नेपालको राष्ट्रिय सभाका अध्यक्षहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय सभाको अध्यक्ष
बहालवाला
नारायणप्रसाद दाहाल
२९ फागुन २०८० देखि
सम्बोधनसम्माननीय
नियुक्तिकर्ताराष्ट्रिय सभा सदस्य
प्रथम पदाधिकारीडम्बरबहादुर सिंह
उपराष्ट्रिय सभाको उपाध्यक्ष
तलबरू

नेपालको राष्ट्रिय सभाको अध्यक्ष नेपालको सङ्घीय संसदको माथिल्लो सदन, राष्ट्रिय सभाको अध्यक्षता गर्ने अधिकारी हो।[१][२] संसदीय प्रक्रियामा अध्यक्षको पदले अर्थपूर्ण महत्व राख्दछ। कार्यवाहीको अध्यक्षता गर्ने, सुव्यवस्था कायम राख्ने, र निष्पक्ष बहस र छलफललाई सुनिश्चित गर्दछ। २९ फागुन २०८० मा, नेकपा (माओवादी केन्द्र)का नारायणप्रसाद दाहाल यसको अध्यक्षमा निर्वाचित भएका थिए।[३]

योग्यता[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभाको सदस्य हुनको लागि योग्यता संविधानको धारा ८७ र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा उल्लेख गरिएको छ:[४]

  • नेपाली नागरिक हुनैपर्ने।
  • मनोनयनको मितिमा कम्तीमा पैँतीस वर्ष उमेर पूरा भएको हुनुपर्ने।
  • मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने।
  • नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको हुनुपर्ने।
  • कुनै पनि सङ्घीय कानूनद्वारा अयोग्य हुन नहुने।
  • कुनै पनि लाभको पद धारण गरेको हुन नहुने।

अध्यक्ष तथा उपाध्यक्षहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभाका अध्यक्षहरू[५]
नाम दल पदभार ग्रहण पदभार अन्त्य
महासभा
डम्बरबहादुर सिंह राजा महेन्द्रद्वारा मनोनित वि.सं. २०१६ श्रावण ५ वि.सं. २०१७ पौष १
नेपाल अधिराज्यको संसद
बेनीबहादुर कार्की नेपाली कांग्रेस वि.सं. २०४८ असार १६ वि.सं. २०५६ असार २९
मोहम्मद मोहसिन राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०५६ श्रावण २७[६] वि.सं. २०५९ असार १२
नेपालको सङ्घीय संसद
गणेशप्रसाद तिमिल्सिना नेकपा (एमाले) वि.सं. २०७४ चैत १ २० फागुन २०८०
नारायणप्रसाद दाहाल नेकपा (माओवादी केन्द्र) २९ फागुन २०८० बहालवाला
राष्ट्रिय सभाका उपाध्यक्षहरू[५]
नाम दल पदभार ग्रहण पदभार अन्त्य
महासभा
कमला राणा राजा महेन्द्रद्वारा मनोनित वि.सं. २०१६ श्रावण ६ वि.सं. २०१७ पौष १
नेपाल अधिराज्यको संसद
ऐश्वर्य लाल प्रधानाङ्ग नेपाली कांग्रेस वि.सं. २०४८ असार २० वि.सं. २०४८ पौष १५
दिलिपकुमार शाही नेपाली कांग्रेस वि.सं. २०४८ चैत्र ७ वि.सं २०५४ असार १२
चिरञ्जीवीप्रसाद रिजाल नेपाली कांग्रेस वि.सं. २०५४ श्रावण १२ वि.सं. २०५८ असार १३
रामप्रीत पासवान नेकपा (एमाले) वि.सं. २०५८ श्रावण १६ वि.सं. २०६३ वैशाख ११
नेपालको सङ्घीय संसद
शशीकला दाहाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७४ चैत ४ वि.सं. २०७८ फागुन २०
उर्मिला अर्याल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ २३ वि.सं. २०८० चैत १८
विमला घिमिरे नेपाल कम्युनिस्ट पार्टी (एमाले) वि.सं. २०८० चैत २८ हाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Federal Parliament of Nepal", hr.parliament.gov.np, अन्तिम पहुँच १९ फेब्रुअरी २०२४ 
  2. "राष्ट्रिय सभा, नेपाल", hr.parliament.gov.np, अन्तिम पहुँच १९ फेब्रुअरी २०२४ 
  3. "प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  4. "राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५" (नेपालीमा), ४ जुलाई २०१८। 
  5. ५.० ५.१ "पूर्व पदाधिकारीहरू", na.parliament.gov.np, अन्तिम पहुँच २०२२-११-२७ 
  6. "muslim elected chairman of hindu nepals upper house of parliament", ucanews.com  वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-१६ मिति