थुरगाभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

थुरगाभा
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: एकदलीय वनस्पति
गण: एस्पारागेल्स
परिवार: अर्किडेसिया
जनजाति: एरेथुसिया
वंश: सियोजाइन
Lindl. (1830)
प्रजाति:
C. flaccida
वैज्ञानिक नाम
Coelogyne flaccida
Lindl. (1830)
पर्याय
  • Pleione flaccida (Lindl.) Kuntze (1891)
  • Coelogyne esquirolii Schltr. (1919)
  • Coelogyne flaccida var. longiracemosa Roeth (2006)

थुरगाभा दक्षिणपूर्वी एसिया तथा उत्तरपूर्वी दक्षिण एसियामा पाइने सुनगाभाको प्रजातिको वनस्पति हो। यसलाई बगैँचामा लगाउने फूलको रूपमा खेती पनि गरिन्छ।

विबरण[सम्पादन गर्नुहोस्]

थुरगाभा सेतो रङ्गको फूल फुल्ने झाँगिने वनस्पति हो। यसको पात २५ देखि ३० सेन्टिमिटर लामो तथा ६ सेन्टिमिटर चौडा पात हुन्छ।

वितरण[सम्पादन गर्नुहोस्]

थुरगाभा नेपाल, उत्तर भारत, भुटान, चीन (युनान देखि पश्चिमी ग्वाङ्सीसम्म) तथा म्यानमारको हिमाली क्षेत्रमा पाइन्छ। । यो वनस्पति समुन्द्र सतहबाट १००० देखि १८०० मिटरको उचाइका जङ्गलका रूखहरूमा वा चट्टानहरूमा हुर्कन्छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pridgeon, A.M., Cribb, P.J., Chase, M.A. & Rasmussen, F. eds.. Genera Orchidacearum vol. 4 - Epidendroideae (Part 1). Oxford Univ. Press (2006) आइएसबिएन ९७८०१९८५०७१२३.