निर्मलकुमार भण्डारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पत्रपत्रिका पढ्दै निर्मल भण्डारी
अध्ययन गर्दै निर्मलकुमार भण्डारी
सामाजिक संजालमा निर्मल भण्डारी
बयान और कुरा
नाम निर्मलकुमार भण्डारी
जन्मएवं कर्मभूमि सरस्वतीनगर गा.वि.स.वडा नं ६ बेल्टुक्रा जोरायल डोटी से.अ. सुदूर पश्चिम नेपाल
हाल अत्तरिया नगर पालिका वडानं ३ बासकोटा जिं कैलाली
सम्पर्क फोन नं ः ०९१–५५१०३९ (निवास) मोबाइल ः ९८६८४७२७१४
जन्म मिति वि.स. २०१३ साल माघ १२ गते शुक्रबार
पूर्व कार्यरत पेशा शिक्षण (२०३३/०५/०९ देखी २०६२/०७/३० सम्म
कार्यरत बिद्यालयको नाम श्री घण्टेश्वर मा.वि. तथा श्री शिवपुर मा.वि. जोरायल डोटी
शैक्षिक योग्यता प्रमाणपत्र तह (नेपाली)
रुची लेखन, अध्ययन, अध्यापन, समाजसेवा, साधना, उपासना
लेखनारम्भ वि.सं २०३८ सालदेखी .............
विधा छन्द–कविता, विविध विधाका लेख रचना आदी
संरचित कृति केही /पाण्डुलिपिमा
साथिहरु संगै निर्मल भण्डारी

विषयसूची

प्रकाशित कृति[सम्पादन गर्ने]

  •  कर्तव्य बोध संदश (कवितासंग्रह)
  •  चेलीबेटीको बह व्यथा र विलौना (लोक साहित्य)
  •  सावधान ! नयाँ युग आउँदैछ ( खण्डकाव्य)
  •  अश्रु ओलक (वीरेन्द्र शोक काव्य)
  •  सम्झनामा स्व. प्रेमराज (शोककाव्य)
  •  आमा (शोककाव्य)
  •  निर्मलमणि (कवितासंग्रह)

अन्य साहित्यिक पत्र–पत्रिका, श्रव्य संचार मिडिया तथा सामाजिक संजाल बाट थुपै्र रचनाहरु फुटकररुपमा प्रकाशित एवं प्रसारित ।

संलग्नता[सम्पादन गर्ने]

  •  सु.प. साहित्यसमाज धनगढी (आजीवन सदस्य)
  •  कैलाली जन पुस्तकालय धनगढी (आजीवन सदस्य)
  •  प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया (आजीवन सदस्य)
  •  विगतमा रेडियोनेपाल क्षेत्रीय प्रसारणकेन्द्र दिपायल तथा स्थानीय एफ.एम. रेडियोहरुमा पनि विविध साहित्यिक एवं सांस्कृतिक कार्यक्रम संचालन गरेको ।

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

  •  बिद्यार्थी साहित्य प्रतिष्ठान कैलाली क्याम्पस धनगढी (२०४५)
  •  राष्ट्रिय शिक्षा पुरुस्कार शिक्षामन्त्रालय नेपाल (२०४९)
  •  गा.वि.स. सरस्वतीनगर ÷ लक्ष्मीनगर जोरायल डोटी (२०५७)
  •  जि.वि.स. डोटी (२०४७ र २०६१ सालमा )
  •  सु.प. साहित्य पुरुस्कार धनगढी (२०६१)
  •  चण्डेश्वरी युवाक्लब जोरायल डोटी (२०५८)
  •  लोटसआई ई. बो. स्कुल अत्तरिया (२०६६)
  •  नेत्रज्योती युवाक्लव मालाखेती कैलाली (२०६६)
  •  सुदूर चिनारी डोटेली द्वैमासिक (२०७१)
  •  नवरत्न साधना सम्मान (२०६९)
  •  खप्तड एफ.एम. धनगढी मोहनपुर (२०६४)
  •  लोक दोहोरी प्रतिष्ठान धनगढी (२०७१)
  •  सुदूरपश्चिम महोत्सव धनगढी (२०७१)
  •  रेडियो महाकाली एफ.एम. महेन्द्र नगर (२०७३)
  • कौडिन्य चेतना छन्द साहित्य पुरस्कार २०७३ ( दीपज्योति समुदायक पुस्तकालय पुनर्बास कंचनपुर)

अन्य ः– दश बर्षे द्वन्दको कारण शिक्षण अवधिका बाह्र वर्ष बाँकी छँदै अप्रत्यासित रुपमा जन्मभूमि र कर्मभूमि बाट विस्थापन भइ हाल जिल्ला कैलालीमा बसोबास गर्दै आइरहेको ।

जीवनी[सम्पादन गर्ने]

निर्मलकुमार भण्डारी

पिता स्वर्गीय भानदत्त भण्डारी र माता स्वर्गीय धर्मादेवी भण्डारीका कोख बाट वि.स. २०१३ साल माघ १२ गते का दिन सरस्वतीनगर–६ बेल्टुक्रा, डोटी जोरायलमा वरिष्ट साहित्यकार निर्मलकुमार भण्डारी 'तिरस्कृत' सामान्य परिवारमा जन्मिएका हुन । सानै देखिनै धेरै लगनशील, मेहिनेती र मिलनसार भण्डारीले प्राथमिक तहको शिक्षा गाउँकै श्री शिवपुर प्रथमिक विद्यालय चन्कट्टेमा वि.स. २०२१ सालमा भर्ना भएर कक्षा ५ सम्मको पढाई गरेका थिए । वि.स. २०२६ सालमा श्री रघुनाथ मा.वि. निरौली डोटीमा कक्षा ६ मा भर्ना भएका भण्डारीले श्री घण्टेश्वर मा.वि. जोरायल, डोटी बाट वि.स. २०३० सालमा एस. एल. सी पास गरेका थिए । एस.एल.सी. दिईसके पछि घरका विविध समस्याका कारणले उच्च शिक्षा हासिल गर्न नसकिने अवस्था सिर्जना भयो । विभिन्न दुःख–कष्ट सहेर घरमै बस्नु पर्ने बाध्यता भयो । त्यस पछि ३ वर्ष सम्म गाई,भंैसी हेर्ने, र गोठालो जाने काम सिवाय अर्को कुनै विकल्प रहेन । भण्डारी संग गाई गोठालो जाँदा होस् या पानी पधेरो जाँदा होस् उनको साहित्यिक यात्रा त्यतिखेर देखिनै सुरु भैसकेको आभास हुन्थ्यो । विभिन्न कठिनाई संग जुझ्दै अघि बढेका भण्डारीले वि.स. २०३३ साल देखि २०३५ साल सम्म श्री घण्टेश्वर साधारण मा.वि. जोरायल डोटीमा अस्थायी रुपमा शिक्षण कार्य गरेकाथिए । उनले वि.स. २०३६ सालमा स्थायी शिक्षकमा नाम निकालेपछि उनलाई थप उर्जा मिल्यो । त्यसपछि उनी वि.स. २०३९ सालमा श्री शिवपुर प्रा.वि. चन्कट्टे जोरायल डोटीमा स्थानान्तरित भएका थिए । उत्कृष्ट शिक्षण सेवाकार्य गरेवाफत नेपाल सरकार शिक्षामन्त्रालयले उनलाई २०४८ सालमा राष्ट्रीय शिक्षा पदकले सम्मानित गरेको थियो । विभिन्न बाध्यताका कारण आफ्नो पढाइ विचमै छोडेका भण्डारीले वि.स. २०३० सालमा एस.एल.सी. पास गरिसके पछि पुनः पढ्ने मनसाय बनाएर २० वर्षको अन्तराल पछि वि.स.२०५० सालमा कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली बाट इन्टर पास गरेकाथिए । वि.स. २०३९ साल देखि श्री शिवपुर प्रा.वि. चन्कट्टेमा कार्यरत रहेका भण्डारीलाई अकस्मात ठूलो बज्रपात प¥यो । उनका पिताको स्वर्गारोहण भयो र घरको सम्पूर्ण जिम्मेवारी उनकै टाउकोमा आईप¥यो । त्यसपछि उनको पढाई प्रमाणपत्र तहमै सीमित भयो । २०४६ सालबाट उनि गायत्रीतीर्थ शान्तिकुञ्ज हरिद्वार बाट प्रकाशन हुने विशुद्ध धार्मिक पत्रिका अखण्डज्योति हुलाक बाट मगाई पठन–पाठन गर्नथाले । तत्कालिन स्थानीय पंचेहरुले उनलाइ वि.पि.कोइरालाका साहित्यहरु हुलाक बाट मगाई पढ्नेगरेको आरोप लगाई जि.प्र.का.डोटीमा थुनाई दिनुसम्म दुःख दिएका थिए । त्यतिमात्र होइन त्यस पछिका दिनमा उनले अझ धैरैठूलो समस्याको समाधान गर्नुपर्ने परिस्थितिको सिर्जना भयो । देशमा ठूलो परिवर्तन लयाउने भनेर ने.क.पा. माओवादीको १० वर्षे युद्ध चल्यो । जनताका पक्षमा बोल्ने भनेर गाँउ घरमा ठूलाठूला नारा घन्किन्थे , तर विद्यालयमा पढाउने शिक्षक भएर गाँउका विद्यार्थी लाई शिक्षाको ज्योति दिने शिक्षकलाई तिनै जनताका नेता हूँ भन्ने हरुले नौकरीको अवधिको १२ वर्ष बाँकी रहैकै बेला बाध्यात्मक परिस्थितिमा नौकरी छाड्न विवस बनाए ।

