पाथीभरा देवी मन्दिर (धनकुटा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाथीभरा देवी मन्दिर धनकुटा जिल्लाको भेडेटारबाट करिब १५/२० मिनेटको पैदल दुरीमा पश्चिम तर्फरहेको छ। यस मन्दिरमा दैनिक बिहान दर्शनार्थी हरु आउने गर्दछन्। विशेष दिन तथा चाडको बेला धेरै ठाउँको भक्तजनहरूको भीड लाग्ने गर्दछ। ताप्लेजुङ जिल्लाको प्रशिद्ध पाथीभरा देवीकाे प्रतिक स्वरूप स्थापना भएको यस मन्दिरमा स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरूको आउने गरेका छन्। भेडेटार चोक बाट मन्दिरसम्म पुग्ने कच्ची सडक निर्माण भई हाल पक्की सडक बनिसकेको छ । धनकुटा जिल्ला मा ऐतिहासिक, पर्यटकिय तथा धार्मिक स्थानहरू प्रसस्त मात्रामा छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]