आजाद कश्मीर
आजाद कश्मीर
آزاد جموں و کشمیر | |
---|---|
पाकिस्तानद्वारा स्वायत्त प्रदेशको रूपमा प्रशासित | |
निर्देशाङ्क: ३३°५०′३६″उ॰ ७३°५१′०५″पू॰ / ३३.८४३३३°N ७३.८५१३९°Eनिर्देशाङ्कहरू: ३३°५०′३६″उ॰ ७३°५१′०५″पू॰ / ३३.८४३३३°N ७३.८५१३९°E | |
देश | पाकिस्तान |
स्थापित | २४ अक्टोबर १९४७ (आजाद कश्मीर दिवस) |
राजधानी | मुजफ्फराबाद |
सबैभन्दा ठूलो सहर | मुजफ्फराबाद |
सरकार | |
• प्रकार | पाकिस्तान प्रशासित स्वायत्त प्रदेश[१][२] |
• अङ्ग | आजाद कश्मीर सरकार |
• प्रदेश प्रमुख | मसूद खान |
• मुख्यमन्त्री | राजा फरूक हैदर (पाकिस्तान मुस्लिम लिग (नून)) |
• प्रमुख सचिव | माथर नियाज राना[३] |
• सभा | एकसदनात्मक (४९ सिट) |
क्षेत्रफल | |
• जम्मा | १३२९७ किमी२ (५१३४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१७) | |
• जम्मा | ४०४५३६६ |
• घनत्व | ३००/किमी२ (७९०/वर्ग माइल) |
वासिन्दा | आजाद कश्मीरी |
भाषा | |
• आधिकारिक | उर्दू |
• बोलिने भाषाहरू | |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी मानक समय) |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.६११ [४] मध्यम |
विभाग | ३ |
जिल्ला | १० |
तहसील | ३३ |
सङ्घ परिषद् | १८२ |
वेबसाइट | www |
आजाद जम्मू र कश्मीर अथवा आजाद कश्मीर (उर्दु: آزاد جموں و کشمیر) स्वशासित प्रदेशको रूपमा पाकिस्तानद्वारा प्रशासित क्षेत्र हो जसले ठूलो कश्मीर क्षेत्रको पश्चिमी भाग को गठन गर्दछ भने यो सन् १९४७ देखि भारत र पाकिस्तान बीच विवादको विषय बनेको छ। यसको भूभाग उत्तरमा गिल्गित-बल्तिस्तानको सिमानासँग जोडिएको छ। यस सँगै संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले यसलाई "पाकिस्तान प्रशासित कश्मीर" भनी सम्बोधन गरेका छन्। आजाद कश्मीरले क्रमशः पाकिस्तानी प्रदेश पञ्जाब र खैबर पख्तुनख्वासँग क्रमशः दक्षिण र पश्चिममा सिमाना बाँडेको छ। यसको पूर्वपट्टी आजाद कश्मीरलाई भारतीय सङ्घ शासित क्षेत्र जम्मू र कश्मीर (भारतीय प्रशासित कश्मीरको भाग) बाट अलग गरिएको छ। यो वास्तविक नियन्त्रण रेखाद्वारा अलग गरिएको छ। यसले कश्मीरको भारतीय र पाकिस्तानी नियन्त्रित भागबीच वास्तविक सीमाको रूपमा कार्य गर्दछ। भौगोलिक दृष्टिले आजाद जम्मू र कश्मीरको प्रशासनिक क्षेत्र (जसमा गिल्गित-बल्तिस्तानलाई समावेश गरिएको छैन) को कुल क्षेत्रफल १३,२९७ वर्ग किलोमिटर (५,१३४ वर्ग मि.) रहेको छ र सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यसको कुल जनसङ्ख्या ४०,४५,३६६ रहेको छ।
यस क्षेत्रमा बेलायती वेस्टमिनिस्टर प्रणाली अनुसरण गरिएको संसदीय सरकार छ। मुजफ्फराबाद यसको राजधानी सहर हो। आजाद कश्मीरको प्रदेश प्रमुख संवैधानिक प्रदेश प्रमुख हुन् भने मन्त्रिपरिषद्ले समर्थन गरेको प्रधानमन्त्री कार्यकारी प्रमुख हुन्। एकसदनात्मक आजाद कश्मीर विधानसभाले प्रधानमन्त्री र राष्ट्रपति दुवैको निर्वाचन गर्दछ। यस भूभागको आफ्नै सर्वोच्च अदालत र उच्च न्यायालय छ भने पाकिस्तानको कश्मीर मामिला तथा गिल्गित-बल्तिस्तान सरकारले आफू र आजाद जम्मू र कश्मीर सरकारबीच सम्बन्धको रूपमा काम गर्दछ। यद्यपि स्वायत्त क्षेत्र पाकिस्तानको संसदमा प्रतिनिधित्व गरिएको छैन।
उत्तरी आजाद कश्मीर यस्तो क्षेत्रमा पर्छ जसले युरेसिय प्लेटलाई थिच्दै भारतीय प्लेटको परिणामस्वरूप पृथ्वीको बलियो कम्पन अनुभव गर्दछ। सन् २००५ मा गएको ठूलो भूकम्पले कम्तीमा १,००,००० मानिसको ज्यान लिएको थियो र अन्य ३० लाख मानिसहरू विस्थापित भएका थिए। यसले गर्दा यस क्षेत्रको आधारभूत संरचना र अर्थतन्त्रमा व्यापक विनाश भएको थियो। त्यसबेलादेखि पाकिस्तान सरकार र विदेशी सहयोगको सहायताले आधारभूत संरचनाको पुनर्निर्माण कार्य चलिरहेको छ। आजाद कश्मीरको अर्थतन्त्र धेरै हदसम्म बेलायती मिरपुरी समुदायका सदस्यहरूले पठाएको कृषि, सेवा, पर्यटन र विप्रेषणमा निर्भर छ। आजाद कश्मीरी परिवारको झण्डै ८७% खेतीयोग्य सम्पत्ति रहेको छ र यस क्षेत्रमा पाकिस्तानमा विद्यालय भर्नाको उच्चतम दर र साक्षरता दर लगभग ७२% रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;brit
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Kashmir profile", BBC News, नोभेम्बर २६, २०१४, मूलबाट जुलाई १६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २०१५।
- ↑ Raza, Ghalib, "Chief Secretary Of AJ&K", cs.ajk.gov.pk। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-०४ मिति
- ↑ "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org, अन्तिम पहुँच मार्च १५, २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- आजाद कश्मीर योजना र विकास विभाग
- आजाद कश्मीर पर्यटन र पुरातत्व विभाग वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१६ मिति आजाद कश्मीरमा पर्यटन