पूर्वीय सभ्यता
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एसियाका विभिन्न देशहरूमा रहेका सांस्कृतिक, सामाजिक व्यवस्था तथा दार्शनलाई समेटेर भन्दा पूर्वीय संसार अथवा पूर्वीय सभ्यता भन्ने गरिन्छ। यसमा मुख्य गरेर भारतीय तथा चिनिया सभ्यताको ठूलो प्रभाव रहेको पाइन्छ।
"पूर्वको धारणा"[सम्पादन गर्नुहोस्]


पूर्व तथा पश्चिमको विभाजन युरोपेली सांस्कृतिक इतिहासको उपज हो र यसले युरोपको क्रिश्चियन समुदाय र पूर्वमा रहेका अन्य परदेशीहरूलाई छुट्याउने गर्दछ। अमेरिका तथा अफ्रीकाको सम्पूर्ण भाग पत्ता लाग्नु भन्दा पहिले सम्म युरोपेलीहरूलाई उत्तरी अफ्रिका र मध्यपूर्वका इस्लामीक देशहरूको बारेमा धेरै मात्रामा र चीन तथा भारतको बारेमा निकै थोरै मात्रामा थाहा थियो। मध्य युगमा क्रिश्चियन तथा मुसलमानहरू बिचको युद्धले पूर्व तथा पश्चिमको स्पस्ट बिभाजन बनायो। युरोपेलीहरूले अमेरिका पत्ता लगाईसकेपछि पूर्व तथा पश्चिम बिचको विभाजन विश्वब्यापी हुन पुग्यो। पूर्वी अथवा ईण्डियन शब्दहरू जातीय, धार्मीक तथा सांस्कृतिक विभेद जनाउनको लागि प्रयोग गरियो। भारतमा मुसलमान धर्म आईपुग्नु भन्दा पहिले भारतीय उपमहाद्वीपका मानिसहरूलाई पहिले देखिनै हिन्दू भनेर चिनिने गर्थ्यो र उक्त उपमहाद्वीप हिन्दूस्तान अथवा भारतको नामले चिनिन्थ्यो। शीत युद्धको समयमा पूर्वी संसार भनरे पूर्वी युरोप तथा अरू कम्युनिस्ट सासन भएका एसियाली देशहरूलाई जनाउने गर्दथ्यो भने पश्चिमी संसार भनेर संयुक्त राज्य अमेराका लगायत नेटो सदस्य पश्चिमी युरोपेली देशहरू जनाउने गर्थ्यो।
एक अर्को धारणा सुदूर पूर्व भन्ने छ जसले निकै मिल्दोजुल्दो धर्म तथा संस्कृति बोकेका पूर्वी एसियाली देशहरूलाई जनाउने गर्दछ। यी सम्पूर्ण देशहरूमा पूर्वीय दर्शन, कला, साहित्य तथा चालचलनहरूको ठूलो प्रभाव देख्न सकिन्छ। यसमा बौद्ध तथा हिन्दू धर्मको पनि धेरै हद सम्म प्रभाव भेटिन्छ।