  • बोगटान(बोग्टान)तर्केकी भैसी – नारी गै बाग लागी ,
  • यसोहाला सोच्या नै छयाँ – क्या कर्म आग लागी”

यी डयौडा गीतका हरफले अहिले पनि भण्डारीका जीवन सित मेलखाएका छन् ।गह भरी आँसुका धारा बगाउदै उनले भने –“जन्म थलो छोड्नुप¥यो, १२ वर्ष समय बाँकी रहदै नौकरी छोड्नुप¥यो । जिन्दगीमा के–के गरुला भन्ने ठूलो आसा थियो, के सोचेको थिएँ के भैदियो, कहाँ घर छुटयो, कहाँ नौकरी छुटयो, कहाँ साथी–भाइ छुटे आदि–आदि ।”वि.स. २०६२ साल कार्तिक ३० गतेका दिन माओवादीको पीडा सहन नसकेर नौकरी बाट राजीनामा दिई घर छाडेर भाग्नु प¥यो । आफूलाई परेको समस्या लेखेर सम्वन्धित निकाय सम्म धाएँ, नेताले विगारेको देशमा हामी जस्ता मान्छेका कुरा सुन्ने कोही भएनन् , यति भन्दै थिए अनि मन थाम्न नसकेर आँखाबाट धर–धरी आँसु खसाले भण्डारीले । उनले भने एक दिन राती १२ बजेको समयमा माअ‍ेववादी समुहले मेरो घर घेरेर भन्नथाले – “ढोका खोल ! ढोका खोल ! ” त्यसपछि मैले ढोका खोले, उनीहरुले भने –“हामीहरु लाई भित्र बास बस्न देउ ।” मेरो घरमा धेरै ठाउँ नभएका कारणले पनि मैले भने–“मेरो घरमा एक सुत्ने कोठा र एक भान्सा छ, त्यसमै सुत्ने भए सुत्नुहोस् यति भन्दा उनिहरु ६० जनाको संख्यामा आएका हँुदा उनीहरु लाइ मेरो घरभित्र राख्ने ठाउँ थिएन । मेले कहाँ राखु भने । उनीहरुले मेरो घरभित्र पसेर ओढ्ने ओछयाउने लुगाहरु लुछ–लाछ गरी बसे र घर कब्जा गरे । केही दिन त मैले पनि त्यसैमा विताएँ । त्यसपछि तिनी हरुले मेरो घर नछाड्ने भए पछि म आफ्नो घर छोडेर छिमेकिको गाँउ रिठारामा बस्न गए । केही समय पछि एक दिन जोरायलमा माओवादीका सुदुर पश्चिम कमाण्डर लेखराज भट्ट आउँदा मैले आफ्नो समस्या उनलाई सुनाए । त्यस पछि लेखराज भट्टले मेरो घर कब्जा गर्ने हरुलाई घर छोडी दिनभनी आफ्नो तर्फबाट चिठ्ठी लेखि पठाएका थिए । त्यति गर्दा पनि उनीहरुले मेरो घर छोडेनन् । उल्टै म जहाँ गएर बसेको थिएँ त्यही गाँउमा गएर नाना थरी धम्की दिन थाले । चक्कु देखाई हाम्रा कुरा लेखराज संग पु¥याउने भन्दै ज्यान जोखिममा पार्ने र नौकरी खाइदिने सम्मका कुराहरु गरे । अन्ततः मैले बाध्य भएर आफ्नो घरगाँउ र नौकरी छोडेर भाग्नुपर्ने अवस्था आउदा वि.स. २०६२ सालमा कैलाली आएर बस्नु परेको उनी बताउछन् ।”कैलालीमा वसे पनि जन्मभूमिको माया र ममता लाइ बिर्सन नसकेर व्यथित भएको कुरा उनी बताउछन् । भण्डारी साहित्य लेख्न,े समाजसेवा गर्ने, धार्मिक आचरणका शान्त स्वभावका मानिस हुन् । उनको साहित्य तर्फ कविता, गीत, लेख–रचना आदिमा रुचि छ । उनका–कर्तव्यबोध, चेलिबेटिको विलौना, सावधान ! नयाँयुग आउदैछ , वीरेन्द्र शोककाव्य, आमा शोककाव्य, निर्मलमणी जस्ता कविता संग्रह एवं खण्ड काव्यहरु प्रकाशनमा आइसकेका छन् भने, अन्य पत्र–पत्रिकाहरुमा पनि थुप्रै लेख रचनाहरु प्रकाशित भैसकेका छन् । संचारमाध्यम– रेडियोनेपाल तथा स्थानीय एफ.एम. रेडियोमा समेत काम गरिसकेका भण्डारी सु.प. साहित्य समाज धनगढीका आजिवन सदस्य , कैलाली जन–पुस्तकालय एवं प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाका आजीवन सदस्य लगायत अन्य थुप्रैैं साहित्यिक संघ संस्थाहरुमा संलग्न रहेका पाइन्छन् भने दर्जनौं साहित्यिक संघ–संस्था हरुबाट समय–समयमा पुरस्कृत एवं सम्मनित पनि भएका छन् । उनी आफ्ना जीवनका अनुभव यसरी सुनाउछन् । राम्रो काम गर्दा गर्दै पनि धैरै जसो ठाँउ बाट आफ्नो अवमूल्यन भएको,देश–परिवेश र शासन व्यवस्था भित्र देखिएका व्यथिति प्रतिको चिन्ता , राष्ट्र–राष्ट्रियता प्रतिको खेलवाड आदिका विषयमा सधै चिन्तित रहन्छन् भण्डारी । उनलाइ साहित्य क्षेत्रबाट नै तमाम संघ संस्थाले सम्मानित एवं पुरस्कृत गरेका दिन खुसी हुन्छन् भने उनका जीवनको सवै भन्दा कालो दिन शिक्षण अवधिका १२ वर्ष बाँकी छदै माओवादीका कारणले जागीर छाड्नु परेको दिनलाई सम्झन्छन् भने नेपाल सरकार शान्ति मन्त्रालयको वेवसाइटमा समेत द्वन्द्वविस्थापितको सूचिमा नामरहेको भएपनि अहिले सम्म कहिकतै बाट कुनैपनि प्रकारको् राहत/क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्दछन् । भण्डारीका २ छोरा, श्रीमान श्रीमति र नाति बुहारी गरी जम्मा ६ जनाको परिवार छ । हाल उनि अत्तरिया नगरपालिकाको बासकोटा भन्ने गाउँमा रहदै आएका छन् । उनको साहित्यिक जीवन सफल र उज्वल रहोस यहिनै मेरो सद्भाव र शुभकामनाछ ।

