सामग्रीमा जानुहोस्

पाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिथिलाको रातो पाग

पाग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलहरूद्वारा सिरमा पहिरिने गरिन्छ। यसलाई हिन्दू वेद तथा संस्कृत भाषामा सिरवश्त्रम भनिएको छ। यसको प्रयोग मिथिलाको पारम्परिक सभ्यतालाई प्रदर्शित गर्ने गर्दछ। यो सम्मान र गर्वको प्रतीक हो।[१]

इतिहास र शैली

[सम्पादन]

प्राचीन समयमा यसलाई पात आदिद्वारा बनाइने गरिन्थ्यो तर हाल यसलाई कपडाद्वारा बनाउन थालिएको छ।[२] विशेष रूपले यो रातो, पहेँलो अथवा सेतो रङमा उपलब्ध हुन्छ। पागको संस्कृति बचाउनको लागि विभिन्न अभियान चलाइएको छ। कालान्तरमा मुख्य रूपले पाग मिथिला क्षेत्रको ब्राह्मण र कायस्थ समुदायद्वारा[३] लगाउने गरिन्थ्यो तर वर्तमान समयमा यसको प्रयोग मिथिलाको प्रत्येक समुदायद्वारा गर्ने गरिएको छ।[४]रातो रङ भएको पाग बेहुला वा पूजा पाठमा पुरुषद्वारा लगाउने गरिन्छ । पहेँलो रङ भएको पाग मुख्य रूपले विवाह उत्सवमा सामेल हुने मानिसहरूद्वारा लगाउने गरिन्छ भने साना बच्चाहरू र अन्य व्यक्तिहरू सेतो रङ भएको पाग लगाउने गर्छन्।[५]

अभियान

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Mithila: Donning Mithila's 'paag' in Houses | Patna News - Times of India", The Times of India।
  2. ↑ http://postagestamps.gov.in/Pdfbind.ashx?id=247 अभिलेखिकरण २०१८-०३-०७ वेब्याक मेसिन
  3. ↑ http://shodhganga.inflibnet.ac.in/bitstream/10603/16641/7/07_chapter%203.pdf
  4. ↑ "पाग की परंपरा", Jansatta, २०१५ नोभेम्बर ५।
  5. ↑ "Politicalmirror.com", www.politicalmirror.com, मूलबाट २०१७-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-०५।

यो पनि हेर्नुहोस्

[सम्पादन]
"https://ne.wikipedia.org/w/index.php?title=पाग&oldid=1387360" बाट अनुप्रेषित