नेपाली काङ्ग्रेसको मुक्ति सेना

नेपाली काङ्ग्रेसको मुक्ति सेना नेपाली काङ्ग्रेसको लडाकू दस्ता थियो। मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो।
२००७
[सम्पादन]मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो। अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोच्चता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई सशक्त बनाउन नेपाली काङ्ग्रेसले वि.सं. २००७ असोज १० र ११ (सन् १९५० सेप्टेम्बर २६ र २७)मा रौतहटको सीमानामा रहेको वैरगनियामा रणनैतिक सम्मेलन आयोजना गरेको थियो।
यस सम्मेलनले 'शसस्त्र क्रान्तिबाट मात्र देशमा परिर्वन सम्भव छ' भन्ने ठहर गरी सो क्रान्तिको सुप्रिम कमाण्डर पार्टी सभापति मातृका प्रसाद कोइरालालाई बनाउँदै भित्री रूपले त्यसको सञ्चालनको बागडोर विश्वेश्वरप्रसाद कोइराला र सुवर्ण शमशेर राणालाई जिम्मा लगायो। क्रान्ति सम्पन्न भएपछि मुक्ति सेनालाई दिल्ली सम्झौता अनुसार रक्षा दलमा परिणत भयो।
सिंहदरबार बिद्रोह
[सम्पादन]दिल्ली सम्झौता अनुसार मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि कुँवर इन्द्रजित सिंह लगायतहरू असन्तुष्ट भए। उनीहरूले हतियार बुझाउन मानेनन् र सशस्त्र हमला जारी नै राखे। उनलाई भैरहवामा समातियो र सिंहदरबारमा कैद गरिएको थियो। काठमाडौँ ल्याइएका सिंह रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोगमा विद्रोह गरी मुक्त भएका थिए।[१] [२]
ज्यादती
[सम्पादन]काङ्ग्रेसको मुक्तिसेनाले गाउँगाउँमा आतंक मच्चाउँथे। प्रजातन्त्र ल्याउनका खातिर उनिहरूले शासकलाई मात्र हैन अन्यलाई पनि हत्या गर्थे। पूर्वी नेपालमा निकै लुटपाट मच्चाए। प्रजातन्त्र स्थापना पछि गाउँ गाउँमा काङ्ग्रेस चुरीफुरी निकै बढ्यो। झगडा पर्दा "तेरो घरमा काङ्ग्रेस पसोस्" भन्ने उक्ति नै त्यतिबेलाबाट चल्न थाल्यो।[३][४][५]
२०१७-२०३३
[सम्पादन]राजा महेन्द्रले विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरेसँगै विसं २०१७ माघ १२ र १३ गते भारतको पटनामा भएको नेपाली कांग्रेसको सम्मेलनले सुवर्णशमशेर राणालाई कार्यकारी सभापति घोषणा गर्यो। त्यो सम्मेलनले प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको थियो। नेपाली कांग्रेसले दोस्रो पटक सशस्त्र सङ्घर्षको थालनी गर्यो । राणा शासनविरुद्धको २००७ सालको सशस्त्र सङ्घर्ष कात्तिक २६ गते सुरु गरिएकाले सोही दिन पारेर २०१८ साल कात्तिक २६ सङ्घर्ष सुरु गर्ने भनिएको थियो।

चितवन घटना, २०१८
[सम्पादन]२०१८ माघ २६ मा नेपाली कंग्रेस मुक्तिसेनाले चितवन भरतपुर कब्जा गर्यो। यस घटनामा कंग्रेसको कमाण्डर नुवाकोटका चौतारिया जगतप्रकाश जंग शाह थिए । सरकारी सेना आउन नसकुन् भनेर विमानस्थल र पुल सडकहरू अवरुद्ध गर्यो। कब्जाको ४८ घण्टा नबित्दै सैन्य कारबाहीका लागि काठमाडौंबाट बाराको सिमरामा जहाज उतारियो। सडक र पुलको अवरोध पन्छाउदै सेनाले भरतपुर पुन: आफ्नो नियन्त्रणमा ल्यायो । त्यहाँ रहेका आक्रमणकारीमध्ये कोही कब्जामा परे, कोही मारिए। आक्रमणकारीहरूको भागाभाग भयो। जगतप्रकाशजंग बाहेक अरू सबैलाई शाही सेनाले मार्यो। जगतप्रकाशजंग शाह राजखलकका थिए। त्यसैले उनलाई के गर्ने भन्नेबारे दरबारमा खबर पठाइयो। दरबारबाट माफी माग्न लगाउने, माफी नमागे टाउको दरबारमा बुझाउने आदेश भयो। राजा महेन्द्रको अनुमति र गृहमन्त्री विश्वबन्धु थापाको निर्देशनपछि उनलाई मारियो।
विमान अपहरण
[सम्पादन]टिम्बरबोटे घटना, २०३१
[सम्पादन]कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भू.पू. सैनिकहरू लगायत ठूलो संख्यामा भारतको फारबिसगञ्ज, बथान बीरपुर र बनारसमा तलिम दिई लडाकूहरू तयार गरिएको थियो। तालीम प्राप्त लडाकुहरूको डरुड्ढाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दैअघि बढ्दै ओखलढुंगा पुग्यो। वि.सं. २०३१ पुष १ मा सीमावर्ती सोलुखुम्बु जिल्लाको तिङ्गला जंगल बासस्थान बनाई क्रान्ति गरेका यी समूह सरकारी पक्षद्वारा मारिए ।
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "किन असफल भयो सिंहदरबार विद्रोह ?", अन्नपूर्ण पोस्ट, अन्नपूर्ण पोस्ट, ०६ माघ २०७४, अन्तिम पहुँच २०७८ जेठ २६।
- ↑ "मुक्ति सेना र राणा सेनाका कमान्डरको अनाैठो मित्रता इतिहासको त्यो एल्वम", कान्तिपुर, फागुन ९, २०७२, मूलबाट २०२१-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७८ जेठ २६।
- ↑ प्रजु पन्त
- ↑ NayaPage, "ओलीको कटाक्ष : मान्छेलाई रिस उठेपछि ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्थे", nayapage.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०९-३०।
- ↑ author, "कांग्रेस-एमालेको अस्वभाविक पेलानमा रास्वपा", ukeraa.com (en-gbमा), मूलबाट २०२५-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-०९-३०।