मान्छेका तमाम शोक र चिन्ताहरु हुन्छन् । कसै संग केही कुरा भएर चिन्ता छ त कसै संग केही कुरा नभएर चिन्ता छ । कसैको जीवन मखमली फूलझै फुलेको छ त कसैको जीवन फुलेको जस्तो मात्र भएर ओइलाएकोछ । राम्रो काम गर्ने मान्छे लाई भगवानले पनि धेरै पटक दुःख दिएको हुन्छ । कोही जीवनमा दुःख पाएर हार खान्छन् भने कोही दुःख पाएर अझ बढी उर्जावान भई संघर्ष गरिरहेका हुन्छन् । त्यो मान्छेमा भर पर्ने कुराहो । “कुनै बेला म विद्यालयमा शिक्षक थिए सरकारी जागीर खान्थे, पहाडमा गाउँका विद्यार्थी लाई शिक्षाको ज्योति दिन्थे । मेरो उठिवाश भयो, मैले जागीर छाडेरभाग्नु प¥यो , मेरो के गल्ती थियो र ? सबैकुरा त्यागेर पहाड बाट तराई झर्नु पर्दा खेरी मनभरी पिडाको पोको , गहभरी आँशुका थोपा निकाल्दै उनले आफ्ना मनका कुरा सवै फुकाउदै गए । जीवनमा उनको ठूलो सपना थियो । आफ्नै मातृभूमिमा बसेर संस्कृति, कला,साहित्य र समाजका लागी केहि गर्ने, तर उनलाई त्यो गर्न बाट वञ्चित गरायो केहि मुठ्ठीभरका मान्छे हरुले अनि त्यती वेलाको त्यो समयले । उनले बोलेको हरेक शब्दमा पिडा, सत्यता र देशप्रतीको मायाँ अनि चिन्ता पाइन्छ । ति ब्यक्ति हुन् नेपाली साहित्यका चम्किला नक्षत्र सुदूरपश्चिमाञ्चलका गौरव वरिष्ट साहित्यकार  । श्रीनिर्मलकुमार भण्डारी ‘तिरस्कृत’|

निर्मल भण्डारीका डोट्याली गीतहरु[सम्पादन गर्ने]

अद्द लाग्यो नाश ![सम्पादन गर्ने]

  • यो धरती–यो संसार – अशान्त धेकन्छु ,
  • जसो–जसो याँ धेकन्छु – उसोइ म लेखन्छु–
  • सफा नैथी यो धरती – बढ्यो प्रदूषण,
  • रंगीलो अगास नैथी – नै थी खुशी मन–
  • सर्क निलो नै धेकिनो – हिउँचुली काँ, ढली,
  • प्रकृति रमाइलो नै थी – बोल्नैन कोयली–
  • बद्लियो जल्वायु सबै – पैल्ला जसो छैन,
  • प्रकृतिले फरकपन – ल्यायो कठैदैन !
  • मान्छेले प्रभाव पाड्यो – सृष्टि प्रणालीमा,
  • मान्छेका कर्तुत काला – धेकिना जाँ–तहाँ –
  • तस्करले अरिहाल्यो – सम्पदा दोहन,
  • ढुङ्गा, काठ्, बालुवा माटी – समाजको धन–
  • न छ ढुङ्गा न बालुवा – नदी खोला खाली,
  • चुरे पनि कोर्न लाग्या – डोजर हाली–हाली–
  • नदी बगड् कब्जा होइग्या – छैन घाट गौचर,
  • बाटो घाटो पानी घाटो – कब्जा सधैभर–
  • डोजर लगाई बाटो फेर्यो – बगन्या नदीको,
  • नङ्गयायो मान्छेले कठै ! – धर्ती–प्रकृती यो–
  • पढी–लेखी आव मान्छे – भयो कालिदाश,
  • आफु बस्यै धरतीको – अद्द लाग्योनाश–

‘मन्दी होइगै गति,[सम्पादन गर्ने]

  • पोखरीका पानी जसी – जिन्दगानी मेरी,
  • पैंसाका अभाव पडी – पार लाउँ कसेरी–
  • नत मेरो हैसियत – न धनको धाक,
  • और हिट्टा आफ्ना बाटा – म हिट्टो छु काख–
  • म भन्थे जिन्दगी मेरी – गमला सजाउँला,
  • रंगी–चंगी जिन्दगि भ्या – रात दिन रमाउला–
  • गमला फुटियो दैन ! भैयो अस्त–व्यस्त,
  • मेरी दुःखी जिन्दगीको – सूर्य भैयो अस्त–
  • काँ चलाउँ जीवनीरथ – भत्क्यो हिड्न्या बाटो,
  • औरलाइ लैजान्या काल – मलाइ लैजा छाँटो–
  • सहारा बिनाको म छु – जान्या ठाउँ नै मेरो,
  • आफ्ना कोइ नहुने खिलाइ – दुनियाँ अँधेरो–
  • नबगी रोक्याकी रैगै – मेरी बग्न्या नदी,
  • घटना सम्झेर मन – पोलिन्छ भत्भती–
  • औरका बगन्या खोला – समुद्र–सागर,
  • गया दिन्का पीडा सम्झी – मरन्छ जाँगर–
  • नउडी गूँडका बच्चा – चडी पड्यो पासा,
  • कठै ! दुःखी जिन्दगानी – कठै ! डोल्न्या दशा–
  • बच्चा चारो को खुवालो – को उड्ड सिकालो,
  • जिन्दगी दुःखको बाटो – को हिट्ट सिकालो–
  • बगड भैगयो मेरो – जिन्दगीको नदी,
  • उडायो हुरीले सपना – मन्दी होइगै गती–

के लागी कराली ![सम्पादन गर्ने]

  • १) छातीहुन्छ सुँक्क सुँक्क – आँखा रित्या आँसु , मुटु छ मर्मकी साँट– म कसेरी हाँसु
  • २) क्यै चिन्ता देशकी लाग्दी क्यै चिन्ता आप्mनी ,हँसिलो रंगिलो मन नैथी कैल्यै पनि
  • ३) द्वन्द्वले छाडेका पीडा मुटु चस्काउँना छन् । ,सामन्तीका गोटीचाल सदाई झस्काउँना छन् ।
  • ४) रात अनारी दिन मधुरा मन छ मर्माहत ,काँगयो पुरानोपन काँ हरायो सत
  • ५) मन खायो मगज खायो खायो लाग्यै रोटी ,थात् थली अनारी होईगै मेरा जिल्ला डोटी
  • ६) कर्म खोटो देश् खान्याको भाग्य खोटो मेरो ,कठैदैन ! दुःखीकर्म क्या बिगाड्याँ तेरो
  • ७) कसैलाई कानुनी छुट,कसैलाई बैध भै , डोटी वन बास्न्या न्यौला कैलाली कैद भै
  • ८)सर्क तकु जुनतारा नै धर्ती साहारा नै ,बासट्ठी लाग्याकी भोग खान्या आहारा नै
  • ९) सम्झ्न्छु रोईरन्छ , मन मेरीजन्म्याथली, हृद्य जल्याको–जल्यै झल्का झलीमली
  • १०) हराया हौसीया दिन हराई रंग–राम ,मन बस्सैन् बस्यैठौर हड लाग्दैन् काम
  • ११) कैल्यै मन करनाली कैल्यै मन काली, हौसिया जिन्दगी मेरी लागीगै कराली

कैलाली बासा भै[सम्पादन गर्ने]

