सामग्रीमा जानुहोस्

ताहिरा निगत नैयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताहिरा निगत नैयर नेपाली-भाषासेवी पाकिस्तानी साहित्यकार हुन्।

नेपाली-भाषा सेवा

[सम्पादन गर्नुहोस्]

दसकभन्दा बढी समय नेपालमा बसी रत्न राज्यलक्ष्मी क्याम्पसविश्वभाषा क्याम्पसमा उर्दू भाषा साहित्यको प्राध्यापन गरेकी प्रा.डा. ताहिरा नेपाली भाषा साहित्यकी प्रेमी थिइन्।

प्रा.डा. ताहिराले रुद्रराज पाँडेको रूपमति उपन्यास, बीपी कोइरालाको तीनघुम्ती उपन्यास, कनकमणि दीक्षितको बालउपन्यास धुमधामको घुमघामबालकृष्ण सम, लेखनाथ पौड्याल, केदारमान व्यथित, माधव घिमिरे, चाँदनी शाह, छिन्नलता, कालीप्रसाद रिजालका कविता लगायत थुप्रै नेपाली रचनालाई उर्दूमा अनुवाद गरेकी थिइन्। उनले सिद्धिकी सलिकद्वारा उर्दू भाषामा लेखिएको 'प्रेसर कुकर' उपन्यासको नेपाली भाषामा अनुवाद गरी प्रकाशन समेत गरेकी थिइन्। उनका कृति नेपाल प्रज्ञा प्रतिष्ठानबाट पनि प्रकाशित भएका छन्।

उर्दू र नेपाली साहित्यकी राजदूतका रूपमा चिनिएकी ताहिराले पाएका पुरस्कारः

मुटुको शल्यक्रिया भइरहेका बेला कराँचीको नेसनल मेडिकल सेन्टरमा उनको २०६९ साल साउनमा निधन भयो। २०६७ सालमा काठमाडौंमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनमा उनले पाकिस्तानी साहित्यकारको प्रतिनिधित्व गरेकी थिइन्।

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]