निलाम्बर आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निलाम्बर आचार्य
निलाम्बर आचार्य क्यान इन्फोटेकमा एडीएसएल प्रविधि अवलकोकन गर्दै

निलाम्बर आचार्यको जन्म २००० सालमा सल्यान जिल्लाको खलङ्गा गा.बि.स.मा भएको हो। उनले कानुनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गरेका छन्।

राजनीति[सम्पादन गर्नुहोस्]

विद्यार्थी छँदा नै २०१९मा राजनीतिमा लागेका आचार्यले २०४२बाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी वाममोर्चाका तर्फबाट २०४७ सालको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री बनेका थिए। यिनी २०४८मा कम्युनिष्टबाट नेपाली कांग्रेसमा प्रवेश गरे।

२०५३मा उनलाई श्रीलङ्काको राजदूत बनाइयो जुन कार्यकाल २०५६ सम्म रह्यो। उनी कांग्रेसको मनोनित कोटाबाट संविधान सभा सदस्य बनाइएका हुन्। यिनी २०६६मा संविधान सभाको संवैधानिक समितिको सभापति बनेका थिए।

कुटनीति[सम्पादन गर्नुहोस्]

श्रीलङ्काका लागि नेपाली राजदूत[सम्पादन गर्नुहोस्]

वि.सं २०५३मा उनलाई श्रीलङ्काको राजदूत बने जुन कार्यकाल २०५६ सम्म रह्यो।

भारतका लागि नेपाली राजदूत[सम्पादन गर्नुहोस्]

निलाम्बर आचार्य माघ २०, २०७५ मा भारतको लागि नेपाली राजदूतमा नियुक्त भए । २०७५ कार्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।[१] भारतका लागि नेपाली राजूदत दीपकुमार उपाध्यायले २०७४ मंसिरमा सम्पन्न  प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्न राजदूतबाट राजीनामा दिएसँगै रिक्त राजदूत पदमा सरकारले आचार्यको नाम सिफारिस गरेको थियो। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]