प्रतीक बब्बर
स्वरूप
प्रतीक बब्बर | |
|---|---|
| जन्म | २८ नोभेम्बर १९८६ मुम्बई, महाराष्ट्र, भारत |
| पेशा | अभिनेता |
| कार्यकाल | २००८–वर्तमान |
| उचाइ | ५ फिट १० इन्च (१.७८ मी)[१] |
| मातापिता | राज बब्बर स्मिता पाटिल |
| आफन्त | बब्बर परिवार |
| वेबसाइट | www |
प्रतीक बब्बर (जन्म सन् १९८६ नोभेम्बर २८) एक भारतीय अभिनेता हुन्। उनी भारतीय चलचित्र अभिनेत्री स्मिता पाटिल र अभिनेता तथा राजनेता राज बब्बरको पुत्र हुन्। अभिनय क्षेत्रमा पदार्पण गर्नुभन्दा पहिले एक उत्पादन सहायकको रूपमा करियर सुरु गरेका थिए। बब्बरले विभिन्न प्रकारको उत्पादहरूको लागि टेलिभिजन विज्ञापनहरूमा देखा परेका थिए, जसमा नेस्ले किटक्याट सामेल थियो। बलिउडमा करियर सुरु गरेपछि बब्बरले फिल्मफेयर पुरस्कार र स्टारडस्ट पुरस्कार प्राप्त गर्न सफल भएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]बाह्य कडीहरू
[सम्पादन]- इन्टरनेट चलचित्र डेटाबेसमा प्रतीक बब्बर
- प्रतीक बब्बरको जीवनी कोइमोइमा