सामग्रीमा जानुहोस्

त्रिचन्द्र सैनिक अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिचन्द्र सैनिक अस्पताल
त्रि–चन्द्र मिलिटरी अस्पताल
नक्सा
भौगोलिक विवरण
स्थानकाठमाडौँ महांकाल, काठमाडौँ महांकाल, नेपाल
सेवाहरू
शैय्याशैया
इतिहास
सञ्चालनवि.सं १९८२
कडीहरू
वेबसाइटत्रिचन्द्र सैनिक अस्पताल

त्रिचन्द्र सैनिक अस्पताल काठमाडौँ महांकालमा रहेको चन्द्र शमशेर जङ्गबहादुर राणाद्वारा स्थापित एक अस्पताल हो।

प्रथम विश्वयुद्धमा अंग्रेज सरकारको सहयोगमा नेपालबाट भारतमा खटिएका सैनिकलाई तलब नेपालले र लडाई भत्ता अंग्रेजले दिएको थियो। त्यस बखत उनीहरूको तलब भन्दा भत्ता धेरै हुन्थ्यो। अंग्रेजले भत्ता स्थान विशेषमै दिनको लागि नेपाल सरकारलाई पत्राचार गर्यो। तर श्री ३ चन्द्र शमशेरले चलाखी गरेर युद्धस्थलमा फौजले पैसा हराउँछन् तसर्थ नेपाल फर्के पछी बाँडिने भनी भत्ता एकमुष्ट रकम नेपाल पठाउन अनुरोध गरे।[] युद्ध समाप्त भएपछी फौज नेपाल फर्क्यो। तर फौजलाई भत्ता दिइएन। फौजलाई सामेल गरेर "तिमीहरूको पैसाले अस्पताल बनाइने छ भनि घोषणा गरे। कुल भत्ताको करिब १०% पनि खर्च नगरिकन राजा त्रिभुवन र चन्द्र शमशेरको नामबाट त्रि-चन्द्र मिलिटरी अस्पताल बन्यो। बाँकी पैसाको अभिलेख समेत रहेन। यो अस्पताल प्रथम विश्वयुद्धमा जाने फौजको व्यक्तिगत भत्ताबाट बनेको हो। नेपाल सरकारको पैसा परेको छैन। [][] यसर्थ सन् १९१४-१९१८ को प्रथम विश्वयुद्धमा ज्यान दिने नेपाली सैनिकहरूको सम्झनामा सन् १९२५ (बि.सं १९८२) मा स्थापित श्री त्रिभुवन -चन्द्र मिलिटरी अस्पतालको विधिवत उद्घाटन राजा त्रिभुवन र चन्द्र शमशेरले सन् १९२६ डिसेम्बर ९ (बि.सं १९८३ भाद्र 24) मा संयुक्त रुपमा गरेका थिए। []

सुरुमा ६४ बेडबाट सुरु भएको यस अस्पतालको निर्माण मा रु। ३,०९,१४६ खर्च भएको थियो। यस अस्पतालको निर्माण कार्यमा इन्जिनियर चीफ कर्नेल किशोर नरसिंह राणा ले प्रमुख भूमिका खेलेका थिए.

प्रथम विश्वयुद्ध विजेता बेलायतले ‘पोष्ट वार रि–कन्स्ट्रक्सन फण्ड’ अन्तर्गत युद्धको भरपर्दो सहयोगी नेपाललाई उपहारस्वरुप १९८२ सालमा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ बनाइदिएको थियो। विश्वयुद्धमा भाग लिएका र ज्यान गुमाएका नेपाली सैनिकको सम्झनामा निर्मित यही अस्पताल थियो, जसले मुलुकमा पहिलो पटक फाइबर अप्टिक इन्डोस्कोपी प्रविधि भित्र्यायो।

नेपाली सेनाको इतिहाससँग जोडिएको मिलिटरी हस्पिटल वास्तुकलाको दृष्टिले पनि उत्कृष्ट मानिन्थ्यो। त्यो समयमा यत्तिको उत्कृष्ट ‘नियो–क्लासिकल’ वास्तुकला एसियामै नरहेको र इष्ट–इण्डिया कम्पनीको राजधानी कलकत्ताको कारिगरीले पनि काठमाडौँको यो भवनको ईष्र्या गरेको कुरा पर्सिभल ल्याण्डनले आफ्नो पुस्तक नेपाल (सन् १९२८) मा लेखेका छन्[]। यस अस्पतालमा रहेको सैनिकको सालिक मूर्तिकार रत्नबहादुर तुलाधरले बनाएका हुन्।

टुँडिखेल पारिबाट देखिएको त्रिचन्द्र सैनिक अस्पताल (बाया पट्टि वीर अस्पताल ट्रमा सेन्टर)

नयाँ अस्पताल

[सम्पादन गर्नुहोस्]
Tri Chandra military Hospital, Kathmandu 2023

प्रधान सेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै अत्याधुनिक उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन सुरु भएको जनाएका हुन् । महाभूकम्पपछि उक्त भवनबाट प्रदान गरिंदै आएको स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द भएको थियो ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रूपमा नै यसलाई उपयोग गर्ने क्षत्रीले बताए । अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुने बताइएको छ । आरम्भमा दन्त चिकित्सा, बाल चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उक्त भवनबाट उपलब्ध हुने जनाइएको छ ।

ऐतिहासिक सम्पदाका रूपमा रहेको उक्त अस्पतालको पुरानो स्वरूपमै अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको बताउँदै क्षत्रीले भने, ‘छाउनी अस्पतालमा बिरामीको चापलाई यसले घटाउने छ ।’ उनले भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने योजना रहेको बताए । रुक्माङ्गद कटवाल प्रधान सेनापति हुँदैदेखि छलफलमा आएको भए पनि यसको निर्णय गौरवशमशेर राणाको पालमा भएको हो । भवन जमिनमाथि सात तला र अन्डरग्राउन्ड दुई तला पार्किङ गरी नौ तलामा समेटिएको छ []।’

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 डा. तुलसीराम वैद्य, डा. विजय कुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जंगी अड्डा, पृ: ९५, आइएसबिएन 978-9937-2-1177-2
  2. सैनिक संग्राहलय, छाउनी, काठमाडौंको तस्बिर शाखाको अभिलेख अनुसार ।
  3. डा. तुलसीराम वैद्य, डा. विजय कुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जंगी अड्डा, पृ: ९६, आइएसबिएन 978-9937-2-1177-2
  4. http://himalkhabar.com/news/7447
  5. https://www.kantipurdaily.com/news/2018/08/04/153334721071918506.html