पद्मसुन्दर मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९५० तिर पद्म सुन्दर मल्ल
सन् १९२० मा छात्र सैनिकको रूपमा पद्म सुन्दर (पछिल्लो पङ्क्तिको दाहिनेबाट दोस्रो)

पद्म सुन्दर मल्ल (सन् १८९० - सन् १९७४) नेपालको पहिलो विद्युतीय इन्जिनियर र संयुक्त राज्य अमेरिका जाने पहिलो नेपाली हुन् । उनले नेपालको उभरिँदै गरेको औद्योगिक क्षेत्र चलाउन बिजुलीको उत्पादनको सुरुवात गरेका थिए ।[१]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

पद्म सुन्दरको जन्म भक्तपुरको खौमामा चार सन्तानमध्ये तेस्रोको रूपमा भएको थियो । उनका जेठा दाजु प्रसिद्ध शिक्षाविद र लेखक जगत सुन्दर मल्ल हुन् । १० वर्षको उमेरमा दरबार हाई स्कुलमा भर्ना हुन उनी आफ्नो परिवारसित काठमाडौँको असनमा सरेका थिए । जापानी भिक्षु तथा यात्री एकाइ कावागुचीलाई भेटेपछि उनी उच्च शिक्षाको लागि जापान जान प्रोत्साहित भएका थिए ।

जापान र अमेरिका[सम्पादन गर्नुहोस्]

सन् १९१६ मा पद्म सुन्दर र उनका दाइ, जगत सुन्दर शिक्षा विरोधी राणा शासनको बेला नेपाल सरकारको अनुमतिबिना भारतको कोलकाता गई जापान जाने जहाजमा चढेका थिए ।[२] जापानमा उनी टोक्यो इन्स्टिट्युट अफ टेक्नोलोजीमा भर्ना भए। उनका दाजु उनको बस्ने र पढ्ने प्रबन्ध मिलाई भारत फर्के।[३]

टोक्योमा विज्ञान स्नातक पूरा गरेपछि उनी केही जापानी साथीहरूसँग मिलेर अमेरिका गएका थिए । त्यहाँ उनी मिशिगन विश्वविद्यालयमा भर्ना हुने पहिलो विद्युतीय इन्जिनियर बने ।[१]

मिशिगन विश्वविद्यालयमा हुँदा उनी छात्र सैनिकको रूपमा रिजर्भ अफिसर्स ट्रेनिङ कप्समा भर्ना भए । सन् १९२२ मा उनले विद्युतीय इन्जिनियरको डिग्री प्राप्त गरे ।[४]

विद्युतीय इन्जिनियर[सम्पादन गर्नुहोस्]

सन् १९२५ मा नेपाल फर्केका पद्म सुन्दरलाई आधिकारिक अनुमतिबिना देश छोडेको हुनाले काठमाडौँमा भित्रिन दिइएको थिएन । त्यसैले उनले पश्चिम बङ्गालको कर्सियाङमा बसाइ सरे । सन् १९३३ मा उनले फाजी जलविद्युत आयोजनाको स्थापना गरी कर्सियाङमा ऊर्जाको मागको आपूर्ति गरे ।

सन् १९३९ मा नेपाल सरकारले पद्म सुन्दरलाई नेपाल बोलाई मोरङ जलविद्युत केन्द्रको प्रमुख इन्जिनियरको पदमा बहाली गरिएको थियो । उनले बिराटनगर जुट मिलमा विद्युत पुर्‍याउने विद्युत केन्द्रको पनि निर्माण गरेका थिए ।[५] उनले वीरगञ्जधरानमा पनि विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेका थिए । [६]

सम्मान[सम्पादन गर्नुहोस्]

सन् १९४१ मा पद्म सुन्दरलाई संयुक्त अधिराज्यको इन्स्टिट्युसन अफ इलेक्ट्रिकल इन्जिनियर्सका सहयोगी सदस्यको पदमा नियुक्त गरिएको थियो । सन् १९५० तिर पद्म सुन्दर काठमाडौँ फर्की आफ्नो बाँकी जीवन त्यहीँ बिताए । उनले विद्युतको क्षेत्रमा पुर्याएका योगदानका कारण उनलाई "नेपाली जलविद्युतका पिता" मानिन्छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ तुलाधर, कमल रत्न (अप्रिल २६, २००९), "अमेरिका पुग्ने पहिलो नेपाली", द काठमाडौँ पोस्ट, पृ: ६। [dead link]
  2. सावद, आन्ड्रेया मेटल्स, सम्पादक (सन् १९९१), "राणा शासनमा शिक्षा", नेपाल: देशको अध्ययन, संयुक्त राज्य कांग्रेस पुस्तकालय। 
  3. "जापानमा नेपालका अग्रज विद्यार्थी - एक शताब्दी पहिले", जापानी राजदूतावास, अन्तिम पहुँच जुलाई २३, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१४ मिति
  4. मिशिगन विश्वविद्यालय, रेजेन्ट्स बोर्डको कारबाही, युएम पुस्तकालय, पृ: ५१६। 
  5. ढुङ्गेल, द्वारिकानाथ (सन् २००६), नेपाल, द्वन्द्व निरूपण र दिगो शान्ति: विदेशी नीति र विकासका चुनौतीहरू, एकीकृत विकास अध्ययन संस्थान, पृ: ७६, आइएसबिएन 9789993376897 
  6. होनिङ्सवाग, ब्योर्न (सन् २००१), नयाँ सहस्राब्दीमा जलविद्युत, ए. ए. बाल्केमा, पृ: ३, आइएसबिएन 9789058091956