पारो अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारो विमानस्थल
སྤ་རོ་གནམ་ཐང༌།
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकभुटानको नागरिक उड्डयन विभाग
सेवा गर्ने स्थानथिम्पु, पारो
अवस्थित स्थानपारो जिल्ला
विमान हब
उचाइ समुद्री सतह२,२३५ m / ७,३३२ ft
निर्देशाङ्क२७°२४′३२″उ॰ ०८९°२५′१४″पू॰ / २७.४०८८९°N ८९.४२०५६°E / 27.40889; 89.42056निर्देशाङ्कहरू: २७°२४′३२″उ॰ ०८९°२५′१४″पू॰ / २७.४०८८९°N ८९.४२०५६°E / 27.40889; 89.42056
वेबसाइटwww.paroairport.com
नक्सा
PBH is located in Bhutan
PBH
PBH
भुटान भित्रको स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
15/33[१] २,२६५[१] ७,४३१ अलकत्रा

पारो अन्तर्राष्ट्रिय विमानस्थल भुटानको चारवटा विमानस्थलहरूमध्ये एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थल संसारको सबैभन्दा चुनौतीपूर्ण विमानस्थलहरू मध्ये एक मानिन्छ र यहाँ आठ जना विमान चालकहरूलाई मात्रै विमानस्थलमा विमान अवतरण गर्न प्रमाणपत्र दिइएको छ।[२][३] पारो विमानस्थल पारो सहरबाट ६ किमी (३.७ माइल; ३.२ समुद्री माइल), र थिम्पुबाट ५४ किमी (३४ माइल; २९ समुद्री माइल)को दुरीमा सडकबाट पहुँचयोग्य छ। पारो विमानस्थल सन् २०११ सम्म भुटानको एक मात्र विमानस्थल थियो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९६८ मा, भारतीय सीमा सडक सङ्गठनले पारो उपत्यकामा एउटा हवाई पट्टी निर्माण गरेको थियो, जुन सुरुमा भुटानको शाही सरकारको तर्फबाट उनीहरुको प्रयोगको लागी भारतीय सशस्त्र बलहरूले हेलिकप्टर सञ्चालनका लागि प्रयोग गर्ने गरेको थियो। भुटानको पहिलो एयरलाइन, ड्रुकैर शाही चार्टरद्वारा सन् १९८१ अप्रिल ५ मा स्थापित भएको थियो।[५] सन् १९९० मा, पारो अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टी १,४०२ देखि १,९६४ मी (४,६०० देखि ६,४४५ फिट)सम्म लम्बाइयो र भारी विमानहरूको लागि सुदृढ गरिएको थियो।[६][७]

सन् २०१० अगस्टमा बुद्ध एयरद्वारा पारोमा चार्टर उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान कम्पनी बनेको थियो।[८][९] भुटानको पहिलो निजी बिमान कम्पनि, टासी एयर, डिसेम्बर २०११ मा सुरु भएको थियो।[१०] सन् २०१२ मा, १,८१,६५९ यात्रुहरूले विमानस्थल प्रयोग गरेको प्रतिवेदन गरिएको थियो।[११]

एयरलाइन्स र गन्तव्यहरू[सम्पादन गर्नुहोस्]

विमानसेवागन्तव्य(हरू)
भुटान एयरलाइन्सबैङ्कक-सुवर्णभूमि, दिल्ली, काठमाडौँ, कोलकाता
ड्रुकाइरबागडोगरा , बैङ्कक-सुवर्णभूमि, दिल्ली, ढाका, गेलेफु , गुवाहाटी,[१२] जाकर, काठमाडौँ, कोलकाता, सिङ्गापुर,[१३] योङफुल्ला
मौसमी: गया[१४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "About Us", Paro Airport, अन्तिम पहुँच जनवरी ३, २०२२ 
  2. Ahlgren, Linnea (अप्रिल २, २०२०), "Why So Few Pilots Are Allowed At Bhutan's Paro Airport", Simple Flying, अन्तिम पहुँच ६ अप्रिल २०२० 
  3. Farhad Heydari (अक्टोबर २००९), "The World's Scariest Runways", Travel + Leisure, अन्तिम पहुँच १२ फेब्रुअरी २०११ 
  4. "History", मूलबाट २०१६-११-२३-मा सङ्ग्रहित। 
  5. Christ, Rolf F. (जुन १९८३), "Bhutan puts its flag on the world's air map", ICAO Journal 38 (6): 11–13, मूलबाट ४ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१४ 
  6. "On the Wings of a Dragon: 25 Years of Progress", Tashi Delek XIII (3): 76, जुलाई–सेप्टेम्बर २००८, अन्तिम पहुँच २५ अप्रिल २०१०  वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०१३ मिति
  7. Brunet, Sandra; Bauer, Johannes; De Lacy, Terry; Tshering, Karma (२००१), "Tourism Development in Bhutan: Tensions between Tradition and Modernity", Journal of Sustainable Tourism 9 (3): 243, डिओआई:10.1080/09669580108667401 
  8. Buddha Air in service वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१२ मिति Bhutan Broadcasting Service, 24 August 2010.
  9. "Buddha Air on Twitter: "While Buddha Air is popularly known for connecting domestic flights around Nepal, we have also provided international flight services. Our first international flight was on August 2010 with a chartered flight to Paro, Bhutan. #BuddhaAir #TrustedFlying #Flywithus https://t.co/pQGWJ8tey2" / Twitter", web.archive.org, २०२३-०१-१०, अन्तिम पहुँच २०२३-०१-१० 
  10. "Tashi Group - TASHI AIR LAUNCHED ON 4TH DEC. 2011", tashigroup.bt, मूलबाट ५ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१२ मिति
  11. "Running short of space and human resource", KuenselOnline, मूलबाट १३ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१४ 
  12. "DRUKAIR INCREASES SINGAPORE SERVICE FROM AUGUST 2022", Aeroroutes, २० जुलाई २०२२, अन्तिम पहुँच २० जुलाई २०२२ 
  13. "DRUKAIR INCREASES SINGAPORE SERVICE FROM AUGUST 2022", Aeroroutes, २० जुलाई २०२२, अन्तिम पहुँच २० जुलाई २०२२ 
  14. "Drukair to resume Paro-Gaya service from Dec-2022", CAPA, २६ अक्टोबर २०२२।