आधिकारिक झण्डाको रूपमा प्रयोग गरिएको झण्डा जस्तै देखिने एक झण्डाको प्रयोग गरिएको थियो जसको हरियो आयत भित्र रहेको रातो वृत्त भित्र पहेँलो रङ्गमा बङ्गलादेशको नक्सा राखिएको थियो भने सन् १९७१ जनवरी १२ मा त्यस झण्डाको वृत्त भित्रबाट बङ्गलादेशको नक्सा हटाइँदै नयाँ राष्ट्रिय झण्डालाई अपनाइएको थियो। झण्डा बनाउने क्रममा भित्र रहेको पहेँलो राष्ट्रिय नक्सालाई चित्रमा बनाउन गाह्रो भएकाले राष्ट्रिय झण्डालाई सबैको पहुँच योग्य बनाउनका लागि नक्सालाई झण्डाबाट हटाइएको थियो। बङ्गलादेशको राष्ट्रिय झण्डा बनोट लगभग जापान, पलाउ, ग्रिनल्यान्डलाओसको राष्ट्रिय झण्डा जस्तै रहेको छ।(पूरा  पढ्नुहोस्...)