तीतो सत्य
स्वरूप
(तितो सत्यबाट अनुप्रेषित)
तीतो सत्य | |
---|---|
शैली | परिस्थिति हास्य नाटक |
सर्जक | दीपक राज गिरी |
विकास गर्ने | आमा सरस्वती चलचित्र प्रा.लि. |
लेखक | दीपक राज गिरी |
निर्देशक | दीपक राज गिरी |
कलाकारहरू | दीपक राज गिरी दीपा श्री निरौला गोपाल ढकाल |
सुरुवात 'गीत' | "सत्य तीतो सत्य" |
रचनाकार(हरू) | दीपक राज गिरी |
निर्माण गर्ने देश | नेपाल |
भाषा(हरू) | नेपाली |
सत्रहरुको सङ्ख्या | ९ |
भागहरूको सङ्ख्या | ६०२ (१५ फेब्रुअरी २०१५ सम्म) |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | नेपाल टेलिभिजन |
निर्माता(हरू) | मिडिया हब |
स्थल(हरू) | काठमाडौँ, नेपाल |
क्यामरा सेटअप | बहु क्यामेरा |
प्रसारण अवधि | २४ मिनेट |
वितरक | मिडिया हब प्राइवेट लिमिटेड |
प्रसारण | |
मूल च्यानल | नेपाल टेलिभिजन |
तस्वीर ढाँचा | ४८०आई (एसडिटिभी) |
प्रथम प्रसारण | सन् २००३ – सन् २०१५ |
बाह्य कडीहरू | |
मिडिया हब नेपाल |
तीतो सत्य[१] एक नेपाली परिस्थिति हास्यमा आधारित एक साप्ताहिक टेलिभिजन शृङ्खला थियो जुन सन् २००३ मा पहिलोपटक प्रसारण गरिएको थियो। यस दूर्दशन शृङ्खलाको दीपक राज गिरी पटकथा लेखक, निर्देशक तथा मुख्य पात्रहरू मध्ये एक थिए। तीतो सत्य प्रत्येक बिहिवार नेपाल टेलिभिजनमा प्रसारित हुन्थ्यो। राजनीतिक र सामाजिक विषयहरूलाई हास्य नाटकमा समाहित गर्दै तीतो सत्य नेपालमा सबैभन्दा धेरै हेरिएको कार्यक्रमहरू मध्ये एक थियो। १२ वर्ष निरन्तर प्रसारण भएपछि यस कार्यक्रम सन् २०१५ नोभेम्बरमा बन्द गरिएको थियो।
कलाकार
[सम्पादन गर्नुहोस्]- दीपक राज गिरी दीपकको रूपमा
- दीपा श्री निरौला दीपाको रूपमा
- गोपाल अधिकारी ट्वाकेन्द्रको रूपमा
- निर्मल शर्मा निर्मल बसको रूपमा (गैँडा)
- राज आचार्य राजको रूपमा (दीपक र दीपाको छोरा)
- गोपाल नेपाल
- गोपाल ढकाल
- मुकुन्द मैनाली
- शिशिर आमगाई
- राम मणि भट्टराई
- उद्धव भट्टराई
- साइन अधिकारी