  • १ – के बाटो दैबले दियो – के कर्म साँचियो ,दुनियाँ संसार धेकी – मन्मेरो भाँचियो–
  • २ – धन् गाड्याकी धनगढी– तीर्थ गोदावरी, रस्रंग उडयाकी ठौर – मन् बुझाउँ कसेरी–
  • ३ – जाँ तक्यो उराठे धर्ति – डाँडो काइनो ढली, धरम लायाकी खेती – पाप् कसेरी फली–
  • ४– रंग उड्यो गाँउघरको – टक् उड्यो गर्खाको, कोइछकी निसाफ अन्न्या – पडेका मर्काको–
  • ५ – मेघ लागीजा मार्कु डाँडा– घाम् पडिजा सेला, रात्रातै दिन् पनि रातै – मन् फाट्याका बेला–
  • ६ – उइ पानीअसुद्घ भण्णा –उसै पिएका छन्, देवता कैलाश बाइया – बुद्घ सियैका छन्–
  • ७ – डाँडा घुइला बड्पिपल– खोली घुइला मेल, फुलबारी बिकिरी हौइगै – क्या का बसु सेल–
  • ८ – हल्बल्ल बिस्भरा गाँउका – हलि धुपारीका, अाँखा अाँसु को धेकन्छ – मान्छे दुःखारीका–
  • ९ – जेठकी दोफरी ठुली – पुसकी रात् ठुली, थात्थलि हराया जसो – खान्छु डुली–डुली–
  • १० – म छुट्टिया जोराइल है – बग्या कर्नाशा है, डोटेली रमाइला मन – कैलाली बासा भै–

‘कलिकामान्छलाई’[सम्पादन गर्ने]

  • दया–धर्म क्यै आथिन–कलिका मान्छलाई,पच्काउन्या चलन आयो–सोझा–निमुखालाइ–
  • सरक खुल्याको छैन–नाङ्गी होइगै धर्ती, मुलुक गड्बडी होइगै–मान्छे तेरा कर्ती–
  • जै धर्ती जनम भयो–जै धर्तीले पाल्यो, उसै धर्ती यै मान्छेले– कु–कर्म केचाल्यो–
  • जन्माउन्या बा–आमा ठूला–धर्ती माता ठूली, बस्यै ठौर खौइरो काट्या–के उन्नति होली–
  • लाजपचाइ– शरम नचाइ–के इनाम पाउन्या हौ, आफनो मार्यादा छाड्या–इज्जत गुमाउन्या हौ–
  • मार्यादाले सबै हिट्या–जन्अर्या फेशन, ओछो बानी ओछो चलन–अर्या कैले जन–
  • लेख–पढ–ज्ञानीबन–चरित्र सुधार, आफू–आफू सबैअर–आफनो उद्धार–
  • संस्कृति सभ्यता केहो– केहो लोकाचार, जे चल्यै छ रीतिथिति–चल्या त्यै आधार–
  • भया कुरा लेख्या मैले–सुधार कि निम्ति, दुनियाँ सुधरे पछी–देश पाउन्याहो मुक्ति–

कै ठौर डिठ् हालु ?[सम्पादन गर्ने]

  • १ – उच्चा डाँडा घाम् लाग्याको – निच्चा सीत् स¥याको , बाइजान्छु बसन्या थली – छैन धीत् म¥याको –
  • २ – मदेश जन्जाल पड्यो – पहाड गाल् पड्यो, मेरी निम्ति कठै दैन ! बासट्ठी साल् पड्यो–
  • ३ – मल्तिर हिउचुली होली – तल्तिर गाड् होली, मेरी छुट्यै जन्म थात – रोएकी डाड् होली–
  • ४ – बम्बै शहर धेकिनैन – दिल्ली शहरले,मन् म¥यो मगज म¥यो – बिन्न जहरले–
  • ५ – कै ठौर मामिला हालु – कै ठौर रिट् हालु,कै ठौर रमाइलो होलो – कै ठौर डिठ् हालु–
  • ६ – ठेक डाँडा घाम् लाग्याको – टुप्पा डाँडा कुइडो,मुटु छ मर्म कि साँट – कैले हाण्यो सुइडो–
  • ७ – हिउँचुलीको हिउँ गलियो – गंगा पानी छल्का, नमरी मेटिन्या छैनन् – थात् थलीका झल्का–
  • ८ – बोट् लाया फल् दिन्या होइ जाउ – बिउ रोप्या जागी जाउ, आहारा छुटाउन्या माथी – रोया पाप् लागी जाउ–
  • ९ – मुद्दा भन्छै मुद्दा हालु – रिट् भन्छै रिट् हालु, थात्थली सम्झ्याका बेला – कै ठौर डिठ् हालु–

काँइ मिल्लैन सुख[सम्पादन गर्ने]

  • १ – धर्ती एकै – सर्क एकै – अर्खी धर्ती काँ छ, सबैमी भाइचारा राखी – मान्छै सबै बाँच–
  • २ – यैं छ स्वर्ग– यैं छ नर्क – आफ्नाइ व्यवहारमी, स्वर्ग–नर्क कैले धेक्यो – अर्खा संसारमी–
  • ३ – दया अन्ने भगवान – सवै थोक जाणन्छ, आफ्नी माया– आफ्नी छायाँ–सबै लाई बाणन्छ–
  • ४– सर्क दिन्छ सफा पानी – माटी धमि ल्याउँछ,मुर्खले गुणीलाइ पनि – दोषिलो बनाउछ–
  • ५ – खोलाले खाइकाटी लैयो – किनारका रुख, छोटाको भरौसा अ¥या – काँइ मिल्लैन सुख

म पड्या चाहाड ![सम्पादन गर्ने]

  • १ – जोग्यानी बस्याकी हुन्नी – बाटा लाइकी कुटी, बाइरका टल्कन्या चाना – अन्तर काँ फुटी–
  • २ – हल् बल्लकी ठुली रोपाइँ – जोराइलका सेरा, कर्म फुटी आग् लागी गै – हृदयमा मेरा–
  • ३ – तली छ सेराको खेत – माथि पाल्या वन छ, जसोइ् सेती भल् बग्दोछ – उसोइ् मेरो मन् छ–
  • ४ – भल् पानी ओकट्या खेत – सेराका गड्कुला, जन्मथात डोटी जिल्ला – म कैल फर्कुला–
  • ५ – आँखा अाँसु भल् बग्याको – अन्तर दुख्याको, धेकिनैन घाउ पड्याको हृदय लुक्याको–
  • ६ – सल्ली रुख सेल् पड्याको – सालका रुखले, दाँत खोली कसेरी हाँसु – रोएका मुखले–
  • ७ – हाड्–मासु कैलाली पुग्यो – हंस रैयो डोटी, समय भ्यो बलवान – भाग्य भयो खोटी–
  • ८ – गंगाजीले छालो हाण्यो – पानी छल्कन्तिक, माया लागी फर्की हेर्या –जोराइल ढल्कन्तिक–
  • ९ – कल्मटाको ठुलो सेरो – कर्नासाले बगाइ, तेरी खाना दुःखी कर्म – काला पानी भगाइ –
  • १० – काँ छुट्यो भात्खान्या थाल – को लैयो आहार, भाग्यवान उइँ बस्याका – म पडे चाहाड–

मन् खाइनोछ मेरो[सम्पादन गर्ने]

  • कलि त प्रचण्ड होइगै– नैथी ज्ञान–ध्यान, जे मन् लाग्यो त्यै अद्दाछन् – धेकाई बुका सान–
  • धर्म–कर्म सबै नाश्यो –नाता – गोता मास्यो, मान्छेका कुकर्म धेकी – धर्ती – सर्क हाँस्यो–
  • सताउनु धरम मान्ना – भलो अन्नु पाप,बलियाले निर्धाखानु – भयो फलिफाप–
  • सान्मास्यो–सीमाना मास्यो – नदीनाला मास्यो, निर्धाले रोएको धेकी– खित्का छोडी हाँस्यो–
  • वनमास्यो बगैचा मास्यो – नदीनाला मास्यो, मन्दिर– देवल– धर्मशाला – पाटी–पौवा मास्यो–
  • हत्या–हिंसा–बलत्कार – भयो कलि धर्म, भ्रष्टाचार–अत्याचार – अन्यायका कर्म–
  • पायाकि जिउनारी खोस्यो – खोस्यो अधिकार, लाटा–सुदा बन्न लाग्या – छट्टुका शिकार–
  • नीतिमास्यो –नियम मास्यो – कुकर्मी खेलाले, रीति–थिति क्यै राखेन – मान्छेका चेलाले–
  • सोझाको खाइदिनो होकी– धन–सम्पत्ती बिर्ता, रोया आँसू लाग्या पछा – पंै अरल्ला फिर्ता–
  • आफनी सम्पत्ती खाया – को निको माणन्ना, अन्याय– अर्घेली भया – भगवानै जाणन्ना–
  • निर्धामार व्यवहार – अद्दा अहंकारी, न्याँ’ माग्यै निमुखा मन – ईश्वर पुकारी–
  • संसारै बस अर्या पनि –घमण्डका भर , इन्साफ मासिन्या होइन – ईश्वरका घर–
  • अन्धेर कसेरी होलो – बरु बेरै होली, समदर्शी भगवान ! इन्साफ अर्यै भोली–
  • (९८६८४७२७१४)

मलाइ नखानी भै ![सम्पादन गर्ने]

  • १ – नारीका घाटको ढुङ्गो – बुड्याको–बुड्यै छ, मन् पापी ठेगान छैन – उड्याको–उड्यैछ –
  • २ – पाल्या वन् कसेरी भणु – गाइ चन्र्या बन लाई, ठेगान कसेरी राखँु – उड्याका मन लाई–
  • ३ – दन्तले फुटाउन्या ओखड – जुम्ला पारी हुन्छ, अर्खालाई बुझाउने मन – आफु किलाइ रुन्छ–
  • ४ – खाना है नखाना भलो – पानी सिमारको, औषधि अस्पताल छैन – मन्का विमारको–
  • ५ – मानो चामल् मुठी दाल – माग्न्या भिखारी लाई, किलाइ जन्माइ धर्ति माता – कर्म दुःखारी लाइ–
  • ६ – दुल्लुको दुर्दशा लाग्यो – गैरी पिपल ढल्यो,दुनियाँ मै जसो छै की – मैरै कर्म बल्यो–
  • ७ – के इसा सम्पत लाग्या – के इसा साल् लाग्या, धर्ती माता ! तेरी थात – मान्छेका झाल् लाग्या–
  • ८ – नेपाल बर्बादै भयो – द्वन्द्व चर्कनाले, ठेगान बस्सैन मन – इसाइ तर्कनाले–
  • ९ – बाउली जोडे बाबा थान – हात्जोडे मन्दिर, कै की भणु को सुणन्छ – यै मनकी पीड–
  • १० – कसैकी भैंसीकी छाँच – कसैकी पानी भै, नाइ गाड्याकी जन्म थात – मलाइ नखानी भै–

‘नियतिका लेखा,[सम्पादन गर्ने]

  • १ – हारिग्याँ जिन्दगी सित –जित्यो दुर्दशाले , सुदोइहो बाचँनु–खानु – आब म जसा ले–
  • २ – ठाउँ छुटी रोकियो मेरो – जिन्दगीको गति, पायाको जिउनारी छुट्यो – को दिन्याहो क्षति–
  • ३ – जे अ¥यो विफलै हुन्छ – मैले अ¥या काम, जिन्दगी दुःखको बाटो – पड्यो चक्का जाम–
  • ४ – खान्दियैन दुश्मनले – रन्दियैन ‘माउले, नौकरी जेवाली हाल्यो – मेरी विना भाउले–
  • ५ – अभावका–दवावका – काटिन् लाग्या दिन, आफनी कराली लागी – भोग् लाग्दिन निन–
  • ६ – जाइनो पाइलो टेकाउनो छु – उइनोइ उदरन्छ, अभागी हारेका कर्म – क्याले सुधरन्छ–
  • ७ – गंगी जल बगाइ लैजा – चिता खरानी लाइ, क्वै सहारा दिन्या हौकी – डुब्न्या परानी लाइ–
  • ८ – जिन्दगी दुःखका बाटा – हिट्टै पड्डे रैछ, चौरासी जुनिका फेरा – रिट्टै पड्डे रैछ–
  • ९ – क्वै मेट्ट सकन्या होइन – भाविनिका रेखा,इसै रैछ लेख्या मेरा – नियतिका लेखा –

‘साथ छुट्टियो मेरो ,[सम्पादन गर्ने]

  • १ – उत्तर तेलेका काख – मेरी जन्म्या थली, नौडाँडा काट्टिया पन – झल्का भलिमली–
  • २ – तेलेका पर्खाल तली – जोराइलको चित्र, त्यसै चित्र कोरिया छ – मेरा मुटुभित्र–
  • ३ – निलो छ उपरी सर्क – हरियो छ धर्ती, त्यसै सित थियो मेरो – गैलो माया–प्रीती–
  • ४ – जन्माउन्या हुर्काउन्या मेरी – धर्ती आमा तिनै, म जैठौर भयालगै – सम्झना दिन्दिनै–
  • ५ – द्वन्द्वकी हुरीले उडाइ – कैलाली पुगायो, थात्थलीकी सम्झनाले – परानी सुकायो–
  • ६ – जिल्ला छुट्यो गर्खा छुट्यो – जन्म्याको ठाउँ छुट्यो, संस्कृति सभ्यता छुट्यो – रमाइलो गाउँ छुट्यो–
  • ७ – पायाको नौकरी छुट्यो – आउनु जानु छुट्यो, आब यो मन जोडिन्यानै – ठौर–ठौर टुट्यो–
  • ८ – इतिहास साँच्याकी थली – द्वापर युगकी, हाँस्यै–खेल्यै जिन्दगानी –ऐल भै दुःखकी–
  • ९ – हातले बनाया जसो – जोरायल् सेरोफेरो, आधा दिन्की राम्छायाँ भै – साथ छुट्टियो मेरो–!

‘फेरि फर्कने नाई,[सम्पादन गर्ने]

  • सुख्ख–दुःख बराबर – भगवान् की सृष्टि,
  • सबै माथि पुग्यैकिछ – यै माया कि दृष्टि–
  • सुख–दुःख भाग् लाग्या नै – न भाग् लाग्न्या धन,
  • आफनाइ व्यहोरा बानी – सुख–दुःख हुन...–
  • आफुलाई सुख् चाहिने भया – सुधार आदत,
  • अल्छी हुन्या बानी छाडी– होइजा कर्मरत–
  • निका बानी–व्यहोराले –निका स्वभावले,
  • सबै ठौर सुखै–सुख– निका संस्कारले–
  • दुःखको सिर्जना अद्दा – कर्मका प्रभाव,
  • फुचेरा आदत बानी – फुचेरा स्वभाव–
  • अर्खा दुःख जन दिया – बोली–व्यवहारले,
  • सुकिली जिन्दगी जिया – कर्मका सारले–
  • आफुले आज्र्याका धन – अर्या दान पुण्य,
  • पर्लोकको धर्म खाता – जन् बनाया शून्य–
  • जन् अर्या हेपिने काम – कसै जन हेप्या,
  • छिमेकिको साँध्–सिमाना – कैल्यै जन चेप्या–
  • सापट–पैंचो–लेन–देन – लामो जन राख्या,
  • घाँटी हेरी हाड निल्या – आफ्नो इज्जत राख्या–
  • बादल लाग्याका सर्क – पानी दर्कने नाइ,
  • यो चोला मरेर जान्या – फेरी फर्कने नाई 

सुगाको विलौना[सम्पादन गर्ने]

  • १ – पिजरी हाल्याको मैना – बत्था बस्यैको छ , आधा भोक आधा तीस – बाँच्दा–बाँच्यैको छ–
  • २ – तौली बोल्लु तौली खानु – पिजरी बसनु, अन्तर लाग्याकि साँट – के सम्झी हाँसनु–
  • ३ – प्वाँख् मेरा नचल्ल्या होइग्ग्या – खुट्टा कुँजी गया, दुःखले रोयाका अाँसु – धर्ती भिजी गया–
  • ४ – उडन्थे अगास तिर –डुलन्थे रन्वन, पिजरी संसार भयो – कठै ! दुःखी मन–
  • ५ – मेरा बस्न्या डाली–बोट – को चडी बसन्छ, बोल्लो छु पिजरा बाटी – छाती चसकन्छ –
  • ६ – के भणी पिजरा हाल्या – बाला बबुरा लाइ, किलाइ जन्माइ भगवान – कर्म अपुरा लाई–
  • ७ – न मैले पेट् भरी खानु – न बाइर डुलनु , मेरी गल्ती के भै दैव ! – पिजरी हुलनु –
  • ८ – तमरो दिएको खानो – आधाइ पेट हुन्छ, अगास उडन्या पंछी – कैदी बनी रुन्छ –
  • ९ – पेट्भरी खानाइ त दिय – हुल्ला त हुल्दिया, म उडी बाइ जान्या थियाँ – पिजरी खुल्दिया–
  • १० – पानी छ तातेको माण – खानु बासी भात, फाटीजा धरती माता – जान्छु तेराइ आँत–
  • ११ – काँ मेरा बा–आमा छुट्या – काँ भाइ–विना छुट्या, जन्म दिन्या भगवान – म धेकी के रुठ्या–
  • १२ – नबोली नहुन्या भयो – बन्द पिजरी है, दैव तैले यो इन्साफ – कसेरी अरि है–
  • १३ – क्वै भण्णा सीता–राम बोल – क्वै भण्णा राम बोल, म कै–कै को भण्या माणु – पडि रन्छु टोल–
  • १४ – म पंछी कसेरी बोलु – मान्छे बोल्ले भाषा, मनाइसिको बोले पनि – माण्णा छन् तमासा–
  • १५ – म उडी जंगल जान्छु – पिजरी खोल्दिय, निमुखा बनको चडी – म जन डोल्दिय–
  • १६ – पुत्रशोक पड्या हुन्ना – बाबा–महातारी, म पडे पिजरी कैद – मेरी पीडा न्यारी–
  • १७ – भाइविना कैठौर हुन्ना – म याँ झुरन्लाछु, विना दोष वेकसुर – कैद कुरन्लाछु–
  • १८ – साथका संगाती मेरा – रन्वन डुलन्ना, फल्फूल पाक्याका बेला – रमाइ–रमाइ खान्ना–
  • १९ – सुणन्छु संगीकी बोली – पारीका रोल है, डिठ् पड्डीन– भिट् हुनिन – पिजरी नेल है–
  • २० – आँत छैन भोक–तीस – देही छैन मासु, को धेकन्छ म पंन्छीका – हिया बग्न्या आँसु–
  • २१ – ठुलालाइ जिउनारी चाहिन्या – पुरी–पकवान, जन्दिया सुवाको जन्म – आब भगवान–
  • २२ – फलामे सराको बाड – पिजरी बुनियो, अगास उडन्या चडी – के भनी थुनियो–
  • २३ – खाना खान्या मन् लाग्दैन – नखाउँ मरिन्या हो, मान्छेले सुवालाइ थुन्ने – नियम दरिन्या हो–
  • २४ – वन बस्न्या सुवा–मैना – बिरोधमी जुट, पाइनैन पिजरी थुन्न – एक्जुट भई उठ–
  • २५ – मान्छेको निर्दयी चाला – आब छुटाउनु छ, पंछीलाइ मान्छेका सरी – रीति जुटाउनु छ–


अन्तरघात,[सम्पादन गर्ने]

  • ढाँटेर दिएको भाग – सुख्मुख खान्दिय,
  • हेपी–चेपी म जन् मार – हात् जोड्डौ मान्दीय–
  • मैले कैको के बिगाडे – धेकाइ दिय गल्ती,
  • सान् चेपे कि जग्गा खोसे– के अरे अर्घेल्ती–
  • सापट लियाको ऋण – मेले तिरेइनकी,
  • जन्त–मलाम् सुख–दुःख – पालो तिरेइनकी–
  • दान् पुण्य भयाकी ठौर – सामिल भयैन की,
  • समाज गयाकी ठौर – मलै गयैन की –
  • सहयोग उपकार – मैले अर्यैन की,
  • आफनो कर्तव्य मैले – पुरा अर्यैन की–
  • समाज देशको भलो – मैले चाहेन की,
  • सदाचारी दुराचारी – मान्छे रायैन की–
  • विसंगती विकृतिका – कुरा अर्यैन की,
  • गाउँ–टोल विकास्का लागी – अघि सर्यैन की–
  • कोइ बनी साम्राज्यबादी – कोइ विस्तार बादी,
  • मेरी घाँटी सुक्र्याइ हाल्या – गुण्डागिरी लादी–
  • घाँटी मेरी किक्क–किक्क – होइगै सुक्र्यायाले,
  • कतनो नाउ चल्यो मान्या – दुष्ट फुक्र्यायाले–
  • एकतर्फी इन्साफ अरी – रैछै पक्षपाती,
  • भोग–तिर्खा मेट्टी हो तेरी – निन् लागी हो राती–
  • कानी चढाई मन्त्र पढाइ – मेरो अराइ खती,
  • पाप अरीकी पुण्य अरी – जाणली धरती–
  • सान् चेपाई सिमाना चेपाई – गाउँका गुण्डा बोलाई,
  • मेरी छाती किलो ठोकी – कम्जोर ठानी मलाई–
  • लागीजाउ आँशुको सराप् – हिया रोएकै छ,
  • चलिरौ मन्पडी तेरी – मैले सहेकै छ,

देश भीक् मागुला[सम्पादन गर्ने]

  • १ – कि सुवा घर खानी होइजा – कि अन्तै नसिजा, बयेँली उड्याका मन – ठेगान बसिजा–
  • २ – कोदे ल्याये काटाल है – धान् ल्याया खेत है, ठाउँ छाडी बाइजाउँकि मान्नो – बहुरा चेत है–
  • ३ – वारी छ सैमकि माणौ – पारी लुवाखडी, पिजरी बसन्या मैना – कै खन्जर पडी–
  • ४ – सेती नदी पूर्व बग्दी – बन्डोरीसैन है, बस्या मन् बहुर्याइ दिन्या – जमाना तैन है–
  • ५ – तल्तिर गोल्माकि गाड – मल्तिर बन्डोली, तेरी खाना साठी साल – के मेरो मन् डोली–
  • ६ – कसैकी पिस्याको धुलो – कसैकी मैदा भै, मन् भयो उडन्या चडी – जिन्दगी कैद भै–
  • ७ – कृष्णज्यू राधिका संग – राम्ज्यू सीता संग, समयले के बदेली – जिन्दगीका रंग–
  • ८ – कात्तिक सुन्तला पाक्या – आषाढ आम् पाक्या, जिन्दगी दुःखैमी बिति – रोइ–रोइ आँखा थाक्या–
  • ९ – दुख्ख लेख्न्या भगवान – तक्या धेकिन्या नाइ, आब भावी भाग् हाल्न्या नै – कर्म लेखिन्यानै–
  • १० – जो बाटो धरमी होला – उइ बाटा लागुला, डुलन्या जोगीका भेष – देश भीक् मागुला–

सुदूर पश्चिमका पीडा[सम्पादन गर्ने]

  • १– नबोलु – नखोलु भन्या– मनका रैग्या इडा,
  • कतिबोलु – कति खोलु – पश्चिमका पीडा –
  • २– राज्यले हेपेको –हेप्यै –काली–कर्णालीलाई
  • सौतेलो व्यवहार अर्यो –सोझा नेपालीलाई
  • ३–मेची देखि कालीसम्म– एकै घरकोछाना
  • ६६ आफना माण्यो– दुर्यायो नौ क्यान ?
  • ४–सैंतीससम्म विकास क्षेत्र –चारै मान्तर थिया
  • सुदूरपश्चिम विकासक्षेत्र –अठतीस साल दिया
  • ५–भेरी कर्णालीका पीडा – उसै ठौर छाड्या
  • सेती –काली–कर्णालीलाई – के भणी पछाड्या
  • ६–महाकाली सेतीहाली –सुदूर पश्चिम बन्यो
  • सुदूरपश्चिम सुन्दरपश्चिम –भन्ने नारा चुन्यो
  • ७–उसोई त सुदूरपश्चिम उईमी छ विकट
  • सुदूरपश्चिम पछाडी छ – भनी लाउन्या रट
  • ८–सुदूरपश्चिम हेपीएको –जन्ता चेपिएको
  • विकासको पुर्वाधार –उसोई सेपिएको
  • ९–आन्दोलन नअर्यासम्म –केई नदिने बानी
  • पश्चिमेली लाटा जन्ता –निमुखा छन् मानी
  • १०–बजेटको भाग लगाउन्या –आठ – दश प्रतिशत
  • सुदूरपश्चिम सदाइँ भरी – हुन्छ मर्माहत
  • ११–कर्णाली पूर्वकोभाग –जाँ छ उजालैछ
  • कठै ! लाडी सुदूरपश्चिम –आँज अनारैछ ।
  • १२–भूगोलमा विकट छ –सँस्कृति महान
  • सुदूरपश्चिम मेरो –पश्चिमेली सान
  • १३–भीमदत्त, दशरथचन्द –जन्माउन्या सुदूर
  • आब कैल्यै जन सम्झ्या– राज्य बाटी दूर
  • १४–भाषाको माउथलो मेरो– सिँजा कर्णालीको
  • संङ –सङै विकास होईजाउ– सेती रे कालीको
  • १५–पश्चिमेली मनका पीडा– अर्दिया सदर
  • आब कैल्यै जनलगाया– सौतेलो नजर ।

निर्मल भण्डारीका छन्दोवद्ध कविताहरु[सम्पादन गर्ने]

यौटा अपेक्षा, यौटा सुझाव[सम्पादन गर्ने]

  • मान्छे क्वै व्यभिचार कारक नहुन्–कोही नहुन् हिंस्रक,
  • राम्रो नैतिकता–चरित्र–गुणका–होउन्सदा पालक–
  • माया–आदर भैरहोस् नजरमा– साना र ठूला प्रति,
  • मान्छेका मन फँटमा लहरियोस्–आत्मीयता संस्कृति–
  • ।।१।।
  • छोडुन् मानिसले विसंगति तथा – पाश्चात्यका फेशन,
  • भाषा–भेष र धर्म संस्कृति कला– जोगाउँ आफ्नै पन–
  • कैल्यै गर्नू हँुदैन नक्कल कुनै–नाघी निजी सभ्यता,
  • राखौं मानव हो धरित्रितलमा–आदर्शताकै कथा–
  • ।।२।।
  • होउन् शिष्ट– सचेत मानिस सबै–बोली र ब्यवहारमा,
  • होउन् सभ्य र भव्य ज्ञान गुनका–मान्छे सबै लौ यहाँ–
  • धर्ती सुन्दर–शान्त यो भइरहास्–आदर्श होस् चिन्तन,
  • हाम्रा निम्ति यही धरा बनि रहोस्–आनन्द बृन्दावन–
  • ।।३।।
  • चेतेनौ अव आज नै यदि भने– भाँसिन्छ हाम्रो जुनी,
  • हामी चेतनशील भैकन अँझै–कस्ता भयौं वैगुनी–
  • आफै सुध्रिनु पर्छ हेर जन हो–कर्तव्य आफ्ना वुझी,
  • को गर्ला र सुधार हेर अरुको–आफै नसम्झे पछि–
  • ।।४।।

यात्रामय जीवन[सम्पादन गर्ने]

  • धर्ती बाट लिऊँ मनुष्यहरु हो – नौलो दिशा प्ररणा,
  • धर्ती बाट सिकौं पवित्रतमको – संस्कार सद्भावना–
  • धर्तीबाट बुझौं यहाँ निशि–दिवा – लोकोपकारी हुन,
  • धर्ती साथ बित्यो सबै मनुजको – आनन्दको जीवन–
  • ।।१।।
  • धर्ती जन्म थलो मनुष्यहरुको – जन्मिन्छ मान्छे यहाँ,
  • धर्ती कर्म थलो मनुष्यहरुको – लाग्छन् यहीँ कर्ममा–
  • धर्ती उद्गम विन्दु औं विलयको – आधार यौटै यहाँ,
  • मान्छे बग्दछ जीवनी गति सितै – संसार यात्रा महा–
  • ।।२।।
  • मान्छे जीवन यो प्रवाह नद झैं –बग्दैछ–बग्दैछ है,
  • लाखौं ती अवरोध मार्गहरुका – लाई पछारी सधैं–
  • सांग्रो मार्ग कतै छ विस्तृत कतै – मैदान पर्छन् कतै,
  • पाखा भीर कतै छ दुर्गम कतै – छन् फाँट–बेसी कतै–
  • ।।३।।
  • जे–जस्तो परिवेसमा पनि यहाँ – यात्रा सदा गर्नु छ,
  • छेक्दैछन् अवरोधले तर अझैं – गन्तव्यमा पुग्नु छ–
  • रोकेमा व्यवधानले हरघडी – मोडेर अर्कै पथ,
  • जाऔंँ मानिस साथ–साथ सबले – यात्रा छ यो शाश्वत–
  • ।।४।।
  • यात्रा जीवनको कहाँ छ सजिलो – आयाम छैनन् भला,
  • यो हो मिश्रण सुक्ख–दुख्ख द्वयको – आभासको श्रृङ्खला–
  • घट्ना घट्दछ के कहाँ जनमको – जान्दैन कोही पनि,
  • मान्छे होउन सावधान ! शुभको – साँचेर दैनन्दिनि–
  • ।।५।।

उद्विग्न बन्दैछु म ![सम्पादन गर्ने]

  • राखूँ यी अभिव्यक्ति आज म कहाँ – पाईन्न ठाउँ कतै,
  • पाल्तू’ छन् सबतर्फ लेखकहरु – सञ्चारका यी सबै –
  • राखूँ भन्दछु ‘रेडियो तिर’ कुनै – पाईन्न ठाऊँ त्यहाँ,
  • राख्ने ठाउँ नपाइँदा कलमका – ‘झोक्रे सबै सिर्जना–
  • ।।१।।
  • यौटा सर्जक पात्र ‘मोफसलको’ – कैल्यै नउठ्ने भयो,
  • पाइँदैन प्रवेश क्वैतिर कतै – ‘आश्चर्य’ यो के भयो–
  • छैनन् क्वै मिडियातिरै नजिकका – आफन्त मेरा त्यहाँ,
  • यी मेरा ‘अभिव्यक्ति–गीत–कविता’– ‘थन्क्याउँ मैले कहाँ’–
  • ।।२।।
  • ‘भेजेका’ रचना थिए जुन–जहाँ – ती लोप नै भैसके,
  • मैले पर्खनु मात्र भो दिन गनी – ती‘टोकरी’ गैसके–
  • मान्छे जान दिदैन क्या‘ अरुकसै – आफ्ना अगाडि तिर,
  • मैले सक्दिन बुझ्न यो नियम क्यै – संचारको आँखिर–
  • ।।३।।
  • आफ्नो क्वै हुनुपर्छ के, नजिकको – सञ्चार–सञ्चालक,
  • आफ्नै क्वै हुनुपर्छ ‘इष्ट गतिलो’ – आलेख–सम्पादक–
  • या ‘पैंसा’ दिनु पर्छ लेखरचना – छाप्दा कुनै पत्रमा,
  • मेरो पे्रषण कार्य आजतकको – जम्मै गयो ‘व्यर्थमा–
  • ।।४।।
  • या आफ्नै हुनु पर्छ ‘मीत–शशुरा – मामा र शालाहरु,
  • या कोही हुनु पर्छ ‘भाइ–भतिजा – काका र छोराहरु–
  • ‘पाल्तू’ बन्नु कसोगरी, नियम के – भन्द्यौ मलाई बरु,
  • मिल्दैनन् यदि छाप्न लेख रचना – बाटो हिडौंला अरु !
  • ।।५।।

‘सुन्दर सुदूरपश्चिम,[सम्पादन गर्ने]

  • धर्ती धन्य सुदूरपश्चिम तिमी – सौन्दर्य सम्वाहिनी ,
  • सेती सिंचन गर्छ उत्तर धरा – काली बगिन् दाहिनी –
  • नाम्पा, व्यास हिमालदेखि वरका – सैपाल अग्ला अपी,
  • सेता पर्वतराज लोकहितमा – बस्छन् कि माला जपी–
  • ।।१।।
  • कर्णाली सित भेट्न जान्छ सरिता – उर्लेर सेती किन ?
  • काली बन्दछ शारदा तल पुगी – फेरेर नक्साङ्कन–
  • हाम्रा यी हिम श्रृङ्खला तरल भै – बग्छन् नदी सागर,
  • हामी छौ सब मूकदर्शक यहाँ – खै काँ गयो जागर–
  • ।।२।।
  • हाम्रा गाँउ र कन्दराहरु यहाँ – जम्मै अँधेरा रहे,
  • हाम्रा यी जल सम्पदा लिइ अरु – उद्योगकर्ता भए–
  • हाम्रो राष्ट्रिय सम्पदा तल बगी – हामी भयौँ निर्धन,
  • अर्काकै उपयोगमा सब गुम्यो – हाम्रो सुनौलो धन–
  • ।।३।।
  • हेर्छौ टुल्टुलु मात्र नद्य तटमा – बग्दा नदी बेगले,
  • जन्ता तीन करोडका नयनमा – न्यास्रा विलौना जले–
  • हाम्रो यो जल सम्पदा क्षति भयो – कस्को बन्यो सम्पति,
  • आफ्नो शाश्वत सम्पदा पर गयो – पारेर हाम्रै क्षती–
  • ।।४।।
  • पानी कञ्चन बग्छ कल्कल गरी – सिंचेर पृथ्वी तल,
  • कर्णाली नद आज दग्ध दिलमा – पाद्र्यौ तिमी शीतल–
  • हामी प्राप्ति विहीन छौं समिपमा – सेती बगेतापनि,
  • पस्छिन् भारतबर्षमा धुरु–धुरू – रोएर काली पनि–
  • ।।५।।
  • कर्णाली नद बग्छ तीब्र गतिमा – सेती संगाली कन,
  • कोही छैन प्रवीण यो मुलुकमा – त्यो खोजकर्ता किन–
  • पग्ली हिम्कण शुद्घ सिर्जित भए – हाम्रा धराका नदी,
  • हामी सिल्प विहीन भैकन रह्यौं – हज्जार लाखौ सदी –
  • ।।६।।
  • मेरो रम्य सुदूरपश्चिम छ यो – भूगोलले सर्वदा,
  • भाषा, भेष कला र संस्कृतिहरू – साहित्यका संम्पदा–
  • यातायात अभाव या विकटता – हाम्रा भएता पनि,
  • धर्ती सुन्दरता सुदूर तिरको – नामी छ हाम्रो पनि–
  • ।।७।।
  • तेले खप्तड मालिका शिखरले – डाँक्दैछ रातोँ दिन,
  • ड्यौडा फाग र चैतका लहरले – खोज्दैछ आफ्नो पन–
  • मान्छे हो किन भुल्दछौ विगतका – ती सभ्यता मान्यता,
  • आफ्ना संस्कृति भुल्दछौँ यदि भने – नाशिन्छ हाम्रै पता–
  • ।।८।।
  • हुड्केली, छलिया, भुवा र गमरा – व्यूँझाउँछन् पश्चिम,
  • चौलो, रन्पुतला र मागलहरु – घन्काउँछन् पश्चिम–
  • आफ्नै काव्यकला र गीतहरुले – रंङ्गाउँछन् पश्चिम,
  • आफ्नै वेश र भेष राग–रंगले – शोभिन्छ यो पश्चिम–
  • ।।९।।
  • स्रष्टा सर्जक काव्यकार प्रतिभा – जन्माउने पश्चिम,
  • शिल्पी गायक गीतकार र गला – जन्माउने पश्चिम–
  • नेता विज्ञ शहीद चिन्तकहरु – जन्माउने पश्चिम,
  • को भन्दा कम छौ र के विषयमा – यो हेयता हो किन?
  • ।।१०।।
  • मात्रै व्यूँझनु पर्छ चेतन भई – मान्छेहरूले अब,
  • अल्छी दम्भ प्रमाद व्यक्तिहरुले – छोडी दिउन् त्यो सब–
  • साँच्चै बन्छ सुदूरपश्चिम यही – सौन्दर्यको पश्चिम,
  • हामी कर्मठ योग्य चिन्तक बने – फिर्थेकी राम्रा दिन–
  • ।।११।।
  • तिम्रो सुन्दरता सुदूर धरती – अत्यन्त लोभ्याउँछ,
  • तिम्रा मोहक दृष्टि साथ जनले – माया मीठो पाउँछ–
  • मेरो मोह छ शुद्घ यी नयनमा – सद्भावना छन् सदा,
  • तिम्रो उन्नति होस् सधै धरणि हे ! यै कामना सर्वदा–
  • ।।१२।।
  • सौताने व्यबहार भो भनि यहाँ – यो भेगकै पीर छ,
  • के लेख्यो विधिले ललाटपटमा – या वक्र तक्दीर छ–
  • आभा मन्द हुँदैन दिप्त सविता – टाढै भएता पनि,
  • मेरी पश्चिमकी धरा अव तिमी – आऊ उज्याली बनी–
  • ।।१३।।

निर्मल भण्डारीका केही लेखरचनाहरु[सम्पादन गर्ने]

उद्घोषणका विशेषता[सम्पादन गर्ने]

  • सुन्दर सुरुवात,
  • आकर्षक निरन्तरता,
  • सुमधुरअन्त्य,
  • प्रसंगलाइ पुल जस्तै जोड्न सक्ने शिल्प,
  • वाणीमा धैर्यता, उच्चारणमा शुद्घता र स्पष्टता
  • कविता लेख्दा ध्यान दिनु पर्ने आन्तरिक तत्वहरु
  • अविधा – सोझो अर्थमा प्रकट गरिने , यथार्थताको साह्रै नजिक भएर लेखिने अलंकार विनाको लेखन ।
  • लक्षणा – प्रसंग अविधा तत्व संग गाँसिएको तर अलि फरक र शिष्ट अर्थ लाग्ने लेखन ।
  • व्यञ्जनाः–विषय र प्रसंङ्ग अविधा र लक्षणाकै भएपनि अलि अलंकारिक भाव भंङ्गीमा लेखिने लेखन ।
  • नोट – अविधा तत्व भन्दा लक्षणा र व्यञ्जना तत्वमा लेखिएको रचना उत्तम हुन्छ ।
  • जानकारी १– नेपाली साहित्यका आदिकवि भानुभक्त हुन् ।
  • संस्कृत साहित्यका आदिकवि वाल्मीकि हुन् ।
  • हिन्दीसाहित्यका आदिकवि सन्त तुलसिदास हुन् ।
  • जानकारी २ – कुनैपनि सफल कविहरुमा हुनुपर्ने महत्वपूर्ण गुणहरुमा – राष्ट्रियता, देशप्रेम, *स्वभिमान र मानवताबाद आदिहुन् ।
  • जानकारी ३ – आदिकवि भानुभक्त भन्दा अघि फुटकरकविता लेख्ने कविहरुमा – सुवानन्द दास, शक्ति *बल्लभ, उदयानन्द अर्याल , सुन्दरानन्द बाँडा र गुमानी पन्त आदि हुन्, तर त्यसबेला उनिहरुले *भाषालाई काव्यको तहमा उठाउन सकेनन् ।
  • जानकारी ४ –भाषा निरन्तर वेगवान र परिवर्तन शील बस्तुहो ।
  • जानकारी ५ – नेपाली साहित्यको जेठो विधा कविता हो भने छन्दहरुको राजा शार्दूल विक्रीडित छन्द हो ।
  • जानकारी ६ – समाज कल्याणका भावनाले लिखित रचना नै साहित्यहो ।

सन्दर्भ[सम्पादन गर्ने]

http://nagarikplus.nagariknews.com/2014/component/flippingbook/book/1599-nagarik-01-dec-2013/2-nagarik.html http://nagarikplus.nagariknews.com/2014/component/flippingbook/book/2284-nagarik-31-jul-2015/2-nagarik.html http://nagarikplus.nagariknews.com/2014/component/flippingbook/book/2134-nagarik-20-mar-2015/2-nagarik.html http://nagarikplus.nagariknews.com/2014/component/flippingbook/book/2281-nagarik-28-jul-2015/2-nagarik.html http://nagarikplus.nagariknews.com/2015/shukrabar/book/2680-shukrabar-jul-22-2016/6-shukrabar.html http://nagarikplus.nagariknews.com/2015/shukrabar/book/2712-shukrabar-aug-19-2016/6-shukrabar.html